सालीको चाक-२ ( डिप्रेसन् यात्रा )

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

अम्रिका आएको ३ महिनामै डिप्रेसन् उपहार पाइयो . मौसमले पनि हुन सक्छ चिसो मौसम, जाडो ठाउँ ५ ७ फीट हिउ त सधै जसो हुने . कोभीडको महामारी, आफ्नो सवारी साधन थिएन , दिन भनर कोठामा कोचिएर बस्नु पर्ने . बुडीले अम्रिका आएर सास फेर्न नपाउदै काम सुरु गर्नु पर्यो , over -time भन्दा नि धेरै , ३६ घण्टाको शिफ्ट हुन्थ्यो अनि बिचंमा १ २ दिन बिदा फेरी तेही काम . एबम रितले उ ब्येस्त हुदै गई म घरमा एक्लै . काम गर्नलाइ पेपर बनेको थिएन मेरो . म नेपालमा घुमेर खाएको मान्छे , बिहान ५ घण्टा ११ १२ मा पढाएर साँझ सिजनमा फूल ट्युसन पढाएर अरु बेला मस्ती गर्ने मान्छे . ४ जना साथी संग मिलेर you -tube च्यानल पनि खोलेका थियौ , यात्रा गरेको video पोस्ट गर्थिम , २५ ३० हजार views आई हाल्ने , तेतीले खाजा खर्च चलि हाल्ने . म नेपालमै जमेको थिए , श्रीमतीको मजबुरीले अम्रिका आउनु पर्यो . नेपालमा नर्सलाइ सारै दुख, चरम श्रम श्रोसन, ३० हजार माथि पैसा नहुने .अम्रिका आए पछि मेरो श्रीमतीको भाग्य खुल्यो तर मेरो जिन्दगि pause भयो . मैले के गर्ने भेउ पाउन सकिन , जानेको त्येही math र physics पढ़ाउन त्यो पनि यहाँ गर्न पाईयन . भित्र भित्र छट्पट हुन थाल्यो , एक किसिमको नैरस्यता , स्वोर्गबाट एकै चोटी बिना कुनै तयारी नर्क झरे जस्तो . श्रीमतीको काम उसै गार्हो , पराजित सिपाही जसरि घर फर्किन्थी , उसको सामु सबै ठिक भएको नाटक गरेर उसलाई सम्हाल्नु पर्ने , ज्यादै कठिन काम . दिनभर घर बस्दा पनि थकित देखिन्थे , त्यो बेला म सधै एकै किसिमको अजिब सपना देख्थे . म सपनामा जाँच दिई रहेको हुन्थे , मलाई सबै प्रस्नको समाधान आउथ्यो तर म लेख्न सक्दिन थिए . साथिहरुले २ ३ पाना लेखि सक्दा म एक सब्द लेख्न सक्दिन थिए . जति कोसिस गरे पनि लेख्ने नसक्ने अनि सपनादेखेको दिन भर टाउको दुख्ने. अर्को दिन म सपनामा ८ ९ मा पढी राखेको हुन्थे , अनि मैले कैले slc ११ १२ सक्ने अनि जागिर खाने भनेर चिन्तित हुन्थे . कैले गाडीचलाको तर अघि बढ्न नसकेको सपना देख्थे. बुडीलाइ यो सपनाको कुरा सुनाको उस्ले त " तलाई डिप्रेसन् भाई सक्यो " भनेर Psychiatric कहाँ जचाउन लागि . डाक्टर उस्तै ठिस निस्कियो . मलाई जम्मा जम्मी 4 मिनेट समय दियो अनि जब मैले सपनाको कुरा सुनाए तब " तलाई severe डिप्रेसन् हुन लागि सक्यो " भनेर दनादन डिप्रेसन्को औसदी लेखियियो . येसरी एक सध्ये मान्छे लाइ श्रीमती र डाक्टरले मानसिक रोगि करार दिए . डिप्रेसन्को औसदी खानै मन नलाग्ने, खायो कि झुम्म भएर निन्द्रामात्र लाग्ने . तर ४ ५ दिन पछि उलेख्ननिय सुधार आयो, सपना पनि देख्न  छोडियो , जिन्दगि फेरी हराबरा हुन थाल्यो . खिन्नता , एक्लोपान बिल्कुल बन्द . पुरानो बोका पन्थी पनि अलि अलि फर्कियो . zoom बाट नेपाल मै पढाउन मिल्ने भयो . paper approved को नोटिस आयो तेसैको आधारमा licensee निकाले , बुढीको ६ महिनाको बोनसले RAM 1500 किने , नेपालमा bike modification गर्ने रहर ट्राफिकले कैले पुरा हुन दिएन , तेस्को तल तल यहाँ ट्रकमा ६००० डलर खर्च गरेर modification गरेर पुरा गरे . खाली समयमा बिस्तारै e -कमर्स तिर मन डुलाए , e -bay , shopify हुदै amazon FBA FBM सुरु गरे . सुरु सुरुमा नजानेर घाटा मात्र खाए . पाँच महिना पछि amazon FBA ले लय समात्यो . ३ महिना जति भयो बल्ल track मा आफु आएको जस्तो लाग्छ . पहिले दिन भर फुर्सद हुन्थियो ऐले दिनमा ३ ५ चोटी usps , ups fedex धाउनु पर्छ . सिक्दै छु पैसा खासै बनाउने भेउ पाएको छैन तर खाली दिमाग नभए पछि डिप्रेसन् नहुने रैछ . बुढी र मेरो एउटा कुरा ज्यादै मिल्छ , बुढीलाइ पनि म जस्तै मस्त संग घुम्न मन पर्छ . तेस्ले मलाई २५ ३० हजारको गाडी किन भन्थी मैले तेस्लाई टाढा टाढा घुमाउन लान्छु भनेर ७२ हजारको ट्रक किनाको फस्लाई फुस्लाई पारेर (हिहि )... मेरो तोर्पे business ले गरेर तेस्लाई long drive लान पाएको छैन, के गर्नु फुर्सद नै मिल्दैन . कुन दिन तेस्को थ्रेशहोल्ड नाघ्छ अनि मलाई तातो तेल खन्याई दिन्छे ( हिहि ) नेपाल बाट अम्रिकाको transition अलि गारो भयो , पैसा खासै छैन तर कामको चटारो ज्यादै छ , न सनिबार न आइतबार भन्न पाइने तर केहि छैन जति गर्यो आफ्नै हो, मालिक पनि आफु नोकर पनि आफु . Last edited: 27-May-22 04:31 PM

log on · May 27, 2022 4:26 PM · 17,175 views

5 Replies

log on: yo yatra ko khatha sarai marmahak lagyo bro, sabda ma dherai kura haru ko mahasus va jasto vayo ekdum ramro lekh . nice Work! by the way, long weekend ni audai cha sali ko ta fan ma pani vaye; sali ko license vayeko vaye yeso long weekend ko lagi bolam na, kripaya depression bata ali happy mood ko sali bhag 3 sunna man layo Jay sali, yaad aucha timrai khali, sali jindabaad.

taremam_bhai · May 27, 2022 6:11 PM

सबै ठीक छ तर लेखाइ चै अन्डरवेएर ब्रो को लेखाइ जस्तै छ सम्योग मात्रै हो कि कट्टु ब्रो ले नयाँ खाता खोलेको फेरी

Sajha keto · May 28, 2022 9:47 AM

*forgot to mention, i met my wife through my youtoube channel , she commented n thats how we started.

log on · May 29, 2022 4:40 PM

सालीको खर्बुजे धिंगमा गिद्द्दे नजर लाउने हरु, २४/७ नै साझा कुरेर बस्नेहारु स्वानिले सारी उचालेर कुर्दा हार खाएर अर्को संग लागि सक्नेहरु, मानसिक कुण्ठा हुने हरुले साझा होईन ललितपुर को मानसिक अस्पताल जादा छिटो उपचार कसो नहोला ?

pandey chor · Jun 1, 2022 10:37 PM

कुन्चाई गोफ्ले हो फेरी यो पाण्डे चोर नामक , पक्कै त्यो गब्बर चोर हुनु पर्छ u r get out

log on · Jun 5, 2022 5:26 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion