[Show all top banners]

Rahuldai
Replies to this thread:

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 मेरो प्रेम- राहुलभाइ
[VIEWED 10301 TIMES]
SAVE! for ease of future access.
Posted on 02-11-07 4:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो प्रेम

समुद्र मन्थनबाट् निसृत अमृत हो मेरो प्रेम
धेरै बाधा बन्धन निखृत जीत हो मेरो प्रेम्।


कबिको कबिता हो,कल्पनाको सुन्दर् सिर्जना
भावनाको तरंगमा झंकृत संगीत हो मेरो प्रेम


हरेक् रात मात्र कालो रात कहां आफ्नो हुन्छ र
पात पातमा मोती जडित् शीत हो मेरो प्रेम


चोखो मायामा कतै धोका हुन्न, न त पीडा धेरै
गुनगुनाइ रहुं लाग्ने दैब रचित् गीत हो मेरो प्रेम

 
Posted on 02-11-07 5:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

rahul vai

गजब हुंदै आएका छन् तपाईका गजलहरु !
सङ्गीत भर्न दिने पो हो कि ?
 
Posted on 02-11-07 6:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बहुमुखी प्रतिभाको धनी राहुलभाइ!सृजना लाइ निरन्तरता दि रहने सुभकामना!।।।।। कुन् बिधा मा तपाइ ले बदि योगदान् गर्न सक्नु हुन्छ, तेल्लै बदि ध्यान् दिनु होला! सोनार को सौ चोट हुनु भन्दा लोहार को एक चोट हुनु होस् !
 
Posted on 02-11-07 7:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Rahul Dai,I am one of many fans of your poems and Gajals.It is simply the best.

हरेक् रात मात्र कालो रात कहां आफ्नो हुन्छ र
पात पातमा मोती जडित् शीत हो मेरो प्रेम

Awesome dai,Keep writing..
 
Posted on 02-11-07 8:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

SOME MORE LOVE...

गहिरो भो गहिरो भो
तिम्रो मेरो साइनो पाताल भन्दा गहिरो भो
डर बड्छ मनमा भर छैन , भन्छ खस्न सक्छ हाम्रो बिचमा कृशनाभिर को पहिरो
गहिरो भो……गहिरो भो…
तिम्रो…मेरो साइनो पाताल भन्दा गहिरो भो

मुटुको धुकधुकी बड्दो भो
डान्फे चरी भन्दा मन छीटो उड्दो भो
डर बड्छ मनमा भर छैन भन्छ
शीकारीले चरीलाइ चट्ट भुइम खसाल्दो हो
तिम्रो मेरो साइनो पाताल भन्दा गहिरो भो.

गहिरो भो…….
थाहै नपाइ हाम्रो बिचमा येम्बुश् पनि खस्दो हो
पुर्णिमाको रातमा ग्रहण पनि लाग्दो हो
उजेलो त छेक्दो हो,चन्द्रमा त मुस्कुराउदो हो
तिम्रो मेरो साइनो
उजेलो भन्दा चम्किलो भो
टादा भन्दा नजीक भो
हामिलाइ देखेर आज चन्द्र सुर्य तारा हरुको बिचमा चम्की चम्की नाच्दो हो

गहिरो भो……
तिम्रो मेरो साइनो गहिराइ भन्दा गहिरो भो
कृशण भीर को पहिरो हाम्रो बाटो खुल्ला गरी
पाहाड बनी बस्दो हो
काडा पनि फुल को सुरक्छ्या गरि हास्दो हो
गहिरो भो गहिरो भो
तिम्रो मेरो साइनो गहिराइ भन्दा गहिरो भो
SP
 
Posted on 02-12-07 8:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शिरिष जी, धन्यवाद प्रोत्सहन का अमुल्य शब्द हरुको लागि ।

रमण जी, धन्यवाद, प्रेरणा र सुझाब को लागि ।

नानु जी, सदा झैं तपाईंहरु कै प्रेरणा मा त २-४ लाइन कोर्ने गर्छु, मन पराइ दिनु भएको मा धन्यवाद ।

हिमालि केटो जी, राम्रो कबिता टास्नु भयो, धन्यवाद ।
 
Posted on 02-12-07 10:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह राहुलदाई! वाह!

गजब गयो!

बधाई छ!
 
Posted on 02-12-07 10:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह राहुलदाई! वाह!

गजब गयो!

बधाई छ! :P
 
Posted on 02-12-07 1:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

You are very Lucky, rahulvai.....!
 
Posted on 02-12-07 5:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे जी, Uptowngal and Felicity जी, धन्यबाद्, तपाईंहरुको टिप्पणीको लागि । अझ लेख्ने नयाँ उर्जा पाएको छु । कृत कृत छु ।
 
Posted on 02-12-07 5:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Rahulji,
Sarhai ramro lagyo..kaha bata inspiration paunu bho??
 
Posted on 02-12-07 6:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खुसि र हाँसो दिएकै थिए
प्रेमिका बनाइ।
छोडेर गयौ पत्रु हौ भनि
शत्रुको हात समाइ ।

सुन्दछु तिम्रो दुख र पिडा
मन मेरो रोइ रहन्छ।
बिदेशि भुमि, मुग्लान पस्नु
कर्म मै रहेछ ।

चाहेको थिए दिलबाट तिमिलाइ
निकालि फ्याँकि दियौ।
सुनेको मैले गल्ति भो मेरो
जन्मिए गरिब भइ।

भन्न त अझ आउन्न मलाइ
सीङ्गल मदर ।
न तिम्रो समाज न तिम्रो संसार
गर्दछ कदर।

प्रश्न तिमि लाइ मेरो छ आज
के तिमि खुसि छौ ?
सुनको माला , हिराको बाला
के माया दिदै छ ?

दिन त मैले चाहेर पनि
के दिन सक्छु र ।
फेब्रवरि १४ आउदै छ फेरि
केहि कुरा लेख्नु छ ।
चाहान्छु अझ त्यो हात समाइ
फुलचोकि घुम्नलाइ।
साथ साथै डुङ्गा चढेर
त्यो फेवाताल चुम्नलाइ।


कहि न कतै सुन्दैछौ भने
प्लिज जवाफ देउ।
केहि पनि दिन सकिन मैले
यै मेरो प्रस्ताव लेउ।
यै एउटा प्रस्ताव लेउ।
 
Posted on 02-12-07 8:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Jai Nepal
Wah Wah Wah ...
punha: Jai Nepal
 
Posted on 02-12-07 10:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sndy जी, इन्स्पिरेसन भनेको प्रेरणा हो भने त्यो तपाईं हरु बाट प्राप्त हुन्छ । मेरो प्रेम मेरो आत्मको उदबोधन हो । मेरो तपस्या अनि प्राप्ती दुबै हो । धन्यवाद, टिप्पणीको लागि ।


साझा बसैमा र ज्वाइंसाप दुबै लाई धन्यवाद ।
 
Posted on 02-13-07 7:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तीम्रो लागी भनेर नै प्रेम् को माला गासेको छु
मेरो मुटु मेरो माया माला सगै टासेको छु

तीम्रो चुम्बन तीम्रो माया म कहाँ वीरसन्छु र
अतीत सम्झी पागल सरी एक्लै एक्लै हासेको छु

तीमी नजाउ मलाई बीर्सी म भन्दा धेरै टाढा
हाम्रो संसार सजाउने आसै आस्मा बाचेँको छु

तीम्रो लागी भनेर नै प्रेम् को माला गासेको छु
मेरो मुटु मेरो माया माला सगै टासेको छु
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
नेपाली वालमार्ट चोर
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
Sukulgunda 2.0 / www.sukulgunda.com
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters