[Show all top banners]

_____
Replies to this thread:

More by _____
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Rahuldai
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 पदम कुँवरले सहयोग रकम सामाजिक कार्यमा लगाउनेपदम कुँवरले सहयोग रकम सामाजिक कार्यमा लगाउने
[VIEWED 2484 TIMES]
SAVE! for ease of future access.
Posted on 12-12-12 6:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

पदम कुँवरले सहयोग रकम सामाजिक कार्यमा लगाउने

 
(4 Votes)
 
 
 
 
 

काठमाडौं, मंसिर २७ - एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई थप्पड हान्ने पदम कुँवरले देशविदेशबाट संकलित सहयोग सामाजिक कार्यमा लगाउने भएका छन् ।

दाहालले धरौटी बापत तिरेको रकम बाहेक १ लाख ५४ हजार देश विदेशबाट सहयोग प्राप्त भएको जानकारी दिँदै उनले सहयोगस्वरुप प्राप्त रकम आफूले व्यक्तिगत कामको लागि खर्च नगरी सामाजिक कार्यमा खर्च गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

राजधानीमा बुधबार आयोजित पत्रकार सम्मेलनमा बाग्लुङका कुँवरले आफूले आवेगमा थप्पड प्रहार गरेर गल्ती गरे पनि नेपाली जनताको नेताहरुप्रति आक्रोस धेरै रहेकोले नेताहरुलाई सचेत रहन सुझाव दिए । ‘नेताहरुको ब्यवहारका कारण जनताहरु टिभी फुटाउने अवस्थामा छन्,’ जनताको आक्रोस धेरै रहेको बताउँदै उनले भने, ‘त्यसैले नेताजीहरु सचेत हुनु पर्छ ।’

आफूले गरेको घटनापछि जसरी जनताले प्रतिक्रिया र सहयोग दिए त्यसले जनता नेताहरुविरुद्ध असन्तुष्ट छन् भन्ने प्रष्ट भएको दाबी गर्दै उनले आफूले गरेको जस्तो गैरकानूनी काम अरु जनताले गर्ने सम्भावना समेत औँल्याए । उनले दलका नेताहरुले मुलुकलाई निकास नदिई लामो समयदेखि बन्धक बनाएकोले पनि निराशा बढ्न थालेको दावी गरे ।

आफ्नो पुरै परिवार माओवादीले चलाएको जनयुद्धमा होमिएकोले आफू पनि एमाआवादी कार्यकर्ता नै भएको तर पछिल्लो पार्टीको फुटको अवस्थादेखि आफू तटस्थ रहेको बताए । भविष्यमा राजनीतिमा आउने नआउने विषयमा भने उनले नेपालमा नेताहरुको खाँचो नभएकोले आफू नेता नबन्ने बरु गर्न सके नेताहरुलाई घच्घच्याउने सामाजिक कार्यमा लाग्न सक्ने बताए ।

जनयुद्धका क्रममा दिदी र दाइ घाइते भएको बुबा बारम्बार पक्राउ पर्ने गरेको तर जनयूद्धका घाइतेहरुलाई सम्मानजनक ब्यवहार नभएको आक्रोसमा आफूले अनायाशै आक्रमण गरेको भन्दै दाहालले आफूलाई क्षमा दिए पनि पहिला नै कुनै पहल नगरेको प्रति परिवारको भने आक्रोस भएको बताए ।

आफूले कानून विपरित काम गरेकोले आफूलाई कुट्नेलाई समेत धन्यवाद दिँदै आफूले सञ्चारमाध्यममा आए जस्तो कसैलाई मुद्दा हाल्ने मनस्थितिमा नरहेको बताए । उनले भने– ‘यदि लोकतन्त्र हो, कानुन सबैको लागि बराबर हुने हो भने मलाई क कसले कुटे टिभीमा देखाइएको छ । अरु जसले पनि मुद्दा हाले भई हाल्छ तर म हाल्दिन ।’

आफूलाई ५ पटक बयान लिएको र सो क्रममा एक पटक मानसिक अस्पतालमा लगेर बेहोस बनाउने सुई लगाएर बयान लिइएको जानकारी पनि उनले दिए ।


 
Posted on 12-12-12 10:48 AM     [Snapshot: 104]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Have you heard of saying " i am the poison, i am the remedy"

That is what the Mao party is about. They create a villian and then their own Hero and then the Hero submits to the Villian again. The wave takes everyone who were worshiping the Hero to submit to the original Villian.

http://www.onlinekhabar.com/2012/12/12/20157.html

 
Posted on 12-12-12 11:02 AM     [Snapshot: 130]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Looks like different newspapers pubish different details

काठमाडौं, मंसिर २७ - एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई थप्पड हान्ने पदम कुँवरले देशविदेशबाट संकलित सहयोग सामाजिक कार्यमा लगाउने भएका छन् ।

दाहालले धरौटी बापत तिरेको रकम बाहेक १ लाख ५४ हजार देश विदेशबाट सहयोग प्राप्त भएको जानकारी दिँदै उनले सहयोगस्वरुप प्राप्त रकम आफूले व्यक्तिगत कामको लागि खर्च नगरी सामाजिक कार्यमा खर्च गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

राजधानीमा बुधबार आयोजित पत्रकार सम्मेलनमा बाग्लुङका कुँवरले आफूले आवेगमा थप्पड प्रहार गरेर गल्ती गरे पनि नेपाली जनताको नेताहरुप्रति आक्रोस धेरै रहेकोले नेताहरुलाई सचेत रहन सुझाव दिए । ‘नेताहरुको ब्यवहारका कारण जनताहरु टिभी फुटाउने अवस्थामा छन्,’ जनताको आक्रोस धेरै रहेको बताउँदै उनले भने, ‘त्यसैले नेताजीहरु सचेत हुनु पर्छ ।’

आफूले गरेको घटनापछि जसरी जनताले प्रतिक्रिया र सहयोग दिए त्यसले जनता नेताहरुविरुद्ध असन्तुष्ट छन् भन्ने प्रष्ट भएको दाबी गर्दै उनले आफूले गरेको जस्तो गैरकानूनी काम अरु जनताले गर्ने सम्भावना समेत औँल्याए । उनले दलका नेताहरुले मुलुकलाई निकास नदिई लामो समयदेखि बन्धक बनाएकोले पनि निराशा बढ्न थालेको दावी गरे ।

आफ्नो पुरै परिवार माओवादीले चलाएको जनयुद्धमा होमिएकोले आफू पनि एमाआवादी कार्यकर्ता नै भएको तर पछिल्लो पार्टीको फुटको अवस्थादेखि आफू तटस्थ रहेको बताए । भविष्यमा राजनीतिमा आउने नआउने विषयमा भने उनले नेपालमा नेताहरुको खाँचो नभएकोले आफू नेता नबन्ने बरु गर्न सके नेताहरुलाई घच्घच्याउने सामाजिक कार्यमा लाग्न सक्ने बताए ।

जनयुद्धका क्रममा दिदी र दाइ घाइते भएको बुबा बारम्बार पक्राउ पर्ने गरेको तर जनयूद्धका घाइतेहरुलाई सम्मानजनक ब्यवहार नभएको आक्रोसमा आफूले अनायाशै आक्रमण गरेको भन्दै दाहालले आफूलाई क्षमा दिए पनि पहिला नै कुनै पहल नगरेको प्रति परिवारको भने आक्रोस भएको बताए ।

आफूले कानून विपरित काम गरेकोले आफूलाई कुट्नेलाई समेत धन्यवाद दिँदै आफूले सञ्चारमाध्यममा आए जस्तो कसैलाई मुद्दा हाल्ने मनस्थितिमा नरहेको बताए । उनले भने– ‘यदि लोकतन्त्र हो, कानुन सबैको लागि बराबर हुने हो भने मलाई क कसले कुटे टिभीमा देखाइएको छ । अरु जसले पनि मुद्दा हाले भई हाल्छ तर म हाल्दिन ।’

आफूलाई ५ पटक बयान लिएको र सो क्रममा एक पटक मानसिक अस्पतालमा लगेर बेहोस बनाउने सुई लगाएर बयान लिइएको जानकारी पनि उनले दिए ।


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ढ्याउ गर्दा दसैँको खसी गनाउच
I hope all the fake Nepali refugee get deported
Those who are in TPS, what’s your backup plan?
interesting fact about sajha.
To Sajha admin
From Trump “I will revoke TPS, and deport them back to their country.”
Travel Document for TPS (approved)
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
If you got nothing to lose, fight tooth and nail explore every avenue
Now, more than ever, is it a good idea to apply for advance parole?
TPS Travel Permit Processing time
POE for TPS travel
MAGA and all how do you feel about Trumps cabinet pick?
All the Qatar ailines from Nepal canceled to USA
DACA and TPS in Danger but what abt Healthcare workers?
Does anyone know if the passport renewal process at the DC embassy is active again?
Occupied
MAGA मार्का कुरा पढेर दिमाग नखपाउनुस !
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters