[Show all top banners]

mahoday
Replies to this thread:

More by mahoday
What people are reading
Subscribers
:: Subscribe
Back to: Current Affairs Refresh page to view new replies
  ३१ औ ए एन ए सम्मेलन मूल समारोह समिति भब्य तैयारीमा जुट्दै
[VIEWED 11484 TIMES]
SAVE! for ease of future access.
Posted on 03-23-13 6:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अमेरिका ,मार्च २२ ,ए एन ए (दि एसोसिएसन अफ नेपालीज इन अमेरिका )को ३१ औ सम्मेलन यहि जुलाई ४ - ६ तारिख न्यु योर्कमा हुने र उक्त सम्मेलनलाई भब्यताको साथ आयोजना गर्न मूल आयोजक समिति पूर्ण तैयारीमा जुट्दै गरेको जानकारी ए एन ए का अन्तरिम अधक्ष्य छेवांग शेर्पालामाले दिएका छन l

सम्राट राज्यले आफ्नो नाम पहिचान गराएको न्यु योर्कका बासिन्दामा लामो समय पछि ए एन ए सम्मेलन आतिथ्य गर्न पाउदा हर्षित भएका छ्न l प्रारम्भिक चरणमा १२ सदस्यीय मूल समारोह समिति गठन भएता पनि हरेक गति बिधिलाई उत्कृस्ट गर्ने उदेश्य अनुरुप समितिमा दक्ष्य तथा अनुभवी व्यक्तित्वहरुलाई थप गरिएको छ l

सम्मेलनको बिबिध सूचना ,समाचार र अन्य क्रियाकलापलाई सशक्त बनाउन संचार क्षेत्रमा काम गरि रहनु भएका ए एन ए सम्मेलनका संचार संयोजक सूर्य थापाले समय समयमा सूचना जारी गरि सबैलाई जानकारी गराई रहेका छन l ए एन ए सम्मेलन सम्बन्धि सबै गतिबिधिलाई छिटो भन्दा छिटो सूचना दिने संचार संयोजकले अवगत गराएका छन् l

प्रमुख संयोजक समिर महर्जनको मातहतमा ३१ औ ए एन ए सम्मेलनमा पहिलो पटक ए एन ए सम्बन्धि एक वृत चित्र (डकुमेन्ट्री )बनाउने कामको गृहकार्य सुरु गरि सकिएको छ l ए एन ए गोष्ठी(फोरम ) बिभागका कार्यकारी तथा वर्तमान अन्तरिम अधक्ष्य छेवांग शेर्पालामाले आफु गोष्ठी बिभागको जिम्मेबार पाएको हुनाले बिगतमा गोष्ठी कार्यक्रम अब्यबस्थित र समय जुधाईएको कारण कार्यक्रम माथि कार्यक्रम मात्र आयोजना गरिने भएकोले सो को लागि ब्यबस्थित बनाउने अभिप्राय रहेकोले यस बर्ष संचालक समितिका पदाधिकारीहरुलाई पनि अवसर प्रदान गर्नु ठहर गरिएकोले महिला गोष्ठी कार्यक्रमको जिम्मा ए एन ए का सचिब बिष्णु गुरुङ 'एकता ' तथा संचालक समिति सदस्य शारदा सिंह खातीलाई जिम्मा सुम्पिएको छ भने स्वास्थ्य परिचारिका ( नर्स तथा चिकित्सक )सम्बन्धि गोष्ठीको जिम्मेबार संचालक समितिकी पदाधिकारी मिना शाक्य तथा मंजु संग्रौलालाई जिम्मा तोकिएको छ l

बिदेशी माटोमा पनि ए एन ए भाषा ,साहित्य तथा कलाको सम्बर्धन तथा प्रबर्धनमा स्थापना काल देखि नै क्रियाशील रहदै आएको छ l नेपाली साहित्य प्रतिष्ठान उत्तर अमेरिका ,ए एन ए ले सम्मेलनमा सदैब बृहत साहित्य कार्यक्रम भब्यताको साथ आयोजना गर्दै आई रहेको छ l ३१ औ ए एन ए सम्मेलनमा पनि भब्य साहित्यिक कार्यक्रमको तैयारीमा साहित्कार सुन्दर जोशीको संयोजकत्वमा १० सदस्यीय समिति तैयार गरि तीन दिने कार्यक्रमको खाका प्रस्तुत गरि सकेको छ जसको मुख्य उदेश्य साहित्यका समसामयिक तथा बिबिध बिषयमा छलफल गरिने जनाएको छ l

मूल समारोह समितिमा निम्न महानुभावहरु चयन भएका छन l

समिर महर्जन - मुख्य संयोजक

आदित्य महर्जन- सह -संयोजक

एलान महर्जन - सहायक -मुख्य संयोजक

केसब राज सेडाई - आर्थिक संयोजक

यम रायमाझी -सम्मेलन आर्थिक अधिकृत

सोनाम जी शेर्पा - जन सम्पर्क तथा उद्योग बाणिज्य महा संघ संयोजक

सोनाम यूकेद तथा गिरिश राजभण्डारी (GMIN )ग्रास रुट मुभमेन्ट इन नेपाल)-दर्ता संयोजक

उदय लाल श्रेष्ठ तथा आदित्य महर्जन -कार्यक्रम(ईवेंट) योजना समिति संयोजक

सूर्य थापा -संचार संयोजक

छेवांग शेर्पालामा- फोरम (गोष्ठी ) कार्यकारी प्रमुख

बिना विभागीय समिति - डा बिनोद शाह ,विश्व शाह र निर्मल प्रधान

अन्तर राज्य संघ संस्था तथा सम्पर्क बिभाग संयोजक -मोहन ज्ञवाली

जनसम्पर्क बिभाग -संयोजक केशबराम राई

खेलकूद संयोजक -वाङ्ग्ला लामा

सकर( भकुण्डो )-कुमार शेरचन

बास्केट बल -सुरज गुरुङ

गल्फ -आङ्ग छिरिङ्ग शेर्पा

भलिबल -जाङ्ग्बो शेर्पा

टेबल टेनिस -प्रलय राज भण्डारी

उदय लाल श्रेष्ठ - उद्योग बाणिज्य महा संघ संग (संयोजन गर्ने )          

 

३१ औ ए एन ए सम्मेलन न्यु योर्कमा भएको कारण धेरै जसो राज्यहरुको केन्द्र बिन्दु पर्ने हुनाले सहभागी संख्या पनि बढ्ने सम्भावना रहेकोले समिति बिस्तार समेत गर्न सकिने रहेको र सम्मेलन थलो (होटल ) को पनि शिघ्र जानकारी गराई हाल्ने सम्मेलन संयोजक समिर महर्जनले दिएका छन् l

विजय थापा

अन्तरिम महासचिब

ए एन ए

 


 
Posted on 03-24-13 3:16 AM     [Snapshot: 110]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ana ma adibasi ra mahila lai 33% quota dinu paryo bhanera hami adibasi ra mahila ko tarfa bata maag rakhdachau.
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
ChatSansar.com Naya Nepal Chat
ए १ पनि पुगेनछ ?
NRN card pros and cons?
Supporting issues on principle instead of blind brainwashed support
Democrat wants to run election like in India. Chaos and Confusing to voters.
त्रुम्प्ले आफैले आफुलाई क्षमादान गर्ने भो, It may be the first and last Self-Pardon.
नोबेल शान्ति पुरस्कार र अशान्त राष्ट्रपतिको बालहठ
2020 : Why No Trump !
Cricketer Sandeep Lamichhane singing & playing guitar
200 denaturalization cases per month to the Department of Justice for the 2026 fiscal year.
नेपाली वालमार्ट चोर
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
#MAGA#FAFO is delicious
मानसिक सन्तुलन, एक कहालीलाग्दो घटना सिक्नुपर्ने कुराहरु
Breaking News: Ninth Circuit Rejects Government Bid to Undo Nepal TPS Order, Leaves Protections in Place
Why Oli must go for the UML to survive?
मिरो प्रेडिक्शन जन्मेर एमेरिकामा आखा खो ल न पायेका नागरिकता बारे
Funny when Nepalis talk about Epstein and injustice
अब के हाेला त?
EAD Filing
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters