साझाको धङ्धङे :TPS

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

नेपाल गएको बेला ७.३ रेक्टर स्केल को भुईचालो पछी मेरो मस्तिस्कको कुनै कुनामा एस्को प्रभाब बसेको रहेछ |हिंडेको बेलामा ५.९ सम्म्को गए तर थाहा पाईन | एक दिन मस्त निन्द्रामा परेको बेला ४.८ जती भुईचालो आएको रहेछ अनी म चाँही आत्तिएर उठे पछी भुईचालो अायो भन्नु पर्ने ठोक ठोक भन्दै उठेछु | मेरा ससुरा ज्यु लाई ठुलो जोक भएको छ | यो पछी आर्को ठुलो जोक हिजो हुन गयो | मेरो एउटा लठ्ठु भाई लाई अमेरिकाछिराउन पाए हुन्थ्यो भन्ने परेको छ र उस्को बारे निकै सोच हरु दिमागमा चलेका छन | यो TPS  बाट फाईदा लिन  पाए हुन्थ्यो भन्ने लागि रहेको छ !कस्लाई के को धन्दा घर ज्वाँईलाई खानको , आफुलाई पनि यो TPS  खादा बस्दा सुत्दा समेत जकडेको छ | अमेरिका छिराएर ५-६ महिना अमेरिकामा दलाउन पाए नेपाल फर्किए पछी केही ( बाबु साहेबी पन वा काम गर्न लाज जान्थ्यो कि ? ) काम धाम गर्थ्यो कि ? हिजो बिहानी पखमा TPS TPS भन्दै चिच्याएछु|  मेरो परिवारले चाँही छातीमा हात राखेर सुतेर श्वास प्रश्वासमा बाधा भएर चिच्याएको हो कि भन्ठानेछन | म झल्यास्स भएर ब्युझी सक्दा, घरका सबै परिवार वरिपरि भेला भै सकेका रहेछन | बुढीया सोध्छे यो TPS के हो |  उस्लाई के था यो TPS को महिमा, कालेज सिध्याएको ५ बर्ष भै सक्यो अनी आफ्न्त हरु F1 मा कोही छैनन एउटा मै हुँ जो साझामा झुन्डिने | साझामा दिनभरीनै बित्छ शायद तेसैको धङधङे लागेको होला |  कसरी भनौ बुढीयालाई मलाई साझा लाग्यो भनेर ?  Last edited: 17-Jul-15 03:45 PM

magorkhe1 · Jul 9, 2015 12:27 PM · 14,576 views

6 Replies

Recently I met an University student from South Korea. You made me remember him. (Wants to tell many things but the listener/reader will hardly get anything unless 150% attention paid). Last edited: 09-Jul-15 12:43 PM

KaliKoPoi · Jul 9, 2015 12:38 PM

@KKP लोल , १५०% attention रे / १५० त होइन ५०% भन्दा माथि भए त A Einstein कै हाराहारी मा पुगिन्थ्यो होला नि \ मलाई पनि गोर्खे ब्रो को कमेन्ट हरु पहिला पहिला तेसतई लाग्थ्यो , तर त्यो twitter मा follow गर्ने भंचन नि हो तेस्तै गरेपछि गोर्खेको कमेन्ट बुझिन्छ \ मैले बुझे अनुसार उहालाई अलिअलि भैरब अर्याल ले छोएको छ (फेरि खुस्केको भन्या होइन है ;)), positive sense मा नै हो \ जोक गरे जस्तो लागेपनि तेस्भित्र गहिरो अर्थ हुन्छ है गोर्के ब्रो को कमेन्ट मा , यो साझामा खाली TPS का TPS देखेर अत्ति भएर यो जोकको निर्माण गरेको होला जस्तो लाग्छ मलाई त ;)

nepalilaure · Jul 9, 2015 12:59 PM

ने ला ब्रो : पिताजी भन्थे , साइमुन्द्री को ज्ञाताले अनुहार हेरेर भुत भबिस्य बताउन्छन | तपाईंले के अध्ययन गर्नु भएको छ तेस्तो मेरो २ हरफलेखाइ मै मेरो मस्तिस्क नै पढि दिनु भयो ? Now a days I am following Hariyani poets.  लौ अब साझामा भबिस्य बाणी गर्ने नयाँ धागो खोल्नु पर्‍यो ! Last edited: 17-Jul-15 01:02 PM

MaGorkhe1 · Jul 12, 2015 10:04 AM

धेरै लामो समय पछी मेरा एक मात्र असल मित्रले घन्टी ठोक्नु भो अनी सोध्नु भो : के भो ब्रो ? किन सोध्यौ के भयो भनी ?  "दिमागको पारा २-४ डिग्री चढेको छन नि" ? किन तेसो भन्यौ ? तिम्रा साझामा देखिएका कमेन्ट पढेर सोधेको हुँ ?  भाउजु माइत गएको त हैन वा लामो सेमिनारमा जानु भएको हो ? अर्को प्रश्न को बौछार हुन्छ !  मैले सोधे माइत जानु वा सेमिनारमा जानु सँग  साझा  के तादम्य छ ?  किन नहुनु ? कती भयोबिछोड को पिडा सहेको ? सुन्नु भो अर्का दिग्गज  का कुरा , क्या अन्तर्यामी ? साथी हो लौ तपाईं हरुनै जबाफ दिनुस मेरा साथीको प्रश्नको उत्तर। सायद उन्को आफ्नो अनुभभ हो वा अनुमान मात्रै ? लाहुरे ब्रो तपाईं जस्तै अर्का देखा परे ? लौ खोल्नु होस् " बर्तमान भुत र भबिस्य को बाणी" गरिने नयाँ ब्यवसाय | भारतीयहरुलाई समात्न सके घर बसी बसी कमाइ हुन्छ, एक को भबिस्य बाणी गरिदिनु भए बिज्ञापन पनि गरी रहनु पर्दैन |  सारा अमेरिकमा भएका आउने छन | Last edited: 18-Jul-15 08:47 AM

magorkhe1 · Jul 17, 2015 1:04 PM

'साझा लागेको ' चाहिं घत् पर्यो !!

Bhaktey · Jul 17, 2015 1:35 PM

लोल , गोर्खे ब्रो , हजुरले त सारा अन्तरंग बार्तालाप नै राख्न लाग्नु भयो कि जस्तो लागेर मलाई समेत सरम लागेर आएको थियो | धन्न तेतिकै मा कुरा सकिएछ|

nepalilaure · Jul 17, 2015 6:13 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all