[Show all top banners]

Surendra Shakya

More by Surendra Shakya
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Surendra Shakya
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 जब आमाको रक्षा गर्नु अपराध हुन्छ
Keywords associated with this thread

Nepal India Police action
[VIEWED 2952 TIMES]
SAVE! for ease of future access.
Posted on 05-12-20 5:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भारतले नेपालको सिमा अतिक्रमण गरेको कुराले हरेर समाचार पत्रिकाको पानाहरु तातिएका छन् र युट्यूबमा नेपालका चर्चित व्यक्तित्वहरुले नेपालको दास मानसिकताको नेताहरु बारे फेरी पनि भित्री रहस्य उदांग पारिरहेका छन्। यस घटनाको प्रतिरोध गर्न सडकमा स्वस्फुर्त रुपमा निस्केका स्वतन्त्र जनता र अभियन्ताहरुले सरकारको राम्रो स्याबासी पनि पाए—प्रहरीले तिनलाई पक्राउ गरेर दिन भरी हिरासतमा राखे जस मध्ये अधिवक्ता स्वागत नेपाल, स्वतन्त्र राष्ट्रिय अभियानका अभियन्ता, पनि एक थिए।

प्रहरी नियन्त्रणबाट छुटे पछि अन्तर्वार्ताको क्रममा बताउनु भयो कि यो धर पकड किन कुन कारणले गर्दा गरिएको हो त्यसको केही जानकारी प्रहरीले दिएन। यस घटनाबाट राम्री बुझ्ने कुरा के रह्यो भने जुन बेला पनि भारतले गरेको अत्याचार सह नसकेर नेपालमा प्रदर्शन र बिरोधकालागी जनता बाहिर उठ्छन् नेपाल सरकारले त्यसको बिरुद्ध कदम चाल्ने जिम्मेवारी पाएको छ। सत्ता र सम्पत्ति भारतबाट नै विभिन्न बहानामा देशको मुल्य तोकेर भित्री रुपमा र सन्धि गरेर बुझाउने गरेको हुनाले भारतको आशीर्बाद पाईरहन नेपालका नेताहरुले गर्नु पर्ने प्रमुख काम जनतालाई दमन नै रहेछ।

यस्तो देशभक्त नेपालीहरुलाई चिलले कुखुरा समाएर लगेको जस्तै प्रहरीहरुले च्याप्प समतेर भ्यानमा अल्दा ती प्रहरीको मुहारमा निकै गर्वको भाव देखिने भनेर पत्रकारहरुले पनि आफ्नो अनुभव राखेको छ। यस पटकको पक्राउ भने केही फरक भएको जानकारी स्वागत नेपालजीले दिनु भयो। फरक के भयो भन्दा धेरै पटक पक्राउ परिसकेको अनुभवी स्वागतजीले बताउनु भयो कि यस पाली चैं भ्यानमा राखिसकेको मान्छेलाई पनि बिद्युतिय करेन्ट लगाएको थियो। प्रदर्शन गरिरहेको मानिसहरुलाई भिडमै पनि पहिले नै विद्युतिय पेस्तोलले करेनट लगाएर स्तब्ध बनाएको रहेछ। यो शायद अमेरिकामा प्रहरीले प्रयोग गर्ने “टेजर गन” नै हुन पर्छ स्वागतजी को बयान सुन्दा।

राष्ट्रिय झन्डा अनेको धेरै गौरबको प्रतिक हो। तर दमनको बिरोध गर्ने जनताहरुले बोकेको झन्डाहरु पनि प्रहरीले लछार पछार पारेर झन्डामा नै हमला गरेर भुईमा फाल्ने राष्ट्रप्रेम प्रहरिहरुले देखाएका रहेछन्। नेपालको झन्डालाई भुईमा फालेर कुल्चेर प्रदर्शनकारीहरुलाई हमला गर्न सक्ने प्रहरीले बहादुरी राम्ररी प्रदर्शन गर्दा नेपालमा संचालित देशभक्तीका भाषण छाँट्नेहरुको छाती मोदीको जस्तै ५६ ईन्चको चौडा भएको हुनु पर्छ। यो सबै देख्ने भारतका मालिकहरु पनि सेवकहरुको बहादुरी प्रसन्नचित अवश्य भएको हुनु पर्छ।

अबकास प्राप्त सम्मानित स्वतन्त्र बुद्धिजीबि डा. सुरेन्द्र केसीज्युले पनि अर्को अन्तर्वार्ताको क्रममा नेपाललका कम्निष्ट नेताहरुले भारतलाई बेचेको महाकाली सन्धि र अरु त्यस्तै नेपालको अहीत हुने कामको ईनाम स्वरुप आफ्नो घरहरु बनाएको कुरा खुलाएनु भएको छ। सुस्ताको नेपालीहरुले सँधै भारतियहरुको हेपाई र दुर्व्यबहार सहनु पर्नाको कारण अघोषित रुपमा नेताहरुले सुस्तालाई भारतलाई समर्पित गरिसकेको हो र त्यसैले त्यहाँका नेपालिहरुलाई नागरिकता समेत दिएको छैन र दिँदैन पनि।
अर्का विद्बान भरत दहालको अनुसार मदन भन्डारीको हत्या हुनुमा पनि दल भित्रैको षडयन्त्र हरेको छ किनकी त्यसको लगत्तै भारतसंग महाकाली सन्धि गरेर महाकाली नदिको उद्गम स्थान नै सारेर भारतलाई ठूलो भूभागहरु सुम्पिएका थिए। यसप्रकारले हालका नेताहरु सबै विदेशिहरुको मतियार मात्र हुन् र तिनीहरुले खासमा विदेशिको जागिर मात्र खाएका हुन् नेपालमा शासन गर्न। यिनीहरु नेपालका जनताका शासक भने होईनन्।

राजनैतिक दलवालाहरुले सडकमा आफ्नो कार्यकर्ताहरु पनि पठाउने गर्छ किनकी त्यो देख्दा जनताले पनि केही भैराखेको भनेर झुक्याउने काम गर्नु पर्ने हुन्छ र धरपकड गरेको देखाएर मालिकलाई पनि पराक्रम गरेको देखाउनु पाउने हुनाले यहाँका कलाकारहरुले समस्याको समाधान गर्न सक्दैनन् किनकी समस्या त यिनीहरुको नैतिक पतनको कारणले नै त सृजना भएको थियो।

वर्तमान समिकरणले नेपालको हीत कदापी हुन सक्दैन भनेर नेपालीहरुले जान्नु बुझ्नु पर्ने दिन आईसकेको छ। अनेकौं चलखेल, भ्रम पार्ने कुरा र नेपालीलाई चल्लु बनाउने षडयन्त्र त भैरहेको छ। प्रश्न उठ्छ के अब हामी सँधै गधा नै भएर बस्नु नै हाम्रो कर्तब्य हो त?

For more opinions about the latest Nepalese issues and deeper analysis, please follow:
https://strong-nepal.blogspot.com/2020/05/blog-post_12.html


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
Bill to Protect TPS and DED Recipients
कोर्टमा जाँदा आइसले समात्ला भन्ने डर छ भने यस्तो गर्नुहोला
A legit Non-Profit organization "United For TPS Nepal "
Democrat lies revealed
Nepal TPS Hearing: 9 Room, 19 Floor, 29 July
Medication from Nepal to USA
legal Query for married nepali girl now have taken US citizenship
Leave messages on US congressman's facebook to support TPS
Business Ideas in Nepal?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters