'खलनायक' 'महानायक'

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

खलनायक भन्दै राजेश हमाल को पुत्ला जलाइयो   अहिले अभिनेता राजेश हमाल विवादमा तानिएका छन्। हमाल प्रस्तोता रहेको कार्यक्रम ‘जातको प्रश्न’मा उनले विभिन्न क्षेत्रमा अतिथिहरुलाइ प्रस्तुत गर्ने गरेका छन। उनको कार्यक्रममा नेपालमा भइरहेको जातीय विभेद र छुवाछुतका बारेमा बिरोध गरेर यस्ता कुप्रथा हटाउनु पर्ने माग उठ्दै आएका छन। यो कुराले असजिलो मानिरहेकाहरुको लागि बिरोध गर्ने एउटा बलियो निहुँ भेटेका छन : समता फाउन्डेसनको लगानीमा हमालले सञ्जालन गर्दै आइरहेको सो कार्यक्रम मा क्रिष्चियन एड नेपालको लगानि भएको बिषय। यसरि उनले नेपालमा हिन्दु धर्म निमिट्यान्न पारेर क्रिश्चियन धर्म लाद्न लागेको आरोप लाग्न थालेको छ । यसरि उनि महानायन नभएर खलनायक भएको भन्दै बिरोध गर्न थालिएको हो ।   यस अघि सामाजिक संजालमा क्रिश्चियनको लगानीमा नेपालमा हिन्दू धर्ममाथि प्रहार गरिएको भन्दै विरोध भइ रहेको मा अहिले सो बिरोध सडकमा समेत पुगेको छ। कार्यक्रमको विरोध गर्द राष्ट्रिय एकता अभियान नाम गरेको एक हिन्दु संस्थाको अगुवाइमा काठमाडौंको भीमसेनगोलामा एक बिरोध कार्यक्रम संचालन गरिएको थियो । सो क्कार्यक्रममा नारा जुलुसका साथै राजेश हमालको पुत्ला समेत जलाइएको खवर छ।   (यो मेरो भिडियो को स्क्रिप्ट हो)  फोटो जलाउँदै गरेको फोटो .. सामाजिक संजाल बाट Last edited: 13-Oct-20 08:01 PM

AnandNepal · Oct 13, 2020 8:01 PM · 9,878 views

1 Reply

समावेशी र समानता, जातीय विभेद विरुद्द कुरा गर्ने हुन्न , डलरे / इसाई मिसनरी/ क्रिश्चियन को बिल्ला भिराइ हाल्ने नया ढोंग रच्या छन् ढोंगीहरुले आजकल | पुराना ढोंग हरुले काम गर्न छोडेछ क्यार ....

soaltee · Oct 13, 2020 8:12 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion