[Show all top banners]

cybernepali
Replies to this thread:

More by cybernepali
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 4]

Tyo Din

jetho390

Mr. D

tragicomic
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 होशियार !! नेपालमा नक्कली डाक्टरको बिगबिगी
[VIEWED 12540 TIMES]
SAVE! for ease of future access.
Posted on 06-20-16 10:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दुई हजार डाक्टर नक्कली, एसपीका भाइदेखि नेताका बुहारीसम्म नक्कली डाक्टर

२८८२१ पटकसोमबार, ६ असार

doctorकाठमाडौ । प्रहरी र नेपाल मेडिकल काउन्सिलको हालसम्मको अनुसन्धानमा देशभरि करिब दुई हजार नक्कली चिकित्सक कार्यरत रहेको रहस्य खुलेको छ ।

हालसम्म शैक्षिक प्रमाणपत्र अनुसन्धान गरी करिब एक हजार पाँच सयमध्ये डेढ सयजनाको प्रमाणपत्र नक्कली भएको पुष्टि भइसकेको छ । त्यसमध्ये ५३ जना पक्राउ परिसकेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले शुक्रबार र शनिबार गरी ३६ जनालाई पक्राउ गरेको छ । एकैपटक १० वटा जिल्लामा अपरेसन चलाई सिआइबीले नक्कली प्रमाणपत्रधारीलाई पक्राउ गरेको हो ।

जसमा प्रतिष्ठित चिकित्सकसमेत छन् । उनीहरूलाई ठगी मुद्दामा सिआइबीले कारबाही अघि बढाएको छ । ‘हाम्रो अनुसन्धानमा करिब १० प्रतिशत चिकित्सकको शैक्षिक प्रमाणपत्र नक्कली छ भन्ने छ,’ सिआइबीका निर्देशक डिआइजी नवराज सिलवाल भन्छन ‘हामीले १७ हजार चिकित्सकको प्रमाणपत्रको आधिकारिकता जाँच गरिरहेका छौँ ।’

- See more at: http://www.nepalsandesh.com/2016/06/20/199830.html#sthash.UC1kl4RR.dpuf




कान्तिपुर मेडिकल कलेजका मालिक नै नक्कली डाक्टर !
काठमाडौं–कान्तिपुर जनरल एण्ड डेन्टल हस्पिटल सामाखुसीका डाक्टर समेत नक्कली आरोपमा समातिएका छन् । पक्राउ परेका बुद्धिमान श्रेष्ठ अस्पतालका मालिक समेत रहेको बताइएको छ । स्याङ्जा घर भई हाल काठमाडौं महानगरपालिका ४ बस्दै आएका उनी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ‘सिआईबीले’ चलाएको अपरेसनको क्रममा समातिएका हुन् । सीआईबीले देशभर चलाएको अपरेशनका क्रममा उनीसहित ३६ नक्कली डाक्टर पक्राउ परेका छन् । ०७२ माघदेखि मेडिकल काउन्सिल, उच्च माध्यमिक शिक्षा परिषद् र केन्द्रीय अनुसन्धान ब्युरोले संयुक्त रुपमा शुरु गरेको अपरेशन ‘क्वाक’ अन्तर्गत ठूलो संख्यामा नक्कली डाक्टरहरु पक्राउ परेका हुन् । - See more at: http://www.ratopati.com/news/58077/#sthash.SjWfgTAN.dpuf




एसपीका भाइदेखि नेताका बुहारीसम्म डाक्टर नक्कली

काठमाडौं–प्रहरी र नेपाल मेडिकल काउन्सिलको हालसम्मको अनुसन्धानमा देशभरि करिब दुई हजार नक्कली चिकित्सक कार्यरत रहेको रहस्य खुलेको छ । हालसम्म शैक्षिक प्रमाणपत्र अनुसन्धान गरी करिब एक हजार पाँच सयमध्ये डेढ सयजनाको प्रमाणपत्र नक्कली भएको पुष्टि भइसकेको छ । त्यसमध्ये ५३ जना पक्राउ परिसकेका छन् ।fake doctors in court (15)

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले शुक्रबार र शनिबार गरी ३६ जनालाई पक्राउ गरेको छ । एकैपटक १० वटा जिल्लामा अपरेसन चलाई सिआइबीले नक्कली प्रमाणपत्रधारीलाई पक्राउ गरेको हो । जसमा प्रतिष्ठित चिकित्सकसमेत छन् ।

उनीहरूलाई ठगी मुद्दामा सिआइबीले कारबाही अघि बढाएको छ । ‘हाम्रो अनुसन्धानमा करिब १० प्रतिशत चिकित्सकको शैक्षिक प्रमाणपत्र नक्कली छ भन्ने छ,’ सिआइबीका निर्देशक डिआइजी नवराज सिलवाल भन्छन्, ‘हामीले १७ हजार चिकित्सकको प्रमाणपत्रको आधिकारिकता जाँच गरिरहेका छौँ ।’

एसपीका भाइदेखि नेताका बुहारीसम्म

प्रगति पोलिक्लिनिक चितवनमा कार्यरत सुनील आचार्य नेपाल प्रहरीका एसपी डा. सुवास आचार्यका भाइ हुन् । डा. सुवास नेपाल प्रहरीको अस्पतालमा कार्यरत छन् । त्यस्तै जोरपाटीको अम्दा नेपालमा कार्यरत निलिमा खड्का महत नुवाकोट कांग्रेस नेताहरूका बुहारी हुन् ।

प्रहरी अधिकारीका अनुसार श्रीमान्–श्रीमतीलाई पनि आफ्ना जीवनसाथीको शैक्षिक प्रमाणपत्र नक्कली छ भन्ने थाहा थिएन । ‘यसको प्रमाणपत्र नक्कली हो भन्ने थाहा भएको भए बिहे नै गर्ने थिइनँ,’ आफ्नो श्रीमती पक्राउ परेपछि उनका श्रीमान् सिआइबीमा पुगेर यस्तो गुनासो गर्दै थिए । पक्राउ परेका ३६ मध्ये ६ जना महिला छन् ।

 पक्राउ पर्ने सबैको प्रमाणपत्र विदेशी

पक्राउ परेका सबैले आइएस्सी र एमबिबिएस विदेशमा पढेका हुन् । केहीले बिहारका कलेजहरूमा आइएस्सी पढेको प्रमाणपत्रका आधारमा एमबिबिएस पढेका थिए । कतिपयले त एमबिबिएस पनि उत्तीर्ण नगरेको हुनसक्ने डिआइजी सिलवालको भनाइ छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

- See more at: http://www.ratopati.com/aakhabar/58142/#sthash.tlAvbqUf.dpuf

 
Posted on 06-20-16 10:35 AM     [Snapshot: 4]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

neta huna ko lagi kehi pani qualification chaihi daina, natra bhane dherai yestai hunthe.
 
Posted on 06-20-16 11:00 AM     [Snapshot: 95]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ajanma karabas ko sajaya hunu parchha, public ko health/ jyan ma khelwaad gareko aarop ma.
 
Posted on 06-21-16 10:37 AM     [Snapshot: 1265]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पहिले नै यस्तो फेक डिग्री काम लाग्ने थाहा भाको भए गाइनेकोलोजिस्ट को सर्टिफिकेट लिन्थे | थुक्क तु लेट
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
TPS for Nepal likely to extend next week
Conservative discussions
सालीको चाक
TPS To F-1 COS
Embassy of Nepal might be able to help extend TPS for Nepal
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
legal Query for married nepali girl now have taken US citizenship
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
रबि लामिछानेको दाहिने हात ICE को हिरासतमा
ICE kidnapping people off the streets over op eds
2020 : Why No Trump !
#MAGA#FAFO is delicious
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Democrat lies revealed
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters