[Show all top banners]

rahulvai
Replies to this thread:

More by rahulvai
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Discussion Refresh page to view new replies
 प्राशाको आशा ...Support Prasha for New Lungs
[VIEWED 3291 TIMES]
SAVE! for ease of future access.
Posted on 11-15-15 6:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     6       ?         Liked by
 

दुइ महिना अघि "नेपथ्य"को न्यूयोर्क कन्सर्ट बारे सेतोपाटीमा भिडियो सहितको एउटा लेख छापिएकियो थियो - "नेपथ्य नायिका" शिर्षक | पढ्दा पढ्दै ती नायिकाको नाममा मेरो आँखा रोकियो - "प्राशा तुलाधर " | त्यो कन्सर्ट हुनु भन्दा केही हफ्ता अगाडी मेरो फेसबुकमा जोड्न एउटा अनुरोध आएको थियो -प्राशा तुलाधर नाम कै | दुवै एकै व्यक्ति परेछ | बिबिध कारणले फेसबुकमा समयमै जोड्न नसकेकोमा थकथकी लाग्यो नै |
http://setopati.com/sahityapati/page/6/

संक्षेपमा परिचय दिनु पर्दा प्राशा तुलाधर काठमाडौको पुरातन शहरको पुरातन समाजमा हुर्केकी, टोल बजार भन्दा पर नजाने दौंतरीहरु माझ हुर्केकी जीवनको ३०औ बसन्त पनि नदेखिएकी, हाल न्यूयोर्ककी बासिन्दा हुन्| २३ बर्षकी हुँदा कलेज पढ्दा पढ्दै  Scleroderma भन्ने  र त्यसको केही बर्ष पछी अत्यन्तै बिरलै लाग्ने  Pulmonary Fibrosis भन्ने रोगले आक्रान्त छिन् | फोक्सोले "जीवन वायु" अक्सिजन लिन र रगतमा मिसाउन क्षमता कम हुँदै जाने रोगले अहिले प्राशा बहिनी ग्रसित छिन् र अक्सिजनको सिलिन्डर बोकेर रोग बिरुद्ध जीवन संघर्ष गरिराखेकी छिन | जीवनमा धेरै थोक गर्न बाँकी छ र केही सार्थक दिन बाच्ने रहर बाँकी नै छ, हामीलाई जस्तै  |

फोक्सोको प्रत्यारोपण बाहेक अन्य कुनै बिकल्प छैन | प्रत्यारोपणको लागि लाममा बसेकी छे | हर दिन हरपल सिलिन्डरलाइ च्यापेर फोनको घन्टी बज्ला र प्रत्यारोपणको लागि बोलाउला भनेर कुरेर बसेकी छे | 

यही क्रममा हिजो शनिबार प्रत्यारोपण गर्नको लागि फोक्सो मिलेकोले बोलावट आयो र धेरै आशा बोकेर अस्पताल पुगिन् | आबश्यक पूर्ब तयारी सके पछी प्रत्यारोपण गर्ने बिशेषज्ञ सर्जनले प्राप्त फोक्सो प्रत्यारोपणको लागि योग्य नभएको भनेर घर फर्काइ दियो | दूर क्षितिजमा देखिएको प्राशाको आशा फेरी निराशामा बदलियो |

प्राशाले हिम्मत हारेकी छैनन्, हार्ने पनि छैन | अक्सिजनको सिलिन्डर बोकेरै २ बर्षे छोरीको खुसीमा हाँसेकी छे | दिनदिनै उनी जस्तै बिरामीहरुलाई काउन्सिलिंग गर्दै छे | जीवन  जिउने आशाको गीत  गाउँदै छे |

प्रत्यारोपणको  लागि फेरी अर्को टेलिफोनको घन्टी कुरिरहेकी प्राशाको नयाँ र सार्थक जीवनको लागि प्रार्थना गरौँ | सबै मायालु मनहरुलाई आर्थिक र भावनात्मक सहयोगको लागि निम्न सहयोग पेजमा जानु भै मनले खाएको "धन" दान  गरिदिन हुन हार्दिक अनुरोध  गर्दछु |

https://www.gofundme.com/newlungsforprasha

धन्यबाद !!
Last edited: 15-Nov-15 06:37 PM
Last edited: 15-Nov-15 07:47 PM
Last edited: 15-Nov-15 08:48 PM

 
Posted on 11-18-15 9:44 PM     [Snapshot: 564]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?         Liked by
 

प्राषाको नाममा दुइ सब्द कोरिदिनु भएकोमा मुरी मुरी धन्यवाद ठुल्दाई / आसा गरौ भगवानले उनको आसा अवस्य पुरा गर्नेछ /
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
What stocks to buy -- Any recommendation
ट्रंप २०२०
हाकिमनी संग- आज सुक्रबार -३
दलित जगारण मोर्चा
आयाहूआस्का
640 doctors come forward to claim Covid 19 is a global scam
Nepalese for JOE BIDEN
Face mask नपाइने भए bra तथा underwear ले काम चलाउन अनुरोध
Visit Reeyas Kitchen for Nepali Food Recipes
Kamala Devi Harris chosen as Biden Running Mate
tesla stock OMG !!
नो ट्रम्प २०२०
थुक्क पापि आइमाइ, dumb bitch ... :)
दलित जागरणम कि बाहुन मारणम ??
WHERE IS NAS BRO?
नेपाली नायिकाको यस्तो भिडियो whatsapp बाट लिक
Dr. Fauci न टोक्नु न बोक्नु भएको छ ट्रुम्पलाई
To Sajha admin
हेर्दै अचम्म लाग्ने नेपालमा याे कस्तो social distancing | Amazing social distancing example in Nepal
साझा - लाटो देशमा गाँडो तन्नेरी
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters