[Show all top banners]

Karnali Blues
Replies to this thread:

More by Karnali Blues
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 कर्नेको कन्सलटेंसी यात्रा - भाग २
[VIEWED 12762 TIMES]
SAVE! for ease of future access.
Posted on 06-27-14 7:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     7       ?     Liked by
 

सर्वप्रथम पहिलो भाग पढेर सल्लाह र सुझाब दिनुहुने सम्पूर्ण साथीहरुलाई धन्यवाद दिदै दोस्रो भाग आउनमा ढिलाई भएकोमा माफी चाहन्छु / बिश्व कप फुटबलले गर्दा सारा जगत फुटबलमय भएको दोस्रो भाग आउन ढिला भएको अवगत गरौउन चाहन्छु /

कर्नेको कन्सलटेंसी यात्राको पहिलो भाग छुटाउनु भएको यस लिंकमा गएर पद्न सक्नु हुनेछ : http://sajha.com/sajha/html/index.cfm?forum=283&ThreadID=109232

त्यसपछि सुरु भयो मेरो Consultancy को यात्रा .............................

      IT मा काम गर्दै, टन्नै पैसा कमाउने; हरेक महिना न्यु योर्क या Ocean City घुम्न जाने, सप्ताहान्तमा बार्बिक्यु या गल्फ खेल्न जाने आदि इत्यादी गर्ने जस्ता सपना बुन्दै सुरु भयो, म र अर्का दुइ दुवा तिर्कीको कन्सलटेंसी यात्रा /
      मेरो लागि चाही ति सबै सपनाका बाबजुद Sandra संग भेट्ने, मिठा मिठा कुरा गर्ने, हात मा हात मिलाउने तथा मौका पाएको खण्डमा गालामा गाला जुदाउने जस्ता अनेकै खयालहरु पनि मण्डराई रहेका थिए / ओखल्धुङ्ग यानी कि ओक्लाहोमाबाट, आर्क्याँन्सस, टेन्नेस्से, भर्जिनिया, वासिंगटन, डेलावेयर र पेन्निसिल्विनिया हुदै हामी न्यु जर्सी पुग्यौ / रात निकै परिसकेकोले त्यो दिन न्यु योर्क मा गएर बस्ने अनि भोलि पल्ट बिहानै अफिसमा आउने निर्णय गर्यौ / एक मन ले Sandra लाई छिटो देख्न पाउने आसले तिमीहरु न्यु योर्क जावो बरु म चै एतै कतै बस्छु भनौ जस्तो नि लागेको थियो, तर मौसम निकै जाडो भएको र हिउ पनि परेकोले त्यति भन्ने आट आएन / फेरी तीन जना एउटै गाडीमा आएकोले छुट्टिने कुरा पनि भएन /
      उनीहरुको निर्णयमा सहमति जनाउदै म पनि उनीहरुकै पूच्छर हुदै न्युयोर्क तिर लागे / करिब बिहानको २ बजेको थियो न्युयोर्कको ज्याक्सन हाईट भन्ने ठाउँ पुग्दा / एकजना नजिकैको सम्बन्ध भएको भाई कुरेर बसेको रहेछ / भेट्ने बित्तिकै दाई म तपाइलाई नेपाली थाली खुवाऊछु भने दिल्ली हाइटस भन्ने रेस्टुरेन्ट लिएर गयो / मनमनै मुला साग; के-कानै राजभोग नै खुवाऊने जसरि थाली खुवाऊछु रे, जाबो त्यो कासको थालमा भात, दाल, तरकारी हामीले सधै खाएको हौउ भने / 
      भोलि पल्ट बिहानै Sandra लै भेट्न पाऊने आसले रातभर राम्रो संग निद्रा पनि लागेन / कहिले एता फर्किन्छु, कहिले उता फर्किन्छु, कहिले चाक चिलाऊछु , येति गर्दा गर्दै बिहान भयो /
      अर्का दुइ दुवा तिर्की छिटो उठ्लान र जाउला भनेको त उठ्दै उठ्दैनन त बा / बल्ल बल्ल गरेर ८ बजेतिर उठाई छाडे मुलाहरुलाई / अनि लगियो न्यु जर्सितिर / Sandra लाई पहिलो भेटमै मोहित बनाउने आशामा मैले पनि अमेरिकन इगलको को प्यान्ट, बनाना रिपब्लिकमा किनेको धर्के सर्ट, ग्यापमा २ वर्ष अगाडी किनेको ब्लेजर लगाए / Sandra को अगाडी पर्दा बसाउनु पर्छ (बास्ना आउनु पर्छ) भन्ने सोचेर अस्ति भर्खरै मेरो ग्राजुयेसनमा खोइ कुन्नि कोस्ले दिएको बरबेर्रीको अत्तर पनि लगाए /
       R .... Tek services नामक अफिसको ढोकामा पुगेर एकचोटी फेरी आफुले आफुलाई तल देखि माथि सम्म सर्लक्क हेरे / प्यान्ट-सर्ट मिलाउदै अफिस भित्र छिरे / मनमनै अनेकौ तरङ्गहरु फैलिरहेको थियो, कस्ती होलिन sandra भनेर / ति अर्का दुवा तिर्कीहरु अंग्रेजी बोल्नु पर्छ भनेर पछि पछि आउदै थिए /
भित्र गएर रिसेप्सन डेस्कमा एकजना छिमेकि रास्ट्र भारतको महिला बसेकी थिईन अनि उनैलाई सोधे, "हेल्लो, मे आइ स्पिक टु sandra प्लिज." / उनले पनि आफ्नो भारतीय लय मिसाउदई," हेल्लो, मे आइ नो यर फर्स्ट एंड लास्ट नेम प्लिज भनिन." / मैले पनि बडा गर्बका साथ् जेम्स बोन्डको सैलीमा, ब्लुस, "कर्णाली ब्लुज" अल्सो नोन एज कर्ने भनेर भने / ति महिला दुइ पैसाको दात देखाऊदै खितता हासी र मलाई एकछिन बाहिरै कुर्न भनि /
      करिब पाच मिनेटपछि भित्र बाट एकजना करिब ३०-३५ बर्सकी, मोटी मोटी, डल्ली-डल्ली , हेर्दैमा भर्खरै कोइला खानीबाट ल्यायियेकी जस्ती काली, अनुहारमा हेर्दा सेतो दात र आखाको सेतो भाग मात्र टल्किने, हाम्रो साझा च्याटरूमको एक मित्र निरलको भाषामा भन्नु पर्दा "साउथी" यानिकी साउथ इन्डियन महिला बाहिर आइन र त्यो अघिको रेसेप्सोन्मा भएकी महिला संग खुसुर फुसुर गरिन /           एकैछिनमा ती महिला म भएतिर लम्कीइन / त्येसपछि मेरो मुटुको धड्कन बढ्न थाल्यो / लौ मरेस कर्ने, कतै sandra भन्ने येही नै त परिने / आवाज सुन्दा त निकै नै सुन्दरी होलि जस्ती थिइ तर यहाँ त ठ्याक्कै उल्टो पो देख्छु / उनि मेरो अगाडी आएर भनिन, "हेल्लो, आर यू कर्ने ?" मैले येस भने / उनले,"हेल्लो दिस इस Shelly ?" मनमनै सोचे अनुहार हेर्दा सीता मायिया जस्ती छिन्, नाम चै shelly / धन्न मेरी हुनेवाला भुन्तेकी आमा यानि की येति नराम्री त होइन रैछे भनेर चित्त बुझाए /
      होइन यो अमेरिका आउने बित्तिकै हरिलाई Harry , कृस्णलाई Chris , जनार्दनलाई Zach , सचिनलाई Sandy किन बन्नु पर्ने भन्या / खैर त्यो कुरा छोडी दिउ /
      उनले आफु Sandra को सेक्रेटरी भएको र मलाई लिन आएको बताइन / मैले पनि थ्यांक यु भन्दै उसको पछि पछि लागे र मेरा साथीहरु मेरो पछि पछि / उनले एउटा सानो कोठाभित्र लगी, भित्र छिर्ने बित्तिकै त म खंग्रंगा परे, यो सपना हो कि बिपना जस्तो पो लाग्यो, मेरो हंसले ठाउँ छोड्यो /
Sandra त उही मेरी पहिलाकी मुसी पो परिछिन् बाई /
      तर पहिले भन्दा धेरै नै राम्रो / हिल जुत्ता लगाएकोले होलि अग्ली देखिएकी, ती सुन्दर म्रिगनयन, लामो कपाल, सुन्तला जस्तो पोक्चे परेको गाला, भोगटेका दाना जस्ता ठुला ठुला उसका स्तन, सर्लक्क परेको उनको सरिर, ओहॊ मलाई त सारै नै खपी नसक्नु भयो /  
      मुसीलाई देख्ने बित्तिकै केहि बोल्न सकिन र म अवाक भये / उनलाई देखेर मेरो मुखमा नेपाल बन्द भयो / म संग गएका दुइजना साथीलाई मेरो र मुसीको बारेमा केहि थाहा थिएन /
      आस्चर्यको कुरा त के भयो भने मलाई देखेर मुसीको अनुहार मैले कुनै सद्भाव, सहानुभूति वा माया देखिन / उनले मलाई नचिनेको झैँ गरिन र कामको कुरा गर्न तिर लागिन / उनले हामीसंग हाम्रो पासपोर्ट, I -20 , O .P .D लगायत सम्पूर्ण कागजातहरु मागिन र हामीलाई केहि जरुरी कागजातहरुमा सहि गर्न लगाइन / सबै काम सकिदा करिव १ घण्टा लग्यो / मेरो दिमागले अझै राम्रो संग काम गरेको थिएन / अझै पनि मेरो मनमा मुसी संग बिताएको दिन, रात, ति तितामिठा पल सम्जिरहेको थिए / 
      त्यहाँ बाट मुसीले हामीलाई एकजना मुकुन्द भन्ने मान्छेसंग चिनापर्ची गराईन / त्यो मुकुन्देले हामीलाई हामी बस्ने गेस्ट हाउस सम्म लगिदियो / गेस्ट हाउसको ढोकाभित्र छिरेको मात्र के थिए, डुंग डुंग गनाएको मोजाको गन्धले नाकको प्वाल्मै हान्यो / दुइ चार पाइला बडाउन पनि मुस्किल भयो / जेन, तेन गरेर भित्र छिरियो, भित्र छिर्दा त त्यहाँ अर्का दुइ जना छिमेकि राष्ट्रका भैया हरु पनि अखडा जमाएर बसेका रहेछन / एस्सो मुन्टो घुमाएको त भुइँ भरि जुत्ता अनि मोजा यत्रतत्र छरिएका थिए, लाग्छ त्यहाँ कुनै मोजाको व्यापार भैरहेको छ / कोठाको हालत देख्दा
       दुइ कोठाको गेस्ट हाउस मा एउटा कोठामा एकजना मर्स्या सुत्दो रहेछ / त्येसैले हामी तीन जना अर्को कोठामा सुत्ने निधो गर्यौ / भोलि अफिसमा भेट्ने बाचा गर्दै त्यो मुकुन्दे पनि बिदा भयो /

क्रमस:...........
Last edited: 27-Jun-14 07:36 PM
Last edited: 28-Jun-14 03:21 PM

 
Posted on 06-27-14 8:52 PM     [Snapshot: 66]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लामो समय पछि आयो दोश्रो भाग, तर धेरै राम्रो. Sandra को Twist मन पर्यो.

तेश्रो भाग को बेग्र प्रतिक्ष्या मा |
 
Posted on 06-29-14 8:45 AM     [Snapshot: 408]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

first part dherai ramro thiyo..second part ali choto lagyo..third part ali badhi interesting hola bhanne parkhai ma chu..
 
Posted on 06-29-14 9:35 AM     [Snapshot: 433]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सारै छोटो भयो सोम
 
Posted on 06-29-14 9:35 AM     [Snapshot: 433]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सारै छोटो भयो सोम
 
Posted on 06-30-14 9:07 AM     [Snapshot: 628]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल है मालिक पढियो दोश्रो भाग पनि ..... लेख्न त जानेकै हो .... अब अर्को भाग को प्रतिक्ष्यामा छौँ .


 
Posted on 06-30-14 9:34 AM     [Snapshot: 650]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sandra nai purano musi bhako chai hindi cinema jasto bho, aru ramailai chha. jawosh aru ni
 
Posted on 08-05-14 4:10 PM     [Snapshot: 1088]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

bhaag 3 khoi ta??1 mahina huna lagi sakyo//
 
Posted on 08-05-14 6:35 PM     [Snapshot: 1132]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

डल्लेभाई, माफी पाउ होला प्रभु / कामको व्यस्तताले गर्दा खेरि तेस्रो भाग लेख्दा लेख्दै बिचमा अपुरो राखेको छु / समय मिलाएर छिटै अनि अवस्य पस्किने छु / हजुरले पड्ने उत्सुकता देखाउनु भएकोमा धन्यवाद /
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS to F1 Status.
NRN card pros and cons?
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Need Help of IT consultancies
Supreme Court allows Trump to end TPS for Venezuelans
2020 : Why No Trump !
Nepal Likely to Get 60-Day TPS Notice
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
#MAGA#FAFO is delicious
NEPAL TPS IS GONE
NOV 18th TPS DAY
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
The New Color of Her Flag
Nepal TPS Extension Possible as Court Reviews Late Notice Issue
Bill to Protect TPS and DED Recipients
कोर्टमा जाँदा आइसले समात्ला भन्ने डर छ भने यस्तो गर्नुहोला
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters