[Show all top banners]

_____
Replies to this thread:

More by _____
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Rahuldai
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 जगदम्बाले ठग्यो २५ करोड कर, यसरी छलियो कर
[VIEWED 2100 TIMES]
SAVE! for ease of future access.
Posted on 08-12-13 9:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 
 Monday, Aug 12, 2013< /p>
जगदम्बाले ठग्यो २५ करोड कर, यसरी छलियो कर पीडीएफ मुद्रण इमेल
 

 

सचेन गौतम/नयाँ पत्रिका
काठमाडौं, २७ साउन

 

जगदम्बा स्टिल्सले देशलाई २५ करोड ठगेको पुष्टि भएको छ । नक्कली बिल बनाएर भ्याट र आयकर ठगेको जगदम्बाबाट बिगो र जरिवाना गरी ३७ करोड असुल गर्न राजस्व न्यायाधिकरणले आदेश दिएको छ ।

 

जगजम्बा स्टिल्सले नक्कली कम्पनीका नामबाट सामान किनेको बिल बनाएर देशलाई भ्याट छलेको थियो । नक्कली भ्याट बिल बनाएर ११ करोड ४७ लाख ३१ हजार ठगेको सो उद्योगले आयकरतर्फ १३ करोड ७० लाख ५६ हजार रुपैयाँ छलेको थियो ।

 

आन्तरिक राजस्व विभागले जगदम्बाले भ्याट छलेको ठहर गर्दै बिगोको शतप्रतिशत जरिवानासहित २२ करोड ९४ लाख ६२ हजार रुपैयाँ कर निर्धारण गरेको थियो । विभागले भ्याटको बिगो ११ करोड, त्यत्ति नै जरिवाना, थप दस्तुर ३९ लाख ७२ हजार र ब्याज ५९ लाख ५७ हजारसहित २३ करोड ९३ लाख ९२ हजार कर निर्धारण गरेको थियो । 
विभागले ०६७ को चैतमा गरेको निर्णयमा असन्तुष्टि जनाउँदै जगदम्बा स्टिल्स राजस्व न्यायाधिकरण गएको थियो । तर, न्यायाधिकरणले पनि विभागको अनुसन्धानलाई सही ठहर्‍याउँदै जगदम्बाबाट ब्याजसहित बिगो र जरिवाना उठाउन आदेश दिएको छ ।

 

स्टिल किन्ने उपभोक्ताबाट उठाएको भ्याट छल्न नक्कली बिल पेस गरेको जगदम्बाले उद्योगको आय कम देखाएर आयकर पनि ठगेको थियो । जगदम्बाले ठगेको १३ करोड ७० लाख ५६ हजार आयकर पनि असुल गर्न न्यायाधिकरणले आदेश दिएको छ । यसरी भ्याट, त्यसको जरिवाना र आयकर जोड्दा जगदम्बाले ३७ करोड ६४ लाख ४८ हजार रुपैयाँ सरकारलाई तिर्नुपर्ने भएको छ ।

 

आन्तरिक राजस्व विभागले गैरकानुनी र त्रुटिपूर्ण कर निर्धारण गरी आफूहरूमाथि अन्याय गरेको भन्दै जगदम्बाका अध्यक्ष शंकरलाल अग्रवाल पुनरावेदनका लागि राजस्व न्यायाधिकरणमा गएका थिए । तर, राजस्व न्यायाधिकरणले जगदम्बाले नक्कली बिल बनाएर कर ठग्ने नियत राखेको भन्दै उसमाथिको कारबाही जायज ठहर्‍याएको छ । न्यायाधिकरणका अध्यक्ष दीपक कार्की, यज्ञवल्क उपाध्याय र भोलाप्रसाद खकुरेलको इजलासले गत चैतमा गरेको फैसलाको पूर्ण पाठ अहिले आएको छ ।

 

‘जगदम्बाले मूल्य अभिवृद्धि कर क्रेडिट दाबी गर्न मात्रै विजक पेस गरेको, खरिद वास्तविक नभएको, आफ्नो दाबी जिकिर पुष्टि हुने कुनै आधिकारिक फर्मको अस्तित्व देखाउन नसकेको र झुटा एवं नक्कली विजकबाट क्रेडिट दाबी गरेको देखिँदा सुरु कार्यालयबाट भएको निर्णय अन्यथा मान्न मिलेन,’ न्यायाधिकरणको फैसलामा उल्लेख छ ।

 

सिइओ र महाप्रबन्धक जेलमा
एक मुठी माटो मेरो धर्तीको भन्दै राष्ट्रवादको सन्देश फैलाउने जगदम्बाका सञ्चालकले देशलाई करोडौँ कसरी ठग्न सके होलान् ? सर्वसाधारणका मनमा प्रश्न उठ्छ, तर जगदम्बाका लागि यस्ता किर्ते सामान्य हुन् ।

 

जगदम्बा स्टिल्सले नक्कली बिल बनाएर भ्याट र आयकर मात्र छलेको होइन, अन्य धेरै किर्ते गरेको पुष्टि भएको छ । सरकारी कागज किर्ते गरेको अर्को आरोपमा जगदम्बाका प्रमुख कार्यकारी अधिकृत रोसित उनिन्थान र महाप्रबन्धक कमलजित बर्मा जेलमा छन् ।

 

वीरगन्ज भन्सारबाट लिलाम सकार गरेको गाडीको मोडल नम्बर ढाँटेर अर्को गाडी नामसारी गरेको आरोपमा प्रहरीले एक महिनाअघि उनीहरूलाई पक्राउ गरेको हो ।

 

‘भन्सार कार्यालयले लिलाम गरेको गाडीको पत्र किर्ते गरेकाले उनीहरूलाई पक्राउ गरिएको हो,’ जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी पीताम्बर अधिकारीले नयाँ पत्रिकासँग त्यतिवेला भनेका थिए, ‘सरकारी दस्तखत छाप किर्तेअन्तर्गत उनीहरूलाई मुद्दा चलाउँछौँ ।’

 

लिलामीमा खरिद गरेको गाडी यातायात कार्यालयमा दर्ता गर्न भन्सार कार्यालयको पत्र चाहिन्छ । तर, भन्सार कार्यालय वीरगन्जले दिएको पत्रको सट्टा सो कम्पनीले आफैँ नयाँ पत्र बनाई २००५ मोडलको गाडीको सट्टा सन् २०१० को गाडी नारायणी यातायात कार्यालयमा दर्ता गराएको थियो । सोही आधारमा यातायात कार्यालयले सो गाडीलाई ना.२ख ४६६२ नम्बरमा दर्ता गरिदिएको थियो ।

 

नयाँ मोडलको गाडीको कर छल्न उनीहरूले किर्ते कागजात बनाएका थिए । जगदम्बा प्रालिद्वारा करिब दुई महिनाअघि निष्काशित एचआर म्यानेजर ओमप्रकाश बैठाको बयानका आधारमा जगदम्बा स्टिल्सका सिइओ र महाप्रबन्धकलाई पक्राउ गरिएको हो ।

 

यसरी छलियो कर

नयाँ पत्रिका, काठमाडौं,२७ साउन/ जगदम्बा स्टिल्समा शंकर ग्रुपका शंकर अग्रवाल, छोरा साहिल र सौरभ ग्रुपका विष्णुप्रसाद न्यौपानेको लगानी छ । उद्योगले उत्पादन गर्ने स्टिल रडको मूल्यमा थप १३ प्रतिशत भ्याट हरेक उपभोक्ताले तिर्छन् । भ्याटबापत जनताबाट उठाएको रकम उद्योगले सरकारलाई बुझाउनुपर्ने हो । तर, देशको ढुकुटीमा जाने पैसा आफ्नो खातामा हाल्न उद्योगले नक्कली बिल बनाएको थियो ।

 

जगदम्बा स्टिल्सले ०६४ साउनदेखि ०६८ मंसिरसम्ममा उद्योगका लागि आवश्यक अर्बौँका सामान किनेको थियो । तर, यसबीचमा उसले सामान किनेको भनेर पेस गरेकामध्ये ८८ करोड २५ लाख ४८ हजार रुपैयाँका बिल नक्कली भेटिएका हुन् । हुँदै नभएका कम्पनीबाट ८८ करोडको सामान किन्दा ११ करोड भ्याट तिरेको भन्दै जगदम्बाले भ्याटबापतको रकम दाबी गरेको थियो । तर, आन्तरिक राजस्व विभागले छानबिन गर्दा जगदम्बाले सामान किनेका भनिएका ३५ वटा फर्म हुँदै नभएको पुष्टि भएको थियो ।

 

सरकारलाई भ्याट छल्न जगदम्बाले अग्रवाल मर्कन्टाइल आयल सेन्टरसहित ३५ वटा फर्म खडा गरेको थियो । तर, कतै दर्ता अथवा सञ्चालन नभएका कम्पनीबाट जगदम्बाले ७ सय २६ थान बिल जाली बनाएको थियो ।

 

आन्तरिक राजस्व विभागले छानबिन गर्दा जगदम्बाले बिल जारी गर्ने फर्मको कारोबार स्थल, सम्पर्क व्यक्ति, सम्पर्क टेलिफोन वा अन्य कुनै पनि जानकारी खुलाउन सकेको थिएन । बरु ती नक्कली कम्पनीबाट सामान किनेको भनेर भुक्तानीका लागि जारी गरिएका चेक पनि जगदम्बाले आफ्नै कर्मचारीको नामबाट काटेको भेटिएको थियो । कर्मचारीका नाममा काटिएका चेक जगदम्बाकै खाता रहेको बैंकमा जम्मा गरिएको थियो ।

 

जगदम्बाका अध्यक्ष शंकरलाल अग्रवालले आन्तरिक राजस्व विभागलाई बयान दिँदा २८ फर्मसँगको खरिदमध्ये २५ सँगको खरिद वास्तविक नभएको र ती फर्मसँग वस्तु तथा सेवा नलिई बिल मात्रै लिएको स्वीकार गरेका थिए । अग्रवालले न्यु गुडविल इन्टरप्राइजेज, रियल इन्टरनेसनल र श्वेता आयलसँगको कारोबार भने वास्तविक भएको बयान दिएका थिए । 
वास्तविक कारोबार गरेको भनी दाबी गरेका न्यु गुडविलका प्रतिनिधिले पनि जगदम्बाले सामान होइन, बिल मात्र माग गरेकाले दिएको बयान दिएका थिए । रियलका प्रतिनिधिले जगदम्बासँग कुनै कारोबार नै नगरेको बयान दिएका थिए ।

 

जगदम्बाले श्वेता आयललाई चेकबाट भुक्तानी दिएको बताएको थियो । तर, छानबिनबाट श्वेता आयललाई दिइएको चेक जगदम्बाका कर्मचारीले बुझेको फेला परेको थियो ।

 

जगदम्बाले भ्याटको नक्कली बिलको माध्यमबाट आयकर पनि छलेको छ । अग्रवाल मर्कन्टाइल आयल सेन्टरसमेत १५ फर्मका नामबाट जारी गरिएको बिलबाट १९ करोड ८८ लाख ९३ हजारका वस्तु तथा सेवा खरिद भएको देखाएर आय घटाएको थियो । तर, यसरी जारी गरिएका बिल पनि विभागले छानबिन गर्दा झुटा पुष्टि भएको थियो । 

 

सम्मान गर्ने सरकारको घोषणा

नक्कली बिल बनाएर ११ करोड भ्याट तथा १३ करोड आयकर छल्ने जगदम्बा स्टिल्सका मालिक साहिल अग्रवाललाई सरकारले सम्मान गर्दै छ । राजस्व ठगेको भनेर ११ करोड भ्याट, त्यत्ति नै जरिवाना र त्यसको ब्याज तिराउन राजस्व अनुसन्धान विभागले ताकेता गरिरहेका वेला सरकारले साहिललाई कमर्सियल्ली इम्पोर्टेन्ट पर्सन (सिआइपी)को सम्मान दिने घोषणा गरेको छ । एउटै व्यक्तिलाई ठग भनेर जरिवाना पनि गर्ने र सम्मानित पनि गर्ने चलन सायद नेपालमा मात्र होला ।


 
Posted on 08-14-13 5:45 PM     [Snapshot: 612]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सद्दे काम त गर्दैन : ठगि गर्नेले चिहाउन पनि सक्दैनन् | मिलो मतो बिना राजस्वको चुहावट सम्भब छ ?  नौलो कुरा के नै भयो र ?

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
lost $3500 on penny stocks !!!
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Why Americans reverse park?
मन भित्र को पत्रै पत्र!
Nepalese Students Face Deportation over Pro-Palestine Protest
जाडो, बा र म……
whats wrong living with your parents ?
Driver license help ASAP sathiharu
Is this a progressive step?
TPS Reregistration and EAD Approval Timeline.......
Trasiting through Istanbul, Turkey
Changing job after i-140 approval
Nepali **fake** Veterans. Be aware!!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters