आजको मान्छे

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

आफ्नो अस्तित्वको शिर झुकाएर बाँच्दै छ मान्छे आज अनगिन्ती पीडा र वेदनालाई लुकाएर हाँस्दै छ मान्छे आज स्वचालित भन्दा बढि सञ्चालित भएर होला, सभ्यताको नाउमा यान्त्रिक बन्दै छ मान्छे आज। केवल पैँसाको पछाडी दगुर्दा दगुर्दै मानवताको स्वरूपलाई नै भुल्दै छ मान्छे आज। त्यी सुमधुर भावनात्मक संबन्ध खोई कता गए, पारिवारिक भिडमा समेत एक्लिएर जिउँदै छ मान्छे आज नातीले बाजेलाई चिन्न छाडी सक्यो यहाँ पहिचान दिने पुर्खाको योग्दानलाई मास्दै छ मान्छे आज। आफ्नो संस्कार र धरातललाई बिर्सिएपछी कसको के लाग्छ र, गन्तव्यविहीन भै अल्मलिँदै छ मान्छे आज न दिनमा चैन छ न त रातमा निद्रा, अरूको सफलता र उन्नतिदेखि जल्दै छ मान्छे आज। अब छोड त्यो खोष्टे आदर्शका पछाडी बरालिन र खोल त्यो नक्कली भौतिक्ताको मुकुट, अनि देखाई देउ मानव हुनुको वास्तविक अस्तित्व पुगेर मानवताको त्यो उच्चतम बिन्दुमा, चिनेर आफू को हुँ भनी, अनि पारेर त्यी हुर्किँदै गरेका सपनालाई साकार। Smriti malla

Smriti-malla · Feb 15, 2023 5:36 PM · 7,376 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion