नाइ भन्न् नसक्नु एउटा कम्जोरी हो, मैले त्यसलाई लुकाउन साइकल किनिन | मधेस नजिकैको सहरको बसाइमा छिमेकि देखि गाउलेहरुको सेवामै समय र इनर्जी खेर जाला भनेर किनिएन | हरेक दिन कालेज जान ४०-४५ मिनट एकहोरो हिडियो , त्यो हिडाइमा साथ दिने मित्र पनि यतै छन | मेले बुनेको एउटा धागोमा कसैले कमेन्ट गरेका थिए : कहिलै कार चढेको भए थाहा हुन्थ्यो |
बिदेस छिरिए पछि बसाइ र काम को दुरी अनुसार बाहन को आबस्यकता हैन किन्नु पर्ने बाध्यता हुदो रहेछ | यो पनि survival को एउटा अंग नै थियो | मेरा कोठे मित्रले Manual गाडि किनेका थिए अनि बेला बेलामा गोर्खे ब्रो मेरो गाडी लैजाउ भन्थे , यदी साच्चै जान्ने भए सोध्ने थिएनन होला | यही कारणले (no sharing ) मैले पहिलो गाडी ( अलिकती सस्तो पनि पर्ने रहेछ ) र अहिले सम्म standard गाडीहरु मात्र किनेको र चलाएको छु |
अन्जान हुँदा का भोगाइ :
एक दिन गाडीको क्लच माथि नै आउँदैन, नजिकैको PEPBOY मा लगेको मास्टर सिलिण्डर फेर्नु पर्छ रे १५० को इस्टिमेट पाए पछी मेरो टेम्प एजेन्सी मार्फत काम गर्नेलाई सोधे ? Bkare Fluid थप्ने र Air bleed गर्नु पर्छ भन्यो अनि म टवा परेर पछि तेस्ले भन्यो " man if you drive an used car, you must learn something about the car otherwise you will end up paying more than you paid for it" . You need brake fluid , add brake fluid and do 10 clutch press and a full brake press for 10-20 minutes. You will regain it but very slowly. एकै चोटिमा काम गरि हाल्यो |
यो थियो मेरो कार बिषय संग को पहिलो चिनारी !
एक दिन Starterले काम गर्न छोड्यो : ७० को starter फेर्न ७० नै लाग्यो | कुनै दिन AutoZone मा थिए, एउटाको कार मेरै जस्तो चुईकियो मोडेल पनि एकै थियो | कसरी फेर्दो रहेछ भनी हेरी बसे : बेट्री निकाले पछी मनग्य ठाउँ बन्यो २ वटा नट खोल्यो नयाँ Starter राख्यो | हात पनि कालो नहुने जाबो १५ मिनटको काम रहेछ ! आजकालका होन्डामा चिहाउनु पनि सकिदैन ( Starter are placed under the Manifold) टोयोटामा चै सम्भब होला ?
श्रीमतीजी को कारले ग्यालानको १५ माइल पनि दिएन भने पछि :Mass air flow र Thortal Clean गरिदिए | आज भोलि YouTube ले गर्दा धेरै सजिलो भएको छ | Did as they suggested.
कुराको सुरुवात यहा बात हुन्छ |
पहिले पल्ट कुनै part राम्ररि टाइट भएन छ, हावा लिक भएर बढी आवाज आउने भयो | फेरी खोल खाल गरि टाइट गरे पछि ठिक भयो | तर श्रीमतीजीले हरेक पल्ट स्टप साइन कही रोक्नु पर्दा थर्थराएको आवाज निरन्तर आई रह्यो | कहाँ कतिखेर बिच बाटोमा गाडी बन्द होलाकी भन्ने भय जगाउदो रहेछ | मेकानिक कहा देखा भनि सकिन | चोक्टा खान गएकी बुढि झोलमा डुबेर मरि संग मिल्न गए जस्तो भएन ?
शनिबार कार-टकमा भनेको सुनेको : DY गराजमा ३ कुरा लेखिएका थिए रे |
1) Do not break any thing .
2) Do not loose any thing .
3) If you do not know what you are doing , then do not do it .
खासै जटिल काम पनि गरेको पनि हैन | मैले २ वटा क्ल्याम्प र ४ ओटा स्क्रु खोलेर सफा गरेको हुँ | किन हरेक स्टप साइनमा गाडी रोकेको बेला मात्र कही थथर्किएको आवाज आउछ ? ड्राइभर सिट बाट सुनिने आवाज भयाबय नै थियो |मैले एक दिन एस्लाई काममा लिएर गए पछी एक कुरा थाहा पाए | त्यो के हो भने Drive शिफ्टमा हुँदा मात्र थथर्किने रहेछ | घरमा फर्किए पछि एक चोटि आफैले नहेरी किन लैजानु मेकानिक का भनि हेर्न पुगे |
नट बोल्ट र वाईरिङ्ग जोड्न बिर्सिएको हो कि भनी एक एक गरी हेरे | हेर्नु के थियो : हेराइ मात्रै थियो | आफैलाई चित्त बुझाउन हेरी रहे | ति कल पुर्जा मेरा लागि काला अक्षर भैंसी बराबर थिए |
मेरो आँखा Mass Air Flow संग जोडिएको प्लास्टिक को स्यानो बक्स मा गएर अड्किन्छ | तेस्लाई एक टक हेरी रहन्छु अनी मेरा हात तेस्लाई छुन लम्किन्छन, छुएको मात्र के थिए थर्किएको आवाज कम भएको महसुस गरे |
तेस्लाई चलाऊना साथ आवाज आउँन छोड्यो | EUREKA !
त्यो प्लास्टिक बक्स गाडीको अरु पार्ट्स नजिक भएछ अनी जतीखेर रोकेर बसिन्छ गाडी थथर्किदा त्यो पनि सगै थथर्किदो रहेछ र गाडीको कुनै पार्टमा ठोक्किदाको आवाज रहेछ |
मन मनै भने लाटा ले पापा हेरे झैँ हेर्दा पनि कहिले काही उत्तर पनि निक्लिदो रहेछ ?
साथै DYI को तेस्रो नियम सम्झीए |Whole two weeks my wife was torched by the noise that made on each and every stop sign. Am I changed from Survival to Frugal ?
Last edited: 27-May-16 10:08 AM
Last edited: 28-May-16 08:19 AM