[Show all top banners]

Smriti-malla
Replies to this thread:

More by Smriti-malla
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Please lower your blood pressure by reading super duper funny joke .
[VIEWED 3049 TIMES]
SAVE! for ease of future access.
Posted on 11-13-22 1:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एकदिनको कुरा हो धुर्मुसे बजार बाट घर फर्किदा फर्किदै ढिला भएछ । कत्ती गाडी हरुलाई रोक्न खोजे पनि कसैले पनि रोकेनछन । हिन्दा-हिन्दै रात को १२ बजेछ र ठ्याक्कै तेही बेलमा मसानघाट को बाटो नेर आइ पुगेछ । धुर्मुसे डर ले थुर्-थुर काप्दै हिन्दै थियो ।

भाग्यबस एउटा ट्याक्सी बिस्तारै त्यै बाटो आइरहेको देख्यो र नजिकै आउने बित्तिकै ढोका खोलेर भित्र पसी हाल्यो र लामो सास फेर्यो । एकछिन आँखा चिम्लेर बस्यो ।

एकछिन पछी अलि सास आए पछी, ड्राइभर पट्टी फर्केर कहाँ सम्म पुग्ने हो भनेर सोध्न लाग्छ त ड्राइभर सिट मा कोइ पनि छैन तर गाडी बिस्तारै चली रहेको छ ।

धुर्मुसे को सातो उड्यो । गाडीबाट ओर्लिउ भने मसानघाट को बाटो छ, गाडी भित्रै बसम भने ड्राइभर बिना नै गाडी कुदिराको छ । जे पर्ला पर्ला भनेर धुर्मुसे गाडी भित्र नै बस्यो ।

एकछिनमा पेट्रोल पम्प आइपुगेछ र एही मौक हो भनेर धुर्मुसे फुत्त गाडी बाट निस्किएछ।

दौडेर अलि पर मात्र के पुगेको थियो धुर्मुसेले त्यो गाडीमा त अर्को मान्छे चढ्न लागेको देख्यो । त्यसलाई भनिदिनु पर्यो भनेर त्यो मान्छेको छेउमा गएछ । एसो हेर्दा त हाकु काले रैछ ।
धुर्मुसे: ए हाकु ! यो गाडी नचढ यसमा त ड्राईभर नै छैन, यो गाडी त आफैं चल्छ, म भर्खरै यही गाडीबाट ओर्लिएको ।


हाकु काले ले धुर्मुसेको गाला फुट्ने गरी एक थप्पड हान्छ अनि भन्छ :
साले धुर्मुसे! पेट्रोल सिद्धेको ले यत्रो टाढा देखी म चै दु:ख गरि-गरी धकलेर यहाँ सम्म ल्याउने, त चै गाडी भित्र बसिराखेको थिस ?

(धुर्मुसे केहि नबोली गाला समात्दै घर तिर लाग्छ)

 
Posted on 11-13-22 6:22 PM     [Snapshot: 58]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Autonomous gadi hola
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
EAD Filing
अब के हाेला त?
Funny when Nepalis talk about Epstein and injustice
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
H1B
Sukulgunda 2.0 / www.sukulgunda.com
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters