[Show all top banners]

ThahaChaena
Replies to this thread:

More by ThahaChaena
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
  'फोन आतंक' - कथा
[VIEWED 13039 TIMES]
SAVE! for ease of future access.
Posted on 04-11-14 12:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     3       ?     Liked by
 

....रातको २ बजेको थियो ... कोठामा सन्नाटा ब्याप्त.... मुटुको धड्कन पनि सुनिन सकिने शुन्यता ... 


निन्द्रा नलागेर जागा रहेका आँखालाइ जबर्जस्ति बन्द गर्न खोज्छु तर दिनभर ३ - ४ कप को कफी ले मरे बन्द हुन दिन्दैन .... 


यस नीरव रातमा पर्दाबाट चियाउन्दै चन्द्रमाले कोठाको त्यो झ्याल छेउमा रहेको इस्तिलको जग संग लुकामारि खेल्दै रहेछ मैले पकडी हालें अनि ध्याप्पा भनेर मन मनै मुस्काएं..... 


भित्तोमा त्यो रोकिएको घडी ... एक महिना भयो क्यार २ बजेको .... कस्तो स्थिर छ अडिग छ उसको मन जस्तै ... अपरिवर्त्य... अडिग ... मलाई खसै परिवर्तन मनपर्दैन तर परिवर्तन त नित्य छ 


झ्यालको ग्रिल बाट सानो आवाज आयो ... अलिकति चिसो भयो मन .... सिरिङ्ग भो .... भित्र आँत बाटै चिसो पस्यो ..... 


डरले जमेको मन अनि भयले एकोहोरिएको आँखा झ्याल तिर फाल्दा हल्का पर्दा पनि चले चले जसो लाग्यो.... अब झन् कान पनि टुइईईईईईइ बज्न थालेको भान भयो ..... 


रातमा सुत्दा कट्टु र गन्जीमा मात्र सुत्ने गरेको बालख काल बाटै हो .... रात यो समय तेस्मथी डरले रन्थन्नियेको बेलामा खुट्टा चिसो हुनु स्वाभाविक नै हो ..... चिसा पनि कति चिसा भाको यो खुट्टा हात भर्खर हिउँ खेलेर आए जस्ता ...... गन्जी मात्र लगाएको अर्धनाङ्गो शरीरमा मुटु जोर ले दौडिरहेको छातिमा बाहिरै बाटा देखिन्थ्यो ..... 


फेरी सिरिरिरिरी हावा चल्यो .... बाहिरी चिसो संगै फेरी पनि मन मा अर्कै किसिम को चिसो पस्यो ..... कता कता कोठाको कुनामा केहि चलयमान भए जस्तो लाग्यो .... निस्तब्ध बिना कुनै हलचल एक टक ले त्यो कुनो हेरी रहें..... केहि देखिएन ... अनि अस्ति भर्खर पुतलीसडक बाट किनेको त्यो टिमबा सिरक तानेर खाटमा तनक्क तन्केर सुत्ने कोशिश गरें...... 


सकिन 


कति बजेछ ? 


भर्खर २.०५ भएछ .... 


हैन कति लामो ५ मिनेट यो ...... 


बस कोठामा आँखा घुमाउन थालें ..... 


हैन त्यो छत् मा किन पहेंलो रोगन दलेका होलान ...... प्रश्न जसरि आएथ्यो तेसरी नै बिलायो ....... 


आँखा अन्धकार र केहि जुनको टहकको पैंठाजोरीका बिच कोठाको वरी परि नाच्न थाल्यो ....... 


कोठाको पुर्विय कुनौटोमा मेरो भान्छा .... 


मेरो जीवन सरि एउटा पित्ले दम दिंदा दिंदा थाकेको तर पनि स्वाँ स्वाँ गरि गरि चलिरहने स्टोभ, घोच घाच परेर जिनतिन जीवन अगाडी बढ्न धकेलीरहेको तेस्कै साथि पिन , रित्तिन आँटेको जीवन सरि आधा जर्किन मट्टीतेल, चप्पल दिएर साटेको सानो रातो बाटामा २-३ गेडा आलु, केहि प्याज र भन्टा राखिएका , संगै गाउँबाट अस्ति भर्खर आएको आधा बोरा मन्सुली चामल अनि संगै एउटा बेतको र्याकमा तल्लो तल्लामा यात्रा तत्र लडिरहेका मसलाका सिसिहरु र तेही र्याकको माथिल्लो तहमा एकअर्का संग गम्सा गम्सी गर्दै अटस्मटासिएर रहेका केहि किताबहरु ......... 


यी किताब पनि कति हतारिएका ल कहाँ पुगौंला भनेर यस्तरी धकेला धकेल गरेर बसेका त्यो र्याकमा किर्तिपुर जाँदा बसमा भाको भिंड जस्तै ...... पुग्ने आखिर एउटै ठाउँ हो कोई अघि कोइ पछि तर पनि कस्तो हतार कस्तो कतार ........ 


उत्तरी कुनोमा मेरो खाट , सिरान उत्तर नै गरि राखेको ....


ये! साँची उत्तर त सिरान राख्न हुन्न क्यार नि .... लास लाइ पो उत्तर सिरान राख्छन त ..... 


भोलि नै सार्छु यो खाट ...... 


मनमा कता कता लास सम्झिना साथ् फेरी हल्का डर लागेर आयो ..... 


लास यानकी मरेका शरीर ..... तेसो भए आत्मा लाइ के भो होला त ..... 


के आत्मालाइ यत्रो बर्ष भोगचलन गरेको शरीर जल्दा रत्तिभर पोल्दैन होला ? ....... 


अनि अतृप्त आत्मा को चै के हुन्छ त ?..... 


के तेही हो भूत भन्या ?..... 


आत्मा अतृप्त चाहि हुन्छ कसरी ? 


अस्ति घरबेटी रमेश काकाको छोराले सिलिङ्गमा फ्यान झुण्डाउन बनाको अंकुशमा झुण्डीयर आत्माहत्या गरेथ्यो .. 


के उसको आत्मा अझै अतृप्त होला ? 


भूत भयो होला उ त .. 


के जीवन यति सस्तो छ ? 


प्रेम मा असफल भईन्छ नि .... 


घोडा चड्ने लड्छन ... के लड्यो भन्दैमा घोडा चड्न नै छोड्ने त ? .... 


मन बाट एउटा आवाजले उसलाई भन्यो, कायर ...... 


सोच्दै थिएँ खस्याक खस्याक गरेको सानो आवाज सुनियो खाट मुनि बाट .......... 


खाट मुनि पहिले पढेका गेसपेपर र कापी एउटा बोरामा हालेर कुनामा धेकेलेको , अनि मेरो एउटै सुटकेस जसमा मेरा सम्पूर्ण लुगा थन्केका र केहि पुराना जुत्ता मात्र थिए ...... आतंकित भो मन .... 


लौ भर्खर मरेको मान्छेको कुरो सम्झेको .... आयो कि क्या हो ..... पसिना पसिना भैसकेको थिएँ ..... तेही बेला मेरो दक्षिण-पूर्वमा रहेको प्लास्टिकको ठुलो जुठेल्नो मा केहि झरेको आवाज आयो ..... 


अब त होस् हवास हावा भयो .... मन ले पनि ठान्यो ल अब भूत आयो ... आजै हो मेरो दिन ..... सकियो छोरो तेरो भोगचलन ...... 


पुरै जिउ डल्लो परेर सिरक भित्र पसेर डर ले थर थर काम्दै थिएँ ...


तेही बेला फेरी झ्यालको ग्रिल मा त्याङ्ग केहि ले लागेको आवाज आयो ...... 


मेरो पुरा शरीर अन्नपुर्णको चिसो हिमजलले स्नान गरेको भाँती चिसो र थर थर काप्दै थियो .... 


तेही बेला खाट तल केहि चले चले जस्तो लाग्यो .... 


दक्षिण-पश्चिम पट्टि रहेको मेरो कोठाको ढोका पनि कसैले बिस्तारै कर्र्र्र्र्र्र्र्रर्र्र्र्र्र्र आवाजले खोले जस्तो लाग्यो .... 


अब हंसले साथ् छोड्न लागेको थियो ..... कता कता खाट नै लग लग लग हल्लेको भान भयो ..... 


अनि त त्यो अगिन कुनौटो मा उभिई रहेको कालो छायाँ म तिर बढेर ढक्क छातिमा बसेर घाँटी निचोर्दै रहेछ 


तेही बेला 'कुखिरी काँ बासि भात खाँ खै मेरो बसी भात त्यै मोरो ले खायो' भनेर मोबाइल फोन बज्यो ...... 


अनि झसङ्ग भएर हेर्छु त ओछ्यानमा गुंडूल्कियेरा सिरक भित्र पसिना पसिना भएर सुति रहेको रहेछु ... 


अझै निस्पट्ट अँध्यारो ब्याप्त रहेछ ... बिहानको ५ बजेको रहेछ .... 


यस्सो सुन्छु कान थापेर ... बाहिर पशुपति जानेहरुको भजन र हिंडाईको आवाज आउन थालेको रहेछ ...


खाट मुनि त छुचुन्द्रो पो खस्याक खस्याक क्वार क्वार गरेर के के काट्दै गुँड बनाउदै रहेछ .... 


किन किन एकसुर को भैरहेको थियो मन .... खै के के एकसुर ले सोंची रहेको थिएँ .... 


फेरी सात्तै लिने गरेर बिहान ५.१५ मा मिस्स कल आयो .... 


फेरी गायो फोन ले 'कुखिरी काँ बासि भात खाँ खै मेरो बसी भात त्यै मोरो ले खायो'.... 


आधा मिनेट पछि फेरो बज्छ ... 


फेरी एक आध मिनेट पछि बज्छ ..... 


रिसको झोक मा के मिस्स कल गरिरा ताकत र शक्ति छ भने सिधै कल गर न भनेर एउटा मेस्सेज पठाएँ ...... 


तैपनि तेही नम्बरमा बाट मिस्स कल आउँछ बा ... 


अब चाहिं अचाक्ली भो भनेर कल नै गरें तेही नम्बर मा .....


उता बाटा फोन त उठ्यो तर स्वाँsssss आवाज मात्र आइरह्यो .... 


अनि घरबेटी काकालाइ यो नम्बरले सारै दुख दियो हेर्नुस न भनेर सुनाएँ ...... 


कसैले रेला गर्यो होला भाइ संग ... आजकाल यस्तै हो भन्ने उत्तर पाएँ .... 


निराश भएर यो नम्बर चिन्नु हुन्छ कि भएर देखाएँ ..... 


वहाँ त्यो नम्बर देखेर झसङ्ग हुनु भो .... अनुहारको भाव यसरि परिवर्तन भयो कि जस्तो एउटा कहिले पौडी नखेल्नेले गहिरो पानिमा हम्फल्लेको होस्  ..... 


'य यो यो नम्बर त , यो ' भनेर थचक्क बस्नु भयो ...... 


म लौन के भो भनेर झन् अताल्लिएको थिएँ ...... 


'के भो काका भन्नु न' ..... 


उहाँ भन्दै हुनु हुन्थ्यो .. 'बाबु यो नम्बर त .... अनिकेतको हो ...यो नम्बर त काटी सक्यौं त बाबु तर कसरी कल ....... '


मेरो पनि नाम सुन्न साथ् घाम लागेको उज्यालो घमाइलो आकाशबाट एक्कासी घनघोर बर्सातको मेघ लागेको आकाश जस्तो भो अनुहारको भाव .... 


अनिकेत तेही केटो हो जो एक महिना पहिले माथिल्लो तल्लामा झुण्डीएको फेला परेको थियो ..... 


- थाहा छैन 


(यो कथा पूर्ण रुपमा काल्पनिक हो , र शायदै कसैको जीवन संग मेल खाला . खाएमा सबै भन्दा पहिले तर्सिने मा म आफै हुनेछु ) 

Last edited: 11-Apr-14 01:07 PM

 
Posted on 04-11-14 12:58 PM     [Snapshot: 46]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म त डराएर ल्याएर घ्याम्पो भित्र छिर्न लाग्या ... लास्ताँ यो कथा पूर्ण रुपमा काल्पनिक हो - भनेको पढेर घ्याम्पोमा छिर्ने कार्यलाइ स्थगित गरें कर्ने ...

( कथा रोचक, निखारिएको लाग्यो, हिज्जे चेक गर्नु होला )
 
Posted on 04-11-14 1:02 PM     [Snapshot: 52]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Climax पढ्दा त coffee नै सर्कियो. खतरा थाने, एकदमै खतरा.
 
Posted on 04-11-14 2:33 PM     [Snapshot: 103]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अति रमाइलो अनि राम्रो...दरावानी फिलिम हेरे जस्तो....

म त ठाने को गलफ्रेन्ड आएको होला भन्ठानेको......
 
Posted on 04-11-14 10:41 PM     [Snapshot: 230]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रमाइलो, राति को समयमा पढ्दै | वास्ताबमा म आफै कुरा गर्ने गर्छु जसलाई तपाई हामि भुत भन्छु , तर मेरा लागि मात्र शरीर बिनाको मन | हामि हरु शरीर भित्रका मन(भुत) | डराउनुको औचित्य छैन | | अनि त्यो कालो छाया,कति हो कति लुकामारी खेलेको | मेरो अनुभव चाही फेरि काल्पनिक होइन नि मित्र हरु |

यो कथाको सिर्सक 'आतंक' मात्र भा भए नि हुने रहेछ :)
 
Posted on 04-11-14 11:12 PM     [Snapshot: 275]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I read this at 1:11 am.

डर पो लाएर आयो गाठे|
 राम्रो 

 
Posted on 04-14-14 8:25 AM     [Snapshot: 403]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ - लोल .....घ्याम्पो मा लुक्दा फेरी घ्याम्पो को मुख कसैले ढाकी दियो भने त अन्धकार हुन्छ नि फेरी....अनि अन्धकारमा उपियाँ उडुस जस्तै भूतको नि बिगबिगी हुन्छ रे ....

behoove जी - हजुर जस्तो खारिएको कथाकारले मनपराएर खतरा भनेसी त पक्कै केहि त राम्रै लेखिएछ भन्ने लागिछ मुलाई नि... धन्यवाद ...

बारे दाइ - के का गर्लफ्रेन्ड हुन्थे ... अब भूतप्रेत पिशाच गर्लफ्रेन्ड बनेर आउन थाले भने त म त चाईनिजो सन्दुक मा छिरेर कैले बाहिरै ननिस्के भैगो नि ..... तर एक हिसाबले भूतनी गर्लफ्रेन्ड भो भने क होला हगि ... रमाइलो पो हुन्थ्यो कि .... तडाई मारम मारम लाग्यो गाँठे

bittertruth जी - कथा येही चौतारीमा बस्दै लेखेको शीर्षक राख्न सारै कम्जोर छु गाँठे म त ..... हुन पनि जो भूत भनेर हामी तर्संछौँ र भाग्छौं त्यो हामी भित्रको मनमा नै बस्छ रे भन्ने मैले उपल्लो गाममा एउटा बाबाले भन्या सुन्या .... बुडा सन्धी माख्लो गामको समशानमा खरानी घसेर बस्थे.... न भूत को डर न प्रेत को त्रास .... ८० बर्ष मा अझै बलिया देखिन्छन .....

काले - मन पराई दिनु भो ... धन्न भएँ ...

अरु पढेर मनपराईदिनु हुने र पढिदिनु हुने सम्पूर्ण मा यो थाहा छैन 'थाने' कृतज्ञ छ

- थाहा छैन


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Business Ideas in Nepal?
Democrat lies revealed
legal Query for married nepali girl now have taken US citizenship
#MAGA#FAFO is delicious
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
2020 : Why No Trump !
Leave messages on US congressman's facebook to support TPS
A legit Non-Profit organization "United For TPS Nepal "
Nepal TPS Extension Possible as Court Reviews Late Notice Issue
Nepal TPS Hearing: 9 Room, 19 Floor, 29 July
Medication from Nepal to USA
कोर्टमा जाँदा आइसले समात्ला भन्ने डर छ भने यस्तो गर्नुहोला
Bill to Protect TPS and DED Recipients
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters