[Show all top banners]

ugeslimbu
Replies to this thread:

More by ugeslimbu
What people are reading
Subscribers
:: Subscribe
Back to: Current Affairs Refresh page to view new replies
 समस्याको जड: पहाडीया अहंकारबाद
[VIEWED 3466 TIMES]
SAVE! for ease of future access.
Posted on 09-13-15 4:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

२०५२ सालपछिका दिनहरुमा एक पटक मैले काठमाडौंका भित्ताहरुमा एउटा नारा देखें, ‘भगौडा नछी, धर्ती पुत्र छी’ ।
नेकपा माओवादीले लेखेको त्यो नाराको अर्थ मैले धेरैपछि मात्र बुझें । खासमा हामी खस ब्राम्हणहरु भारतका कन्नौज, कर्नाटक, कुमाउ आदिबाट आएका रहेछौं, मधेशी समुदाय चाँही नेपालकै तराईमा सदियौंदेखी बस्ने आदिबासी धर्ती पुत्र रहेछन् भन्ने कुरा इतिहासको अध्ययनपछि मात्र बुझीयो । मैले आफुलाई ‘वास्तविक नेपाली’ भनेर धाक धक्कु लगाए पनि खासमा मेरा पुर्खाभन्दा पहिले नै यहाँ मधेशी, थारु, जनजातीहरु बसोबास गर्दारहेछन् । उनीहरु नै यहाँका धर्ती पुत्र रहेछन् । तैपनि मेरो समुदाय अर्थात पहाडे समुदायले ति मधेशीलाई ‘भारतीय’ भन्दै हेप्दै आइरहेको रहेछ, उनीहरुलाई शासनसत्ताको पहुँचबाट पर राख्दै आइरहेको रहेछ, लामो समयसम्म मधेशीलाई काठमाडौं प्रवेशका लागि भिसा प्रणाली लागू गरेर उनीहरुमाथि गैर नेपालीको व्यवहार गर्दै आइरहेको रहेछ ।

मधेशमा आन्दोलन चलीरहेकै बेला ममा बाल्यकालका केही सम्झना तरोताजा भएर आएका छन् । मेरो बाल्यकाल भैरहवामा बितेको थियो । त्यो सीमावर्ती नगरको नारायणथानमा अवस्थित तात्कालीन् इन्द्रराज्य लक्ष्मी माध्यमिक बिद्यालय (कन्या स्कुल)मा कक्षा आठसम्मको अध्ययन गर्ने क्रममा मैले मधेशका धेरै गरीब र पिछडीएका गाउँहरुको भ्रमण गरेको छु । चाहे मर्चवार होस्, चाहे ठुटीपिपल, चाहे पक्लीहवा होस्, चाहे पडसरी, चाहे खुनगाही होस्, चाहे बसडिलवा, चाहे अमुवा होस् चाहे छपीया । त्यहाँ मधेशी, दलीत र उत्पीडित बर्गको बडा बिपन्न जिवनलाई मैले नजिकबाट देख्ने मौका पाएँ । त्यति मात्र हैन, पारी भारतमा रहेका नौतनहवादेखी गोरखपुरसम्मका ग्रामीण भेगमा बस्ने जनताको अवस्था पनि त्यस्तै विपन्न थियो, जहाँका केटाकेटीहरु पखाला लाग्दा जीवनजल नपाएर वा सर्पले डस्दा एन्टी भेनम सुईको अभावमा छटपटाएर मुखबाट सेतै फींज वाकेर मर्थे ।

    स्कुलमा मेरा एकजना साथी थिए, समतलाल मुसहर । उनलाई उनका बाबुले जसोतसो मेहनत गरेर पढाएका थिए । हामी सात कक्षामा पढ्थ्यौ र बेहैया झारले भरीएका गढाई (सडक वा बाटो किनारमा पानी जम्ने गढ्ढा)मा माछा मार्न जान्थ्यौं । बल्छीमा केचुँवा (गडयौला या अन्य केही चारा) उनेर दुर–दराजका गाउँका पोखरीमा माछा मार्न जाँदा हामी दिनभरी रमाउँथ्यौं । डन्डा खोला आसपासका बयरघारीमा घुसेर बयर टिप्ने, गन्ना (उँखु)को खेतमा घुसेर उँखु चोर्ने, गुल्ली डन्डा खेल्ने, आम गाछी (आमको बगैचा)मा काँचो आँप झटारोले हानेर झार्ने र पत्तीले चिरेर नुनसँग खाने, पंचरत्न सिनेमा हलमा डेढ रुपैयाँको टिकटमा थर्ड क्लासमा छिरेर डान्स गर्दै पिक्चर हेर्ने । त्यति मात्र हैन, गुलेली बोकेर धान वा गहुँको खेतमा ढुकुर वा सुगा मार्न जाने अनी फर्कदा ‘गोर्की पर्तकी रे मारे गुलेलवा जियरा उड उड जाए’ भनेर गुनगुनाउँदै फर्कने । बसडिलवा मेलामा नौटंकी नाच हेर्ने । समतलाल र मेरो जोडी जम्थ्यो । त्यो दोस्तीमा कतै पनि पहाडे र मधेशीको भेद थिएन । किनकी, ममा त्यसबेला पहाडे अहंकारबादको बोध पसीसकेको थिएन ।

एक दिन समतलालले मलाई भन्यो ‘अरे कुसुमवा, तिमी त चावल र सब्जी खान्छ, हामी त भुजा (मुरइ) र प्याज मात्र खान्छ बे ।’ कहिलेकाँही खेतमा मुसा मारेर त्यसलाई पोलेर खाने गरेको पनि उ बताउँथ्यो ।
मलाइ बडा नमज्जा लाग्यो । दुबै मान्छे भएर पनि दुबैको खानपीनमा त्यस्तो भिन्नता किन ? यो प्रश्नको उत्तर मैले अली जान्ने भएपछि मात्र पाएँ । हामी पहाडीया निम्न मध्यम बर्गको भए पनि दाल, भात र तरकारी जसोतसो खान्थ्यौं । तर समतलालको बुबा छोटुले सुख्खा रोटी र नुनको भरमा भैरहवाको त्यो प्रचण्ड गर्मीमा भुल्लो गम्छाले पसीना पुछ्दै खाली गोडा रिक्साको पाइडल चलाइरहेको म अझै सम्झन्छु ।
२०३६ देखी २०४६ सालअघिसम्मको त्यो कालखन्डमा मैले भैरहवामा मन्डले राष्ट्रवादको उग्र नमुना देख्ने मौका पाएँ । तिनताक भैरहवामा मन्डलेहरुको जगजगी नै थियो । हुन त त्यसबेला मन्डलेहरुको दादागीरी आम जनतामाथि नै चलीरहेको थियो । त्यसमा पनि मधेशी दाजुभाई दिदी बहीनीमाथि उनीहरु बडा हेपाहा ब्यवहार गर्थे ।
एक दिन मैले बर्मेलीटोलमा एउटा बडा नमिठो दृश्य देखें । समतलालको बुबा छोटुमाथि तिनजना पहाडीया केटाहरुले लात्ती र मुक्का प्रहार गरीरहेका थिए । छोटु भन्दैथिए, ‘माफ किजिएगा मालीक, गल्ती होइ गइला ।’
छोटुको नाथ्री फुटीसकेको थियो । मुखमा पनि रातै डाम थियो । सिक्री झुन्डयाइएको जिन्स पाइन्ट र झुलजस्तो प्वालै प्वाल भएको टिसर्ट लगाएको एउटा केटोले तिनताक मन्डलेहरुले बोक्ने नाइनचाकु (बु्रसलीको प्रभाव परेर होला) बोकेका थिए । त्यो युवाले छोटुमाथि नाइन चाकु घुमाउदै बेस्सरी बजा¥यो । छोटुको टाउकोमा लाग्यो र रगत बग्न थालीहाल्यो । उनी डाकोद छाडेर रुन थाले ।
मैले एउटा पुरुष त्यसरी डाको छोडेर रोएको जिवनमै पहिलो पटक देखेको थिएँ ।
भोलीपल्ट समतलाललाई सोधें, ‘तेरो बुबालाई किन पिटेको बे दादा (गुन्डा)हरुले ?’
समतलालले मलाई बताए अनुसार ति तिनजना केटाहरु महापञ्च निरंजन थापाका कार्यकता रहेछन् । चौराहाबाट समतलालको बाबु छोटुकै रिक्सा चढेर बर्मेलीटोलसम्म आएका रहेछन् । छोटुको अपराध थियो–उनीहरुसँग भाडा माग्नु । बस ।
‘साला धोती भाडा माग्छस् ?’, तिन दादामध्ये एउटाले त्यसो भन्दै दुई मुक्का हानेपछि समतलालको बाबुले रुँदै भनेका रहेछन्, ‘‘माफ किजिएगा मालीक, गल्ती होइ गइला ।’
समतलालको बाबुको मात्र कथा–व्यथा थिएन त्यो । मधेशी समुदायका दाजु भाईलाई ‘साला धोती’, ‘देशी’ आदि भन्दै हेपेको मैले धेरै पटक देखें । म कहिलेकाँही आमासँग आवा अफीसनजिकैको हाट बजार जान्थें । त्यहाँ कुनै मधेशीले परवर वा प्याज बेच्न राखेका हुन्थे । पहाडे मुलका अधिकांश मानिसको मुल्य सोध्ने ढंग हुन्थ्यो, ‘ए देशी, परवर कति रुपैयाँ केजी ?’  परवर बेच्न बसेका मधेशी भाई भन्थे, ‘हुजुर चार रुपैयाँ किलो ।’ अनी ग्राहक महानुभाव हेपाहा स्वर उराल्दै भन्थे, ‘दुई रुपैयाँको परवरलाई चार रुपैयाँ भन्छस् साला ठग धोती ?’
मुल्य चित्त नबुझे शिष्ट भाषामा पनि बार्गेनिङ गर्न सकिन्थ्यो होला । तर गाली नै गर्नुपर्ने कुनै अपराध त उनले गरेका थिएनन् । मलाई अचम्म लाग्थ्यो, कालो अनुहार, पातलो शरीर, ख्याउटे अनुहार भएको मधेशी दाजु भाईलाई देख्नासाथ पहाडे मुलका तराईबासीको पारो किन चढ्छ ? उनीहरुलाई हेप्नैपर्ने किन ? त्यो खासमा पहाडे अहंकारबाद रहेछ भन्ने कुरा मैले धेरैपछि मात्र बुझें ।
अरुको कुरा छोडौं । खुद ममा त्यो संस्कारले जरो गाडेछ, नजानीदो ढंगले । मेरो समुदाय, मेरो परिवेश र संस्कारले मलाई के सिकाएछ भने मधेशी भनेका भारतीय हुन्, उनीहरु नेपाली हैनन् । बर्माबाट भागेर आएका, भुटानबाट लखेटीएका, दार्जीलिङ, आसाम, सिक्कीमतीरबाट आएका नेपाली भाषी भारतीयप्रति नरम व्यवहार राखीन्थ्यो । नागरिकता समेत दिइन्थ्यो । जबकी तराईमा सदियौं बर्षदेखी बस्दै आएका मधेशी समुदायलाई भने ‘भारतीय’ भनेर गैर नेपालीकोजस्तो व्यवहार गर्ने संस्कार थियो ।
त्यो संस्कारले मलाई पनि गाँजेको रहेछ ।
त्यसबारेमा एउटा घटना सम्झन्छु । कुरा कक्षा ६ मा पढ्दाको हो । हामी गर्मीको विदामा कपिलवस्तुको पिपरा भन्ने गाउँमा जान्थ्यौं । राजमार्गको छेउमा हजुर बुबा, हजुर आमा र काका–काकी बस्नुहुन्थ्यो । त्यहाँ हाम्रो खेत थियो । खेतमा काम गर्न एकजना मधेशी दाई थिए, जसको वास्तविक नाम मैले कहिल्यै थाहा पाइन र सोधीन पनि । उनलाई सबैले ‘बड्का’ ‘बड्का’ भन्थे । हाम्रो खेतमा काम गरेबापत उनी केही धान पाउँथे । चाड पर्व, रुद्री, लाख बत्ती, ब्रतबन्ध आदि अनुष्ठान हुँदा बडकाकी पत्नी ‘छोटकी’लाई भाँडा माझ्न लगाइन्थ्यो । मानिसहरु मिठा मिठा परिकार खाइरहेका हुन्थे, छोटकी भने भाँडा माझीरहेकी हुन्थीन् । अझ, समयमै भाँडा नमाझेको, राम्ररी नमाझेको भन्दै उनलाई हपार्नेहरु धेरै हुन्थे ।
एक दिन मैले बड्कालाई मेवा टिपीदिन आग्रह गरें । बड्काले भने, ‘नाई बाबु, आँबोई (हजुर आमा) कराइल, हमउ पर मार परल ।’
आफुलाई मेवा नटिपीदिएको झोंकमा मेरो मुखबाट फुत्त निस्कीयो, ‘साला देसी, अब हामीले भनेको पनि नटेर्ने भयो ।’
त्यसको धेरै वर्षपछि पिपरा जाँदा बड्का सिकिस्त विरामी भएको देखें । उनी दुब्लाएर किराले खाएको कदमको मुढोजस्तो देखिन्थे । अगाडीका दुईवटा दाँत झरीसकेका थिए । मलाई देखेर पुरानै सम्मान र आदरभाव दर्शाउँदै उनले भने, ‘कुसुम बाबु, पढलिखकर बडे आदमी बनना । हमउ त अब नाही रहल ।’
पुरै जिवन अरुको हरवा चरवा भएर बुढेशकालमा राम्ररी उपचार पनि नपाई बडका मृत्यु शैयामा छटपटाइरहेको देखेर मेरो मनमा नमिठो कम्पन उत्पन्न भयो । के बड्काले भाग्यमै त्यस्तो जिवन लेखेर आएका हुन त ? के बड्काजस्ता मुलुकभरका मधेशी विपन्न दाजुभाईको नियती त्यही नै हो त ? भन्ने प्रश्नले मलाई घोचेको थियो । तर पहाडे अहंकारबादले घेरीएको वस्तीमा फर्केपछि मेरा ति अनुराग र संबेदना हराइहाले, मैले बड्काको लागि केही गर्न सकीन ।
फर्केर घर आउँदा काका तमाखु तानेर भन्दैथिए, ‘त्यो साला बड्का काम गर्नुपर्छ भनेर विरामी भएको बहाना गरीरहेको छ ।’ काकाको त्यो अभिव्यक्ति पहाडीया अहंकारले भरीएको अनी सामन्ती सोचले ओतप्रोत अभिव्यक्ति थियो, जुनकुरा म अहिले आएर मात्र बुझ्दैछु ।
उमेरले चालिस टेक्दासम्म पनि मैले मधेशका आफ्नै दाजुभाईलाई चिन्न नसकेको रहेछु । आफन्ै नेपाली दाजु–भाई दिदी बहीनीलाई मैले भारतीय ठान्दै आएको रहेछु र उनीहरुलाई नागरिकता दिनुपर्छ भन्ने कुरा उठ्दा मेरो पहाडे अहंकारबाद जुर्मुराएर जाग्दोरहेछ ।
न त बड्का भारतीय थियो, न त समतलाल र उसको बाबु छोटु ।
नेपाल र भारत भन्ने देश बन्नुअघि पनि उनीहरु सदियौंदेखी त्यही भुभागमा थिए । नेपाल–भारत सीमा कोरिएपछि एउटै भाषा, संस्कृती, भेष, भुषा, रहन सहन, इतिहास र परम्परा बोकेको समुदायमध्ये कोही भारततीर परे, कोही नेपालतीर । राजनीतिक सिमाबन्दीका क्रममा जो जो भारततीर परे उनीहरु भारतीय भए, जो जो नेपालतीर परे, उनीहरु नेपाललाई नै आफ्नो मातृभूमि मानेर बस्दै आए । यही कारण तराईका २० जिल्लाका सीमावर्ती क्षेत्रहरुमा दुबै मुलुकवीच रोटी र बेटीको सम्बन्ध रहँदै आएको छ ।
इतिहासका विविध कालखन्डमा मधेशीमाथि शोषण भएको पाइन्छ । मल्ल राज्यमा रहेर आफुलाई किर्तिपुरको लडाईमा पटक पटक हराइदिने तिरहुतीया फौज (मैथील सेनाहरु)लाई पछि पृथ्वीनारायण शाहले तराईतीर नै धपाइदिएका थिए । त्यसबेलादेखी सेनामा मधेशी भर्ती बन्द गरिएको इतिहास रहेछ । राणाजीहरुले तराईको जंगल फाँडेर काठ तस्करी गरेका थिए र जंगल फाँडेर बनेको भूमि आफन आइते, ब्याइते, ल्याइतेका सन्तानलाई बिर्ता दिएर पठाए । ति जमीनदारको घरमा त्यहाँका आदिबासी मधेशी, थारुहरु हरवा, चरवा बन्न बाध्य भए, उनीहरुको नाममा एक टुक्रा जमीन भएन । जमीन भएका मधेशीलाई पनि त्यो जमीन बेच्न र किन्न नागरिकता चाहिन्थ्यो, जुन उनीहरुका लागि आकाशको फल आँखा तरी मर सरह हुन्थ्यो ।
तराईको जंगल फाँडेर एकातिर त्यहाँको जैविक विविधता नास गर्न थालीयो भने जंगल मासेर बचेको जमीनमा पहाडीयालाई योजनाबद्ध ढंगले पुनर्वास योजना अन्तर्गत बस्ती बसाइएको देखिन्छ । मधेशका आदिवासी धर्ती पुत्रहरुको रहन सहन, भाषा, भेषभुषा, संस्कृती आदिलाई तुहाउने काम भयो । राजा महेन्द्रले विकासको नारा दिएर पुर्व पश्चिम राजमार्ग बनाए पनि त्यसको मारमा मधेशी समुदाय नै परेका रहेछन् । हुलाकी मार्गलाई राजमार्ग बनाएको भए मधेशी समुदाय बढी लाभान्वीत हुन्थे, अहिलेको ठाउँमा राजमार्ग बनाउँदा अनावश्यक रुपमा जंगल फडानी भयो । राजमार्ग छेउछाउ पहाडीयालाई ल्याएर बसाइयो । भूपी सैनिकका लागि मधेशमा पुनर्वास योजना नै ल्याइयो । त्यो सबै मन्डले राष्ट्रवादको नमुना थियो । २०४० सालतीर हर्क गुरुङको बसाइ सराइसम्बन्धी एक प्रतिबेदन आयो । त्यो प्रतिबेदनले तराईका मधेशीलाई ‘भारतीय’ भन्दै उनीहरुलाई देश निकाला गर्नुपर्नेसम्मको सुझाव दिएको थियो । नेपालमा जनसंख्या बढनुको कारण तिनै ‘मधेशी भारतीय’ रहेको दलील पेश गरिएपछि मधेशी समुदायमा आक्रोशको आगो सल्कीन थाल्यो ।
अहिले मधेशमा जुन आन्दोलन भइरहेको छ, त्यो खासमा लामो समयदेखी मधेशमा भइरहेको विभेदविरोधी संघर्षकै सिलसिला हो । कहिले कुन समुहले ग¥यो, कहिले कुन समुहले । भलै तराई काँग्रेसका नेता बेदानन्द झा राजाको मन्त्री खान दौरा सुरुवाल लगाएर दरबार पसेका किन नहुन्, भलै गजेन्द्र बाबु पनि पछि दौरा सुरुवाल लगाएर मन्त्री खान किन नगएका हुन्, तर मधेशमा आान्दोलन रोकिएन । चलीरह्यो । माओवादी जनयुद्धपछि मधेशी समुदायमा चेतनाको नयाँ आलोक जाग्यो । सद्भावनादेखी मधेशी फोरमसम्मले आन्दोलन चलाइरहे । यसवीचमा सत्तालोलुप नेताहरु देखा परे पनि, मधेशी शक्ति सत्ताकै लागि तेह« टुक्रामा विभाजीत भए पनि मधेशको एजेन्डा बिचलीत भएको थिएन । मधेशी समुदायको सेन्टीमेन्ट ओझेलमा परेको थिएन,  एजेन्डा कमजोर थिएन । शाषकहरुले मधेशलाई राम्ररी बुझ्न नसक्नुको परिणाम हो, अहिलेको अवस्था ।
हर्क गुरुङको त्यो प्रतिबेदनले मधेशीलाई गैर नेपालीको संज्ञा दिएको इतिहास जसले पढेको छैन, जसले त्यो प्रतिबेदनको खिलाफमा गजेन्द्रनारायण सिंह, बाबा रामजनम तिवारीहरुको संघर्ष र जेल जिवनको इतिहास पढेको छैन, जसले मधेशका किसानहरुको संघर्षको गाथा पढेको छैन, जसले नागरीकताका लागि भएको संघर्षको लामो सिलसिला बुझेको छैन, जसले जनयुद्धमा मधेशमा भएका संघर्षको इतिहास बुझेको छैन र जसले शान्ति प्रकृया सुरु भइसकेपछि मधेशमा पटक–पटक भएका विद्रोह र राज्य र विद्रोही पक्षवीच भएका सम्झौताको गहिरो अध्ययन गरेको छैन, उसले राजधानीका पत्रिका पसलहरुमा उभिएर मधेशीलाई गाली गर्नुको कुनै तुक छैन ।
जसले मधेशको समस्याको चुरो बुझेको छ, उ यतिबेला चिन्तीत छ । एमाओवादीभित्र डा. बाबुराम भट्टराई चिन्तीत छन् । जतीसक्दो चाँडो मधेश आन्दोलनको यथोचित समाधान नखोजिए त्यसले बिखन्डन निम्त्याउने खतरा औंल्याउँदै उनी त्यसका लागि पहाडे अहंकारबादलाई नै मुल कारण बताइरहेका छन् ।
नेपाली काँग्रेसका बयोबृद्ध नेता रामहरी जोशीको धारणा पनि यस्तै छ । जोशी सर्लाहीका पुराना अनी त्यागी नेता हुन । रामहरी जोशीकै कारण मधेशमा काँग्रेसको सँगठन कुनैबेलासम्म निकै मजबुत थियो । काँडाघारी टाउन प्लानीङ छाडेर अचेल ललितपुरमा बस्न थालेका नेता जोशीले अस्तीमात्र मलाई भने, ‘मधेशमा अन्याय भएकै हो । मधेशको मागको सम्बोधन भएन भने परिस्थिति हाम्रो हातबाट फुत्कीनसक्छ भनेर मैले शुसील कोइरालादेखी रामवरण यादवसम्मलाई भनीसकें । तर अचेल हाम्रो कुरै सुन्दैनन ।’
समस्याको गाँठो के हो भने मुलुकका ठुला दलमा केही मठाधीश नेता छन् । केपी ओलीको राष्ट्रवाद यतिबेला झापामा संकुचीत भएको  छ । मानौं उनी झापाका त्यो पनि आफ्नो निर्वाचन क्षेत्रका मात्र नेता हुन् । कृष्ण सिटौला पनि त्यही झापामा खुम्चीएका छन् । भीम रावल र शेरबहादुर सुदुर पश्चिमतीर खुम्चीएका छन् । लेखराज भट्टलाई अखन्ड सुुदुर पश्चिमको ज्वरो आएको छ । एमाओवादी अध्यक्ष प्रचण्ड, शुसीलआदिलाई जसोतसो एक थान संविधान जारी गर्नुप¥या छ । जुन अपेक्षित बर्ग र समुदायको लागि संघीयता चाहिएको हो, उसलाई नै रुवाएर संविधान जारी गर्दा त्यसले थप अस्थीरता निम्त्याउनसक्छ भन्ने दुरदर्शीता यी नेताहरुमा पटक्कै देखिएन ।
डा. बाबुराम भट्टराईमा त्यो सुझबुझ देखिएको छ र उनी सकेसम्म मधेशको आन्दोलनको यथोचित समाधान होस् भनेर लागीपरेका छन् । किनकी उनले देखीरहेका छन्, मधेशको समस्या यसैगरी चर्किदै जाने हो भने यसले भोली मुलुकमा बिखन्डन पनि ल्याउनसक्छ । तर यी नेतामाथि पहाडीया अहंकारबादले ओतप्रोत फेसबुके, टवीटरे, टवाँटे, टयापेदेखी ठुला दलका मठाधिश नेताका अनुचरहरु सबै खनीएका छन् । जव मुलुक उनले संकेत गरेको अनिष्टतर्फ नराम्ररी फँस्नेछ, अनी मात्र तिनको होस खुल्ने हो की ?
संसारभरी पृथकताबादी आन्दोलनका चरीत्र यस्तै देखिएका छन् । ‘प्रदेशबाट अधिकार भएन भने देशका लागि लडने’ मानसीकताको बिजारोपण सिके राउतमा मात्र हैन, मधेशका अधिकांश नेताहरुमा भइसकेको छ । सिके राउत र जयकृष्ण गोइतबाहेकका नेताहरु सकेसम्म नेपालभित्रै तराईमा दुई प्रदेश (स्वायत्त मधेश र थरुहट) होस् भन्नेमा स्पष्ट छन् । उनीहरु मनैदेखी बिखन्डनका पक्षमा छैनन् । किनकी उनीहरु सच्चा राष्ट्रवादी हुन् । मधेशका भनेर मानीएका जिल्लाहरु मधेशमै समेटीउन, थारु बहुल जिल्लाहरु थरुहटमै समेटीउन् भन्ने उनीहरुको माग हो । यदि यो मागको हल खोजीएन र पहाडे अहंकारबादले प्रेरीत भएर उनीहरुमाथि जर्बजस्ती गर्न खोजीन्छ भने मधेशमा हिंशात्मक विद्रोह वा पृथकताबादी संघर्ष गर्नुपर्छ भन्दै आएका सिके राउत र जयकृष्ण गोइतहरुकै मार्गमा लाग्न मधेशी युवाहरु बाध्य हुनसक्ने खतरा पनि छ । डा. बाबुरामले यही खतरा औंल्याएका हुन् । तर उनलाई नै मधेशीलाई भड्काएको आरोप लागीरहेको छ । मधेशलाई अधिकार दिनुपर्छ भन्नु उनीहरुलाई भडकाएको ठहरीन्छ भने भडकाएकै सही भनेर उनले पनि हाकाहाकी भनीरहकै छन् ।
यदि मधेश समस्याको अन्तर्यमा जाने हो भने मधेशमा बिखन्डनको बिउ मधेशी आन्दोलनकारीले भन्दा पनि केपी ओली, कृष्ण सिटौला, भीम रावल, देउवा आदिले रोप्न खोजेको मान्नुपर्ने हुन्छ । संघीयता भएमा बिखन्डन हुने हैन बरु, सँघीयता जसलाई चाहिएको हो उसले खोजे अनुसारको संघीयता भएन भने पो बिखन्डन हुने अवस्था आउनसक्छ । समस्यालाई सही ढंगले नबुझी उल्टो पारेर बुझ्नखोज्दा आज मुलुकलाई बिखन्डनको दिशातीर उन्मुख गराइदैछ । केही नेताहरुको चुनावी स्वार्थ र पहाडे अहंकार तुष्टीका लागि नेपाललाई बिखन्डनको दिशातर्फ जान दिने की समस्याको सही समाधान खोज्ने ? मधेशीलाई भारतीय भन्दै हेपीरहने, उनीहरुलाई उत्तर प्रदेश र विहारको भन्दै सराप्ने केपी ओलीमार्का ‘घातक राष्ट्रवाद’ले नेपाललाई संकटको भूमरीमा धकेलीरहँदा सच्चा राष्ट्रवादी, लोकतन्त्रबादी, गणतन्त्रबादी, संघीयताबादी आदि जनताले राज्य पक्षलाई शसक्त दबाब दिनुपर्ने बेला आएको छ । र भन्नुपरेको छ, यो देश कुनै नेताको बाउको बिर्ता हैन । मधेशी, जनजाती, थारु, मुश्लीम, महिला, उपेक्षित क्षेत्र र समुदायको हित सुनीश्चीत गरेर संविधान जारी गर्ने हो भने  अहिले भइरहेको संविधान निर्माण प्रकृया स्थगीत गर्नु र वार्ताको पहल थाल्नु नै निकासको प्रस्थानबिन्दु हो ।
पान्डवले पाँच गाउँ माग्दा नदिनेहरुले कालान्तरमा पुरै हस्तीनापुर गुमाउनुपरेको कथा पढौं, पहाडे अहंकारबाद त्यागौं र मधेश आन्दोलनलाई सम्हाल्ने, समाधान गर्ने र मुलुक बचाउने दिशामा लागौं भनेर म मुलुकका मठाधिश नेताहरुलाई आग्रह गर्न चाहन्छु

-
 
Posted on 09-13-15 6:39 PM     [Snapshot: 86]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

Not Pahadiya or real madhes basi but the leader and all those Biharies who got Nepali citizenship are the real trouble.
 
One day these Bihari will demand to be part of India with new state as JharKhand did from Bihar. 
.
Me and you Mr Limbu,  will see it in future,  we may not be able to walk on Madhsi state with my and your  identity. 
When India got independent , all Hindus converted to Islam and stayed in Pakistan. What can we do to stay in Tarai harmoniously?  

It is Pahades  past ego or new egos of Bhiharis or Worst of The WORST DECISION BY OUR PARTY LEADERS IN PAST? 

YOU CAN LIVE IN PAST : THINK OF NEW SOLUTIONS! GIVE ME YOUR NEW IDEA NOT WHAT HAPPEN IN PAST. 

copy and paste: where is your own thought?  
Last edited: 14-Sep-15 08:54 AM

That was old banner by the same party who created this MESS: now you blame to cheetri and baahun? 
Last edited: 14-Sep-15 09:21 AM

 
Posted on 09-13-15 8:01 PM     [Snapshot: 125]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

I do not know who wrote this article but this article represent one side of the problem

to the guy who wrote the article

I also belong to pahadey community,we never did somthing bad towards madhesi. When I was kid
I lived in Gaur, rautahat for almost a year. Our dera was in madhesi's house (can you beleive it). They were very good people. I was handsome kid (comaratively white with brown curly hair). The madhesi had only one son and two daughters. they were rich. The madhesi wanted to adopt me. later we returned to ktm. After 6 months the guy came to see me and gave me 50 rs. and asked my mother about possibility of adopting me. My mother was scared and angry.

Yes mr.writer it is you type of people who created problems for nepal. In government your type of ppl involved in corruption, your type of involved in source force.

But weight why Nepal has to suffer because of deeds of your type of ppl. We should follow democrcy only.

Now, after many years you confess wrong doing. your type of ppl should bear the responsibility and pay for it but not nepal. let me ask you how are you thinking to repay those ppl? Now you want the country to be devided so that wrong doing of your type of ppl compensated ?
I dont think so, I always respected their right. saw them equals and we have to live togther not separately.

 
Posted on 09-14-15 4:20 AM     [Snapshot: 226]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?        
 

गलत इतिहास | नेपाल को लिच्छिबिकाल देखि नै , किरात काल अझ गोपाल बंश देखि नै यहा बाहुन क्षेत्री हरु बसोबास गरेको छ |
तराइको को अधिकांस भाग त् जंगल र बसोबास योग्य थिएँ न | मिथिला को इतिहास बाहेक |
इन्डिया मा मुसलमान ले दुख दिएपछि धेरै राजपुत हरु मारिए | तिनका स्वास्नी हरु धर्म बचाउन घर को नोकर संग नेपाल तिर जंगल पसे | पछि तिनैका सन्तान थारु हरु जन्मे |
खेति , किसानी गर्ने भएकोले भुमि पुत्र कहिये | माटोमा लडिबुडी गरेर भुमि पुत्र भएकोलाई भुत्रो को आदिबासी ?
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
What stocks to buy -- Any recommendation
ट्रंप २०२०
❤️ चिक्नी चमेली ❤️
Fox News: Wear the Damn Mask, it is not political issue but a public health issue.
Photo of the day
About some Nep Trumpers
कभी सौतन कभी सहेली
स्कूलमा पढेका कथा - भुतको शिकार, शिशिर बसन्तको कथा देखि टाउकोको मोल सम्म
नाश सरलाई केही कुरा याद दिलाउदै
आहा! कती मिठो गीत्!
Is Trump trying to overturn an election?
Conservative discussions
अझ के अनिष्ट हुने होला?
Parash shah is critically ill !
ल हेर्नुस्, राजा विरेन्द्रलाइ "राजसी" कस्तो हुन्छ भन्ने था नै रैन्च !
Silent majority
दिन बिताई कसरी गर्छौ ?
Fake news is too much. Deceiving the public too much
बिपिन कार्की जत्तिको कोइ छैन ।
Pink Floyd - Wish You Were Here (Cover)
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters