[Show all top banners]

_____

More by _____
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Rahuldai
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 सहयोग दिन्छ नेपालले पनि
[VIEWED 803 TIMES]
SAVE! for ease of future access.
Posted on 05-29-15 5:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


सहयोग दिन्छ नेपालले पनि



    singhdarbar

    काठमाडौ, जेष्ठ १५ - नेपालले संसारबाट सहयोग लिने मात्र नठानौं। अति कम विकसित भएर पनि यो मुलुकले अरू देशलाई ठूला विपत्ति पर्दा सहृदयी सहयोग गर्दै आएको छ।

    जापानजस्तो समृद्ध मुलुकदेखि छिमेकी मुलुक भारतसम्मलाई दु:खमा सहयोग गर्न नेपाल अघि सरेका तथ्यहरू छन्। भारतको गुजरातमा सन् २००१ मा विनाशकारी भूकम्प गएपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला सरकारले १५ करोड रुपैयाँ सहयोग गरेको थियो।

    ‘सुरुमा १० करोड सहयोग गर्ने कुरा थियो, तर केही भारतीय धनाढ्यले त्योभन्दा धेरै सहयोग गरिरहेको अवस्थामा सरकारी तवर सुहाउँदो बनाउन १५ करोड रुपैयाँ सहयोग गर्ने निर्णय भयो,’ त्यतिखेर सहयोग संयोजनको भूमिकामा रहेका सभासद सुरेन्द्रप्रसाद चौधरीले स्मरण गरे। उक्त रकम भूकम्प केन्द्रविन्दु भुज सहरमै गएर हस्तान्तरण गरिएको उनले बताए।

    नेपालले बंगलादेशमा बाढी, अमेरिकामा आँधी, जापानमा भूकम्प र सुनामी जाँदा सहयोग गरेको ताजा इतिहास छ। सन् १९९५ मा जापानको कोवेमा भूकम्प र सन् २०११ मा फुकोसिमामा सुनामीले व्यापक क्षति पुर्‍याउँदा नेपालले ब्ल्यांकेट पठाएको थियो। सुनामीपीडितका लागि कोरियाबाट ५ हजार ब्ल्यांकेट खरिद गरी पठाइएको थियो। जुन कामको संयोजन कोरियास्थित दूतावासका तत्कालीन उपप्रमुख यादव खनालले गरेका थिए। जापानले दुवै बखत नेपालको ठूलो प्रशंसा गरेको थियो। दोस्रोपटकको सहयोगलगत्तै जापानले ठूलो परिमाणमा ऋण मिनाहा गरी नेपालप्रति कृतज्ञता ज्ञापन गरेको थियो। अघिल्लोपटक भूकम्पपीडितका लागि मात्रै २५० ब्ल्यांकेट पठाएर नेपालले सांकेतिक सहयोग गरेको थियो।

    सन् २००७ मा बंगलादेशमा बाढी प्रकोप हुँदा नेपालले ५० हजार अमेरिकी डलर सहयोग गरेको थियो। अमेरिकामा विनाशकारी आँधी आउँदा पनि सहयोग गरेको भन्ने परराष्ट्र मन्त्रालयमा संग्रहित विवरणबाट देखिन्छ। तर के कस्तो भन्ने पूर्ण जानकारी भेटिँदैन।

    नेपालले विदेशी मुलुकहरूलाई आपत्–विपत्मा गरेका अन्य सहयोगहरू कुनै निकायको व्यवस्थित औपचारिक रेकर्डमा छैनन्। नेपालले संसारका जुनसुकै कुनामा द्वन्द्व हुँदा राष्ट्र संघमार्फत आफ्ना सुरक्षा फौज पठाएर शान्ति स्थापना मिसनमा उल्लेख्य भूमिका निर्वाह गर्दै आएको छ।

    प्रकाशित मिति: २०७२ जेष्ठ १५ ०७:२९ 


     


    Please Log in! to be able to reply! If you don't have a login, please register here.

    YOU CAN ALSO



    IN ORDER TO POST!




    Within last 365 days
    Recommended Popular Threads Controvertial Threads
    Lets play Antakshari...........
    शीर्षक जे पनि हुन सक्छ।
    NRN card pros and cons?
    What are your first memories of when Nepal Television Began?
    TPS Re-registration case still pending ..
    TPS Re-registration
    Democrats are so sure Trump will win
    is Rato Bangala school cheating?
    What Happened to Dual Citizenship Bill
    Basnet or Basnyat ??
    nrn citizenship
    इन्दिरा जोशीको चिन्ता लौच
    Sajha has turned into MAGATs nest
    Nas and The Bokas: Coming to a Night Club near you
    श्राद्द
    सेक्सी कविता - पार्ट २
    डलराँ कमाएर ने .रु मा उडांउदा !@#
    ChatSansar.com Naya Nepal Chat
    डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
    3 most corrupt politicians in the world
    Nas and The Bokas: Coming to a Night Club near you
    Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
    Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
    TPS Update : Jajarkot earthquake
    is Rato Bangala school cheating?
    NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

    Sajha.com Privacy Policy

    Like us in Facebook!

    ↑ Back to Top
    free counters