[Show all top banners]

ktmpost
Replies to this thread:

More by ktmpost
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 एक नेपालीले Crowd funding बाटै जुटाउन लागे अक्सफोर्ड युनिभर्सिटीको शुल्क
[VIEWED 8203 TIMES]
SAVE! for ease of future access.
Posted on 07-27-17 9:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुन्दा प्रिय लाग्दैन, चन्दा उठाएर पढ्ने कुरा । तर, ठूला विश्वबिद्यालयको ढाडै सेक्ने शुल्क तिर्न नसक्ने भएपछि पश्चिमा मुलुकमा चन्दा उठाएरै यस्ता कोर्षहरु पढ्ने अभ्यास हुँदै आएको छ ।

एक नेपाली युवाले पनि बेलायतको बिख्यात विश्वबिद्यालय पढ्नका लागि चन्दा उठाउने अभियान चलाइरहेका छन् । उनी हुन् २७ बर्षे कैलाश पाण्डे ।

उनले वेलायतको विख्यात अक्सफोर्ड विश्वविद्यालयमा मास्टर्स डिग्री पढ्ने अफर पाएका छन् । तर, पढ्नका लागि आवश्यक खर्च छैन । जहाँ इच्छा त्यहाँ उपाय भनेझैँ यी युवा यतिबेला चन्दा उठाएरै अक्सफोर्डको डिग्री हात पार्ने धुनमा छन् । केही दिनमै २२ लाख रुपैयाँ उठाउनुपर्ने चुनौती उनका सामु छ ।

यत्तिका पैसा जुटेन भने ?

हो, यही प्रश्नले उनको चैन विथोलिदिएको छ । किनभने, उनको हातबाट अक्सफोर्ड युनिभर्सिटीको अफर फुत्कनेछ । अब के गर्ने त ? सोच्दा सोच्दै उनको दिमागमा एउटा आइडिया फुर्‍यो, क्राउड फन्डिङ । यो भनेको भिडमा गएर खर्च जुटाउने । विदेशतिर अनलाइनबाटै यस्तो काम फत्ते गर्न सकिन्छ । नेपाली समाजमा भने अभ्यास भएको छैन ।

के हो क्राउड फन्डिङ ?

कुनैपनि अवस्थामा आर्थिक सहयोग जुटाउनका लागि सर्बसाधरणमाझ अपील गर्ने एउटा विधी हो यो । ‘थोपा-थोपा समुन्द्र’ भनेजस्तै मनकारीहरुको स-सानो सहयोग एकमुष्ठ जुटाएर आफ्नो उदेश्य पूरा गर्ने काइदा ।

विकसित मुलुकमा पढ्नकै लागि पनि यस्तो तरिका अपनाइन्छ । २७ बर्षे कैलाशले सुनाए, ‘अघिल्लो पटक एक बिद्यार्थीले क्राउड फन्डिङबाट २७ हजार डलर जुटाए ।’ मनकारी एवं सेवाभाव राख्नेहरुले यस्तै माध्यामबाट अरुको उद्दार गर्छन् ।

ती देशहरुमा क्राउड फन्डिङको लागि भिडमा उभिनु पर्दैन, वेबसाइटले नै यस्तो प्लेटर्फम तय गरिदिन्छ । उक्त वेबसाइटले बैधानिक कागजात अनुमोदन गरेपछि मात्र प्लेटर्फम उपलब्ध गराउँछ । कैलाशले यस्तै प्लेटर्फम पाएका छन्, हबबबडटओआरजी ।

‘त्यसमा भारतबाट एक जनाले डेढ लाख रुपैयाँ जति सहयोग गरेका छन्, अरुपनि सानोतिनो सहयोग जुटिरहेको छ’ कैलाश भन्छन्, ‘तर, पुग्दो छैन ।’

नेपालमा भने अनलाइनबाट पढाई खर्च जुटाउने अभ्यास भएको छैन । त्यसैले विकल्प साँघुरो छ । या त फेसबुक-ट्वीटर जस्ता सामाजिक संजालको साहारा लिनुपर्‍यो, या त भीडमा उभिएर सहयोगको अपील गर्नुपर्‍यो ।

‘अब मसँग त्यही दुईवटा अप्सन बाँकी छ’ उनले अलि बिस्मत् मान्दै भने, ‘यसबाट पैसा जुटेन भने, मैले पढ्न पाउँदिन ।’

पढाइको तिर्सना, पैसाको अनिकाल

२१ बर्षको उमेरमा दिल्लीबाट चाटर्ड एकान्टेन्सीको अध्ययन पुरा गरे, कैलाशले । त्यससँगै यता त्रिभूवन विश्वविद्यालयबाट बिबिएस पनि गरे । चाटर्ड एकान्टेन्डको कोर्स सकेपछि दिल्लीबाटै कानुनमा स्नातक गरे । अब उनको सपना रह्यो, अक्सफोर्ड युनिभर्सिटी ।

‘दिल्लीबाट फर्केपछि केही वर्ष काममै अल्झिएँ’ कैलाशले भने, ‘तर, पढाइको धित मरेन । त्यसैले अक्सफोर्डमा आवेदन दिएँ ।’ उनले पढ्न चाहेको बिषय रहेछ, ल एन्ड फाइनान्स । स्नातकोत्तरको यो विषय एकदमै नौलो हो । एक सिजनमा विश्वका ४५ जना विद्यार्थीले मात्र यस्तो बिषय पढ्न पाउँछन् ।

अक्सफोर्डबाट अफर लेटर आयो । उनले पढ्न पाउने भए । तर, तगारो बन्यो, पैसा । स्नातकोत्तर तहको एक वर्षे कोर्स गर्न उनले नेपाली ४२ लाख ‘डिपोजिट’ गर्नुपर्ने भयो । यत्तिका खर्च जुटाउन जायजेथा भएन । आयआर्जनको मेलो थिएन ।

पूख्र्यौली थलो रामेछापमा एउटा घर भुकम्पले भत्कियो । त्यही चिन्ताले आमा बिमारी भए । आमाको उपचार गर्दागर्दै त्यो घरबारी पनि रित्तियो । बर्दिबासको ऐलानी जग्गाको बैंकिङ मूल्यांकन हुने भएन । ललितपुरस्थित एक घरमा डेरा भाडामा बसिरहेका छन् ।

बुवा नेपाल आर्मीबाट अवकासप्राप्त, आमा रोगी । आफुमुनीका भाइ र बहिनीलाई पनि पढउन, हुर्काउन पर्ने । पढ्नका लागि खर्च अभाव हुँदा उनले कहिले जागिर खाए, कहिले सर-सापट गरे । यसरी दुखजिलो गरेर दिल्लीबाट सिए र एलएलबी गरे । पढाइको तिर्सना मेटिएको थिएन । त्यसैले अक्सफोर्डबाट पढाइलाई थप निर्खान चाहे । अवसर पनि मिल्यो । तर, पैसा पुगेन ।

‘मैले काम गरेर ७ लाख जति जम्मा गरेको थिएँ । त्यसमा साथीभाइसँग सहयोग, सापटी र घरपरिवारबाट मिलाएर २२ लाख जति जम्मा गरें’ कैलाशले सुनाए, ‘बाँकी पैसा भने जुटाउन सकिन र क्राउड फन्डिङको आइडिया निकालें ।’ यसअघिको सबै पढाई खर्च उनी स्वंमले जुटाएपनि यसपाली त्यो सामथ्र्य छैन ।

न एजुकेशन लोन, न त छात्रावृत्ति

कैलाशको भनाइमा, बैंकले बिना धितो एजुकेसन लोन दिदैन । आफूसँग पुग्दो धितो छैन ।

प्रमाणपत्रको आधारमा लोन लगानी कुरा चलेपनि कार्यान्वयनमा आएको छैन । बैंकबाट पैसा निकाल्ने विकल्प समाप्त भएपछि उनी लागे, क्राउड फन्डिङतर्फ ।

उनले अक्सफोर्डमा छात्रावृत्तिको आवेदन नदिएका होइनन् । तर, पाइएन । ‘नेपाल सरकारले पनि अब्रोड स्टडीका लागि छात्रावृत्तिको व्यवस्था गरेको छैन रहेछ’ कैलाशले भने, ‘साह्रै गाह्रो भो ।’ उनले आफ्नो फेसबुक वालमा सहयोगको अपिल गर्दै पोस्ट गरेका छन् ।

आफुलाई पढ्न चाहिने ऋण दिन समेत उनले आग्रह गरेका छन् । भनेका छन्, ‘खर्च जुटाउन नसकेकाले म परिबन्दमा परें । त्यही कारण क्राउड फन्डिङको लागि सबैसँग अपील गरेको हुँ । मलाई विदेशबाट यो लिंक https://spsr.me/RtEn   मा गएर सहयोग गरिदिनु होला । नेपालबाट सहयोगका लागि मलाई निम्न नम्बरमा सम्पर्क गर्नुहोला +977-9807873599 (Available in WhatsApp & Viber as well)

२०७४ साउन ११ गते ११:२१ मा प्रकाशित

http://www.onlinekhabar.com/2017/07/612915/
Last edited: 28-Jul-17 07:22 AM

 
Posted on 07-28-17 3:18 PM     [Snapshot: 513]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

why study in oxford? why not use the degrees already have and support the needy fam and the community? how is having a degree from oxford going to benefit our society so that we all need to pitch in for you? you know lots of our Nepali brothers and sisters in the US and Aus work 2-3 jobs to pay for school , what makes you privileged to study on other's peoples' money?
 
Posted on 07-28-17 5:51 PM     [Snapshot: 618]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

OXFORD RA HARVARD KO NAME USE GARERA GOJI THULO PAARNE CHAI HO KI
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
नेपाली वालमार्ट चोर
H1B
Funny when Nepalis talk about Epstein and injustice
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
अब के हाेला त?
When will the culture of impunity end?
Can we really get rid of Nepotism in the government?
आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
How many ministries do we really need?
नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
Why Prachanda seems to be the smartest of them all?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters