तल का घटना शत प्रतिशत सत्य घटना हुन्, मेरो जीवनका प्रेम प्रसङ्ग ! मेरा सफल-असफल प्रेम र प्रेमिका हरुलाइ बेग्ला बेग्लै अध्यायको रुपमा यहाँ सामु प्रस्तुत गर्दै, आफै पनि ति दिनहरुलाइ फेरी सम्झने प्रयत्न गरेको छु ! गोपनियता को निम्ति नाम, ठाउ भने बदलेको छु !
अध्याय १: सानु
सानु , उसको घरेलु नाम !
मैतीदेवी चोक्कैमा मेरो उनको जम्काभेट भाथ्यो, धेरै अघि! न नाम थाहा न थर थाहा, केवल थाहा थियो त उनको आखा, मुस्कान र बान्की परेको सरिर ! म भुतुक्कै भएको त्यो दिन!
"पुतली" ! उसको कान नजिकै गएर मैले एती बोलेको थिए! उ मलाई हेरेको हेरे भइ! मुसुक्क हासी अनि छिटो छिटो गल्लि तिर लागि !
२-३ दिन पछि मेरो भाग्य चम्क्यो ! पुतलीसडकको ओरालोमा एउटा गिफ्ट शप थियो, म कसैलाई कार्ड किन्न छिरेको थिए | भित्र छिर्न साथ्, मेरो मन फुरुङ्ग भएर आयो! काउन्टरमा मेरी परि बसेकी रैछन ! उही आँखाको निद चोरी लाने, हृदयको तरंग चोरी लाने! मेरी पुतली!
अरु केहि सोच्दै नसोची, मैले उसको पसलको सबै भन्दा महँगो र राम्रो प्रेम प्रस्ताव जताउने कार्ड रोजे, काउन्टरमा गएर बुझाए; उ मलाई एक टकले हेरी रही ! "कति भयो?", मैले सोधे. उसको अनुहार बाट झल्किन्थ्यो उदासिनता, सायद त्यो कार्ड अरु कसैको लागि हो भन्ने भान भएको हुनु पर्छ उनलाई | पैसा तिर्दै मैले भने, "यो तिम्रो लागि"! उसको आखा हाँसेको त्यो दिन ! "म राम", जताए, उसले आफ्नो नाम भनि ! "कहिले फ्री हुन्छौ, कफी? हुन्छ? उसले समर्थन जनाई, नबोली अनि मस्किदै !
त्येस पछिका केहि दिन, म दिन दिनै गए, बारम्बार सोधे उसलाई, अन्तत: उ राजि भइ ! हामी मेरो मोटर साइकलमा त्रिपुरेश्वर हुइकियौ ! एउटा सानो चिया पसल मलाई खुब मन पर्थ्यो, हामि झन्डै २ घण्टा ३-४ कप कफी खादै बितायौ!
दसैँ २ हफ्तामा आउदै थियो, मैले सोधे, तिमि नौरथा जान्छौ? हामि संगै जाउला, बिहानै, ४ बजे तिर, नवै दिन! उ दंग परि, हुञ्छ भन्दै!
मेरो घर उसको भन्दा केहि पर मात्र थियो, म घर मै पुर्याउछु तिम्लाई भन्दा उ हिच्किचाइ ! मैले कुना को किराना पसल म उसलाई ओराले ! उ फर्कदै हेर्दै हास्दै बाटो लागि !
नौरथाको तेस्रो वा चौथो दिन, गुहेस्वरिको भर्याङ्गमा हामी दुइको भेट मेरो टोल्याहा केटाहरु संग भेट भो ! तिनीहरुलाइ देख्ना साथ्, उ एक्कासि म संग छुट्टिएर दुइ खुड्को माथि हिंडी! केटाहरु आखा सनकाउदै, जिस्क्याउदै मलाई उडाउदै थिए! मेरो आफ्नै केटाहरु ! ति मध्ये एउटालाई उ चिन्दी रैछे! "ए जनक दाई ! म पनि साथिहरु संग नौ रथ आको दाई !" उ हराई !
जनक टोलको भलाद्मी साथि, कुनै लप्पन छप्पन नगर्ने, सिधा केटो, सिधा कुरा, सिधा पारा! बेलुका राजिवको छतमा फ्लाश खेल्दा जनकले , त संग एउटा कुरा गर्नु छ तल हिंड भन्यो | म पछि लागे !
को त्यो केटि थाहा छ तलाई? कसैलाई बाकि नराख्ने? शेखरको बैनी त्यो ! काट्छ तलाई काट्छ ! मैले भन्द्या छु! काट्छ ! म हेरेको हेरै भए ! जनक टोल मै जन्मे हुर्केको , म ५ पढ्न काठमाडौँ झरेको ! शेखरलाइ राम्रो संग चिन्दो रैछ, सानुलाई पनि !
सेखर, उ बेला मैतीदेवी, डिल्लीबजार , पुतलीसडक, शंकरदेव, अनामनगरम तरबार लिएर हिड्ने गुन्डा! एकोहोरो , सन्की, डरलाग्दो !
भोलि पल्ट उसलाई पिपलबोट चोकमा मोटर साइकलमा राख्दै मैले सोधे, तिमीलाई तिम्रो दाइको डर लाग्दैन? उसले मलाई त्येही प्रश्न सोधी, तपाइलाई नि? देखाजाएगा, मैले भने ! तिम्रो घरमा बिहेको कुरा गर्न आएकै दिन त्येही मलाई तिम्रो दाईले काट्ने भो ! मैले ठट्टा गरे झैँ गरे !
त्यो बिहान बगलामुखी दर्शन गर्दै उस्ल भनि, चिन्ता नगर्नु न , म पनि चिन्ता गर्दिन, हरेक प्रेम को अन्त्य बिहे नै हुनु पर्छ भन्ने छैन !
मलाई उसको रंगिन कुर्ता हरु खुब राम्रो लाग्थ्यो, उसलाई मैले तिम्रो कुर्ता तिमि लाई सारै सुहाएको छ भनेको सुन्दा खुब राम्रो लाग्थ्यो ! उसको र मेरो सारीरिक सम्बन्ध कहिलै भएन ! म उसलाई इज्जत गर्थे, कहिलै कर गरिन ! हामि घन्टौ सम्म संगै हुन्थ्यौ, अंकमाल गर्थ्यौ, घन्टौ कुरा गर्थ्यौ ! उ मेरो यहि बानी खुब रुचाउथि !
उसको दिदिलाई थाहा भयो ! दिदिले मलाई उनको न्यु रोडको शाडि पसलमा बोलाएर भेट्नु भो ! हामि दुवै गयौ ! दिदि खुसि हुनुहुन्थ्यो, तर दुखि पनि ! हामीलाई सम्झाउदै भन्नु भो, बाहिर सबैले देख्ने गरि न घुम्नु, बरु मेरो डेरामा भेट्नु, ज्ञानेश्वरमा! दाईले थाहा पायो भने राम्रो हुदैन ! त्येस पछिको हाम्रो सबै भेट दिदिको मै हुन्थ्यो !
लग भग १ वर्ष पछि उसको दाई र मेरो भेट चोकको चिया पसलमा भयो ! म पसल भित्र चिया चुरोट खादै थिए, केटाहरुलाइ कुर्दै ! शेखर पसलको अगाडी उभिएको रैछ, कसै संग झगडा परेको हुनु पर्छ ! शेखरको हातमा ३ हात लामो तरबार थियो ! छाडा साँढे जस्तै यता बाट उता उता बाट यता गर्दै थियो, शेखर ! म झस्किए!
चोकमा पुलिस आउना साथ् शेखर पसल भित्र छिर्यो, मलाई एक टक ले हेर्यो, म भन्दा दुइ टेबल पर म पट्टि नै फर्केर तरबार भुइँ तिर लुकायो ! एक छिन पछि शेखर मेरो टेबलमा आएर, सलाई माग्यो, राम्ररि हेर्यो तर केहि बोलेन ! उ निस्क्यो तेस्को केहि बेरमा ! म हेरेको हेरे भए ! अवाक !
त्येसको २-३ महिना सानु देखा परिन! घर परिस्थितिले बाध्य भइ, मैले बिहे गर्नु पर्ने भो ! मैले बिहे गरे, तर सानु लाइ होइन ! मैले घरको कुरा काट्न सकिन ! बिहे अघि १-२ महिना सम्म मेरो र सानुको भेट बन्द भो ! बिहे अघि म सानुको घर तिर गए, उनिहरु सरि सकेछन ! कहाँ कता केहि पत्तो भएन !
त्येस्पछी म अमेरिका आए ! झन्डै ५ वर्ष पछि नेपाल फर्कदा, मैले सानुलाई खुब खोजे, दिनहु जस्तो ! हरेक चोक, हरेक गल्लि, हरेक ति ठाउहरु गए, जहाँ सानुको सम्भावना थियो! अह: सानु भेटिनन !
अमेरिका फर्किनु ३ दिन अघि, मैले सानुको दिदिलाई मखन गल्लिमा देखे, दौडदै गए, "दिदि, म एक महिना देखि सानुलाइ खोज्दै छु, कहाँ छे सानु?" मैले एक्कै सांसमा सोधे !
दिदिको आखा रसाएर आयो ! "तिमि म संग कुरा नगर , तिम्रो लागि सानुले को को संग के के सहनु पर्यो थाहा छ तिम्लाई? आज फेरी सानु चाहियो? तिम्ले हाम्रो परिवार लाई धेरै दुख दियौ राम ! शेखरले सानुको के हाल गर्यो थाहा छ? आमा नभएको भए मार्थ्यो शेखरले त्यो दिन सानु लाइ ! खान पिन सब छोडेकी थियिन सानुले तिम्रो लागि, नाडी समेत काटेर बसी सानु तिम्रो लागि, खै कहाँ बेपत्ता भयौ तिमि? जब सानु संग हार मानेर शेखर तिम्लाई स्विकार्न तयार भयो , तिमि सानुलाई छोडेर कहाँ गयौ?"
म संग उत्तर थिएन ! चुप चाप भुइँ तिर हेरेर टाउको निहुराएर बसे ! केहि बेरमा दिदिको मन फेरियो ! "सानु ले बिहे गरि, १ वर्ष भो ! तिमि बिहे गरेर अमेरिका गयौ भन्ने थाहा पाएपछि मात्रै बिहे गर्न मानि सानु ! तिम्लाई कुरेर बसेकी थिई ! तिमि संग भएको भए कति खुसि हुन्थी ! कस्तो राम्रो हुन्थ्यो तिमिहरुको जीवन ! तर भाग्य मा दुखः: पाउन लेखेर आएकी रैछे सानु ! जड्याहा संग जानु पर्यो ! दिनहु कुटाइ खान्छे, पिटाइ खान्छे , चुरॊट्ले पोल्दिञ्छ त्यो राछ्याशले ! कसै संग कुरा गर्न दिदैन , कसै संग बोल्न दिदैन, न फोनमा कुरा गर्न पाउछे , न परिवारलाई भेट्न पाउछे ! खै के के भनु म तिमीलाई ?"
म चुप चाप सुन्ने बाहेक कुनै विकल्प थिएन !
केहि छिनमा दिदिको मुटु फेरी पग्लियो ! नानीलाई भेट्ने नै हो भने तिम्रो फोन नम्बर देउ, म उसलाई फोन गर्न लाउछु! उ कालो पुल मा बस्छे अचेल | मैले दिदिको नम्बर मागे, केहि पर्यो भने हजुरलाई फोन गर्छु दिदि भन्दै बिदा भए ! त्यो रात र त्येस पछि का धेरै रात मलाई निद भएन ! अझै हुदैन !
अमेरिका फर्किन एक दिन बाकी थियो, सानुको फोन अझै आएन ! साझ पर्दै थियो ! भोलि २ बजे दिउसोको फर्किने टिकट ! म अत्तालिदै, दिदिलाई फोन गरे, "दिदि सानुको फोन आएन, मा भोलि फर्कदै पनि छु !" दिदिले तिमि भोलि नै जाने रे ? मलाई के थाहा राम , ल पर्ख, म उसकोमा गएर केहि मिलाउछु, फोन उठाउनु नि है भन्दै फोन राखिन |
बेलुका ९ बजे तिर फोन आयो ! सानु फोनमा थिई ! तपाई आउनु भो? भोलि जाने पनि रे? बेक्कार फोन गर्नु भन्नु भो ! मलाई भेट्नु छैन ! धेरै बेर कर गर्दै, आफ्नो बाध्यता, समयको खेल, भाग्यको कुरा गर्दै, भोलि बिहान मैतीदेवी मन्दिरम ८ बजे भेट्ने कुरो भयो !
म ७ बजे देखि नै उसलाई कुर्दै, मन्दिर अगाडीको चिया पसलमा पर्खे ! २ बजेको प्लेन, ११ बजे एरपोर्ट पुग्नु पर्ने ! ९:३० सम्म पनि सानुको फोन आएन , न त सानु नै आयिन ! मैले आत्तिदै दिदि लाई फोन गरे, दिदि सानु आउछु भन्थी, राति कुरो भएको थियो, तर सानु आइन ! के गरौ?
सुत्केरी छे , १ महिना नि भएको छैन, बच्चा सानो छ ! त्येस माथि तेस्तो बुढो छ , बिचारी आउन पाइन होलि, जाउ तिमि, तिमिहरुको भाग्यमा एक अर्का लेखेको नै छैन ! जाउ ! मिल्यो भने तिमीलाई अमेरिकामै फोन गर्न लगाउला ! मेरो उदासिनताको सिमा थिएन !
एरपोर्ट भित्र पसी सकेको थिए, फ्लाइट बोर्डिङ्ग सुरु भएको थिएन, लग भग १२:३० तिर फोनको घन्टी बज्यो ! उता सानु थिई, सुक्क सुक्क गर्दै ! म बिहान आएको थिए, तपाइलाई देखे पनि, तर तपाइलाई भेट्ने हिम्मत नै भएन! मलाई तपाईलाइ एक चोटि हेर्ने इछ्या थियो, पुरा भयो ! तपाइको पुरा भएन, मैले भनेको थिए नि प्रेमको अन्त्य बिहे नै हुनु पर्छ भन्ने छैन, त्येस्तै भयो है ? सरि !