[Show all top banners]

shahi baba
Replies to this thread:

More by shahi baba
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

UnsungEpic

shahi baba
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 कैलालीमा मार्ने कतै माओबादी त हैनन्?
[VIEWED 11055 TIMES]
SAVE! for ease of future access.
Posted on 08-25-15 12:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

माओबादीहरु अनि नेपालको इतिहास हेर्दा एस्तो बर्बरतापुर्वक हत्या गर्ने माओबादी बाहेक अरु हुन सक्दैन जस्तो लाग्छ \ पक्कै पनि यिनीहरुको चाल हो \ भाइहरुलाई फुटाएर गवाँरहरुले लुट्ने योजना हो अरु केहि होइन \
 
Posted on 08-26-15 9:51 AM     [Snapshot: 209]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

I heard there were lot of Indian vehicles, may be they were imported from India.
 
collegefootballrocks
Posted on 08-26-15 12:30 PM     [Snapshot: 316]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

Maobaadi or Bihari bahek aru kasaile testo kroor tarikaale manchhe maarnai sakdaina....
 
Posted on 08-26-15 6:38 PM     [Snapshot: 461]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

येस्मा कुनै शंका छैन मित्र , कैलाली मा माओबादि हरु ले घुस पैठ गरेर घटना घटाएका हुन्
१) घटना को एक दिन अगाडी आतंककारी को नाइके बाबुराम ले TWITTER मा लेख्दै "अनिस्ट हुने " धम्कि दिनु


२) बैद्य माओबादि र माउ माओबादि ले त्यो दिन आफ्ना कार्येकर्ता हरु लै कैलाली जान उर्दी गर्नु
३) बाचेका प्रहरी स्वम ले भनेका छन् जुन ढंग मा आक्रमण भयो त्यो कुनै तालिम प्राप्त लडाकु हरु को सैली मा भएको छ
४) घटना भए पछि सेना परिचालन हुदा आतंककारी नाइके बाबुराम ले तेस्को बिरोध गर्नु
५) घण्टा स्थल मा बाबुराम का सहयोगी लडाकु देखिएका थिए भनेर कुनै कुनै पत्रिका ले फोटो पनि हालेका छन् , तर त्यो चै पुस्टि भएको छैन !
यी सब कुरा ले माओबादि ले सुनियोजित ढंग ले घटना घटाएको देखिन्छ , अब कोइ कोइ मित्र भन्लान तेस्को प्रमाण के छ भनेर , प्रमाण त मदन भण्डारी लाइ के पी ओली ले मारेको भनेर हल्ला छ तेस्को नि छैन , बिरेन्द्र को परिवार लाइ ज्ञानेन्द्र ले मारेको वा भारत ले मारेको भनिन्छ तेस्को नि प्रमाण छैन ! येस्ता काम का कुनै प्रमाण हुदैन मित्र , सबै कुरा लै मिलाएर आफै बुज्न पर्छ !
 
Posted on 08-26-15 7:45 PM     [Snapshot: 509]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

Copied from setopati.com

मैले हारेँ, दयाँ गर्नुहोस् भन्दा भन्दै भाल रोपे’

म थाकिसके, मलाई छोडिदिनुहोस्, अलिकता दया गर्नुस, मेरो फौज तितरबितर भइसक्यो। मैले हारेँ तपाईँहरूले जित्नुभयो भन्दा पनि कसैको दया पलाएन। घरभित्र पसिसक्नु भएका सर (एसएसपी लक्ष्मण न्यौपाने)को कठालो समातेर बाहिर ताने, पर खेतसम्म लखेटे अनि धकेल्दै परसम्म लगेर लामो कपाल भएको जस्तो देखिनेले आँखामा भाला रोप्यो। सर त ड्याम्म ढल्नुभयो। उहाँको मुखमा, टाउकोमा हान्दै थिए, त्यसपछि मेरो पालो आउँछ भनेर ज्यान जोगाउन म भागेँ।
आजको अन्नपूर्णमा टिकापुर घटनामा घाइते भएका सुरक्षाकर्मी मानबहादुर बुढामगरको भनाई छापिएको छ।
बढो यातना दिएर मारे सबैलाई। मेरो एउटा आँखामा ढुंगा लागेपछि एउटा आँखालाई हातले छोपेर सरलाई जोगाइरहेको थिएँ, तर सकिनँ। त्यो दिन प्रहरी निरीक्षक बलराम बिष्टको कमाण्डको टोली टीकापुर नगरपालिका ६ शंकरपुर आसपास खटिएको थियो। प्रहरी निरीक्षकसहित १२ जनाको टोली निःशस्त्र लठ्ठी बोकेर परिचालित थियो।
तर बलराम सरको टोलीलाई प्रदर्शनकारीले निषेधाज्ञा तोडेर ५०० मिटर धकेलेपछि सापको वाकीटकी बज्यो, त्यहाँबाट बलराम सापले ‘सर हामीलाई च्यापिसक्यो, थप मद्दत चाहियो भनेको सुन्दै थिए। त्यतीबेला एसएसपी साप,सशस्त्रका एसपी लक्ष्मण सिंहसँगै हुनुहुन्थ्यो केहीबेरको सल्लाहपछि दुबै एकै पिकअपमा चढ्नुभयो। अगाडिको पिकअपमा एसएसपी साप र सशस्त्रको एसपी साप पछाडिको वाटनमा सशस्त्रका थप १६-१७ जान शंकरपुरमा मुभ भयो।
त्यहाँ ठूलो संख्यामा प्रदर्शनकारीहरू थिए। झन्डै ५ हजारभन्दा बढी। पिकअप भीड नजिकै रोकियो। त्यसको पछाडि कभर वाटनमा सशस्त्र थियो। त्यसमा एसएलआर बोकेका ६-७ जना सशस्त्र प्रहरी थिए। एसएसपी साप् ओर्लनुभयो अनभीडलाई सम्झाउन मात्र के सुरू गर्नुभएको थियो, भीडले सी आकारमा प्रहरीलाई घेरा हाल्यो।
उता बलराम सापको त त्यसअघि नै हत्या भइसकेको रैछ। अनि हामीलाई पनि भीडले लखेट्दालखेटदै अझ पाँच सय मिटर टाढा पुर्‍यायो। एसएसपी साप मोटो जिउ भएको मान्छे, थाकिहाल्नुभयो, हिँड्नै सक्नु भएन।

त्यसपछि मैले नजिकै रहेको एकजनाको घरमा सरलाई लगें। सरलाई यहाँ चुपचाप बसौं भनें। बाहिर भीड र अरू प्रहरीबीच भिडन्त भइरहेको थियो। सरको वाकीटकी बजेपछि एकजनाले यहाँ भित्र पुलिस छ भन्यो। अनि हुलका हुल घरवरिपरि आए।

घरको ढोका तोडेर केही मान्छे भित्र पसे। सरको कठालो समातेर बाहिर ल्याए। त्यो घरका मानिस पनि ‘अब नहान्नुस्' भन्दै रोकिरहेका थिए तर कसैले सुनेन। केहीबेरको कुटाइपछि खेतमा लगेर एकजनाले भाला हानिहाल्यो। कसैले बन्चरोले हाने त कसैले लट्ठीले हाने।

सबैभन्दा मलाई सशस्त्र प्रहरीले फायर नखोलेकोमा नराम्रो लागेको छ। 'भीड अनियन्त्रित भयो एसपी साप फायर खोलौं' भनेर सापले धेरैपटक सशस्त्रका एसपी सापलाई भन्नुभयो तर उहाँले आदेश नआएकाले गोली हान्न नसकिने बताउनुभयो।

एकजना एसएलआर बोकेको सशस्त्र प्रहरीको जवान सरको छेउमै थियो। सरले भन्नुभयो, 'ए भाइ फायर खोल, हामीसँग केही छैन, तिमीहरूले पनि फायर नखोले कसरी बाँच्ने हामी ? छिटो फायर खोल।' तर ती जवानले आदेश नआएकाले गोली चलाउन नमिल्ने भन्दै टारे। त्यहाँ चारपाँचजना मात्रै हतियार भएका प्रहरी गएको भए भीड नियन्त्रणमा आउने रैछ।

माओवादी सशस्त्र युद्धको बेला जस्तै छापामार शैलीमा प्रहरीमाथि आक्रमण भएको थियो । प्रहरीलाई लखेट्ने, एक्ल्याउने एक समूह हुन्थ्यो, घेर्न, हतियार हान्ने, भाला रोप्ने समूह अर्कै थियो। सबैलाई एक्ल्याएर मार्दै गए। प्रहरी निरीक्षक केशब बोहरा पनि सापसँगै जानुभएको हो । सबैलाई सी आकारमा घेर्दै भाला रोप्दै, आगो लगाउँदै मारे।

सर ढलेपछि म भागें। नजिकै एउटा नाला थियो, त्यो नाला पार गर्न सकिरहेको थिइनँ। मेरो एउटा आँखा बन्द भइसकेको थियो भने खुट्टामा पनि दर्जनौं लाठी खाइसकेको थिएँ।

धेरै प्रयासपछि म त्यो नाला पार गर्न सफल भएँ। अनि धेरै टाढाको धान खेतमा गएर पल्टिराखें। धेरैबेरसम्म होस थिएन। पछि होस आएपछि यताउता सुनसान थियो। केही साथीहरू घाइते देखिन्थे, केहीका शव देखिन्थे। एकैछिनपछि थप फौज आयो। अनि हामीलाई अस्पताल लगियो।
प्रकाशित मिति: बिहीबार, भाद्र १०, २०७२ ०५:१७:०३
 
Posted on 08-27-15 11:17 AM     [Snapshot: 704]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

टीकापुर आक्रमणको योजना तीन दिनअघि नै

साउन अन्तिम साता कैलालीको टीकापुरमा आयोजित थरुहट संघर्ष समितिको सभामा ‘नबोलाइएका अतिथि’ बनेका संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र कांग्रेस सभासद अमरेशकुमार सिंहले दिएको उत्तेजक भाषण अनपेक्षित थियो ।

आन्दोलनरत थारु समुदायलाई उत्तेजित पार्न उनीहरुले ‘घरेलु हतियार लिएर जाइलाग्न’ उक्साए ।

प्रदेश सीमांकनको विषयलाई लिएर पूर्वी तथा मध्यतराईमा आन्दोलन नउठेपछि ‘थारुलाई उचाल्ने’ रणनीतिसहित सुदुरपश्चिम पुगेका उनीहरुको यस्तो उक्साहटले ‘थरुहट प्रदेश’ माग गर्दै आन्दोलनरत समूहलाई दोधारमा पार्‍यो ।

थरुहट आन्दोलनमा सहभागीहरुमा दोधार हुनुको कारण– तीनैजना नेताले साम्प्रदायिक नारा लगाएर अर्को समुदायलाई लखेट्न उक्साएका थिए ।

केही दिन उनीहरुले के गर्ने भन्ने भेउ पाएनन् । त्यही क्रममा ४ भदौ दिउँसो टीकापुर नजिकैको दुर्गौलीमा ‘अखण्ड सुदुरपश्चिम’ पक्षधरले निकालेको जुलुस र थरुहट आन्दोलनकारीबीच जम्काभेट भयो र दुवै एकअर्कामाथि जाइलागे ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर गर्‍यो । दुवैपक्षका आन्दोलनकारी तितरबितर भएपछि स्थिति साम्य भएको ठानियो । तर, त्यहीँबाटै शुरु भएको थियो, ७ भदौमा टीकापुरमा भएको भयानक घटनाको योजना ।

सुरक्षा स्रोतले प्राप्त गरेका सूचनाहरुले त्यही साँझ टीकापुर आक्रमणको योजना बनेको देखाउँछन् ।

“दुर्गौली घटनालगत्तै नजिकैको एक गाउँमा बैठक बस्यो र रातिसम्म चलेको बैठकमा प्रहरीमाथि आक्रमण गर्ने योजना बन्यो” उच्च सुरक्षा स्रोत भन्छ, “त्यसक्रममा आक्रमणबारे दुइथरी बहस भएका थिए, पहिलो– अखण्ड सुदुरपश्चिम पक्षधरमाथि आक्रमण गर्ने, दोस्रो– प्रहरीमाथि । अखण्ड पक्षधरमाथि आक्रमण गर्दा त्यसले साम्प्रदायिक रुप लिएर थारु समुदायमाथि नै खतरा पैदा हुनसक्ने भएकाले प्रहरीलाई आक्रमण गर्ने योजना बनाइएको थियो ।”

बैठकमा थरुहट संघर्ष समितिका कैलाली संयोजक रेशम चौधरी, एमाओवादीका वीरमान चौधरी र फुलराम चौधरी तथा बैद्य माओवादीका नेप बहादुर चौधरी लगायत सहभागी रहेको स्रोतको दाबी छ ।

वीरमान एमाओवादीबाट निर्वाचित पूर्वसभासद तथा फुलराम गत संविधानसभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका थिए ।

नेपबहादुर पूर्व माओवादी लडाकूका डिभिजन सहायक कमाण्डर एवम् बैद्य माओवादीका कैलाली इन्चार्ज हुन् ।

“आक्रमणको योजना बनाएपछि आसपासका जिल्लाबाट पूर्वलडाकूहरुलाई जम्मा गर्ने र घटना गराउने स्थलको रेकी गर्ने काम समेत भएको देखिन्छ” घटना भइसकेपछि मात्र यसको भेउ पाएको बताउने एक उच्च सुरक्षा अधिकारी भन्छन्, “हाम्रो इन्टेलिजेन्स यसमा चुक्यो ।”

यति भयानक तयारीबारे बेखबर जस्तै रहेका सुरक्षा निकायलाई भुलभुलैयामा पार्ने योजना पनि त्यतिबेलै तयार भएको स्रोतको दाबी छ ।

पर्सिपल्ट ६ भदौमा धनगढीस्थित जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठको उपस्थितिमा जिल्लाका प्रमुख राजनीतिक दल तथा आन्दोलनरत दलहरुबीच बैठक बस्यो ।

बैठकपछि जारी गरिएको संयुक्त विज्ञप्तिमा ‘अखण्ड सुदुरपश्चिम’ र ‘थरुहट आन्दोलन’का क्रममा उछृंखल गतिविधि नगर्ने, संयमित हुने र आन्दोलन शान्तिपूर्ण बनाउने सहमति भएको उल्लेख छ ।

विज्ञप्तिमा प्रजिअ श्रेष्ठ, कांग्रेस, एमाले, संघीय समाजवादी फोरम, आदिवासी जनजाति महासंघका प्रतिनिधिसँगै वीरमान र नेपबहादुरले पनि हस्ताक्षर गरेका छन् ।

“यस्तो सहमति भइसकेपछि आन्दोलन उग्र हुँदैन र अप्रिय अबस्था पनि निम्तिँदैन भन्नेमा सुरक्षा निकाय ढुक्क भएजस्तो देखियो, सम्भावित खतराप्रति सचेत पनि भएनन्” घटनापछि यसको सुक्ष्म अनुसन्धान गरिरहेका एक सैनिक अधिकारीले भने, “सुरक्षा निकायलाई सरप्राइज दिन पो सहमतिको योजना बनाइएको रहेछ भन्ने देखिएको छ ।”

प्रहरीमाथि जुन किसिमबाट आक्रमण भएको छ, त्यो हेर्दा घटना योजनाबद्ध रुपमै गराइएको पुष्टि भएको सुरक्षा अधिकारीहरु बताउँछन् ।

“प्रहरीलाई नियन्त्रणमा लिएर यति निर्ममतापूर्वक हत्या गरिएको छ कि, यस्तो कृत्य हिंजो यसैगरी हत्यामा संलग्न रहँदै आएका व्यक्तिले मात्र गर्न सक्छन्” एक उच्च प्रहरी अधिकृतले भने, “हिंजो पनि हत्यामा संलग्न रहँदै आएका र सैन्य तालिमप्राप्त व्यक्तिबाहेक अरुले यो गर्नै सक्दैनन् ।”

आक्रमणबाट ज्यान जोगाउन भागेका सशस्त्र प्रहरीका एसपी लक्ष्मणबहादुर सिंहले त थरुहटको आन्दोलनमा पूर्वमाओवादी लडाकु नै संलग्न रहेको बताएका छन् ।

“मेरो सुचनामा पूर्व माओवादीका लडाकुहरुको घुसपैठ थियो” उनले भनेका छन्, “केही पूर्वलडाकू दुई दिनअघि आसपासका जिल्लाबाट कैलाली प्रवेश गरेको सूचना हामीले पाएका थियौं, तर आन्दोलन शान्तिपूर्ण हुने विश्वासमा हामीले बल प्रयोग नगर्ने नीति लियौं । हामीले गोली बर्साएको भए धेरैको ज्यान जाने थियो ।”

सुरक्षा अधिकारीहरु यति विभत्स आक्रमण हुनुमा बैद्य र विप्लब माओवादीको ‘अहम्’ भूमिका रहेको दाबी गर्छन् ।

पूर्वदेखि पश्चिमसम्म मधेशीमोर्चा र थरुहट संघर्ष समितिले गरेको आन्दोलनमा बैद्य माओवादीले घोषित रुपमै सहयोग गर्दै आएको छ भने अग्रपंक्तिमा नदेखिएपनि विप्लव माओवादीका कार्यकर्ता समेत त्यसमा संलग्न रहेको सुरक्षा अधिकारीहरुको दाबी छ ।

पार्टीको आधिकारिक निर्णय नभएपनि ती आन्दोलनमा एमाओवादीका नेताकार्यकर्ताको समेत उल्लेख्य सहभागिता देखिएको छ ।

“नेतृत्वको औपचारिक निर्देशन नै नहोला, तर आन्दोलनमा लाग्नु भन्नेखालको सन्देश एमाओवादीले कार्यकर्तालाइ दिएको देखिन्छ” एक उच्च सुरक्षा अधिकारीले भने, “आन्दोलनका क्रममा आफ्ना मुद्दा अर्कैले कब्जा गर्ने र भोटब्यांक गुम्ने खतराले कार्यकर्तालाई खुला छाडिएको देखिन्छ ।”

केही दिन अघिमात्र एमाओवादी नेता बाबुराम भट्टराईले ‘जनताको हितमा संविधान नबन्ने खतरा देखिएकाले सडकमा आगो बाल्न’ विभिन्न समूहलाई सार्वजनिक रुपमै उक्साएका थिए ।

भट्टराईको यो उक्साहटलाई केलाउने हो भने टीकापुर लगायतका घटनामा जोडिएका एमाओवादी कार्यकर्ताको संलग्नता पार्टीको नीतिअनुरुप नै भएको देखिन्छ ।

आन्दोलन थरुहट आन्दोलनकारीको नियन्त्रणमा नरहेको यसका नेताहरुले नै सार्वजनिक रुपमा बताइसकेका छन् ।

मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका महासचिब एवम् कैलाली निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित सभासद रामजनम चौधरीले भने, “आन्दोलनमा घुसपैठ भएकाले यति अप्रिय घटना भयो ।”

यस्तो घटनाको तयारीबारेको सूचना सुरक्षा निकायहरुलाई पहिल्यै किन भएन ? गुप्तचर अधिकारीहरु भने सूचना नभएको भन्ने आरोपको प्रतिवाद गर्छन् ।

“सूचना थियो, यस्ता घटना हुनसक्छन् भनेर गृहमन्त्री र प्रधानमन्त्रीसम्मलाई सूचित गरिएको छ” स्रोत भन्छ, “सबै कुरालाई हल्का ढंगले लिइयो, आवश्यक सजगता अपनाउने काम भएन, त्यसैले यस्तो घटना हुनपुग्यो ।”

१० हजारभन्दा बढीको जुलुस टीकापुर छेउमै आइपुग्दासम्म भेउ नपाएको भएपनि हातहतियारसहितको जुलुस देखिसकेपछि पनि सजग नहुनु सुरक्षामा हदैसम्मको लापरबाही भएको गुप्तचर अधिकारीहरु बताउँछन् ।

“हातहातमा घरेलु हतियार बोकेर आएको हजारौंको भीड देख्दादेख्दै लट्ठी बोकेका प्रहरीलाई मात्र किन तैनाथ गरियो, एसएसपी आफै भीडमा किन गए, कुरा गर्दा एउटा दुरी किन कायम गरिएन, ब्याकफोर्समा रहेको प्रहरीले एसएसपीमाथि आक्रमण भइसकेपछि पनि गोली किन चलाएन, आक्रमण भइसकेपछि सशस्त्र प्रहरीले किन सहयोग गरेन ?” एक अधिकारीले भने, “आखैसामु त्यस्तो अबस्था देख्दादेख्दै केही नगरेपछि इन्टेलिजेन्सले थाहा पायो वा पाएन भन्नुको के अर्थ ? अब लापरबाही भयो भनेर कहाँकहाँ खोज्ने ?”

रनभुल्ल दलहरु
टीकापुर लगायत स्थिति संवेदनशील बनेका तराइका जिल्लामा दंगाग्रस्त क्षेत्र घोषणा गरेर स्थानीय प्रशासन ऐन अन्तर्गत् सेनालाई समेत परिचालन गरिएको छ ।

तर, आन्दोलन उग्र बन्दै गएका जिल्लाहरुमा स्थिति सामान्य भइसकेको छैन । ८ भदौमा रौतहटमा प्रहरीको गोलीबाट एक आन्दोलनकारीको मृत्यु भएको छ भने विभिन्न जिल्लामा स्थिति नियन्त्रण गर्न प्रशासनले कफ्र्यु र निषेधित क्षेत्र घोषणा गरेको छ ।

टीकापुरमा लगातारको कर्फ्यूबीच आन्दोलनको नेतृत्व गरिरहेका रेशम चौधरी र कैलाली–१ का सभासद जनक चौधरीको घरमा आगजनी र तोडफोड गरिएको छ ।

अनियन्त्रित भीडले थारु समुदायका घरहरुमा आक्रमण गर्नथालेपछि गाउँहरुमा पनि त्रास बढेको छ ।

अवस्था सामान्य बनाउन र सामाजिक सद्भाव खलबलिन नदिन प्रमुख दलहरुदेखि आन्दोलनकारीबाट समेत पहल नभएको टिप्पणी भइरहेको छ ।

८ भदौमा बसेको प्रमुख चार दलको बैठकले आन्दोलनका क्रममा उठेका मुद्दाहरुको सम्बोधन गर्न संवाद प्रक्रिया अघि बढाउने र संविधान निर्माण कार्य पनि नरोक्ने निर्णय गरेको छ ।

- See more at: http://www.himalkhabar.com/?p=109255#sthash.xcGCNOwb.dpuf
 
Posted on 08-27-15 3:25 PM     [Snapshot: 753]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

upendra yadav is the one and he hired all those killers from india. not to be forgotten a fact how he came to the power - after brutally massacring rebel cadets. and he came clean. at that time i thought maobadi would avenge the death of their dear cadets but he was rather recognized as the voice of madhesh. now he committed this crime and we act like we have no clue. dont blame anyone its first deuba who said no to tharus, and then yadav taunted and instigated all this violence. in fact mother of that 10 year scar of domestic violence i always see deuba, its mother party congress as the culprit. its sad but the truth that this yadav thug was once into together with maobadi struggle and its obvious that his killer squad has the same warfare technique as maobadi.
 
Posted on 08-27-15 5:02 PM     [Snapshot: 833]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Agreed with bittertruth.

My opinion:
Akhandas were given more preference and tharus were being neglected. Then Deuba and Bhim rawal spoke against tharus. Upendra and madhesi leaders tried to cash in by giving hate speech in Kailali. Maos are always trying to cash in and they do have trained fighters among them. I don't think we should hate all tharus like people are doing in comments on news section and facebook. I don't think normal citizen regardless of race will kill someone so brutally. In this case, victims were police personnel. It could be either mob violence or could be planned as reported by some biased news reports. After the killings, most of news media were very biased on not publishing news about the destruction, beatings, and fear ordinary tharus had to go through in the aftermath. How can the state say it's curfew but ALLOW selected group of people to go burn houses of tharus.

I think this incident should have set an example with fair investigation and punishing whoever involved may it be madhesi or tharu culprits and their leaders. But the government is not interested in that, they're more interested in making political gains. They also tried to take advantage of public sentiment.

Police force is also to be blamed. Noone is talking about lower level injured police personnel and they complained on news report of being neglected by higher official. Everyone is talking about only the highest ranked official. Let's highlight the loss of everyone, not only SSP.

Media report is also coming out of lack of cooperation between armed police force and nepal police for the incident. I'm surprised that noone blamed BAM DEV GAUTAM. He's the one who created this friction between these groups.

If the victims were members of political party, party leaders and ministers would have visited the site. Till yesterday, no higher ranked offiicial had visited Tikapur to find out truth or see the local situation or to boost the morality of local police personnel. ONLY after kantipur reported that neither Police IG or home minister visited Tikapur, IGP went to visit the site recently.

EVERYONE is blaming tharus. Yes, the tharus allegedly committing crimes are to be blamed. There're also many others who are behind the curtain in this incident. But we either need a hero or a villain, and are not interested to know the truth.

No doubt, I strongly condemn the killings of any sort and of anyone.

RIP to innocent police victims who lost their life serving the nation and community. They don't deserve this.
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
Another Song Playing In My Mind
Does the 180 day auto extension apply for TPS?
Travelling to Nepal - TPS AP- PASSPORT
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters