[Show all top banners]

fucheketo
Replies to this thread:

More by fucheketo
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 हराएको एउटा मान्छे
[VIEWED 18984 TIMES]
SAVE! for ease of future access.
Posted on 08-14-13 5:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     6       ?     Liked by
 

 उ दिनहुँ देखिन्थ्यो। केहि वरवराइरहन्थ्यो। उ वसेको कुर्सीमा सामान्यतय एक्लै हुन्थ्यो। शायद उ आफैँ सँग  कुरा गर्थ्यो। आफैँ सँग कुरा गर्नेहरुको सवै भन्दा फाइदा एकान्त मा पनि त उ एक्लो हुँदैनथ्यो किनकी उ भित्रै उसको सन्सार हुन्थ्यो।वोली पनि त्यति स्पष्ट थिएन ।रागेपाटे ,रंग न ढंगका कुरा गर्थ्यो। पछि उसले आफ्नो कुनाको मेच फेरेर वारमै वस्न थाल्यो।टाढा शायद उसले खोजेको नशा ढिलो ढिलो वाँडिन्थ्यो। हुन त उसलाई हतार कहिल्यै हुँदैनथ्यो , पाए मातिदिन्थ्यो। नपाए रित्तिएको खाली गिलासलाई एक टक लाएर हेरीदिन्थ्यो।खोइ के पो देख्थ्यो गिलासमा भावुक हुन्थ्यो गिलासलाई हेरेर अनि भन्थ्यो।

"जीवन,आशा अनि नशा सँधै दुख दिन्छन् !"

वारमा वसेको फुच्चेलाई उसका वाक्यहरु घत लाग्थे।सुनिरहुँ लाग्ने! वेहोशी गहिरो हुन्छ, कालो हुन्छ अनि जे देखिदैन त्यो त घत लाग्ने नै भइ हाल्यो।

एकदिन फुच्चेले आँट गरेरै सोध्यो

 "तँपाइ सँधै किन यहाँ ?"

उसले सँधै जस्तै यन्त्रवत रुपमा गिलास घुमायो ,ओल्टाई पल्टाई हेर्यो ।शिशा भित्र थोरै रहेको पहेँलो झोल प्रकाशमा अझ खुलेको पहेँलो देखियो।शिशावाट पारी पट्टिको टेवल पनि देखियो।खाली टेवल , अनि थोरै भरिएको शिशा!

"तिमी चाहिँ सँधै किन यहाँ नी ?" उसले प्रश्नमाथी प्रश्न थपिदियो। प्रश्न चांग लागे। प्रश्न पनि भरिएर छचल्केलान् जस्तो।

"म त यहाँ काम गर्छु!" फुच्चेले साधा जवाफ फर्कायो।

"म छु र त तिम्रो काम छ , म नभए तिम्रो के काम ? म तिम्रै लागि यहाँ छु भनी वुझे कसो होला?" उ खिस्स हाँसिदियो। फुच्चेलाई कुरो मनासिव लाग्यो । उसको गहिरो जवाफ को अघी फुच्चे साँच्चै फुच्चे देखियो।होचो कदको,उत्तरका उचाइ छुन नसक्ने।

"तर एक्लै चाहिँ किन नी ?" फुच्चेले अर्को आयाम खोतल्यो।

"को एक्लो छैन यहाँ ? स्वतन्त्रता त एक्लो हुन्छ, कोहि थपिए सम्झौता वन्छ!"

फुचे अवाक वन्यो।उसका प्रश्नका चांगमा कसैले सलाई कोरिदिए जस्तो। उसको उत्तरको रापमा प्रश्नहरु डढेर खरानी वने जस्तो।

******************* ******************* ****************** ******* **************

"मैले तँपाइलाई चिनी छाडे, तँपाइ त लेखक, ठूलो लेखक!" फुच्चेले खुशी हुँदै उसलाई सुनायो। उसको अनुहारमा केहि भाव परिवर्तन देखिएन। कुनै भाव परिवर्तन देखिएन! कस्तो निरस अनुहार फुच्चेलाई दिक्क लागेर आयो। उ एउटा कपडा लिएर शिशाका विस्की पुछ्न थाल्यो।

"मलाई अलिकति थप त ,चिन्ने मान्छे !" उ खिस्स हाँस्यो।फुच्चेले एक पेग खनायो उसको गिलासमा।

"किन छोड्नु भयो लेख्नलाई ?" फुच्चेले न्यास्रिएर सोध्यो।

"तिमी मलाई पैसा नतिरी यति खुवाउन सक्छौ ?" उसले आग्रहि आँखाले फुच्चेलाई हेर्यो।

फुच्चेको मन कुडियो। उसका दुइ तिनवटा कथा पढेको छ। दुइ तिनवटा गित अझै वज्छन् वजारमा । अहिले उ विवश आग्रहि आँखाले फुच्चेलाई हेर्दैछ।कस्तो संसार! फुच्चेले स्विकारोक्तिमा टाउको हल्लायो।

"आज मात्रै ! भोलि देखी माग्दिन !" उसले आफ्नो वचाव गर्यो। फुच्चे केहि वोलेन।

"अव भन्नुस न त किन छोड्नु भयो लेख्नलाई ?"

"कति वेचुँ म खोक्रा सपना भरी संसारको अघी !" उसले घटक्क घुट्क्यायो।उसको रुद्रघण्टी हल्लेको स्पष्ट देखियो।

"मलाई मन पर्छ तँपाइका सपनाहरु !"

"म त वुझ्न छोडेको छु आफ्नो कलमलाई ,तिमीलाई कसरी मन पर्छ ?" उ खिस्स फेरि हाँस्यो।

"हेर्नुस त तँपाइले लेखेको किताव पढ्दै छु म !" फुच्चेले घर्रा वाट किताव वाहिर निकाल्यो !

"तिमी नचाहिने कुरा पढ्दै छौ ! दुइ र दुइ जोडेर पाँच हुन्छ भनेर म लेख्छु तिमी पढ्छौ ! को मुर्ख भन त ?"

फुच्चे चुप लाग्यो! घर्राको किताव घर्रामै छिरायो।

****************** ***************** ****************** **************** ********

फुच्चेले वारमैँ उसको वारेमा धेरै गाईँगुईँ सुनेको थियो।केहि हल्ला होलान् , केहि सत्य होलान् तर उसले सुनेको थियो।

"काम गर्दैन थियो , मात्र लेख्थ्यो अनि कता उँभो लागोस् !"

"वुढी भागी अरे, साह्रै माया गर्थ्यो रे, अनि जाँड खान थालेको अरे!"

"नयाँ कितावको विषयवस्तु खोज्दा खोज्दै वौलायो रे ! "

आदि इत्यादी

आज उ आएन अचम्म भो। मात्र खवर आयो। विच वाटोमा गाडीले ठोक्यो रे उसलाई! हस्पिटलमा छ अरे! पढ्दा पढ्दैको किताव छोडेर फुच्चे उसलाई भेट्न गयो। मरिसकेछ, मान्छे लिन नआएर नगरपालिकाको ट्रकले कतै पुर्यायो भन्ने सुन्यो। मन नलागी नलागी भए पनि फुच्चे काममा फर्कियो। गिलास पुछ्यो , अनि उसको सम्झनामा गिलासमा एक पेग विस्की लगायो।घुट्क्यायो। अनि धेरै वेर गिलासलाई हेर्यो। घर्रा खोलेर किताव पल्टायो। अन्तिम पानो , उसले पढ्न वाँकी पानो

"जीवन,आशा अनि नशा सँधै दुख दिन्छन् !"

समाप्त

 

 

 


 
Posted on 08-14-13 7:27 PM     [Snapshot: 179]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"जीवन,आशा अनि नशा सँधै दुख दिन्छन् !"

natmastak vaye ma pheri ek patal fucche ko lekhai bata... Ek dum gahiro prastuti...

 
Posted on 08-16-13 12:04 AM     [Snapshot: 308]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 <<< "जीवन,आशा अनि नशा सँधै दुख दिन्छन् !" >>>
<<< स्वतन्त्रता त एक्लो हुन्छ, कोहि थपिए सम्झौता वन्छ >>>
<<< उसका प्रश्नका चांगमा कसैले सलाई कोरिदिए जस्तो। उसको उत्तरको रापमा प्रश्नहरु डढेर खरानी वने जस्तो। >>> 
 
वा वा वा प्रभो फेरिपनि घच्चिको गयो ... सदा झैँ उत्कृस्ट प्रस्तुति ... छोटो मिठो .... फुच्चे अवाक बने पनि नबने पनि कथा लेखिनै रहन्छ भन्ने हाम्रो विश्वास सदा कायम रहोस है ...
 

 
Posted on 08-16-13 10:37 AM     [Snapshot: 401]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 << स्वतन्त्रता त एक्लो हुन्छ, कोहि थपिए सम्झौता वन्छ!>>                     ---हो नि हगि , अनि सम्झौता भारि लाग्छ .......कता कता जीवन स्वतन्त्रता खोज्न थाल्छ मन चै सम्झौता मै अडिग रहन भन्छ , न स्वतन्त्र रहिन्छ न सम्झौताको सच्चा साझेदार ...

<<उसका प्रश्नका चांगमा कसैले सलाई कोरिदिए जस्तो। उसको उत्तरको रापमा प्रश्नहरु डढेर खरानी वने जस्तो।>>           ----कस्तो गहिरो लेखिको फुच्चे साथी.....म पनि हरेक पटक प्रश्नलाइ प्रश्न गर्दा प्रश्नै मै टुंगिने गर्छु ..... मेरा पनि कोइ आएर यो प्रश्नको मुठ्ठोमा आगो दन्काइदे हुने नि...
 
'अरे' को महाभुमारी मा टुंगाईएको आक्रान्त , अव्यक्त , र शायद आशक्त अनि आफ्नै ज्वालामा प्रदीप्त एउटा मन को एउटा दुखद तर राम्रो कथा फुच्चे साथी ....अरु पढ्न पाउने आशामा 
 
-थाहा छैन (थाने)

 
Posted on 08-18-13 11:54 AM     [Snapshot: 540]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 ओहो घच्चिको गयो यो पटक पनि !! छोटो तर मिठो (मिठो भनौ कि बियोगान्तक ) 
साझा सुस्ताएको बेला अमृत पोखेर गएको फुच्चेलाइ धन्यबाद !! 
 
Posted on 08-25-13 1:29 AM     [Snapshot: 717]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Namit thapa- धन्यवाद
Akinchan-धन्यवाद, तँपाइको विश्वासमा खरो उत्रने प्रयास गर्नेछू।
थाने- धन्यवाद,विशेषत विषय वस्तु छनौट गरिदिएकोमा :)
भक्ते दाई- पोखिएको अमृत पान गरिदिनु भएकोमा धन्यवाद :)
अन्य पढिदिनुहुने सवैलाई धन्यवाद
 
Posted on 08-25-13 11:18 AM     [Snapshot: 788]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

"हराएको मान्छे" भेटे, सधै जस्तो बर्णन गर्नै परेन फुच्चेको लेखन शक्तिको बारेमा। तर मेरो मनमा एउटा प्रश्न उब्जिरह्यो। किन लेख्ने मान्छे अथवा साहित्यमा रुचि भएको मान्छेको जीवन सुखि हुन सक्दैन? किन अन्त्य दुखद हुनु जरुरी छ? किन पारिबारिक जिबन सामान्य हुन सक्दैन? के लेखकहरु सधै निराश हुन जरुरी छ?  के लेख्ने मानिसहरुले म्रित्यु दुखद हुनै पर्छ? यसको जवाफ लिएर फुच्चे जरुर आउनेछ भन्ने आशामा!


 
Posted on 08-26-13 9:03 AM     [Snapshot: 901]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 Sahili- I was just trying to present our society , जहाँ कला मात्रको भरमा वाँच्न सकिन्न । Ironically its true that Art should be your hobby , cant be ur profession. शायद त्यहि भएर अलि दुखद हुन गयो। जहाँ सम्म साहिँलीको, मेरो प्रश्न छ हामी साहित्यको लत भएर पनि खूशी नै छौँ नी ? I hope .. (नभए हैन भन है ). भुल चुक भए माफ पाम हैँ। अनि कमेन्ट मात्र हान्ने मलाई अव तिम्ले लेखेको पढ्न मन लाग्यो ।खुरुखुरु कथा लेख्ने अनि पोस्ट गर्ने . may be लेखको , Happy ending भाको >>what do u say??
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
ChatSansar.com Naya Nepal Chat
Supporting issues on principle instead of blind brainwashed support
त्रुम्प्ले आफैले आफुलाई क्षमादान गर्ने भो, It may be the first and last Self-Pardon.
Cricketer Sandeep Lamichhane singing & playing guitar
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Love trumps Hate
The delusion created by mainstream media is creating fake reality for biden supporters
Zero Civic Sense: Indians in Nepal
TPS Automatically Extended for Six Months!!!
The RSP Convention
Supreme Court Decision Crushes TPS Dreams
Does he deserve Noble Peace prize??
Democrats cannot think for themselves
The Battle of the Titans
Michael Kobold's expose on Nimsdai Purja
Example of how media controls the sheeps
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters