अमेरिकाको न्युजर्सीमा ग्यास स्टेशनमा सँगै काम गर्ने तथा एकैठाउँमा बस्ने आफ्नै नेपाली सहकर्मी तथा रुममेट मिलन घिमिरेबाट गोली हानी मारिएका फुर्छाङ छेवाङको आज अन्त्येष्टी गरिएको छ । मनाङको फु गाउँका छेवाङको सोमबार राती न्युजर्सीको भाडाको घरमा गोली हानी हत्या भएको थियो ।
२३ बर्षका मिलन घिमिरेले एउटै ग्यास स्टेशनमा काम गर्ने सहकर्मी ५६ बर्षका छेवाङको गोली हानी हत्या गरेका थिए । छेवाङका शरीरमा कैयन पटक गोली चलाइएको भेटिएको थियो ।
मृतक फुर्छाङ छेवाङ
न्युजर्सीको मवाहमा सोमबार राती पौने १० बजे गोली चलाएर हत्या गरिएको थियो । सोमबार राती घटनापछि ९११ मा फोन आएपछि प्रहरी घटनास्थल पुगेको थियो ।
गोली चलाउने मिलन घिमिरे
घिमिरे आफैले घटनापछि प्रहरीलाई फोन गरेका थिए । उनले फोनमा भनेका थिए – ‘मैले एकजनालाई गोली हानें । मर्यो कि ज्यूदै छ थाहा भएन ।’
घटनास्थलमा प्रहरी पुग्दा छेवाङ मृत अवस्थामा भेटिएका थिए भने हत्यारा फरार रहेकाले त्यसपछि प्रहरीले खोजी सुरु गरेको थियो । घटनास्थलबाट घिमिरे मिसिसिपीको लाइसेन्स प्लेट भएको कालो क्राइस्लर गाडीमा भागेका थिए ।
न्युयोर्क प्रहरीले गोली चलाउने मिलन घिमिरेलाई न्युयोर्कको ब्रोंक्सबाट पक्राउ गरिसकेको छ । प्रहरीले घटनाको २४ घण्टा नबित्दै गोली चलाउने घिमिरेलाई पक्राउ गरेको हो ।
घिमिरेलाई पहिलो डिग्री हत्या, हतियार राखेको र प्रमाणहरु लुकाउन खोजेको लगायतका अभियोग लगाइएको छ । अनुसन्धानका क्रममा घिमिरेले छेवाङलाई गोली हानेर हत्या गरेको खुलेको अभियोजन कर्ताहरुले जनाएका छन् ।
घटनापछि बर्गन काउन्टीका अभियोजनकर्ताहरुले अनुसन्धान सुरु गरेका थिए । घिमिरे सन् १९९८ को फेबु्रअरीमा ५ मा जन्मिएका र अविवाहित भएको प्रहरीले जनाएको छ ।
अमेरिकामा गोलीकाण्डका घटनामा बर्षेनी कैयन नेपालीहरुले ज्यान गुमाउँदै आएका छन् । तर नेपालीबाटै नेपालीको गोली हानेर हत्या गरेको घटना अत्यन्तै दुर्लभ घटना हो ।
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
नेपाली वालमार्ट चोर
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
Funny when Nepalis talk about Epstein and injustice
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.