[Show all top banners]

Logankobaje
Replies to this thread:

More by Logankobaje
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 दुर्लभ पुराना गीतहरु !!
[VIEWED 9856 TIMES]
SAVE! for ease of future access.
Posted on 02-13-21 8:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

कर्णप्रिय केहि नेपाली गीतहरु लोप हुने खतरामा छन् । नया पुस्तामा यी धरोहर हस्तारन्तरण गर्नु पर्ने अति जरुरि देखियो ।

https://www.youtube.com/watch?v=gfI8K9WVgkA
 
Posted on 02-13-21 10:39 AM     [Snapshot: 47]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

यो त मेरो पनि favorite oldies मा पर्ने गीत हो नी । पाण्डव सुनुवार को फोन इन कार्यक्रममा अनि रेडियो मा अरु बेला पनि कति चोटि सुनियो होला । जति पल्ट सुने पनि अझै सुनु सुनु लाग्ने गीत ।
 
Posted on 02-13-21 10:56 AM     [Snapshot: 68]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पाण्डब दाजु त legend हुन्, उनै मूजि दाजीको देखासिखी गरेर काठमाडौँका fm ले फोन-इन कार्यक्रम सुरु गरेका हुन् । त्यो बेला मोबिल फोन नहुने, मुस्किलले २२ ओटा जिल्लामा बाटो पुगेको थियो । हाम्रोमा डेरा गर्ने लोक सेवा दाजु भाई सनिबार भयो को पाण्डब दाईको कार्येक्रममा फोन गरेरे रेडियो बाट घराँ संदेश पथौठे । छुट्टै जमाना थियो ।

https://www.youtube.com/watch?v=eJBHRRaqpVg
 
Posted on 02-13-21 1:45 PM     [Snapshot: 126]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

बाजे,
तपाईंको बिल्ला नगर्दै यो थ्रेडमा अरु पुराना गीतहरु शेयर गर्दै रहनुहोला भन्न चाहन्छु। नयाँ पुस्तामा यी धरोहर यो कदमबाट हस्तान्तरण होला भन्ने कुरामा म कन्भिन्स्ड त छैन र पनि, तपाईंले उठाउनुभाको केही कुराहरुले चै मलाई नि नोस्ट्याल्जिक बनायो भनौ। म पनि रेडियो नेपाल सुनेर हुर्केको मान्छे। शनिबार मध्यान्ह १ बजे नाटक सुन्ने, हरेक साझ बाल कार्यक्रम सुन्ने (फेरी मलाई बाल कबि भन्दै बिल्ला गर्नुहोला, खैर) अनी पान्डव सुनुवारको फोन इन पनि सुन्निन्थ्यो। पछी आएर त "अनुहार न दनुहार, पान्डव सुनुवार" जस्ता उखान पनि बनेको सुन्दा चै उहाको पपुलारिटी धेरै रहेछ भन्ने थाहा भो।
मलाई याद आउने नेपाल रेडियोकर्मिको नामहरुमा बासुदेव मुनाल, नुपुर भट्टाचार्य, प्रवीन गिरी (समाचार वाचक, उहाको निधन भएको सुन्दा चै दु:ख लागेको थियो), भिम बहादुर थापा, उहाको नाटकहरु पनि सुनिन्थ्यो बिहान प्रहरी कार्यक्रम यस्तै केहीमा, मदन दास श्रेष्ठ, कृषि कार्यक्रमको लक्ष्मी भुसाल, "आमै" उहा चै अझै अयाक्टिभ रहेको पाए। अहिले "इन्द्रेणी" भनेर दोहोरी कार्यक्रम जस्तै नि हुन्थे, "चौतारी" भन्ने। गूड टाइम्स।
 
Posted on 02-13-21 2:02 PM     [Snapshot: 142]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

अत्ति सुन्दर गीत हरु बाजे keep going ...ps: पाण्डब र पाण्डे सधै legend हो नि    



Last edited: 13-Feb-21 02:27 PM

 
Posted on 02-13-21 4:45 PM     [Snapshot: 208]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

सानै हुँदा एक साँझ पोखराको पञ्चायत प्रशिक्षण केन्द्रको सभाहलमा (अहिले गण्डकी प्रदेश मुख्य मन्त्रीको कार्यालय वा प्रदेश संसद छ क्यारे ) सरोज गोपालकै प्रस्तुतीमा यो गीत सुनेको स्मरण छ । पछि यस गीतमा भएका युवतीका शरीरको वर्णन ले गर्दा गीत उत्ताउलो भयो भनेर "इज्जतिलो" ठाउँमा नगाइने वा गाए पनि सब्द बदलेर गाइने भन्ने सुनेको थिए । हामी (यसो लगाएको बेला बजाउने गाउने साथीहरु संग जम्यो भने) मूल गीत कै शब्दमा गाइन्छ, गाऊने भन्दा पनि यसो रमाइलो गरिन्छ भनूँ न ।

https://youtu.be/Q7jcHblIQbc

 
Posted on 02-14-21 7:00 AM     [Snapshot: 284]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रानी तलाउ किनारा,

https://www.youtube.com/watch?v=qMUKo4coUtQ
 
Posted on 02-15-21 12:56 PM     [Snapshot: 420]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

नारायण, हरि हरि

https://www.youtube.com/watch?v=jpoCP9jKuv8
 
Posted on 02-15-21 3:09 PM     [Snapshot: 444]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नारायण हरिहरि
 
Posted on 02-15-21 10:06 PM     [Snapshot: 521]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

Guys, do any of you remember the following teleflims (as those were called in the late 80s to early 90s on NTV)- Ra, Pancham, Chakrabyuh, Tadako Basti, Bhok ra Bhittaharu, Shreeman, Rupmati, Anuradha, Narisaunus Hai, Aja Bholi ka Katha (later called Hijo Aaja ka Kura), Meet Ba, Hosh Prasad, Chatureko Daupech.. Ra was the first ever nepali sci fi telecom. A rock from an asteroid gets onto the earth's surface and a kid finds it. The rock is a kind of wish fulfilling device. It was an interesting concept. Similarly, Pancham was probably the first thriller suspense teleflim involving the story of an ailing boy and his five friends.

Anand ji, let me know if you want to make a video on forgotten teleflims of NTV. I can tell you about the story of the aforementioned ones.
 
Posted on 02-16-21 12:10 AM     [Snapshot: 567]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

Deke, I remember watching most of them in your list except Ra and Pancham. Tasha ko basti चाई सबै भन्दा राम्रो लागेको ।
अरु दुइटा राम्रो लागेको तर नाम सम्झन नसकेको चाई: १) सायद ध्रुव चन्द्र गौतमको उपन्यास मा आधारित तराईमा शूट गरेको, श्री भन्ने फुच्चे केटा पनि थियो । २) ठूलै साहित्यकार को कथामा बनाएयको (रुद्र राज पाण्डे सायद - तर रुपमती चै होइन की ) - सुर्यमालाका दिदी बहिनी थिए क्यारे, भाइ चाई दार्शनिक कुरा गर्ने ।
 
Posted on 02-16-21 8:47 AM     [Snapshot: 625]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

१. “अलिखित” हो ।बिना बस्नेत ( बुढाथोकी) द्वारा अभिनित ।
 
Posted on 02-16-21 10:12 AM     [Snapshot: 655]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो, डेके जत्तिको पुराना telefilm मा ज्ञान/चाख भएको व्यक्ति आज पहिलो पल्ट देख्दै छु । तपाईले भन्नु भएका प्राय सबै मैले हेरेको छु । त्यो ढुंगा वाला si -fi हेरेर त म तर्सेको । मूजि कति दिन सम्म राती सपनामा नि तेही आउने । " पंचम " हेरेको छु तर सारभूत कथा बिर्से । "टाढाको बस्ति " सबै भन्दा आतमियेता जोडिएको सिरियल । यो सिरियलले मलाई येति krazy बनायो कि, म यो सिरियल को video लिन नेपाल टेलिभिजन पुगे । "तपनाथ शुक्ल" भन्ने GM ले मलाई थर्काएर पठायो, पछि मूजि "power " लाएर त्यो सिरियलको केहि भाग लिन सफल भए , घराँ अझै छ , मूजि नेपाल गको बेला YouTube upload हान्दिन्छु, copyright लाग्छ होला ।

"चक्रबिउ " पनि कृष्ण मल्ल दाई को ऑल time फेव । कृष्ण मल्ल लाइ यो you tube मा राख भनेको बुढाले टेड पुच्छर लाएनन । " अनुराधा " त you toube मा छदै छ । बिना बुढाथोकी बस्नेत को " धन मन " ।

चतुरेको दाउपेच सुनिल पोख्रेल ( सुगम पोखेरल को दाई ) को सिरियल हो । कुनै दिन योनि you tube मा अउला । "युग देखि युग सम " सरोज खनाल को। " सनाई रोहि रहेछ " दीपा श्री निरौला । " कालि गण्डकीको सेरोफेरो , अविरल बग्दछ इन्द्रावती " , " श्रीमान श्रीमती ' आदि आदि ।
 
Posted on 02-16-21 2:47 PM     [Snapshot: 686]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sounds interesting Deke...
why don't you make a video yourself... I will do all I can to help ;)
 
Posted on 02-16-21 2:57 PM     [Snapshot: 692]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Logankobaje, Pancham was the story of an ailing kid. His neighbors (five kids I think, hence the name Pancham) get into solving the problem of this kids ailment. He says he is haunted by a ghost. Pancham gang sees a white figure on the terrace and get into solving the mystery. Sounds any familiar? If yes, you can complete the suspense. Btw, Sushila Rayamajhi played the kids mother.
 
Posted on 02-16-21 3:01 PM     [Snapshot: 696]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Also, raktakranti ko jwalamukhi ma was a part of revolutionary teleflim featuring Saroj Khanal and Suryamala Sharma but all episodes were not aired during the Panchayat regime, may be a couple of episodes only.
 
Posted on 02-16-21 11:40 PM     [Snapshot: 766]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोगनको बाजेले भन्नुभाको अल्मस्ट सबै सिरियल मैले पनि हेरेको नै हो। दीपा श्री निरौलाको 'सनई रोइरहेछ' चाँही सार्है दु:खलाग्दो सिरियल थियो त्यो जमानाको। ७० बर्षको बुढोसँग २० बर्षकी केटीको जबर्जस्ती बिहे हुन्छ अनी यस्तै कथा थियो क्यार। सुर्यमाला शर्मा पनि धेरै ट्यालेन्टेड कलाकार। अमेरिकाबाट फर्केपछी धेरै पछी नास सरको प्राणप्रिय प्रियन्का कार्कीसँग 'सुन्तली' मुभिमा देखिएकी थिईन, यो मुभी युटुबमा नै आएन, गीत त फेमस भाको थियो कुनै समयमा।

https://youtu.be/RozIclX8FKw

Last edited: 16-Feb-21 11:53 PM

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
Informatica consultancy share
Travelling on TPS advance travel document to different country...
Are you ready to know the truth?
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
मन भित्र को पत्रै पत्र!
Another Song Playing In My Mind
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters