[Show all top banners]

many
Replies to this thread:

More by many
What people are reading
Subscribers
:: Subscribe
Back to: Politics Refresh page to view new replies
 राजा कमिजको फेर फड्कारेर सुइँसुइँ निस्किए
[VIEWED 5035 TIMES]
SAVE! for ease of future access.
Posted on 08-08-14 2:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

स्थिति झनझन बिग्रँदै गयो । सिनेट श्रेष्ठ, जगत गौचनजस्ता अलोकप्रिय व्यक्तिलाई मन्त्री बनाएर दरबारले दलहरूसँग कुनै हालतमा सम्झैता नगर्ने मनसाय बनाएको प्रस्टै बुझन्थ्यो।

राजाको यस्तो ढिपीले ठूलै दुर्घटना निम्तिनसक्ने खतरा म देखिरहेको थिएँ । आफूमाथिका हाकिमलाई लगातार सचेत गराउँदा र दरबारमै सुझाव पठाउँदा पनि सुनुवाइ नभएपछि मेरो छट्पटी बढ्न थाल्यो ।

मान्छे कि अज्ञानी हुनुपर्छ, कि बुझेपनि बुझ् पचाउनसक्ने ढोंगी, नभए आफ्नै विचारको तापले चौबीसै घन्टा आगोको भुङ्ग्रोमा बसेजस्तो हुँदो रहेछ ।

मलाई त्यस्तै भइरहेको थियो ।

म आफ्नो ब्रह्म–विवेकले देखेको कुरा हुबहु राजाको कानसम्म पुर्‍याइदिने विश्वासपात्रको खोजीमा थिएँ । धेरै सोचविचार गरेपछि झ्ट्ट प्रभुशमशेर राणालाई सम्झ्एिँ । उहाँ ज्ञानेन्द्र सरकारका अत्यन्त निकट मित्र हुनुहुन्थ्यो ।
अधिराजकुमार हुँदा त ज्ञानेन्द्र सरकार, शाहज्यादा पारस, शाहज्यादी प्रेरणा लगायतको बासै कान्तिपथको प्रभु निवासमा हुन्थ्यो भन्ने सुनेको थिएँ । राजा भएपछि पनि ज्ञानेन्द्रको सबैभन्दा निकटस्थमा प्रभुशमशेरको नाम आउँथ्यो ।

उहाँसँग मेरो हङकङदेखिकै चिनजान थियो । एकदमै निस्वार्थी र निस्फिक्री खालको मान्छे । विषय तोडमरोड गर्नुहोला भनेर चिताउनै नसकिने । मैले कैयौंपटक उहाँकहाँ खानेबस्ने गरेको थिएँ ।

एक दिन बिहानै प्रभुशमशेरलाई फोन गरेँ । उहाँले बिहान साढे ९ बजेको समय दिनुभयो ।

मैले माघ १९ यता सेनापति र दरबारका एडिसीमार्फत् दिएका सुझाव बताएँ । त्यसको फिटिक्कै सुनुवाइ नभएको गुनासो गरेँ । सबै कुरा राख्न एक घन्टा लाग्यो । दरबारले पार्टीको मानिस, पार्टीले दरबारिया ठान्ने अवस्थामा म थिएँ । छिनछिनमा भावुक भएँ । कतिचोटि त आँसु लुकाउनधरि सकिनँ।

‘प्रभु राजा, हजुरले कटवालको बिन्ती चढाई यस्तो छ भनेर महाराजाधिराज सरकारलाई मर्जी बक्स्योस्,’ मैले अनुरोध गरेँ, ‘राजतन्त्रको हितका लागि कटवालले यस्तो बिन्ती गरेको छ भनेर सुनाइदिबक्स्योस् ।’

मेरो कुरा सुनेर उहाँ गम्भीर हुनुभयो ।

‘ओके आई विल म्यानेज टाइम,’ उहाँले आश्वासन दिनुभयो ।

(ठिक छ म समय मिलाउँछु ।)

मलाई ढुंगा खोज्दा देउता मिलेजस्तो भयो । मैले त उहाँलाई सन्देशवाहक मात्र बनाउन खोजेको थिएँ, उहाँले त दर्शनभेटकै चाँजो मिलाउने हुनुभयो ।

एक सातामा मैले निम्तो पाएँ । प्रभु निवासमा डिनर राखिएको रहेछ । एआइजी कृष्ण बस्नेत, अर्थमन्त्री मधुकरशमशेर राणा, लव राजा (सल्यानी राजा– ज्ञानेन्द्र सरकारका कोर्ट जेस्चरजस्तै) र अरू निम्तालु थिए । त्यहाँ अनौपचारिक कुराकानी भयो ।

‘हिज मेजेस्टी इज वेटिङ (महाराजाधिराज सरकार भित्र कुरिरहनुभएको छ),’ प्रभुले भित्रपट्टिको एउटा कोठातिर इसारा गर्दै भन्नुभयो, ‘सवारी होस् ।’

मेरो हातमा ह्विस्की थियो । एकै घुट्कोमा सकूँ कि फालूँजस्तो भयो ।

‘ड्रिङ्क के गरौं ?’ मैले सोधेँ ।

‘लिएरै सवारी होस्,’ उहाँले भन्नुभयो ।

मैले ज्ञानेन्द्र सरकार पनि ड्रिङ्क लिएरै बस्नुभएको बुझेँ ।

हातमा ह्विस्कीको गिलास लिएर म भित्री कोठामा छिरेँ ।

छिर्नेबित्तिकै सलाम टक्र्याएँ ।

राजा ज्ञानेन्द्रले अगाडिको कुर्सी देखाएर बस्न इसारा गर्नुभयो । उहाँ निकै मुडमा देखिनुहुन्थ्यो । मैले सोझै भनेँ, ‘सरकार केही कुरा बिन्ती चढाऊँ कि ?’

‘गो अहेड,’ उहाँबाट हुकुम भयो ।

‘सरकार, राजतन्त्र र देश अप्ठेरो परिस्थितिमा फसिसक्यो,’ मैले आफूले बुझेको कुरा खुलस्त बताएँ, ‘प्रजातन्त्रमा विश्वास गर्ने नेताहरूलाई सत्ता सुम्पिबक्सनु राम्रो हुन्छ सरकार ।’

राजाले ‘ए, अँ’ भन्नुभएकोसम्म सुनियो । त्यसपछि हातको ह्विस्की गिलास ट्वाक्क टेबुलमा राख्नुभयो । जुरुक्क उठ्नुभयो । कमिजको पछाडिको फेर फड्कारेर सुइँसुइँ बाहिर निस्किनुभयो ।

म हेरेको हेर्‍यै भएँ ।

त्यसपछि हामी डिनरतिर लाग्यौं । राजारानीको डिनर भिन्नै ठाउँमा थियो । राजा फर्किने बेला ११-१२ बजेतिर सबैजना लाम लागेर उभियौं । राजा आफैं ड्राइभ गरेर जाने तयारी भएको बुझिन्थ्यो।

मैले तनक्क तन्केर स्यालुट गरेँ ।

राजाले मतरि हेर्दै हेर्नुभएन ।

...

माओवादीले बुटवल हाने ।

हामी भोलिपल्ट बिहानै हेलिकप्टरमा पुग्यौं । बुटवलमा भएको जनधन क्षतिले मेरो मन छियाछिया भयो । सुरक्षाफौजको आफ्नै कमीकमजोरीका कारण त्यो क्षति हुन गएको थियो ।

बुटवलबाट फर्किएपछि दरबार जानुपर्ने कार्यक्रम रहेछ । यसपालि सुरक्षा प्रमुखहरूसँगै हामी सेकेन्ड–म्यानहरूलाई पनि डाकिएको रहेछ । जनपद, सशस्त्र, गुप्तचरका सेकेन्ड–म्यान मभन्दा पहिल्यै पुगिसकेका रहेछन् । लव राजा, प्रभुशमशेर, भरतकेशरी जर्साप पनि हुनुहुन्थ्यो ।

‘बुटवलमा के भएको रहेछ ?’ राजाबाट जिज्ञासा भयो ।

‘मैले कटवाललाई पठाएको थिएँ, उसले नै जाहेर गर्छ सरकार,’ प्यारजंग चिफसापले मलाई इसारा गर्नुभयो ।

‘सरकार, सुरक्षा फौजकै कमीकमजोरी र लापरबाहीले क्षति हुन पुगेको रहेछ,’ मैले जाहेर गरेँ ।

‘आइ होप यु विल टेक केयर अफ देम, चिफ,’ राजाबाट हुकुम भयो ।

(मलाई आशा छ, तिमी स्थिति सम्हाल्नसक्छौ सेनापति ।)

त्यतिञ्जेल ह्विस्की सर्भ भइसकेको थियो ।

एक्कासि भरतकेशरी जर्साप बोल्न थाल्नुभयो । सामान्यतया उहाँ बोल्न थालेपछि धाराप्रवाह जान्छ । अरूले मौकै पाउँदैन ।

‘अठार सालमा हामीले अत (अराष्ट्रिय तत्व) लाई ढिम्किन दिएका थिएनौं,’ उहाँले सेना र प्रहरीलाई तथानाम गाली गर्न थाल्नुभयो, ‘नाउ ह्वाट द हेल यु पिपल आर डुइङ ?’

(अहिले तिमीहरू के गरिरहेका छौ ?)

मेरो कन्सिरीका रौं तातिसकेका थिए । तैपनि चिफसाप नबोली म आफैं अघि सर्न सुहाएन । जनपद र सशस्त्रका आइजिपी पनि केही बोलेनन् । अनुसन्धान चिफ पनि मौन ।

सबैलाई मौन देखेपछि भरतकेशरी जर्साप झ्नै सुरिनुभयो, ‘फौजले मलेसियामा कम्युनिस्टलाई धूलो चटायो, यहाँ के लछारपाटो लायौ ?’

हिजो भर्खर दर्जनौं सिपाही मरेका छन् । उनीहरूका घरमा रुवाबासी चलिरहेकै छ । यहाँ दरबारमा चिसो ह्विस्की पिउँदै मैदानमा ज्यान गुमाइरहेका सिपाहीको मानमर्दन हुँदा मेरो धैर्यको बाँध टुट्दै थियो ।

‘महाराजाधिराजलाई यो ठूलो धोका हो,’ उहाँले राजाको ध्यानाकर्षण गराउन खोज्नुभयो ।

भरतकेशरी जर्सापको एकोहोरो गाली सुनिसकेपछि मैले राजाले थाहा पाउने गरी चिफसापसँग बोल्न अनुमति मागेँ । उहाँले ‘बिन्ती चढाऊ’ भनेर राजालाई देखाउनुभयो ।

‘एक–दुइटा कुरा राखौं सरकार,’ मैले अनुमति मागेँ ।

‘गो अहेड,’ सरकारबाट हुकुम भयो ।

‘मलेसियामा जर्नेलले जे निर्णय गर्‍यो त्यही हुन्थ्यो,’ पहिलो वाक्यमै मैले सबैको ध्यान तानेँ, ‘त्यहाँ इयान मार्टिन, राजदूत, युएन, पत्रकार, एनजिओ, आइएनजिओ थिएनन् । पार्टी थिएन । प्रजातान्त्रिक संयन्त्रको कुनै मतलब थिएन । जर्नेलको एकछत्र आदेश चल्थ्यो । ऊसँग प्रशस्त हतियार, गोलीगट्ठा, स्रोतसाधन र बन्दोबस्तीका सामान थिए । हामीले मानवअधिकारका दर्जनौं कानुन मान्नुपर्छ, मलेसियामा त्यस्तो बन्देज थियो ?’

त्यसपछि म जर्सापले भनेको २०१८ सालको घटनामा आएँ ।

‘अहिलेको विश्व ०१८ सालको जस्तो छ जर्साप ?’ मैले भनेँ, ‘सरकार र सुरक्षा फौजलाई अहिले संसारभरिबाट निगरानी हुन्छ । ०१८ साल सम्झेर अघि बढ्यो भने हावा खाइन्छ । महाराजाधिराज सरकारलाई पनि त्यस्तो पुरातन कुरा जाहेर गर्ने ? धरातलीय यथार्थ र अन्तर्राष्ट्रिय परिस्थिति बुझनु छैन, एसी कोठामा ह्विस्कीको चुस्की लिँदै प्रेसी (पुस्तिका) पढेको भरमा गफ दिन धेरै सजिलो छ जर्साप । लडाइँ कस्तो हुन्छ, रुकुम–रोल्पाका ट्रेन्चमा बसेर लड्ने सिपाहीलाई थाहा छ । ०१७–०१८ सालतिर लाठाघोचा र भरुवाको भरमा हिँड्ने एकाध सय अत र अहिलेका आतंककारी तुलना गर्न मिल्छ ?’

राजाका अगाडि म एक्लै बोलेको बोल्यै थिएँ । मैले बोलुञ्जेल कोठाभरि सन्नाटा छायो ।

भरत जर्सापलाई म लप्टन हुँदादेखि नै चिन्छु । आर्मी अफिसर ‘फिजिकली टफ’ हुनुपर्छ भन्ने मैले उहाँबाटै सिकेको हुँ । तैपनि उहाँको कुरा पचाउन नसकेर प्रतिकार गर्नैपर्ने अवस्था आयो ।

मेरो कुरा सकिएपछि महाराजाधिराज सरकार ह्विस्कीको गिलास ट्वाक्क टेबुलमा राखेर प्रभुशमशेरको घरमा जस्तै जुरुक्क उठेर अर्को कोठामा छिर्नुभयो । कसैलाई केही भन्दै भन्नुभएन । ड्युटी एडिसी विनोज उहाँको पछिपछि लागे ।

राजा बाहिरिएपछि सबै जर्‍याकजुरुक उठे ।

माहौल बिथोलियो ।

मलाई पनि के गरूँ, कसो गरूँ भयो । म रेस्ट–रुमतिर लम्किएँ । पछाडिबाट कसैले च्याप्प समात्यो । प्रभुशमशेर र आइजिपी श्यामभक्त थापा हुनुहुँदो रहेछ । दुवैजना भलाद्मी मान्छे ।

‘सरकारको अगाडि आज बल्ल कोही बोल्यो, मुख खोल्यो,’ दुवैले मलाई चढाउँदै भने, ‘गज्जब बोल्नुभयो ।’

मलाई त झ्नै झेक चल्यो ।

भनेँ, ‘राजसंस्था खत्तम हुन लागिसक्यो । राजाको अगाडि केही बोल्नुहुन्न, मलाई धाप मारेर के हुन्छ ?’
http://setopati.com/raajneeti/15486/
 
Posted on 08-08-14 6:49 AM     [Snapshot: 63]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काठमान्डूमा तरकारी पसलेले आफुले चाहेको पैसा नपाइए सम्म नबेच्ने , भलै कुहिएर जावोस | यिनको बानि वा दिमाग पनि तेस्तै भएर नै राजा बात प्रजा हुन् पुगेका | दरबारी घेरा बाहिर को बिस्वास कसरि गर्नु , उनले सच्चा सुझाब दिने मान्छे चै को हो छुट्याउन सकेनन | महेन्द्रको पालाको राजा हुने दिमागी पागल पन उनको बिलयको कारण हो !

 
Posted on 08-08-14 8:13 AM     [Snapshot: 136]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्रो राजाको एतिचुद बेजोड छ. त्येही भएर राजतन्त्रको बिनाश भएको हो.
 
Posted on 08-08-14 8:32 AM     [Snapshot: 152]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बास्तबमा नेपालको राजतन्त्र अरुले हटाएको हैन; यो त स्वयम् शाही परिवारको बेकुफी र मुर्खताको परिणाम हो भन्ने कुराको पुष्टि गर्छ यो लेखले| ज्ञाने कति मुर्ख छ भन्ने कुरा दोहोर्याएर समय खेर नफालौ| नया पुस्तालाई कसरि राम्रो संस्कार दिने भन्नेमा चुक्नु नै यिनीहरुको पतन को कारण हो| पारस जस्ता फटाहा र तल्लो स्तरको गुण्डा दरबारमा हुर्कन्छ| दिपेन्द्र जस्ता साईको मास किलरहरु दरबारमै बढछन् भने यस्ताहरुको पतन नभएको भए चाही आश्चर्यचकित हुनु पर्ने हुन्छ|

हाम्रो पारस हाम्रो चरस
प्राण भन्दा प्यारो छ||

जय ज्ञाने, जय थाङ्ग्ने||

Last edited: 08-Aug-14 08:33 AM

 
Posted on 08-08-14 10:15 PM     [Snapshot: 402]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साचो कुरा के हो भने ज्ञानेन्द्र जब पहिलो चोटी राजा बने राणा साहाशन हट्यो दोस्रो चोटी जब राजा बने साह बंश हट्यो के यो संयोग को कुरा मात्रै हो ? बिपेश्वोर कोइराला जब २०२५ सालमा छुट्टिनु भयो काठमाडौँ घुम्सेको थियोरे , सब हेरेर प्रगति के भयो नेपाल मा भन्दा टुडिखेल को वोरिपरी काँटा वाला पर्खाल मात्रै राखेको भनेको रे | फेरी जेष्ठ १९ मा के भयो रे पुरानो पर्खाल उखालेर नया पर्खाल बनायो रे | येही हो नेपालको इतिहास अहिले सम्म | अर्को नौटंकी पारसको को हुदै छ | देशको नाम बेच्दै छ थाइलेडं मा |
हाम्रो पारस हाम्रो चरस
प्राण भन्दा प्यारो छ||
हाम्रो ज्ञानेन्द्र हाम्रो पाटन दरबार को मुर्ति बेच्ने प्राण भन्दा प्यारो छ||

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
जोईटिङ्रे को उदय
Corona virus - how deadly is it really? and for whom?
Mero USA yatra
अरुलाई हाम्रो धर्मको चिनारी कसरि दिने / हिन्दुत्व बारे हाम्रो जानकारी ?
My facebook archive (for sale)
any news on new registration for TPS Nepal?
TPS EAD processing time.
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters