[Show all top banners]

_____

More by _____
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Rahuldai
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 मेरा भारत महान्!
[VIEWED 7816 TIMES]
SAVE! for ease of future access.
Posted on 09-09-17 4:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 



मेरा भारत महान्!

‘तपाईं नै होइन राजेन्द्र पराजुली? तपाईंलाई हाम्रो बागले सापले याद गर्नुभको छ। कफी खाने निम्तो दिन आको हुँ म।’

दिनको एक बजेतिर एक अन्जान युवक अचानक मेरो क्युबिकल (कार्यकक्ष) मा आएर असभ्य पारामा मेचमा बस्दै मलाई भन्यो। म अवाक् भएँ। मसँग कुनै जवाफ थिएन। म चुपचाप त्यो युवकको हुलिया हेर्दै बसेँ। कहिल्यै नदेखेको त्यो मान्छे खाइलाग्दो शरीर र चम्किलो अनुहारको थियो।

‘आजको सम्पादकीय तपाईंले लेख्नुभको रहेछ, राम्रो भाषाशैली लाग्यो तपाईंको। पत्रकारितामा तपाईंको भविष्य उज्ज्वल छ,’ उसले आफ्नो पहिलो प्रश्नको जवाफै नसुनी पुनः थप्यो।

अन्जान युवकले यत्ति भनेपछि मैले ऊ आउनुको कारण थाहा पाइहालेँ। त्यसबखत लैनचौरस्थित भारतीय राजदूतावासमा गोपाल बागले नामका व्यक्ति काम गर्थे राम्रै हैसियत (प्रेस, सूचना तथा संस्कृति हेर्ने जिम्मेवारी) मा। मैले उनको नाम मात्रै सुनेको थिएँ, देखभेट भएको थिएन। उनी राम्ररी नेपाली बोल्न सक्छन् भन्ने पनि सुनेको थिएँ। उनको कूटनीतिक चातुर्यको प्रशंसा केही पत्रकार–प्राध्यापकका मुखबाट सुनेको थिएँ। उनी पत्रकार–साहित्यकारलाई खुसी पार्न पनि निकै सिपालु छन् रे भन्ने पनि सुनेको थिएँ।

उक्त दिन ‘अलि कडा’ शैलीमा लेखिएको सम्पादकीय छापिएको थियो। म काम गर्ने पत्रिका ‘राष्ट्रवादी धार’को थियो। युवा उमेरको थिएँ, देशभक्त तथा राष्ट्रवादी हुनुपर्छ भन्ने भूत मेरो मस्तिष्कबाट उत्रिएको थिएन। राष्ट्रवाद, देशभक्ति, क्रान्तिकारिताजस्ता विषयले चाँडै प्रभाव पारिहाल्थ्यो। यी कर्णप्रिय शब्द भजाएर खान पल्केका राजनीतिकर्मी, विद्वान, लेखकभित्र लुकेका स्वार्थ, पाखण्ड र ढोँगबारे म अनभिज्ञ नै थिएँ।
माओवादीको सशस्त्र द्वन्द्व मौलाएको समय थियो। उक्त द्वन्द्व भारतको उक्साहटमा चलिरहेको आशंका सर्वत्र गरिएको थियो। यद्यपि, त्यसको प्रमाण पेश गरेर उल्लेखनीय ढंगमा समाचार वा टिप्पणी लेख्न कसैले पनि सकिरहेको थिएन। माओवादी सशस्त्र द्वन्द्वमा भारतको मलजललाई लिएर सम्पादकीय लेखेको थिएँ। ‘छिमेकमा आगो लगाउँदा त्यो फैलिएर जोडिएको देशसम्म पनि आइपुग्छ होस् गर भारत, नेपालमा चलेको सशस्त्र द्वन्द्वको आगोमा घिउ नथप, यसलाई साम्य पार्नुमै सबैको हित छ’ भन्ने आशय त्यस सम्पादकीयको थियो। सोही सम्पादकीयले लैनचौरलाई पीडा दिएको रहेछ र त्यो पीडा समन गर्न राजदूतावासको पन्जा मसम्म फैलन खोजेको रहेछ।

‘भाइ, तपाईंको बागले सापलाई एक कप कफी म पनि ख्वाउन सक्छु, यतै बोलाउनोस्– म सोल्टीमा उनलाई कफी अफर गर्छु,’ ती युवकलाई मैले जवाफ दिएँ। मेरो जवाफ उनलाई मन पर्ने कुरै भएन। उनी एकछिन मलाई हेरी मात्र रहे। त्यसबखत मलाई दुई कुराले भने झसंग पारिरहेका थिए।

पहिलो, सम्पादकीय मैले नै लेखेको भनेर उसले कसरी थाहा पायो र दोस्रो, मलाई चिया खाने प्रस्ताव नगरेर किन मेरो प्रिय पेय कफीकै कुरा जोडियो!

अर्को कुरा, सम्पादकीय पत्रिकाका प्रकाशकसँगको सल्लाहमै लेखिएको थियो। बढी असर पार्ने विषयका कुनै पनि सम्पादकीय लेख्नु पर्दा प्रकाशक बिहानै फोन गर्थे। अघिल्लो दिन उनले मलाई बिहानै फोन गरेर आज अलि कडा लेख्नोस्, माओवादी र भारतको साँठगाँठबारे भनेर मलाई विषय नै सुझाएका थिए, कतिपय बुँदा पनि बताएका थिए। मैले प्रकाशकको सुझावबमोजिम नै सम्पादकीय तयार पारेको थिएँ।
म लेखरचना सम्पादन गर्ने र सम्पादकीय लेख्ने कर्ममा व्यस्त थिएँ, तर क्युबिकलमा रहेको मेचबाट युवक उठ्न चाहिरहेको थिएन। उसले कम्प्युटरमा मैले लेख्दै गरेको त्यस दिनको सम्पादकीयतर्फ पनि आँखा लगाउने चेष्टा ग¥यो। तर, मैले कम्प्युटरको स्क्रिन अफ गरिदिएपछि उसको प्रयत्न सफल भएन। उसले मलाई आफूसँग मात्रै भए पनि कफी खान जान आग्रह गरिरह्यो। मैले आफूलाई फुर्सद नभएको बताएर टारेँ। करिब २ घन्टापछि युवक मेरो क्युबिकलबाट बाहिरियो। जाने बेला उसले मेरो मोबाइल नम्बर माग्दा पनि नपाएपछि मतर्फ छड्के आँखा लगाउँदै बाहिरियो। तर, साँझपख उसले मलाई फोन ग¥यो मोबाइलमै– अनुरोध तथा सल्लाहका भाषा, चेतावनीका भाषा दुवै प्रयोग गर्दै।

कसैले मेरो मोबाइल नम्बर पनि उसलाई उपलब्ध गराइसकेछ!

पर्सिपल्ट पुनः उसैगरी त्यस्तै समयमा त्यो युवक प्रकट भयो मेरो क्युबिकलमा।

‘हेर्नोस् दाइ, तपाईं मेरो सल्लाह र अनुरोध मानिरहनु भएको छैन। यसको असर ठूलै पर्न सक्छ। म सीधै यो पत्रिकाको मालिकसम्म पुगेर पनि भारतबारे जथाभावी नलेख्ने बनाउन सक्छु। अहिलेसम्म म तपाईंलाई मौका दिइरहेको छु। तपाईंमार्फत् नै यो काम होस् र यसको श्रेय पनि तपाईंलाई नै जाओस् अनि फाइदा पनि तपाईंलाईं नै होस् भन्ने चाहन्छु,’ यस्तै अनेक कुरा गरेर ऊ मलाई मानसिक तनाव दिइरहेको थियो।
आफ्नो छेउमा कोही मान्छे आएर बस्यो भने मेरो कलम रोकिन्छ। म भीडमा वा हल्लामा काम गर्न पटक्कै सक्दिनँ। पत्रकारले जस्तोसुकै परिस्थितिमा पनि लेख्न सक्नुपर्छ भनिन्छ, तर मेरो त्यो क्षमता कहिल्यै विकास भएन। युवक बसुन्जेल एक अक्षर पनि लेख्न सकिनँ, सम्पादन गर्न पनि सकिनँ। म खासै दोहोरो कुरा पनि नगरी आफ्नो मेचमा बसिरहेँ। छेउमा मलाई मन नपरेको त्यो युवक बसिदिनाले शरीर भारी हुन थालिरहेको थियो, टाउको दुख्न सुरु भएको थियो।

‘दाइ तपाईंका पनि बालबच्चा होलान्, भोलि तिनलाई अध्ययन गर्न छात्रवृत्ति चाहिएला। भारतमा जत्तिको स्तरीय पढाइ अन्त कहाँ होला? तपाईंकै पनि मासिक तलब कति नै होला र! त्यसमा यस्सो थप हुन सक्दा परिवार राम्ररी चल्न सक्ला!’ उनले मलाई गज्जबले फकाउँदै थपे, ‘तपाईंले यसरी घमन्ड गरेर के नै गर्न सक्नु हुन्छ र! नेपालका एक से एक पत्रकार हाम्रै समर्थक छन्, तिनको नाम हेर्नुहुन्छ?’ मलाई उसको पछिल्लो वाक्यले नराम्ररी झस्कायो। ‘तिनको नाम हेर्नु हुन्छ?’ म भन्न सक्दिनँ उसले मलाई धम्क्याउनका लागि प्रयोग गरेको झुटो वाक्य थियो यो वा साँच्चै लैनचौरबाट भत्ता बुझ्ने पत्रकारहरुको सूची नै थियो ऊसँग! कतै मैले आदर र सम्मान गर्ने पत्रकार पनि उसले बोकेको सूचीमा त छैनन्? म झसंग भएँ र सूची नदेखाउन उसलाई भनेँ। ऊ त्यहाँबाट बाहिरियो। त्यो युवक आउन थालेपछिका हरेक पटकका क्रियाकलाप मैले प्रकाशकलाई बताइरहेको थिएँ। प्रकाशक मलाई ‘स्याबासी’ दिइरहेका थिए। उनी मेरो वफादारी र राष्ट्रवादिताप्रति नतमस्तक थिए।

अर्को साता।

युवक फेरि देखाप¥यो सोही स्थानमा। केही दिन युवक नआएपछि सन्चो भएको थियो। धम्क्याउन र लोभ देखाउन आएको थियो, सकेन अनि गयो भन्ने लागेको थियो। तर, उसले छाडेन मेरो पिछा गर्न। त्यस दिन ऊ अलि बढी नै आक्रोशको अवस्थामा देखिन्थ्यो। तर, पनि कुनै अशिष्ट भाषा भने प्रयोग गरिरहेको थिएन।

‘तपाईंजस्ता छुसी पत्रकारले केही बिगार्न सक्दैन हाम्रो। हेर्दै जानू, हामीले भनेको नमानेको नतिजा कसरी देखा पर्छ!’ यस्तो धम्की दिनुअघि उसले मलाई मेरा साहित्यिक पुस्तक हिन्दीमा अनुवाद गरिदिएर प्रकाशित गर्ने लोभ पनि देखाएको थियो। मेरा रचना भारतका चर्चित पत्रिकाहरुमा छापिदिने आश्वासन पनि दियो उसले। त्यसदिन ऊ क्युबिकलमा रहेको मेचमा बसेन। उभिएरै मसँग केहीबेर कुरा ग¥यो र बाहिरियो। उसले मलाई ‘छुसी पत्रकार’ भनेको सन्दर्भले चाहिँ निकै दिन घोचिरह्यो।

अढाइ–तीन महिनापछि प्रकाशकले उनको घरमा ब्रेकफास्टको निम्ता गरे मलाई। त्यो निम्ता अन्य केही सिनियर साथीहरुलाई पनि रहेछ। म बिहान ९ बजेतिर प्रकाशकको निवास पुगेको थिएँ। विस्तारै अन्य साथीहरु पनि आउन थाले।

‘अब कि हाम्रो पत्रिका बन्द गर्नु प¥यो कि त भारतको नकारात्मक कुरा लेख्नु भएन। बहुराष्ट्रिय कम्पनीका विज्ञापन सबै रोकिए। त्यति मात्र होइन पहिला छापिएका विज्ञापनका पैसा पनि उठाउन सकिएन। सबैभन्दा ठूला विज्ञापन नै रोकिएपछि अब कसरी काम गर्ने?’ प्रकाशक निकै

चिन्तित थिए, उनको अनुहारमा चिन्ताका रेखा दौडिरहेका प्रस्टै देखिन्थ्यो।

‘पत्रिका बन्द गर्ने कुरा हुँदैन सर, सबैलाई थाहा भएकै कुरा हो छिमेकी निकै बलियो छ–ठूलो छ, ऊसँग हाम्रो केही लाग्दैन। त्यसैले उसको विरोध नगरी नरम कुरा मात्र लेखौँ,’ मैले आफ्नो पालो आएपछि भनेँ। म के कुरामा विश्वस्त थिएँ भने, छिमेकीसँग हामीले निहुँ खोजेर केही हुनेवाला छैन, सकेसम्म फकाएर फाइदा लिने नीति नै व्यावहारिक हुन्छ। उसका आन्तरिक विषयमा नबोल्ने–नलेख्ने, नेपालमाथि गरेका कुनै पनि गलत व्यवहारबारे लेख्दा पनि मध्यधार पक्रने। त्यसबखत मेरो कार्यकक्षमा आएको युवक र उसले गरेका कुराकानी पनि मैले साथीहरुसमक्ष राखेको थिएँ।

सबैजसो सहकर्मीले पत्रिका बन्द गर्न नहुने सल्लाह दिएका थिए त्यस दिन। पत्रिका बन्द गर्दा बेरोजगार हुने डर पनि त थियो। हामी सबैको विचार सुनेपछि प्रकाशक केही खुसी त भएका थिए, तर उनी भित्रैदेखि खुसी हुन सकिरहेका थिएनन्। उनी राष्ट्रवादका सवालमा निकै गम्भीर र भावुक थिए। सबै निस्किसकेपछि उनले मलाई एकछिन पर्खन अनुरोध गरे। र, उभिएरै भने, ‘भारतले माओवादीलाई उचालेको कुरामा म विश्वस्त छु। तर, के गर्नु पत्रिका चलाउनै नसकिने भो राजेन्द्रजी। पत्रिका छाप्ने कागज पनि अभाव भइसक्यो। यस्तो अवस्था छ, तपाईं कुरा बुझिहाल्नु हुन्छ। मन मारेरै भए पनि अब भारतलाई महान् छिमेकी भनेर आजको सम्पादकीय पनि तपार्ईंले नै लेख्नु पर्‍यो।’

म स्वीकारोक्ति जनाउँदै कार्यालयतिर लागेँ। कम्प्युटर खोलेर सम्पादकीय लेख्न बसेँ, अहँ एक घन्टासम्म एउटै शब्द फुरेन। तर, सम्पादकीय त लेख्नैपथ्र्यो। अरु कोही साथीलाई लेख्न अनुरोध गरुँ भने पनि प्रकाशकले आफूलाई नै अह्राएका छन्! जबर्जस्ती लेखेँ– भारत हाम्रो यस्तो एउटा असल छिमेकी हो जसले नेपालको आन्तरिक मामिलामा कहिल्यै हस्तक्षेप गरेन। छिमेकी हुनु त यस्तो पो! यस्तै व्यहोराका शब्द र वाक्यले त्यस दिनको सम्पादकीय तयार पारेँ, झण्डै डेढ घन्टा लगाएर (अघिपछि आधा घन्टामा सक्थेँ)।

मनभित्र ठूलै उकुसमुकुस भइरहेको थियो। छातीमा कुनै गह्रौँ वस्तुले थिचेजस्तो महसुस भएको थियो। केही समयअघि आफैंले लेखेको सम्पादकीयविरुद्ध थियो त्यस दिनको सम्पादकीय लाइन। आफ्नै कलम र पेशाप्रति निष्ठा डगमगाएको र स्वाभिमानमाथि थप्पड हानिएको अनुभूति बोकेर कार्यालयबाट बाहिरिएँ। मोटरसाइकल चलाउने जाँगर पनि चलिरहेको थिएन, विस्तारै गुडिरहेको थिएँ।

सडकमा भारतीय नम्बर प्लेटका मालबाहक ट्रकहरु लस्करै अडिएका थिए। तीमध्ये अधिकांशमा लेखिएको थियो– मेरा भारत महान्!

https://setopati.com/


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Sukulgunda 2.0 / www.sukulgunda.com
Why Prachanda seems to be the smartest of them all?
When will Nepali women be equal?
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
When will the culture of impunity end?
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters