खुट्टा ढोग्ने प्रथा अविकसित मुलुकमा मात्र किन ?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

येस्पली तिहारमा फेसबुक भरि अनेक फोटोहरु हेर्न पाइयो | धेरै फोटोमा खुट्टा ढोगेको पनि देख्न पाइयो | त्येही हेर्दा किन बिकसित मुलुकमा यो चलन नभएको र अविकसित मुलुकमा मात्र यो चलन सिमित् भएको भन्ने सोचमा परियो | साझाबासीहरुको येस बिशयेमा के expert opinion chha? Last edited: 26-Oct-14 09:12 AM

funtush · Oct 26, 2014 9:10 AM · 31,266 views

12 Replies

बिकाश र अबिकाश भौतिकतामाँ मात्र सिमित राख्नु हुदैन / भौतिकताको साथै आचरण को बिकाशलाई पनि महत्व दिनु पर्दछ / पुर्बिय सभ्यता नीति, आचरण, र अनुसासनमा निकै नै धनि छ वा भनौ पुर्बिय सभ्यताको बिम्ब नै आचरण को बिकाशमाँ जोड़ दिनु हो / हाम्रा ऋषि मुनि बुद्ध अरहंत सबैले एउटै कुरालाई जोड़ दिए - भौतिक सुख भन्दा सदाचरण को सुख धेरै नै दिगो र दीर्घ कालीन हुन्छ / यसै सन्दर्भमाँ खुट्टा ढोग्ने प्रथा कसरी बिकाश भयो बुझ्नु जरुरी छ / पूर्वीय दर्शन अनुसार खुट्टामाँ ढोंग प्रायश आफुले आदर गर्नु पर्ने ब्यक्ति जस्तै बुवा आमा आदिलाई सम्मान स्वरुप गर्ने गरिन्छ/ यसो गर्दा ढोग्ने ब्यक्तिको घमण्ड, वा भनौ ईगो केहि हदसम्म भएपनि झुकेको, कम भएको हुन्छ , जून कुनै ब्यक्तिको खुसी बढ़ाउन मद्दत गर्दछ किनकी ईगो, घमण्ड आदि नै दुखको स्रोत हुन / र साथ् साथै जसलाई ढोग गरिन्छ उहा प्रति पनि आदर र सम्मानमा वृद्धि हुन्छ जुन आबस्यक पनि हो/ त्यसैले ढोग गर्ने चलन हाम्रो देश वा समग्रमा पुर्बिय सभ्यताको नै एक अमुल्य सम्पति हो जस्तो लाग्छ मलाई, गरिबीको प्रतिबिम्ब होइन/

happylotus007 · Oct 26, 2014 9:49 AM

@ Funtush..... What do you mean by "बिकसित ?" Material development is not the total aspects of development. Eastern culture is very rich in psychic development. As happy lotus said, dhognu will decrease our ego to some extent and makes the other people happy. Nepal is not an individualistic society. We like to make other people happy! Also, touching the foot of elders by the forehead, it represents no matter how learned person you are you must not forget your roots.

ujl · Oct 26, 2014 10:26 AM

सही भन्नु भो मित्र । खुट्टा ढोग्नु बिकसित र अबिकसित भन्ने मात्र हैन । मान गर्नु र नगर्नु पनि हो । गएर नेपाला बाऊ संग हात मिलाउन जानू ??

facebook · Oct 26, 2014 10:27 AM

Different cultures and customs. Think how French kiss on to the cheeks when greeting each other, While Americas dont. Even some muslim cultures kiss on the cheeks. So its not just dependent on developed and not so developed nations.

maxpayne · Oct 26, 2014 4:27 PM

So of all the things that are unique to Nepal, you decided to pick Khutta-dhogne. What has development of a nation got to do with Khutta-dhogne? I was wondering what's keeping Nepal behind for all these years. That must be it, let's eliminate this khutta dhogne ritual and we will be good.

Kiddo · Oct 26, 2014 4:50 PM

साझामा बकम्फुस्सरे दार्शनिकहरु को जमघट देख्दा अचम्मै लाग्छ! नेपालको संस्कृतिले गर्दापो खुट्टा ढोग्ने चलन चल्याहोत! गरिब रास्ट्र भएर चल्या हो र? तेसो भए सोमालिया, हिटी र एथिओपॆया मा किन ढोग्दैनन त?

riddle · Oct 26, 2014 4:54 PM

ठुलालाई आदर र सम्मान गर्ने परम्परा मध्यको एक हो खुट्टा ढोग्ने चलन / मान्यजनलाइ  आदर गर्ने चलन - न यो धनि गरिबी संग सम्बधित छ न यो भूगोल संग , न बकम्फुसे दर्शन संग नै / यो संसार भर कायम छ विभिन्न रुपमा/ राम्रो संस्कारलाइ त्याग्दा पैसा कमाएर धनि नै भएपनि सु-संस्कारमा कंगाल नै भईन्छ / राम्रो संस्कार पैसाले किन्न पनि सकिदैन किनकि  यो धन भन्दा धेरै नै मुल्यबान छ/ Last edited: 26-Oct-14 05:40 PM Last edited: 26-Oct-14 05:41 PM Last edited: 26-Oct-14 05:43 PM Last edited: 26-Oct-14 05:44 PM

happylotus007 · Oct 26, 2014 5:36 PM

खुट्टासम्मै टाउकोले ढोग्नु पर्ने चाही नेपाल र इन्डिया बाहेक अरु कहाँ छ र? आफु भन्दा धेरै आयु भएको जसलाई पनि आदर गर्नु पर्ने सामाजिक नियेमले गर्दा नै हो नेपालमा सधैं बुढो नेताहरुले शासन गरेर बस्न पाएको | आफ्नो छ्येमता भन्दा पनि उमेरको कदर गर्नु पर्दा reasonable भन्दा बढी unreasonable consequence नै हुन्छ जस्तो लाग्छ | आ-आफ्नो विचार हो | आफ्नो बाउ आमालाई कत्ति माया गरिन्छ अनि कति सम्मान गरिन्छ भन्ने कुरा टाउकोले खुट्टा धोग्दैमा देखिने कुरा होइन |

funtush · Oct 27, 2014 9:31 AM

अरुकुरा जे गरेपनि, फ़नटुसले आफ्नो नाम चाहिं, काटी कुटी, मिलाएरै राख्या हो है! त्यो कुरा चाहिं माने मैले!

riddle · Oct 27, 2014 11:49 AM

नाम अनुसार को कुरो गर्छ । फंटूस मान्छेको फंटूस कुरो । its like fart in water talk.

facebook · Oct 27, 2014 11:57 AM

क्या बकम्फुसे कुरा . कसैलाई बल्जबस्ती र करकापले ढोग्न लगाइएको होइन . यो त आफु भन्दा मान्ने लाई गरिने आदर सत्कार पो होइन र ? होइन होइ "तैले धोग्नै पर्छ" भनेर कसैले कसैको टाउको खुट्टा मा लगेर जबर्जस्ति गर्या छैन. तर आफ्नो परिवार र नातेदार भन्दा बाहिर का मान्छे लाई ढोग्दा चै चाकरीबाज गरेको पो हो कि जस्तो लाग्छ. एस्तो केसमा नमस्कार वा गोर्खे सलाम मात्रै ठोके हुदैन र ?

sabaiko satru · Oct 28, 2014 6:23 AM

कुरालाई तन्क्याउने र आ- आफ्नो तर्क र शैलीले जता लागे पनि हुन्छ - हेर्ने आखा फरक फरक हुन्छ | Setanic Verses - पढ्ने हरुले आफ्नो तर्क र बुताले भ्याए अनुन्सार सोचे तर इस्लाम धर्म मान्ने हरुले आर्कै नजरले हेरे : ऐना एउतै हो तर हेर्ने नजर फरक छ | तिमरो हेर्ने नजर फरक पर्यो भनेर हामीले ल्याप्चे लाउनु पर्दैन : हाम्रो सोचाइ र तिम्रो हेराईमा जमिन र आसमानको फरक छ |

MAgORKHE1 · Oct 28, 2014 8:22 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion