[Show all top banners]

bokaman
Replies to this thread:

More by bokaman
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

instagram
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 श्रीमती उता तड्पिन्छिन्, म यता हस्तमैथुन गर्छुः गायक अमात्य
[VIEWED 2525 TIMES]
SAVE! for ease of future access.
Posted on 09-24-14 7:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काठमाडौँ, १९ चैत्र, किशोरावस्थामा म अलि लजालु स्वभावको थिएँ । केटीहरूसँग घुलमिल हुन लाज लाग्थ्यो । अर्कोतिर आफूलाई रूपले पनि ठगेजस्तो लाग्थ्यो, त्यसैले केटीहरूलाई एप्रोच गर्ने आँट गरिहाल्दैनथेँ । यति हुँदा पनि १३ वर्षकै उमेरमा मैले गर्लफ्रेन्ड भने बनाइसकेको थिएँ । उनी टोलकै सबैभन्दा राम्री केटी थिइन् । उनी कसरी मप्रति आकर्षित भइन्, मेरी गर्लफ्रेन्ड बनिन्, म आफैँ पनि जान्दिनँ । मभन्दा तीन वर्ष जेठी थिइन्, तीनै वर्ष चल्यो हाम्रो अफेयर पनि । त्यसपछि उनी अर्कैसँग बिहे गरेर गइन् ।

अफेयर चले पनि हामीले एकअर्कालाई टच भने कहिल्यै गरेनौँ । अहिले सोच्छु– उतिबेला उनीसँग सेक्स गर्ने अवसर पाएको भए नाइँ त पक्कै भन्दैनथेँ होला । उनी बिहे गरेर गएको केही वर्षपछि म पनि अमेरिका गएँ । बियरहरू खान थालेँ । त्यसपछि मात्रै हो, मैले केटीहरूसँग राम्ररी खुलेर कुरा गर्न थालेको । त्यसअघि त आँटै आउँदैनथ्यो । बोल्न थाले पनि बोली अकमकिन्थ्यो । मेरो त्यो पहिलो प्रेमसम्बन्धबारे मेरी श्रीमतीलाई पनि थाहा छ । लाग्छ– त्यो उमेरमा केटाको केटीसाथी र केटीको केटासाथी हुनैपर्ने रहेछ, नत्र त जीवनै निरस लाग्थ्यो होला ।
०००
१३–१४ वर्षको उमेरदेखि नै टोलमा दादागिरी गरेर हिँड्थे म । कपाल रंग्याएर कानमा कुन्डल लगाउँथेँ । काठमाडौंमा पहिलोचोटि कपाल रंगाउने मै हुँ जस्तो लाग्छ । दादागिरी गरेर हिँड्दा पुलिसको गोदाइ त कति भेटियो–भेटियो † उमेर सानै भए पनि टोलमा ‘दादा’ भनेर चिन्थे मान्छेहरू । त्यसैले होला, म फुच्चेलाई २०–२५ वर्षका लक्काजवानले पनि दाइ भन्थे । मेरा समकालीन साथीहरू नै मभन्दा ८–९ वर्ष जेठा थिए । साथीहरूको लहलहैमा लागेर १४ वर्षकै उमेरमा एकचोटि वेश्यागमन गरेँ । मभन्दा दोब्बर उमेरकी केटी पो परिछ । मभन्दा जेठा साथीहरूले आफैंलाई ठीक हुनेचाहिँ खोजेछन् । त्यही बेला मैले पनि पहिलोचोटि यौनसम्बन्धको अनुभव लिएँ । स्वर्गीय आनन्द भेटेझैँ लागेको थियो । त्यसभन्दा अघि त मैले हस्तमैथुन पनि गरेको थिइनँ ।
०००
पत्नीबाहेक मैले ८–९ जनालाई गर्लफ्रेन्ड बनाएँ । केटीलाई ‘इम्प्रेस’ गर्न सक्ने खुबी कति रहेछ भनेर आफूलाई जाँचिरहेको हुन्छु बेलाबखत । जब इम्प्रेस्ड हुन थाल्छन्, तब ती केटी मलाई मन पर्न छाड्छन् । त्यसभन्दा अघि बढ्दिनँ । कारण– आफ्नो इम्प्रेसिङ पावर जाँच्ने उद्देश्यले मात्र त्यसो गरेको हुन्छु ।
यौनसम्पर्क एकदमै गर्न रुचाउने मान्छे हुँ म । तर, मैले केटीहरूलाई अनावश्यक युज गरेर नाजायज फाइदा भने अहिलेसम्मै उठाएको छैन । कसैले आफैँ इच्छा राख्छ भने त अहिले पनि पछिचाहिँ पर्दिनँ । पार्टनर नभएको बेला हस्तमैथुन पनि काफी हुन्छ । लुकाउनुपर्ने विषय नै होइन यो । किनकि, यौनआनन्दबाट वञ्चित भएर कोही पनि बाँच्न सक्दैन । सबैले यौनतृष्णा मेटाउने कुनै न कुनै उपाय अपनाएकै हुन्छन् ।
मलाई सबैले केटीको मामिलामा ‘फर्वार्ड’ को उपाधि दिन्छन् । अरूको नजरमा त्यस्तो देखिन्छु पनि होला । तर, म आफैँलाई चाहिँ अरूले भनेजत्तिको फरवार्ड हुन नसकेजस्तो लाग्छ । मेरो खुबी यति मात्रै हो कि म केटीलाई खुट्टामा ढोगेर हुन्छ कि शब्दहरूको लेप लगाएर, एकान्तमा लैजान सक्छु । तर, घात हुने काम गर्न सक्दिनँ । मभन्दा फर्वार्ड मान्छे धेरै छन् । जो हेर्दाचाहिँ सोझा हुन्छन् तर मौका मिल्नासाथ केटीहरूलाई सिध्याइहाल्छन् । त्यसैले म त देखावटी फरवार्ड मात्र हुँ भन्ने लाग्छ, आफैँलाई ।
०००
मैले बिहेचाहिँ १७ वर्षअगाडि गरेको हुँ । मेरी पत्नीको नाम मंगला हो । उनीसँग पहिलो भेट प्रज्ञाभवनमा भएको थियो, एउटा कार्यक्रमको सिलसिलामा । पहिलोचोटि देख्दै उनी यो धर्तीकी नभएर अर्कै ग्रहबाट आएकी सुन्दरीझैँ लाग्यो । व्यावसायिक डान्सरका रूपमा चिनिन्थिन् । अहिलेका केटीहरूको त के बडी हुन्छ र रु उनको बडी साँच्चै लोभलाग्दो थियो । मैले त्यस बेलासम्म देखेका काठमाडौंका केटीहरूभन्दा धेरै नै राम्री । विस्तारै बहाना बनाएर म उनीसँग नजिकिन थालेँ । त्यो निकटता बढ्दै गएर मित्रतामा परिणत भयो । अनि मित्रता झाँगिँदै गएर मायाप्रीतिको रूप लियो ।
प्रेममा परेपछि हामी जोडी पन्छीजसरी निस्फिक्री घुम्न गइरहन्थ्यौँ । सोही क्रममा यौनसम्बन्ध पनि भयो । त्यसपछि त उनी मलाई झन् माया गर्न थालिन् । सुरुमा म उनीसँग विवाह नगर्ने विचारमा थिएँ । उबेला मन केही स्वार्थी पनि थियो । सेक्स नभएको भए सायद उनीसँग बिहे हुँदैनथ्यो, हामीबीच निकटता पनि बढ्दैनथ्यो होला । घुम्न जाने क्रममा उनैलाई धेरै खर्च गराउँथेँ । गाडीमा पेट्रोल हुँदैनथ्यो । पकेट हुन्थ्यो, पैसा हुँदैनथ्यो । सबै उनैले जुटाउँथिन् । म एकदमै फ्रयाङ्क स्वभावको छु, जहाँ पनि उनका अघि नांगै नुहाइदिन सक्थेँ । त्यसै कारणले पनि हो, बिहेअघि नै उनीसँग सबै कुरा भइसकेको ।
विवाह गर्ने कुरो चलेपछि मैले एक जना दाइलाई सोधेँ । उहाँले भन्नुभयो– ‘बिहेजस्तो कुरामा दोधारमा बस्नुहुन्न । कि गरिहाल्नुपर्छ कि छोडिहाल्नुपर्छ, अल्झिएर बस्नुहुँदैन ।’ मैले आफूलाई दोधारमुक्त गरेँ, अनि बिहे गर्ने निधो गरेँ । मेरो परिवार एकदमै खुसी भयो किनकि उनीहरू मलाई वर्षौंअघिदेखि बिहेका लागि फोर्स गरिरहेका थिए ।
भेट भएको करिब दुई वर्षपछि सन् १९९५ मा हाम्रो बिहे भयो । मलाई गानाबाजा बजाएर परम्परागत शैलीमा बिहे गर्न मन थिएन । बुबालाई घुक्र्याएँ– ‘धेरै साथीभाइ बोलाएर रक्सीमा डुब्दै रमाइलो माहोलमा बिहे गरिदिने भए मात्र म राजी हुन्छु ।’ बुबाले मैले भनेजस्तै वतावरण तयार गरिदिनुभयो ।

विवाहपछिको लाइफ एकदमै टेन्सनयुक्त लाग्न थाल्यो मलाई । उतिबेला उति धेरै मन परेकी मान्छे, अब त उनले मुसुक्क हाँसेको देख्दा पनि रिस पो उठ्न थाल्यो । अरू केटीहरूसँग रमाइलो गरिरहुँजस्तो लाग्थ्यो । यही कारण घरमा डिस्कस चलिरहन्थ्यो । झन्डै दुई वर्ष यसै गरी बित्यो । हामीबीच डिभोर्ससम्मका कुराकानी हुन थाले । झगडाले कहिलेकाहीँ कुस्तीको रूप पनि लिन्थ्यो । कुस्तीमा चाहिँ उनैले मलाई पछारिहाल्थिन् । टोलका अरू केटाहरूसँग कुस्ती खेलेजस्तो कहाँ हुँदो रहेछ र श्रीमतीसँग † आफू जंगेर गयो, उनले परैबाट मलाई लडाइहाल्छिन् । उतिबेला मलाई आफ्नो जीवनमा पत्नीको कत्रो भूमिका हुन्छ भन्ने कुनै ज्ञानै थिएन । अहिले सोच्छु– उनी नभएको भए म यो स्थानमा पुग्नै सक्दैनथेँ होला ।
०००

वैशाख महिनासँग हाम्रो विशेष संयोग छ । उनीसँग भेट वैशाखमा भएको थियो, बिहे भयो वैशाखमै अनि छोरा जन्मिएको पनि वैशाखमै हो । बिहेको एक वर्षपछि छोरा भूपेश्वर जन्मियो । मेरो बुबाको नाम भुवनेश्वर भएकाले त्यही नामसँग मिलाउन उसको नाम भूपेश्वर राखिएको हो । केही वर्षपछि छोरी यशश्री जन्मिइन् । उनको नामचाहिँ मेरो नामबाट प्रभावित छ । बिहेको केही वर्ष तनाबमा बिते पनि बच्चा भइसकेपछि हाम्रो सम्बन्ध राम्रो हुँदै गयो । म पनि व्यावहारिक हुन थालेँ । बच्चा हुर्काउनमा पत्नीलाई निकै सहयोग गरेँ । गर्भवती छँदा पनि उनलाई निकै हेरबिचार गर्थें । त्यो बेला राति ३ बजे भोक लाग्यो भन्थिन् । म जुरुक्क उठेर किचेन पुग्थेँ, अनि आधा घन्टामै तीन थरी परिकार बनाएर उनका सामु हाजिर गराउँथेँ । बच्चा जन्मिएपछि आची धोइदिनेदेखि सबै कुराको अनुभव मैले पनि लिएँ, जिम्मेवार अनि असल पिता बनेर । उनलाई अप्ठेरो पर्दा कपडा धोइदिन पनि तयार छु । तर, घरमा काम गर्ने मान्छे भएकाले अहिलेसम्म आफूले कपडा धुनुपरेको चाहिँ छैन । पत्नीलाई थकाइ लाग्दा कहिलेकाहीँ खुट्टा पनि मिचिदिन्छु । पुरुषहरूले यौनान्दनका लागि महिलाको शरीर सुमसुम्याउन हुने, उनीहरूलाई थकाइ लाग्दा खुट्टा मिच्नचाहिँ किन नहुने रु मेरो खुट्टा दुख्दा पनि त उनी मिचिदिन्छिन् नि ।
अहिले त उनी लन्डनमा छिन् । छोराछोरी त्यहीँ अध्ययन गरिरहेकाले उनी अभिभावकका रूपमा बसिरहेकी हुन् । म पनि केही समयअघि मात्र नेपाल आएको हुँ । बिहेको यतिका वर्षपछि पनि हाम्रा आपसी फिलिङ प्रेमीप्रेमिकाका जस्ता छन् । उनी मलाई कामुक एसएमएस पठाइरहन्छिन् । केही समयअघिको एउटा एसएमएसमा ‘न्यानो अंगालो’ जस्ता आत्मीयतापूर्ण भावना सेन्ड गरेकी थिइन् । ती शब्द सापटी लिएर मैले एउटा गीत तयार पारेको छु । केही समयपछि एल्बममा आउँदै छ । उनी फोनमा भन्छिन्– ‘तपाईंबिना छटपटिएर मर्न लागेँ ।’ मेरो हालत पनि कहाँ ठीक हुन्छ र रु उनी नहुँदाको क्षण उनैलाई सम्झिएर हस्तमैथुन गर्दै बिताउँछु ।
मेरो बुझाइमा प्रेमको दायरा सीमित हुँदैन । यति फराकिलो हुन्छ नि, जति जनालाई बाँडे पनि हुन्छ । त्यही प्रेम नै सेक्सजस्तो लाग्छ । अनि त्यो खुला प्रेम किन एक जनासँग मात्र सीमित राख्ने रु हुन त हाम्रो सामाजिक नियमले एक जनासँग मात्र जीवन बिताउनु राम्रो ठान्छ । मेरो बुझाइमा त त्यो प्रेम होइन, बन्धन मात्र हो । प्रेम आफैँमा मुक्त हुन्छ, अनि त्यो मन मिलेसम्म जति जनासँग पनि बाँड्न सकिन्छ ।
प्रस्तुति : विशाल राई, सौर्य दैनिक

- See more at: http://aajakokhabar.com/news_details.php?news=4566#sthash.KAmj1sTy.Reguk6sf.dpuf

 
Posted on 09-24-14 8:10 PM     [Snapshot: 502]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Why Americans reverse park?
lost $3500 on penny stocks !!!
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
Nepalese Students Face Deportation over Pro-Palestine Protest
Morning dharahara
whats wrong living with your parents ?
Guess how many vaccines a one year old baby is given
Does the 180 day auto extension apply for TPS?
जाडो, बा र म……
Susta Susta Degree Maile REMIXED version
Driver license help ASAP sathiharu
Is this a progressive step?
TPS Reregistration and EAD Approval Timeline.......
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters