[Show all top banners]

funtush
Replies to this thread:

More by funtush
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 भारतीय बैज्ञानिकका अनुसार धेरै सहवासले खुसी घट्ने खतरा
[VIEWED 1198 TIMES]
SAVE! for ease of future access.
Posted on 06-02-15 9:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तोइत यस्तो पनि हुन्छ ??????


जेठ १९,  प्रेमी प्रेमिका तथा दम्पतिहरुबीच अधिक मात्रामा यौन सम्बन्ध कायम हुदाँ त्यसले सम्बन्धमा खुसी थप्ने नभै असन्तुष्टि सिर्जना गर्ने जोखिम रहने एक अध्ययनले देखाएको छ ।


अत्यधिक यौन सम्बन्धले पार्टनरहरुमा यौनप्रति अरुची पैदा हुने र यौनआनन्दमा समेत कमी आउन थाल्ने शोधकर्ताहरुले बताएका छन् । अमेरिकाको पेन्सिल्भेनियास्थित कर्नेज मेलन विश्वविद्यालयका शोधकर्ताहरुले यस्तो तथ्य पत्ता लगाएका हुन् ।


पहिलोपटक यौन सम्पर्क गर्दा प्राप्त हुने आनन्द तथा कामेच्छा त्यसपछिका यौन सम्पर्कहरुमा घट्दै जान्छ । अर्थात् पार्टनरसँग यौन सम्पर्कको दर बढ्दै जाँदा आनन्द र इच्छामा गिरावट हुँदै जान्छ । त्यसैले सनातनी प्रकारको संसर्गले दम्पति तथा प्रेमजोडीमा शारीरिक सम्बन्धमै अरुची पैदा गरिदिने भएकाले यौन इच्छा जगाउने तथा सहवासलाई बढि आनन्ददायी बनाउने माहोल सिर्जना गर्ने कोसिस गर्नुपर्ने शोधकर्ताहरुले सल्लाह दिएका छन् ।


सहवासको दर तथा खुसीबीच रहेको सम्बन्धको जाँच गर्ने उद्धेश्यले शोधकर्ताहरुले १ सय २८ दम्पतिलाई अध्ययनमा सहभागी गराए । उनीहरुलाई सामान्य अवस्थामा भन्दा बढि सहवास गर्न लगाइयो । ३ महिनापछि सामान्य भन्दा बढि सहवास गरेका ती १ सय २८ दम्पतीका साथै सामान्य दरमा यौन सम्पर्क गर्ने अन्य दम्पतीहरुबीचमा तुलना गरियो । त्यसक्रममा के पाइयो भने बढि यौन सम्पर्क गर्न लगाइएका १ सय २८ दम्पतिहरुमा अन्य दम्पतीमा भन्दा यौन सम्पर्कमा इच्छा, खुसी तथा आनन्दको स्तर थोरै कम भएको पाइयो ।


शोधकर्ता तमर कृष्णमूर्तिका अनुसार यौन आनन्द, यौन इच्छा तथा खुसीमा आएको गिरावटको एकमात्र कारण अत्यधिक सहवास नै हो भनेर ठोकुवा गरिहाल्न नसकिने भएपनि अत्यधिक सहवासले युगल सम्बन्धमा प्रभाव पार्ने निष्कर्ष भने निकाल्न सकिने बताए । त्यसैले दम्पतिबीच निरन्तरको यौन सम्पर्कका कारण यौन तथा पारिवारिक जिवनमा निरस तथा बेखुस नबनोस् भन्नका लागि सहवासमा पुनर्ताजगी तथा नयाँपन ल्याउनुका साथै सकेसम्म आनन्ददायी बनाउनुपर्ने उनको सल्लाह छ ।-एजेन्सी


http://etaajaakhabar.blogspot.com/2015/06/blog-post_17.html


 
Posted on 06-02-15 10:38 AM     [Snapshot: 85]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जब्बर सिंह को बच्चा भएन भनेर फ़र्टिलिटि क्लिनिक मा गएको औषधि ख्वाएछ श्रीमतीलाई अनि उसले दिनको ३-४ पल्ट सम्म सहबास गर्दा बेस भनेछ | उमेरमा त पटक गनिएन तर अहिले डाक्टरले भने जति पटक पुर्याउन भायाग्रा नै खानु पर्यो रे ?

यो कुरा पनि निड बेसीस मा पो हुन्छ त त्यो पनि उमेर र ठाउ बिसेस आदि इत्यादि ले असर गरेको हुन्छ |
घरै पिडालु बनै पिडालु जस्तो भए पछि हरेक कुराको अर्थ सास्त्रको Diminishing Return को सिद्धान्त लागु हुने कुरा यो सोध कर्ताले बिर्सिएछ :
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration
अमेरिकामा छोरा हराएको सूचना
ओच्छ्यान मुत्ने समस्या ( confession )
TPS Re-registration case still pending ..
Do nepalese really need TPS?
nrn citizenship
Drawback for applying NRN card
Breathe in. Breathe out.
Democrats are so sure Trump will win
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters