सात वर्ष भो निधारले टिका नलाको दशैको जमराले टाउको नपाको आसिक लिन मामा घर नगाको दक्षिणा गन्दै मन मनै रमाको अनि कसरि भनु मैले दशैँ मनाको? खै चचहुइ गर्दै लिंगे पिंग मच्चाको धागोमा साबदानाको माझा लगाको दारिवाल धागो छोड भनि खै म कराको लंगुर्बुर्जा को खाल मा पैसा उडाको अनि कसरि भनु मैले दशैँ मनाको? खै आँगनमा बसी आमाले सेल पकाको तात्तातो सेल खादै तास मा रमाको बैनीले सयपत्री मालाले घर सजाको दाई ले खसी काट्न पानि तताको अनि कसरि भनु मैले दशैँ मनाको? खै त्यो मन्दिरको घन्टा मैले बजाको डमरु र बन्दुक किन्दिन बा संग कराको नया लुगा किन्न बजार तिर धाको खसीलाई तान्दै सडकमा डोर्याको अनि कसरि भनु मैले दशैँ मनाको? दशैँ आयो भन्ने सुन्छु , गैसकेको हुन्छ पुराना दिनको यादले मन मेरो छुन्छ ढल्दै गयो उमेर तर मन मा छ तेही सानो छदाको याद नै लाग्ने रहेछ सहि आफ्नै इच्छामा बाच्दा पनि मन किन खिन्न? ए दशैँ लौन मलाई पनि संगै लिएर हिड्न | ए दशैँ लौन मलाई पनि संगै लिएर हिड्न | Happy Dashain everyone.
gairamailo · Sep 30, 2014 10:22 PM · 18,815 views
Gajjab ko kabita..manai choyo..merai lagi lekheko jasto..happy dashain!!
trillian · Oct 1, 2014 11:27 AM
Awesome....thanks for sharing!
sanju.baba · Oct 1, 2014 11:40 AM
wonderfully written!! touchy!! दशैंको शुभकामना.
sojoketo · Oct 1, 2014 12:37 PM
Sahi cha.
atomic · Oct 2, 2014 5:47 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion