[Show all top banners]

ugeslimbu
Replies to this thread:

More by ugeslimbu
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 हिलारी हप्ता
[VIEWED 4980 TIMES]
SAVE! for ease of future access.
Posted on 10-23-15 10:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अमेरिकी राष्ट्रपतीको निर्वाचन आउन बाह्र महिना र केहि दिन बाँकी रहँदा अब बैचारिकरुपमा मध्य दक्षिणपन्थी अनि दुई दलीय लोकतान्त्रिक तानाशाही पध्दती रहेको अमेरिकामा पुर्व फस्ट लेडी, निवर्तमान सेक्रेटरी अफ स्टेट अनि क्लिन्टन डाईनेष्टीका सदस्य हिलारी रोधाम क्लिन्टन संयुक्त राज्य अमेरिकाको ४५औं राष्ट्रपती बन्ने पक्का भयो | 
यो हप्ता हिलारीको हप्ता रह्यो | उनको सबभन्दा ठुलो व्यवधानको रुपमा हेरिएको बेन्गाजी स्क्यान्डलको पनि हिजो सकारात्मक अवतरण भयो | रिपब्लिकन कंग्रेसम्यान ट्रे गोव्डीको संयोजकत्वमा गठन भएको छानविन समितीले हिजो उनलाई "क्लिन चिट" दियो भने हिजै मात्र उनका प्रत्यासी (सानै सहि) लिंकन चाफीले आफ्नो उम्मेदवारी फिर्ता लिए | 
त्यस माथि सम्भावित उम्मेदवारकारुपमा चुपचाप राष्ट्रपतीय दौड र प्रतिष्पर्धा हेरेर बसेका बर्तमान उप-राष्ट्रपती जो बाईडेनले आफु यो पटक राष्ट्रपतीको उम्मेदवार नभन्ने घोषणा गरे | अघिल्लो हप्ता भएको डेमोक्रेटिक उम्मेदवारहरुको राष्ट्रपतीय बहसमा उनको भद्र र निर्धक्क प्रस्तुतीले उनको रेटिंग र उचाई बढाई दियो | 
म निजि र बैचारिकरुपमा हिलारी क्लिन्टनको यथास्थितिवादी मध्यपन्थी डेमोक्रेटिक धारको पक्षपाती र समर्थक होइन | पहिलो निर्वाचनमा पनि मैले ओबामा क्याम्पेनमा खुलेरै लागेको हुँ | मन र आस्थाले मलाई बर्नी स्यान्डर मन पर्छ | दक्षिणपन्थी अमेरिका अर्को बीस बर्ष बर्नी स्यान्डर जस्ता समाजवादी (उसले आफुलाई सोशिलिष्ट खुलेरै भन्छ) र नास्तिकलाई आफ्नो राष्ट्रपती बनाउने क्षमता र औकात राख्दैन | तर अहिले बर्नी स्यान्डरको र्यालीमा देखिएका हज्जारौंको उपस्थितिले त्यस्तो दिन र सम्भावनाको उपेक्षा नै चाही गरेको छैन | 
मेरो अग्रिम वधाई हाम्रा पहिलो अमेरिकी महिला राष्ट्रपती हिलारी रोधाम क्लिन्टनलाई !

 
Posted on 10-25-15 7:15 AM     [Snapshot: 222]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अमेरिका को रास्त्रपतिमा हिलारीले जित्ने कुरामा म लाइ बिस्वास छैन, रिपब्लिकन आउछ येस्पाली |तपाइलाइ हिलारी मन पर्ने रहेछ , उसले पादेको सुन्नुस |
https://www.youtube.com/watch?v=u0aedNpZeOw
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
Does the 180 day auto extension apply for TPS?
Travelling to Nepal - TPS AP- PASSPORT
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters