[Show all top banners]

_____

More by _____
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Rahuldai
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 युनानमा पनि अरनिको-स्तूप
[VIEWED 1554 TIMES]
SAVE! for ease of future access.
Posted on 06-13-14 8:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

युनानमा पनि अरनिको-स्तूप


    arniko
    युनानको कुनमिङमा रहेको स्तूप । तस्बिर: फूलमान/कान्तिपुर

    युनान (कुनमिङ), जेष्ठ ३० - चीनको दक्षिण पश्चिमी प्रान्त युनानको राजधानी कुनमिङस्थित एक स्तूप अरनिकोले बनाएको पत्ता लागेको छ । गुवाङडुस्थित प्राचीन सहरमा पर्यटन आकर्षणको सम्पदाका रूपमा रहेको यो स्तूप निर्माण समय र यहाँ रहेको रञ्जना लिपिका आधारमा अरनिकोले बनाएको पुष्टि भएको हो । रञ्जना लिपिको शिलालेखमा 'आ' 'ला' 'व' र 'त' स्पष्ट बुझिन्छ भने छेउछाउ र बीचका केही अक्षर मेटिएका कारण अर्थ भने खुल्दैन । चिनियाँ भाषामा लेखिएको आलेखअनुसार यो तेह्रौं शताब्दीमा युआन राजवंशका मंगोल शासक कुब्लाई खाँको पालामा निर्माण र चार सय वर्षअघि मिङ राजवंशको पालामा जीर्णोद्धार गरिएको हो । जीर्णोद्धारपछि पनि सानो ढुंगामा लेखिएको रञ्जना लिपिलाई स्तूपको मध्यभागमा राखिएको छ ।

    तेह्रौं शताब्दीमा जयभीमदेव मल्लले अरनिकोलाई तिब्बतको ल्हासामा गोल्डेन स्तूप बनाउन पठाएका थिए, त्यही बेला मंगोल शासक कुब्लाई खाँले उनलाई कलात्मक स्तूप र मन्दिरहरू बनाउन महाचीनमा निम्तो गरेको इतिहास छ । अरनिकोको नाम उल्लेख नभए पनि कुनमिङमा रहेको स्तूप कुब्लाई खाँकै पालामा निर्माण गरिएको उल्लेख छ । अरनिको चीन गएको समय स्तूप निर्माणको समयसँग मिल्छ । 'कालिगढहरूको ठूलो दलबलसहित अरनिको चीन गएका हुन्, मंगोल शासक खाँको निम्तो पाएपछि उनी नेपाल फर्केनन्, उतैबाट प्यागोडा शैलीका मन्दिर बनाउँदै चीन पसे,' चीनमा रहेर लामो समय अरनिकोमाथि नै अनुसन्धान गरेका संस्कृतिविद् सत्यमोहन जोशीले भने, 'नाम उल्लेख नगरिकनै उनले थुप्रै स्तूप र मन्दिरहरू बनाएका छन् । चीन छँदा मैले धेरै स्तूपबारे जानकारी लिएको भए पनि युनानको चाहिँ पत्तो पाएको थिइनँ ।'

    कुनमिङ राइटर्स फोरमका लागि युनान आइपुगेका साहित्यकार टोली गुवाङडुको प्राचीन सहर घुम्ने क्रममा रञ्जना लिपि देखेपछि चकित भएका थिए । 'रञ्जना लिपि नै जिउँदो प्रमाण हो नि,' साहित्यकार तथा पूर्वअर्थमन्त्री एसपी कोइरालाले भने, 'यसबाट अरनिको र

    पुरानो नेपाली सभ्यताको पहिचान हुन्छ ।' एघारौं शताब्दीमा नेपाल (नेवार) भाषा लेख्ने क्रममा प्रयोगमा आएको रञ्जना लिपि पछि बिस्तारै भारत, तिब्बत, चीनको समुद्री तट, मंगोलिया हुँदै जापानसम्म प्रचारप्रसार भएको मानिन्छ । यो लिपिलाई नेपालले आफ्नो राष्ट्रलिपिका रूपमा संयुक्त राष्ट्रसंघमा समेत दर्ता गरेको छ ।  

    सात सय वर्ष पुरानो कुनमिङको यो स्तूपको नाम भने चीनखाङ स्तूप हो । 'चिनियाँ भाषामा यसको अर्थ बलियो बाँदर स्तूप हुन्छ,' चीन-नेपाल सांस्कृतिक आदानप्रदानमा सक्रिय वल्र्ड कल्चरल नेटका दीपक सरकारले भने, 'नेपालमा मात्रै यो स्तूपको पहिचान नभएको हो । चीनमा अरनिकोले नै बनाएको भन्नेमा कुनै विवाद नै छैन ।'

    उनले ल्हासामा गोल्डेन स्तूप बनाएपछि कुनमिङ हुँदै अरनिको बेइजिङ गएको हुन सक्ने अनुमान लगाए । 'यो स्तूपले पनि यही पुष्टि गर्छ,' उनले भने । चीन गएपछि मंगोल केटीसँग बिहे गरेका अरनिकोले पछि सातवटी अरू चिनियाँ केटी पनि बिहे गरेका थिए । सबै गरेर ६ छोरा र ८ छोरीका बुवा बनेका अरनिकोका सन्तान यसपछि पहिचानमा छैनन् ।

    प्रकाशित मिति: २०७१ जेष्ठ ३० ०८:२०

    - See more at: http://www.ekantipur.com/np/2071/2/30/full-story/390732.html#sthash.lbLgMHT0.dpuf
     


    Please Log in! to be able to reply! If you don't have a login, please register here.

    YOU CAN ALSO



    IN ORDER TO POST!




    Within last 90 days
    Recommended Popular Threads Controvertial Threads
    Democrat wants to run election like in India. Chaos and Confusing to voters.
    Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
    ए १ पनि पुगेनछ ?
    नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
    200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
    ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
    नेपाली वालमार्ट चोर
    H1B
    Funny when Nepalis talk about Epstein and injustice
    मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
    बालेंन आए पछि आशाका किरण देखिन थालेका छन् !!
    मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
    बालेंन मेयर बाट प्रधान मन्त्रि हुने भो ?
    When will the culture of impunity end?
    Can we really get rid of Nepotism in the government?
    आरको नेपालीले बेजत गर्यो फेरी अरविंग टेक्सासमा बुढ़ाहरू लाई स्कॉम गरेर
    How many ministries do we really need?
    नेपाली ससुरोले वर्जीनियामाँ आफ़नो छोरी नाती र ज्वाईलाई खुकुरी प्रहार
    Why Prachanda seems to be the smartest of them all?
    When will Nepali women be equal?
    NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

    Sajha.com Privacy Policy

    Like us in Facebook!

    ↑ Back to Top
    free counters