[Show all top banners]

cybernepali
Replies to this thread:

More by cybernepali
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 4]

jetho390

Mr. D

tragicomic

Tyo Din
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 दिलशोभालाई न्याय दिलाउन आन्दोलन थालिने चेतावनी
[VIEWED 11759 TIMES]
SAVE! for ease of future access.
Posted on 03-08-14 7:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपाल समाचारपत्र,काठमाडौं
यौन दुराचारको आरोप लगाइएकी आमाघरकी सञ्चालिका दिलशोभा श्रेष्ठमाथिको आरोप मिथ्या भएको स्पष्ट भएको दाबी गर्दै नागरिक पत्रिकाले माफी माग्नुपर्ने अन्यथा उक्त पत्रिकाविरुद्ध आन्दोलन गर्ने चेतावनी दिइएको छ।शुक्रबार बिहान नेवाः जागरण मञ्चले आयोजना गरेको आमाघरकी संस्थापक दिलशोभा श्रेष्ठविरुद्ध फैलाएको भ्रमलाई लिएर आयोजना गरेको अन्तक्र्रिया कार्यक्रमका वक्ताले उक्त चेतावनी दिएका हुन्।

कार्यक्रममा सभासद् रामवीर मानन्धरले दिलशोभाको विषयमा संविधानसभा भवनमा समेत आवाज उठिसकेको बताउँदै सत्य तथ्य के हो त्यसको चाँडै नै निक्र्यौल गर्नुपर्ने बताउँदै समाजसेवी दिलशोभाविरुद्ध भएको उक्त कार्य निन्दनीय भएको विचार व्यक्त गर्नुभएको थियो। यसै गरी कार्यक्रममा पूर्वराज्यमन्त्री नेपाली कांग्रेसका नेता तीर्थराम डंगोलले दिलशोभाप्रति सहानुभूति सबैको रहेको भन्दै उहाँका लागि बद्नाम हुने गरी लेखेको समाचारप्रति खेद व्यक्त गर्नुभयो।

यस्तै एकीकृत माओवादीकी नेतृ हिसिला यमीले झूठको खेती गर्नेहरूले यसरी प्रतिष्ठित व्यक्तिहरूलाई बदनाम गर्ने गरेको भन्दै यसको विरुद्ध सशक्त रूपमा आवाज उठाउनुपर्ने विचार व्यक्त गर्नुभयो।कार्यक्रममा नागरिक अगुवा मल्ल के. सुन्दरले आफू पनि विगतमा पत्रकारितामा लागेको नाताले नागरिक पत्रिकाले अत्यन्तै गैरजिम्मेवारीपूर्ण ढंगले दिलशोभा श्रेष्ठको समाचार सम्प्रेषण गरेको भन्दै यो पीतपत्रकारिता भएको आरोप लगाउनुभयो।

कार्यक्रममा नेपालभाषा दैनिक सन्ध्याटाइम्सका सम्पादक सुरेश मानन्धरले नागरिक अखबारभन्दा वास्तविक रूपमा नागरिक जनता हो। जनताको अगाडि नागरिक अखबार केही पनि नभएको बताउँदै यथाशीघ्र उक्त पत्रिकाले आफ्नो गल्ती सच्याउन आग्रह गर्नुभयो। कन्सर्न नेपालका अध्यक्ष डा. विजय सैंजुले दिलशोभामाथिको अन्यायको कारण न्यायप्रेमीहरू एक ठाउँमा बस्न लागेको बताउँदै बाल ऐनलाई हेर्ने हो भने गल्ती दिलशोभाको मात्रै होइन, सरकारकै भएको बताउनुभयो।

यसै गरी कार्यक्रममा पूर्वमहान्यायाधिवक्ता मुक्ति प्रधानले परिवर्तन र सही राजनीतिको आवश्यकता अहिले भएको बताउँदै दिलशोभामाथि भएको अन्याय र अत्याचारलाई लिएर खेद व्यक्त गरेर सरकारले यथाशीघ्र यस सम्बन्धमा छानविन थाल्न माग गर्नुभयो।कार्यक्रममा न्हूदँ समारोह समितिका अध्यक्ष डा. चुन्दा वज्राचार्यले दिलशोभा प्रतिष्ठित महिलाले यौन दुराचार जस्तो कार्य गर्नै नसक्ने भएकाले तत्काल न्याय दिन माग गर्नुभयो।

१३ वडाका स्थानीयबासी मुकेश महर्जनले सभासमारोह मात्र होइन, नागरिक पत्रिकाविरुद्ध आन्दोलन नै गरेर अगाडि बढ्नुपर्ने विचार व्यक्त गर्दै १३ वडामा नागरिक पत्रिका बहिष्कार गर्ने तयारी गरेको बताउनुभयो। जागरण मञ्चका महासचिव विजयकृष्ण श्रेष्ठले स्वागत गरेको उक्त कार्यक्रममा मञ्चका अध्यक्ष सुजीव वज्राचार्यले सभापतित्व गर्नुभएको थियो।कार्यक्रममा अध्यक्ष वज्राचार्यले आजको सभा खबरदारी सभा र ऐक्यबद्धता सभा भएको बताउँदै गल्ती गर्नेहरूले गल्ती भयो भनी नसच्याए भोलिको दिनमा न्यायका लागि आन्दोलन गर्नेबाहेक अर्को बाटो नहुने विचार व्यक्त गर्नुभयो। कार्यक्रम मञ्चका उपाध्यक्ष अमृत ताम्राकारले सञ्चालन गर्नुभएको थियो।


 
Posted on 03-08-14 11:07 PM     [Snapshot: 276]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Sampradayikta ko hadd.........Enough is enough on this crap. DSS youn durachari hoinana hola tara dudh le nuhaeko pani pakkai hoina....bichara abodh balakh haru yinko kamaune bhado jasto chha.....(It's ridicoulous to see a newa: as a samaj sewi though,...just kidding)
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TRUMP 2016!!! Here is why?
Conservative discussions
Does he deserve Noble Peace prize??
ChatSansar.com Naya Nepal Chat
त्रुम्प्ले आफैले आफुलाई क्षमादान गर्ने भो, It may be the first and last Self-Pardon.
Love trumps Hate
Example of how media controls the sheeps
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
ए १ पनि पुगेनछ ?
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
Michael Kobold's expose on Nimsdai Purja
Democrats cannot think for themselves
The delusion created by mainstream media is creating fake reality for biden supporters
Supporting issues on principle instead of blind brainwashed support
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
The Battle of the Titans
TPS Automatically Extended for Six Months!!!
Cricketer Sandeep Lamichhane singing & playing guitar
maga got what they voted for
नेपालको टीपीएस चाई हस त नमस्ते नई भाको रच
ttps://www.ptokhabar.com/2026/09/4103/?fbclid=IwZnRzaAUEuCdwZG9mBWZkaWQWUNoJyQvb04Jb0lPfJtx4fRY-AAtLPGV4dG4DYWVtAjExAHNydGMGYXBwX2lkCjY2Mjg1NjgzNzkAAR5qFK07IuYvZcYafnkFoKwrOIx5xJxdUhGr-nJ-UA2G2SqGGcmfS-xApdLwXg_aem_Ai1X5u_YJAFjFzlt-DVWjA
TRUMP 2016!!! Here is why?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters