[Show all top banners]

ktmpost

More by ktmpost
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 लुट्न सके लुट कान्छा लुट्न सके लुट, अरु देशमा पाइँदैन नेपालमै हो छुट
[VIEWED 3199 TIMES]
SAVE! for ease of future access.
Posted on 04-10-20 8:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


२७ चैत, काठमाडौं । भनिन्छ,- कालोबजारी गर्नेहरुको कुनै जात, धर्म हुँदैन ।

यो भनाइलाई व्यवहारिकरुपमा पुष्टि गरे शंकर ग्रुपका उपाध्यक्ष सुलभ अग्रवालले ।


चीनबाट २४/२५ डलरमा झिकाएको कोरोना नियन्त्रण तथा रोकथामका इक्विपमेन्ट (थर्मल गन, पीपीइ) लगायत अग्रवालले १५ हजार रुपैयाँमा बिक्री गरेर कालोबजारी गरे ।


सरकारले चार्डर्ड गरेको चीन पठाएको बिमानमा सेटिंग मिलाएर निजी सामान ल्याउन सफल भएका अग्रवाल कालोबजारी गरेर धेरै पैसा कमाउने चक्करमा सक्रिय हुँदा नराम्रोसँग फसे ।


सम्पत्ति त उनले कमाए होलान् । त्यही सम्पत्ति प्रयोग गरेर कानूनी कारबाहीबाट बच्लान् पनि । तर, नैतिकता र चरित्रमा लागेका दाग त्यो सम्पत्तिले फिर्ता गर्नसक्ने छैनन् ।


चीनबाट सामान ल्याउन सुलभसँगै अन्य आधा दर्जन व्यवसायीले पनि प्रयास गरेका थिए । तर, सुलभले नेपाल वायु सेवा निगमको कार्गो टिमसँग सेटिंग मिलाएर अरु व्यवसायीको सामान लोड गर्न दिएनन् । आफ्नो मात्रै ल्याए । २२ टन सामाग्री ल्याउने भनिएको बिमानले जम्मा १२ टन मात्रै बोकेर आयो ।

२५ सय ३ हजारको सामानलाई १५ हजारमा बिक्री गर्दा समस्या पर्ला नि, सीएनआइका एक व्यवसायीले सुलभलाई सम्झएका थिए । तर, त्यसको जवाफमा सुलभले भनेका थिए, ‘ओम्नीले लुट्दा हुने, मैले चाहीँ किन नहुने ?’

यसरी आफूले मात्रै सामान ल्याएपछि आफ्नो मनोपोली हुने र कालोबजारी गरेर एकै लटमा ३० करोड कमाउने अग्रवालको दाउ थियो ।

यसरी अग्रवालले चीनबाट ल्याएका थर्मल प्लान्ट र पीपीइ माडवारी सेवा समाज, उनेपाल उद्योग परिसंघ र शंकर ग्रुपसँग साझेदारीमा बिजनेश गरेका व्यवसायीहरुले किन्न खोजेका थिए ।


थी व्यवसायीहरुलाई पनि सुलभ अग्रवालले १५ हजार रुपैयाँभन्दा कममा दिएनन् ।


माडवारी सेवा समाज भनेको माडवारीहरुले अत्यत्नै श्रद्धा गर्ने संस्था हो । माडवारी सेवा समाज माडवारी समुदायको मिनि अदालत पनि हो । यो समुदायमा हुने विवाद त्यही समाजले मिलाउँछ ।


‘सुलभबाबुले थर्मल गन र पीपीइ ल्याउनुभयो भन्ने थाहा पाएपछि हामीले किन्न खोजेका थियौं तर १५ हजारभन्दा कममा दिन्न भन्नुभयो र किनेनौं,’ माडवारी सेवा समाजका एक सदस्यले भने ।


सुलभ अग्रवाल उद्योगीहरुको संस्था नेपाल उद्योग परिसंघ (सीएनआई) का उपाध्यक्ष पनि हुन् । सीएनआइले कोरोना रोकथामका लागि विभिन्न किसिमका सहयोग गर्दै आएको छ ।

यो घटनाले चर्चित लोक गायक पशुपति शर्माको ‘लुट्न सके लुट कान्छा लुट्न सके लुट, अरु देशमा पाइँदैन नेपालमै हो छुट…’ बोलको गीत सत्य सावित भएको पुष्टि गर्छ । तर, केपी ओली सरकारले पशुपति शर्माको उक्त गीतलाई बन्द गरेको थियो ।

सीएनआइले पनि सुलभसँग सामाग्री मागेको थियो तर उनले १५ हजारभन्दा कममा दिन मानेनन् ।


त्यसैगरी, शंकर ग्रुपसँग साझेदारीमा बिजनेश गरिरहेका एक व्यवसायीले पनि केही सय थान पीपीइ किन्न मागेका थिए । तर, सुलभले १५ हजारभन्दा कममा दिन मानेनन् । र, उनले किनेनन् ।


२५ सय ३ हजारको सामानलाई १५ हजारमा बिक्री गर्दा समस्या पर्ला नि, सीएनआइका एक व्यवसायीले सुलभलाई सम्झएका थिए ।

तर, त्यसको जवाफमा सुलभले भनेका थिए, ‘ओम्नीले लुट्दा हुने, मैले चाहीँ किन नहुने ?’


यस्तो जवाफ सुनेपछि ती व्यवसायीले केही भनेनन् ।


ओम्नी ग्रुपले सस्तो पर्ने सामान चीनसँग धेरै गुणा महंगोमा किनेको थियो । ओम्नीको विवाद आएपछि स्वास्थ्य सेवा विभागले ओम्नीसँगको सम्झौता रद्द गरेर नयाँ प्रक्रिया शुरु गरिसकेको छ ।


ओम्नीले गर्दा हुने मैले किन गर्न नहुने भन्दै खुलेआम कालोबजारी गर्ने व्यवसायी अग्रवाल पनि प्रहरीको फन्दामा परिसकेका छन् ।


अग्रवाललाई मंगलबार प्रहरीले कालोबजारी गरिरहेकै अवस्थामा पक्राउ गर्यो । प्रहरीलाई ३ हजार पर्ने कोरोना चेकजाँच गर्ने थर्मल गन १५ हजार रुपैयाँमा बिक्री गर्न कुटनीतिक नियोगको गाडी चढेर पुगेका अग्रवाललाई प्रहरीले रंगेहात पक्राउ गरी हिरासतमा राखेको छ ।

वर्षमा करिब १ खर्बको कारोबार गर्ने यति ठूला व्यवसायीले यति सानो कुरामा कालोबजारी गर्नु जरुरी थियो र ? हामीले केही माडबारी र उनीसँग निकट व्यवसायीहरुलाई सोधेका थियौं ।


‘सुलभजी, शाहीलजीहरु पैसाका लागि जे गर्न पनि तयार हुन्छन्,’ एक व्यवसायीले भने, ‘थप छानविन जरुरी गर्ने हो भने दर्जनौं केशहरु आउँछन् ।’


यो घटनाले चर्चित लोक गायक पशुपति शर्माको ‘लुट्न सके लुट कान्छा लुट्न सके लुट, अरु देशमा पाइँदैन नेपालमै हो छुट…’ बोलको गीत सत्य सावित भएको पुष्टि गर्छ ।


तर, केपी ओली सरकारले पशुपति शर्माको उक्त गीतलाई बन्द गरेको थियो । क्लिकमाण्डु बाट


https://www.kantipurionline.com/rochak/2625

Last edited: 10-Apr-20 08:41 AM

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
नेपाली वालमार्ट चोर
H1B
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters