← Back to Archives

tps to citizenship , कति सम्भब ?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

भाया, एकदम सम्भव छ, ५०% ५०% प्रोबबिलिटी छ । biden साप ले काम सम्हालेको पहिलो दिन मै ११ million undocumented ( including daca tps ) लाई express citizenship को path मा लाने कागजमा हस्ताछेर गर्ने घोसणा गरि सक्नु भाको छ । वहाको यो proposal स्वीकृत हुने या नहुने December मा Georgia मा हुने चुनाबले तय गर्ने छ । ऐले सम्मको पोल हेर्दा republican को kelly loeffler फेरी दोहिरिनी देखिएको छ भने अर्को republican david perdue भारी मात ले पराजित हुने आकलन छ । पोललाई आधार मान्ने हो भने पनि republican ले १ सिट होल्ड गर्दा पनि उनीहरुको senate मा मजोरिटी हुने छ र tps साथीहरु को express citizenship सपना तुहिने छ । तर २ सिट नै डेमोक्रेटले जितेको खण्डमा ७० हजार नेपाली tps holder सिधै citizenship को दाबेदार हुने छन् । के छ त आसाको किरण ? भाया, अब हाम्रो आसाकोकि किरण ट्रंप बाबा नै हो। senate मा बहुमत राख्न ट्रंप आफै Georgia गएर चुनाब प्रसार गर्ने घोसणा गरि सकेका छ । अब उनले त्यहाँ २ चरण मा ठुला ठुला र्याली कोर्न सभा गर्ने छन् । हो, येही र्याली अनि कोर्न सभा नै republican को हार को कारण हुने छ । आशा गरौ ट्रंप त्यहाँ गएर फेरी अनाब सनाब बोल्ने छन् , उटपत्यंग हर्कत गर्ने छन् अनि neutral जनता ( decisive voter ) फेरी republican संग तर्किने छन् तेस्को फाइदा डेमोक्रेट्स ले लिने छन् । येही बिचमा ट्रंपको र्यल्लीले गर्दा कोभिड ज्यादा फैलिएको खबर आउने छ अनि भोटर झन् चिडिने छन् । ४ वर्ष सम्म trump को बेबकुफीले आजिद भएको म येस्पली दुवा गर्दै छु , Georgia गएर अझ बेबकुफी गरुन, ठुलो ठुलो सभा गरुन , झुट को खेति गरुन जसले गर्दा दुवै republican चुनाब हारुन अनि हाम्रा ७० हजार undocumented नेपाली दाजु भाई सिधै अमेरिकन नागरिक बनुन , उनीहरुको पिडा सबै छु मन्तर होस् । trump बाबा , यो १ महिना तिमि अझ बौलाऊ, झुट को खेति गर , इरानमा सैनिक हस्तछेप गर , तिमि यो महिना उत्पात गर । -ठण्के-

thankeshwor · Nov 27, 2020 1:49 PM · 18,951 views

3 Replies

फिल्हाल senate मा रिपब्लिकनको बहुमत हुने देखिएको छ , यो संगै daca लगायत TPS मा हुने साथीहरुको भबिस्य थप अन्यौल हुने छ , TPS का साथीहरुले दरिलो alternate प्लान सोच्ने पर्ने भाको छ ।    सकिए पछि मान्छे किन सुध्रिन्छ ? भाया, power ट्रीप गाँजा ट्रीप भन्दा पनि सक्तिसाली हुने रैछ । यो कुरा द्वापर योउगमा रावण देखि कलियुग राजा ज्ञाननेंद्र , trump को गतिबिधि बाट थाहा हुन्छ । एक से एक परि हुदा हुदै रावणले अर्काकी स्वन्स्नी हरण गर्यो तेसै कारण उसको मरण भयो , मर्ने बेला जब उसको पावर ट्रीप सकियो उसको बुद्धि आयो अनि राम लाई "श्रीराम " भनेर मर्यो । ज्ञानेन्द्र सत्तामा हुदा सत्ता मातले उन्मुक्त भयो , उसको भलो चाहने र सहि सुझाब दिने हरुलाई छानी छानी पाखा लगायो । पापको घैला भरे पछि सत्ताच्युत भयो , अनि बल्ल उसको बुद्धि आयो , ऐले एकता, मेलमिलाप को कुरा गर्छ , कहिले चितवन पुग्छ , कैले पोखरा पुगेर जनता संग हार गुहार गर्छ । सत्तामा छदा एस्तो काम गरेको भए ऐले यो दिन देख्न पर्ने थिएन । यता trump वाजेको हालत तेस्तै छ , सत्ता उन्मादले गर्न हुने, नहुने काम सबै गर्यो , महिलालाई गाली बेज्जती, आप्रबासी लाई आक्रमण गर्यो , अम्रिकालाई बिश्वो जगत ( UN , WHO , NETO ) आदि बाट अलग्यौन खाज्यो आखिरमा आफै समय पूर्व अपमानित रुपमा बहिगमन भयो । ऐले आएर पावर ट्रीपको hangover ले छोडे पछि बल्ल आफ्नो अध्यारो भबिस्य देखि तर्सिन थालेको छ । आज भक्खर " immigrants are backbone of our country " भन्दै थियो , बोलि पनि सुध्रेको छ , मगज पनि ठेगानमा आको जस्तो छ । धेरै सम्हालिन थालेको छ । तर बुढा, मरे पछि औसदिको काम छैन , अलि अगाडी सुधेर्को भए थप ४ वर्ष र सम्मानजनक बहिगमन हुने थियो । तर यो सुध्रे पछि georgia को दुवै senate सिट रिपब्लिकन ले लाने भयो । bad for tps Last edited: 29-Nov-20 03:34 PM

thankeshwor · Nov 29, 2020 3:33 PM

Thankeswar le photo change garechha khusi lago. Yo logankobaje bhanne jantu le aafulai ke samjhinchha Thanke, bhaag bhanyo ta?

Titepati_Wormwood · Nov 29, 2020 6:41 PM

अब त १०० % सम्भब हुने भयो नि ब्रो, जादा जादै ट्रंप सर ले Georgia को दुवै सिट सुम्पेर जानु भयो , कछुवामुखे McConnell सरको नि ठुलो देन छ, राता रात मजोरिटी लिडर बाट मैनोरटी लिडर हुने सौभाग्य पाउनु भयो । अब त मुजी tps बाट express GC गाइच !!!

loganko vinaju · Jan 6, 2021 8:01 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all
Ask Sajha AI Assistant