[Show all top banners]

_____
Replies to this thread:

More by _____
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Rahuldai
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 बफ मम खाँदै हुनुहुन्छ ? एकचोटि यो पढ्नुहोस् !
[VIEWED 1983 TIMES]
SAVE! for ease of future access.
Posted on 07-08-16 8:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बफ मम खाँदै हुनुहुन्छ ? एकचोटि यो पढ्नुहोस् !

स्याउँस्याउँ किरा भेटिए राजधानीका वधशालामा

पुष्प दुलाल

meat_anugaman5

२४ असार, काठमाडौं । स्याउँस्याउँ किरा । सहनै नसकिने दुर्गन्ध । फोहोरको डंगुर । जताततै झिँगा भन्किरहेका । देख्दै वाक्क लाग्ने यो ठाउँ कुनै युद्धभूमि होइन । यो दृश्य हो काठमाडौं उपत्यकामा रहेका वधशाला अर्थात् राँगा-भैंसी काट्ने ठाउँ । जहाँ काटेको मासु हामीले खाँदै आएका छौं ।

काठमाडौंमा सञ्चालित बधशालाहरुको अनुगमन गर्न गएको आपूर्ति मन्त्री गणेशमान पुनको टोली शुक्रबार बिहान सतुंगलस्थित ‘मोज मिट सेन्टर’ को बधशाला पुग्दा देखिएको दृश्य हो यो ।

मन्त्रीको टोली अनुगमनका लागि पहिले मोज मिट सेन्टरको बिक्री स्थलमा गयो । त्यहाँ सामान्य अवलोकन गरेपछि अनुगमन टोलीले आफूहरुले बधशाला हेर्ने बतायो । मिट सेन्टरका सञ्चालकले अनुगमन टोलीलाई बधशालासम्म जाने घुमाउरो बाटो देखाए ।

बिक्री केन्द्रदेखि बधशाला ६/७ मिनेटको दूरीमा रहेछ । अनुगमन टोली बधशालासम्म पुग्दा मिट सेन्टरका कर्मचारीहरुले हतार हतार मोटरसाइकलमा गएर बधशालामा पानी हाल्दै सफा गरिसकेको प्रष्टै देखिन्थ्यो ।

जब मन्त्रीको टोली बधशालाभित्र प्रवेश गर्‍यो, तब त्यहाँको दुर्गन्धले सबैको सातो लियो ।

बधशालाको दुर्गन्ध सहन नसकेर अनुगमन टोलीमा गएका एक प्रहरीले तत्कालै वान्ता गरिहाले । अनुगमन टोलीमा गएका धेरै सदस्यहरु भित्र बस्नै नसकेर बाहिर निस्किए । मन्त्रीसहितको सानो टोलीले एकछिन भित्र बसेर अवलोकन गर्‍यो ।

अवलोकनपछि मन्त्री पुनले हदैसम्मको लापरबाही भएको बताए । उनले तत्कालै वधशाला शील गरेर कडाभन्दा कडा कारवाही गर्न सम्बन्धित अधिकारीहरुलाई निर्देशन दिए ।

वधशाला ऐन २०५५ र खाद्य सुरक्षा नियमावली ०५७ अनुसार सो सो वधशाला सञ्चालन नभएको अनुगमन टोलीले बताएको छ । ‘यो वधशालाले सरसफाइमा शतप्रतिशत हेलचेक्र्याइँ गरेको पाइयो,’ भेटेरिनरी जाँच जनस्वास्थ्य कार्यालय, त्रिपुरेश्वरका पशुचिकित्सक डा. नारायण घिमिरेले भने ।

अनुगमन टोलीले वधशाला सञ्चालकलाई वधशालाभित्र थुपारिएको राँगाँभैसीको छालाको डंगुर खाडल खनेर गाड्न र पूर्णरुपमा सरसफाइ गर्न निर्देशन दिएको छ ।

नजिकैको प्रहरी चौकीमा लगेर वधशाला सञ्चालक शेख मोहम्मदलाई सो कार्य पूरा गर्ने लिखित कबुलियतनामा गराइएको छ । वधशाला सफा भइसकेपछि शील गर्ने अनुगमन टोलीका अधिकारीहरुले बताएका छन् ।

मानव वस्तीकै बीचमा रहेको वधशालाबाट बाहिरसम्मै दुर्गन्ध फैलिरहेको थियो । वधशाला नजिकै चिया पसल सञ्चालन गर्दै आएका एक स्थानीयले अनलाइनखबरसँग भने- ‘पानी परेका बेला त खपिनसक्नु गरी गन्हाउँछ नि हजुर, कसले हटाउने र यो वधशालालाई ? उसँग पर्याप्त पैसा छ ।’

‘ह्युमन’ वधशालाको यस्तो हालत

सतुंगलबाट अनुगमन टोली सीधै टेकुस्थित विष्णुमती किनारमा रहेको ‘हृयुमन सामुदायिक पशु वधशाला’ पनि अनुगमन गर्‍यो । सो वधशालामा बाहिरै देखिएको फोहोरले अनुगमन टोलीका सदस्यहरु भित्र प्रवेश गर्न आनाकानी गरे ।

त्यो वधशालामा पनि सतुंगलकै जस्तो दृश्य देखियो । त्यहाँ पनि अनुगमन टोलीले सरसफाइ गर्न निर्देशन दियो ।

त्यसपछि मन्त्रीको टोली कालीमाटीमा रहेको माछाको स्टोरेज हेर्न गयो । भैँसी र राँखा काट्ने बधशालाको तुलनामा त्यहाँ केही सफा देखिन्थ्यो । तर, कालीमाटीका व्यवसायीले सञ्चालन गरेको माछा स्टोरले पनि सरकारी मापदण्ड भने पूरा गरेको देखिएन । ग्राहकले मागेपछि मात्रै चिसोमा राखिएको माछा निकाल्नुपर्नेमा त्यहाँका व्यवसायीहरुले खुद्रा बिक्रेताले जस्तै गरी माछा स्टोर गरेको पाइयो । अनुगमन टोलीले माछा व्यवसायी संघका प्रतिनिधिलाई बोलाएर तत्कालै सरसफाइमा ध्यान दिन निर्देशन दिए ।

त्यहाँका केही माछा पसलमा भएका ढक तराजु नापतौल विभागमा दर्ता पनि भएका रहेनछन् ।

‘अर्को पटक अनुगमनमा आउँदा यस्तै दृश्य देखियो भने माछा नै जफत गरेर लान्छौं र कानून अनुसार जेल सजायँ पनि गर्छौ,’ अनुगमन टोलीका सदस्यले व्यवसायीलाई भने ।

अनुगमन टोलीको भागमा झिँगा

अनुगमन सकेर टोलीले बबरमहलस्थित एक थकाली भान्सा घरमा आएर खाना खायो । खाना खाने क्रममा टोलीका एक सदस्य अर्जुन पोखरेलको थालमा बधशालाको झैं किरा भेटियो ।

किरा भेटिएपछि टोलीका केही सदस्यहरु खाँदै गरेको खाना छोडेर उठे । यसले, राजधानीका नाम चलेका रेस्टुरेन्टहरु सरसफाइ र जनस्वास्थ्यमा कति संवेदनशील छन् भन्ने भनेर प्रष्ट्याउँथ्यो । साथै यो किराले छेउमै रहेको काठमाडौं जिल्ला प्रशासन र वाणिज्य विभागलाई गिज्याइरहेको थियो ।

मम खाने कि नखाने ?

काठमाडौं उपत्यकामा सबैभन्दा बढी बिक्री हुने खाजा हो- मम । मममा पनि सबैभन्दा बढी बिक्री हुन्छ, बफ मम । ममप्रति ग्राहकको अत्यधिक आकर्षण भएकाले नै हो- मम नपाउने होटल तथा रेस्टुराँहरु कमै होलान् राजधानीमा ।

यतिधेरै पसल हुँदा पनि कतिपय मम पसलमा ग्राहकले मम खानका लागि आधाघन्टा भन्दा बढी लाइन बस्नुपर्छ ।

शुक्रबार अनुगमन टोलीले बधशाला अनुगमन गरेका दृश्य हेरेपछि अब मम खाने कि नखाने ? भन्ने प्रश्न जोकोहीको मनमा सहजै उठ्न सक्छ ।


 
Posted on 07-08-16 10:17 AM     [Snapshot: 131]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

‘ह्युमन’ वधशाला ? [Disallowed String for - use not allowed] yo lekhne le pani ke ke leckha, humane ki human?
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Why Americans reverse park?
whats wrong living with your parents ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters