[Show all top banners]

Fuel Tank
Replies to this thread:

More by Fuel Tank
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

instagram

sabikali
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 बिशाल दाई - भाग २
[VIEWED 16991 TIMES]
SAVE! for ease of future access.
Posted on 05-10-14 7:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     6       ?     Liked by
 

"बिशाल दाई - २ "
- फिउल ट्यांक 


“वान बेडरुम” कोठामा पाँच जना नेपाली थियौं | सबै जना मन्दिरको पाटीमा जस्तो भुईंमा नै लड़थ्यौँ | छेउमा भान्सा कोठा थियो | तरकारी पकाउँदा तेलमा प्याज फुराएको गन्ध कोठाभित्र रुमल्लिईरहेको थियो | लगाएको कपडा तेल–तेल गनाएको थियो | साँझ –साँझ परेको हुनाले पश्चिमपट्टीको झ्यालबाट डुब्न लागेको घाम देखिन्थ्यो |त्यो दिन बेलुका बिशाल दाई कोठामा आउनुभयो |

“ह्वाँ बिशाल दाई, हाम्रै कन्सल्टेन्सीमा डट नेट को ट्रेनिंग गर्नुहुन्छ |” मैले सबै साथीहरुलाई बिशाल दाई को परिचय दिएँ |

व्हाट्स अप भाईहरु, नाईस टु मीट यु है सबैलाई”

“ठिकै छ दाई” केटाहरुले उत्तर दिए |

“मेरो मर्सिडिज सर्भिसिंग गर्न देको एक दिन लाग्ने भयो | मुजी इन्सुरेन्सले खटारा टोयोटा दियो”

बिशाल दाईको पहिरन भन्दा बाहेक पहिलो कुरा थाहा भयो, मर्सिडिज चलाउँदा रैछन बुढाले | हो कि, गफ दिए, पछि थाह भै हाल्छ नि जस्तो लाग्यो |

“ल भाई, के के चाहिन्छ यसमा हाल्दे त |” छड्के भिर्नुभाको झोलाबाट एच. पी. को ल्यापटप निकाल्नुभो | २४-२५ बर्षको मान्छेलाई एउटा नयाँ मान्छेले सिधै “तँ” भन्दा अलि असजिलो सुनें, तर पनि दाईको ल्यापटप समातेर भुईंमा बसें | खोलें | नयाँ रैछ |

“राम्रो संग पढ्छु भनेर नयाँ किनेको“ दाईले भन्नुभयो | सेट अप पनि गरेको थिएन |एडमिनिस्ट्रेटर एकाउन्ट बनाउन खोजें |

“दाई, हजुरको पुरा नाम के हो ?”

“बिशाल ट्यांक “ ( हाम्रो थर मिल्छ )

“ओहो म पनि ट्यांक हो नि, बन्धु पो पर्नुभएछ |”

“त्यस्तो मुजी बन्धु सन्धु केहि लाग्दैन मलाई त, बाजेको पालामा चि[censored]ने बेलामा आखाँ देखेनन्, जम्मैलाई ठोक्दै हिँडे |”  

दाईको कम्पुटर बूट भैसक्याथ्यो | धोती साहुले राख्देको वाई-फाई जोडेँ | अब भिजुवल स्टुडियो डाउनलोड गर्दै थिएँ | दाईको बारेमा बिस्तारै सोध्दै थिएँ | धेरै कम उत्तर दिनुहुन्थ्यो अनि प्रश्न सोध्नु हुनुहुन्थ्यो|

“अनि तेरो सुना न त, कसरी आइपुगिस?”

कहाँबाट सुरु गर्ने ? कस्तो भयङ्कर प्रश्न थियो त्यो | “सुरुमा मिनेसोटा आको, कलेज सकाएँ, अनि क्यालिफोर्निया गएर असाईलम हानेको, भएन | यी अहिले यहाँ छु |” सटकटमा सुनाएँ | “अनि हजुर नि?“

“हाहाहा सबै सोध्, तर यो चै नसोध्| आफैंले पत्ता लगाईस भने ठिकै छ, म चै भन्दिन |”

ज्यान हेर्दा नेपालमा आर्मीको मान्छे माओबादीले खेदेर अमेरिका आउनुभको हो कि जस्तो लाग्थ्यो | अनी यता आएर असाईलम नै हानेको हो जस्तो लाग्थ्यो तर मैले कहिल्यै सोधिन |

भिजुवल स्टुडियो डाउनलोड भैसकेथ्यो | इन्स्टल गर्दै कुरा गरिरह्यौं | बिस्तारै कुरा गर्दा आफुले धोतीको रेस्टुरेन्टमा अनि धोतीकै ग्यासटेसनमा घण्टा हानेको, पैसाको लागी प्लाज्मा बेचेको, रिसर्च ल्याबमा नयाँ औसधीको ह्युमन ट्रायल गरेर पैसा बुझेको.... आदी आदी सबै सुनाएँ | दाईलाई मेरो कथाले छोएछ |

“अब चिन्ता नली केटा, तेरो बिशाल दाई छ नि “

यतिकैमा इन्स्टल गर्नुपर्ने सबै कुरा इन्स्टल भैसकेथ्यो | दाईलाई अलि अलि जानेको कुरा सिकाएँ | दाईको ध्यान खासै पढाईमा थिएन |

“ल भयो आजलाई पुग्यो, खै स्काईप हाल्दे त, तरुनी संग लठारिन पर्यो एकैछिन” अनि रमेश तिर हेरेर भन्नुभयो “ओ भाई, खै के पकाको हो, ल्या त, भोक लाग्यो |” दाईको तिमि भन्ने बानी रहिन्छ जस्तो लाग्यो | रमेशले एउटा प्लेटमा भात र तरकारी ल्याईदियो |

“आलु र काउली पो हो, खै मासु पकाछैन?”

“धोतीले जम्मा १०० दिन्छ महिनाको खानलाई, पान्जानाको गरेर पान्सय हुन्छ | दुई छाक खान्चम, मासु खान त पुग्दैन|”

“ल ठिकै छ उसो भने” | अनि स्काईप्मा घन्टी बज्यो |

“हेलो” उता बाट केटी को आवाज आयो |

“तँलाई नदेखे त भात पनि रुच्दैन, ल हेर् भात जस्ताको तस्तै छ |” दाईले भातको प्लेट क्यामराको अगाडी राखेर देखाउनुभयो |

“हि हि हि हि” उताबाट “पोटेन्सियल” भाउजु मस्किनुभो |

“एकचोटी देखाई दे न हेर्छु”

“छ्या हुन्न के “

“देखा भन्छु त खुरुक्क देखा न”

दाई कम्पुटरको स्क्रिन हेर्दै मुस्कान छोडदै हुनुहुन्थ्यो | कम्पुटरको अर्को पुच्छारमा निर्बस्त्रीकरण भै रहेथ्यो होला |

“ल मेरो क्यामरा के भाको हँ , काम नै गरेन|” दाईले यति भनेर आफ्नो क्यामरा बन्द गर्नुभयो | माईक्रोफोन म्युट गर्नुभयो | अनि भन्नुभयो “ ओ केटा हो आईज हेरनी भए “ |

केटाहरु गुरुरु दुगुर्दै आए | सबैले अमृत पान गर्यौं |

“हेरेर के गर्नी ? हातलाई दुख मात्रै ” रमेशले भन्यो |

“हाहाहा कति भयो र नगरेको तैले?”

“अमेरिका छिरे देखि पाछैन” उसले उत्तर दियो |

म तिर हेरेर सोध्नुभयो “अनि तैले नि ?”

“मेरो चाहिं आठ महिना भयो” मैले उत्तर दिएँ |

"धत् मुजी बोकाहरू डुंग – डुंग  गनाउँदै बस्याहौ” अनि एकै छिन पछी  फेरी भन्नुभयो “ल तिमीहरु सबै बाहिर जाओ”

हामीहरु बाहिर निस्क्यौं |

क्लासमा “आई युज इट एभ्रीडे फ्रम फाईभ मिनेट्स टु थर्टी मिनेट्स, डिपेन्ड्स” भनेको सम्झें | एउटा रोल ट्वाईलेट पेपर ढोकाबाट भित्र गुडाईदिएँ | १० मिनेटमा निस्किनुभो , बाथरुम छिर्नुभयो, निस्किनुभयो , ल्यापटप झोलामा हाल्नुभयो, ढोका निर पुगेर “भाईहरु कुल रैछौ, मलाई मन पर्यो | केहि परे बिशाल दाईलाई सम्झिनु ” भन्ने झुट्टा आस्वाशन दिएर निस्किनुभयो |

भोली पल्टको साँझ परीसकेको थियो | तरकारी पकाउन प्याज काट्दै थिएँ | कोहि काउली पखाल्दै थिए, कोहि टमाटर माईक्रोवेभ गर्दै थिए | ढोकामा ढक-ढक सुनें | गएर ढोका खोलें | बिशाल दाई हुनुहुँदो रैछ | बिशाल दाई संग तिन जना केटीहरु थिए | एउटी खैरी, एउटी काली अनि एउटी चाईनिज |

तिनीहरुलाई हेरेर भन्नुभयो, “दिज आर माई ब्रोदर्स, गो एंड फक देम, फक देम गुड | फक द शिट आउट अफ देम|” हामी तिर हेरेर भन्नुभयो “ले केटा हो रोजी रोजी “

अनि म तिर टाउको बटार्नु भयो | “जा तल गाडीमा मासु र बीयर छ, लिएर आईज” दाईले किचेनको क्याबिनेट टपमा फुत्त गाडीको चापी फाल्नुभयो |

चापीमा मर्सिडिजको लोगो प्रस्ट देखिन्थ्यो | चापी टिपें अनि केटाहरु तिर हेरेर भने “ओइ यो चाईनिज मेरो है, म फर्स्ट जानी हो”|

“बिशाल दाई क्या कुल” मन मनै सोच्दै गाडी तिर हिडें | 
****************************************
क्रमश.....
बाँकी तेस्रो तथा अन्तिम भागमा  

भाग ३ पढ्न यहाँ क्लिक गर्नुहोस |

Last edited: 12-May-14 12:24 PM
Last edited: 12-May-14 12:34 PM
Last edited: 15-May-14 12:59 PM

 
Posted on 05-11-14 12:33 AM     [Snapshot: 112]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भतुवा ब्रो ले कथा राम्ररी पढेना जस्तो छ, टंकी ब्रो ले चैनिज़ केटि रोजेको त कथामै उल्लेख गरेर ल्यार आको छ त ! चैनिज़ केटि हरु त सार्है मायालु पाराको हुन्छन रे है, सुनेको कुरा !
 
Posted on 05-11-14 6:48 AM     [Snapshot: 173]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Sab le bishal dai jastai dai paaun...
 
Posted on 05-11-14 8:52 AM     [Snapshot: 212]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले नि त्यै सुनेको हो लामोपुरी ब्रो अनी चाईनीज रोजेको । नास ब्रो को फोटो सही मन्पर्यो। अनी सोम, बिशाल दाई पाउन ता अघिल्लो जन्म मा सही धर्मं गर्या हुन पर्यो नि लोल
 
Posted on 05-12-14 9:56 AM     [Snapshot: 337]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

लु है बिशाल दाइ मलाइ नि चाहियो गाँठे ....

कथा मिठो लाग्यो झन् राम्रो लाग्यो बिशाल दाइको खुल्ला चरित्र र ठुलो मन .... अनि साएद धेरै संग मिल्छ त्यो धोतिको कम्पनिको कथा चैं......

राम्रो लेखाई , कति सललल बगेको छ ...सुरु गरेसी छोड्नै मन नलाग्ने ...... अन्तिम भागको कुराईमा

- थाहा छैन
Last edited: 12-May-14 12:53 PM

 
Posted on 05-12-14 10:14 AM     [Snapshot: 352]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

टंके को बिशाल दाई पढियो | निम्न बूँदामा कमेन्ट हानेको छु | 

१. टंकेको कथा कहने खूबी लाजवाब 
२. भाषा हिज्जे र प्रस्तुतीकरण निखारिएको
३. विषयवस्तु सामरिक , मार्मिक र धार्मिक ( 
४. वयस्कको लागि भन्ने पूर्ब सूचना राखे राम्रो हुन्थ्यो |

 
Posted on 05-12-14 12:44 PM     [Snapshot: 425]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कथा पढ्नु हुने र मन पराईदिनुहुने सबैलाई बिशाल दाईजस्तै दाई मिलोस भन्ने आशिष दिन्छु , लाग्यो भने त लागिहाल्यो नि | केहि बर्ष पहिले कन्सलटेंसी रहंदाको सत्य घटनाको पात्र हो बिशाल दाई | अलि अली मसला छर्केर स्वादिलो बनाउने कोशिश मात्र गरेको हो मैले त |
थाहाछैन ब्रो, "सुरु गरेसी छोड्नै मन लाग्ने" को साटो "नलाग्ने" भैदेको भए म खुसि हुने थिएँ | अन्तिम भाग दोहोर्याएर पढ्न मन लाग्ने गरेर लेख्ने कोसिश गर्ने छु :)
राहुल भाई, तिमि पनि आभारको पात्र हौ है | मुला नास ब्रो ले त्यो फोटो नराखेको भए [ NSFW ] त हुने थिएन नि | बोका ब्रो |  हुन त , बिशाल दाईको आई फोन ले फोटो खिचेको भए लगभग येस्तै येस्तै देखिन्त्यो होला 

Last edited: 12-May-14 12:56 PM

 
Posted on 05-12-14 12:49 PM     [Snapshot: 430]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल ट्यांकी ब्रो. छिटो भन्दा छिटो भाग ३ राख्नु पर्यो| यसलाई मिनी सिरियल भन्दा धाराबाहिक बनाएको भए झन् आभारी हुने थिए| भतुवा ब्रो को पुनरागमन पछि त सम्पूर्ण साझा नै एन एस फ्व डब्लु भैसक्यो नि|
Last edited: 12-May-14 12:49 PM

 
Posted on 05-12-14 12:59 PM     [Snapshot: 448]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेश्रो भागको प्रतिक्षामा |
 
Posted on 05-12-14 6:51 PM     [Snapshot: 607]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

@Fuel tank bro waiting for another part...
 
Posted on 05-12-14 9:27 PM     [Snapshot: 665]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नास ब्रो क्या सिरियस भा के । ल हटाई दियें रे । ब्रो तिम्रो बोका पना त तिम्रो सिग्नेचर हो नि यार । कहाँ त्यसरी छोड़न हुन्छ?
भोली/ पर्सी मा अन्तिम भाग ल्याउने छु ।
पढने र मन पराउनु हुने सबैलाई धन्यबाद ।
 
Posted on 05-12-14 10:12 PM     [Snapshot: 697]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बडा रमाइलो कथा इन्धन ट्यांकी ब्रो. अर्को भाग को प्रतिछयामा.
 
Posted on 05-14-14 8:18 AM     [Snapshot: 820]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नास ब्रो, बिशाल दाई अलि गोरो हुनुहुन्छ , अनि त्यो ठुलो चेनमात्र हो, लकेट थिएन |नत्र लगभग मिलेको हो |
आई विश आई कुल्ड पोस्ट हिज पिक्चर | 
 
Posted on 05-14-14 2:02 PM     [Snapshot: 944]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

ल ट्यांकी सोम छिटो हालम त भाग ३| साझामा टायर बाल्न नपरोस है सोम|
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
ChatSansar.com Naya Nepal Chat
Supporting issues on principle instead of blind brainwashed support
त्रुम्प्ले आफैले आफुलाई क्षमादान गर्ने भो, It may be the first and last Self-Pardon.
Cricketer Sandeep Lamichhane singing & playing guitar
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Love trumps Hate
The delusion created by mainstream media is creating fake reality for biden supporters
नेपालको टीपीएस चाई हस त नमस्ते नई भाको रच
Who are the real Sukumbaasis?
Zero Civic Sense: Indians in Nepal
TPS Automatically Extended for Six Months!!!
The RSP Convention
Supreme Court Decision Crushes TPS Dreams
Does he deserve Noble Peace prize??
Democrats cannot think for themselves
The Battle of the Titans
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters