झुटको खेती.. this one is *ing interesting

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

एक महिलाकाे झुटको खेती : मिसेल ओबामाको फाेनदेखि मध्यरातमा बेनिजिर भुट्टोसम्म [भिडियाे] काठमाडौं–काठमाडौंस्थित एक कलेजको ल्याण्डलाईन नम्बरमा अमेरिकी राष्ट्रपति बाराक अाेबामा पत्नी मिसेल आफैँले फोन गरेर सोध्छिन्, 'इज मीना देअर ?' (मीनाजी त्यहाँ हुनुहुन्छ...?) पाकिस्तानी प्रधानमन्त्री बेनिजिर भुट्टो प्रधानमन्त्रीकै हैसियतमा नेपाल आउँदा उनै मीनालाई भेट्न आफू बसेको होटल छाडेर राति १ बजे एक्लै मीनाको कोठासम्म पुग्छिन्। रातभरी मीनासँग गफिएर विहान ५ बजे कसैले चाल नपाउनेगरि भुट्टो होटलमै फर्कन्छिन्। पख्नुस्, अझै रोचक किस्सा बाँकी नै छन्। उनै मीना यतिबेला काठमाडौंमा बसेर अमेरिकी राष्ट्रपति चुनावकी प्रतिष्पर्धी हिलारी क्लिन्टनलाई सघाइरहेकी छन्। मीनाको दाबी छ– मदरटेरेसासँग उनी कलकत्तामा एक दशकसम्म संगतमा रहिन्। टेरेसा र मीना सुत्ने कोठा एउटै थियो। पर्वतारोही एडमण्ड हिलारीले छाडेको कार्पेट मीनासँग अझै यथावत छ। ७० हजार निरक्षर नेपाली महिलालाई अक्षर चिनाएको दावी मीनाको छ। ४० वर्ष अगाडि नेपालमै मीनाको ४६ हजार कमाई थियो। अमेरिकी दूतावास अन्तर्गत पिस कर्प्समा काम गरेर सुरुमै ४६ हजार तलब बुझेको दावी गर्ने उनी समाजशास्त्री स्वर्गीय डोरबहादुर बिष्टको चर्चित किताव ‘पिपुल अफ नेपाल’ तयार पार्न सहयोगी थिइन् रे। काठमाडौं मध्य बानेश्वरमा बस्दै आएकी ६० बर्षीया मीना सिंह खड्कासँग भेट्नुभयो भने यस्ता धेरै 'हाइप्राेफायल' कहानी सुन्न पाउनु हुनेछ। काठमाडौंस्थित ग्लोबल एकेडेमी अफ टुरिजम् एण्ड हस्पिटालिटी (गेट) कलेजकी अध्यक्ष मीनाको दाबी छ–‘मैले दुईवटा विषयमा पिएचडी गरेकी छु, विश्वका उत्कृष्ट ३७ वटा विश्वविद्यालयसँग आवद्ध छु।’ उनले अमेरिकास्थित हार्वर्ड युनिभर्सिटी र युनिभर्सिटी अफ क्यालिफोर्नियाबाट फरकफरक दुई विषयमा दुई वटा पिएचडी हासिल गरेको दावी गरेकी छन्। आधार पुष्टि नहुने उच्च अनुभवका अनगिन्ति विवरण र व्यक्तिगत योग्यता देखाएर उनले देश-विदेशका सामाजिक एवं शैक्षिक संघसंस्थाबाट लाभ लिँदै आएकी छन्। मीनाले रातारात चर्चा तब पाइन् जब ‘असाधारण नेपाली महिला’का रुपमा उनी नेपाली मिडियामा छाउन थालिन्। नेपालका चर्चित टिभी शोमा अन्तरवार्ता प्रशारण भयो। पत्रिकाले उनीबारे ‘डेप्थ स्टोरी’ छापे, अनलाईन र रेडियोहरूमा उनको जीवनी अाए। नेपालमा मात्रै हैन अमेरिकाका कतिपय मिडियामा मीना एक आदर्श नेपाली महिलाको रूपमा प्रकट भइन् र निरन्तर चर्चा पाइन्। निराधार कथा–कहानी जोडेर चर्चा बटुलेकी मीनाको बारेमा नागरिकन्युजले एक महिनादेखि गरेकाे अध्ययनले उनका सबै दाबी झुठो सावित गरेकाे छ। गेट कलेजमा मिसेल ओबामाले फोन गरेको दावी झुटो भएको स्वयं कलेजले पुष्टि गरेको छ। ‘मिसेल ओवामाको फोन त्यति सहजै आउँछ र भन्या?, आएको भए हामीलाई थाहा हुन्थ्यो, खै केही थाहा छैन,’ कलेज प्रशासनमा कार्यरत एक कर्मचारीले नागरिकन्युजसँग भने ‘वहाँले मिडियामा जे पायो त्यही भनेर कलेजकै वदनाम गर्नुभयो।’ बेनिजिर भुट्टो नेपाल आउँदा मध्यरातमा कोठामा भेटेर गफिएको पत्याउने मुर्खता सायद कसैले गर्छ। भुट्टो सन् १९९४ मा नेपाल अाएकी थिइन्। त्यति बेला मीनाकै काहानी पत्याउने हो भने उनी अमेरिकामै थिइन्। हिलारी क्लिन्टनलाई चुनावी अभियानमा कसरी सघाउनुभएको छ? नागरिकन्युजको प्रश्नमा ‘सबै कुरा बताउन नमिल्ने’ भन्दै उम्कन सजिलो उपाय रोजिन्। मदरटेरेसासँग दशक बढी बिताएको दावी गर्ने उनले कुनै तस्बिर भने देखाउन सकिनन्। तीन वटा फोटो एल्बममा खोजिन तर एउटै फोटो नभेटेपछि उनले भनिन् ‘फोटोहरु थुप्रै थिए तर कता पर्याे पत्तै भएन।’ ७० हजार निरक्षर महिलालाई साक्षर बनाएको दावी गर्ने उनी कहाँ–कहाँ कसरी अभियान चलाइन् त विवरण माग्दा उनी नाजवाफ भइन्। उनले दुई विषयमा पिएचडी गरेको दावी त गरिन् तर न त उनले दीक्षान्त समारोह (कन्भोकेसन) का तस्बिर देखाउन सकिन् न त प्रमाण पत्र र सोधपत्र नै उनीसँग छ। याे भन्दा राेचक पक्ष त अनुसन्धान शीर्षक समेत उनलाइ थाहा छैन। ‘घर भित्र पानीको पाइप फुटेर पूरै जलमग्न भयो, धेरै महत्वपूर्ण चिज नष्ट भयो।’ उनले जसरी सफलताका हावादारी कहानी सुनाउँछिन्। अप्ठ्याराे प्रश्न परे हल्काफुल्का जवाफ दिएर उम्किन्छिन्। स्वर्गीय डोरबहादुर बिष्टकी नातिनी हिमा बिष्टले मीनालाई नचिनेको बताइन्। ‘मैले चर्चित टिभी शो र पत्रिकाका समाचारमा उहाँले पुस्तकमा योगदान गरेको दाबी सुनेँ,’ हिमाले भनिन्, ‘हामीले परिवारमा पनि छलफल गर्यौं र निष्कर्श निकाल्यौं वहाँको कुरा सरासर झुटो हो।’ नेपालस्थित अमेरिकी, फ्रान्सेली र जापानिज दूतावासमा मीनाले विगतमा काम गरेको दाबी गर्दै अाएकी छिन्। नागरिकन्युजले ती दूतावासहरूमा सम्पर्क गर्दा दूतावासहरूमा मीनाकाे संलग्नता विगतमा नभएकाे जवाफ पायाे। रोचक के छ भने मीनाले २ वर्षमा ६ हजार विद्यार्थीकाे अनुसन्धानमा मेन्टर भएर विश्वविद्यालयमा काम गरेकाे दाबी गरेकी छिन्। 'डबल पिएचडी लिएर २ वर्षमा ६ हजार विद्यार्थीकाे मेन्टर गर्नु एक जन्ममा सम्भव हुने कुरा हाेइन', हार्डवर्ड अध्ययन गरेका एक नेपाली भन्छन्, 'यसका लागि कम्तिमा २ जन्म लिनुपर्छ।' याे भन्दा राेचक पक्ष त के छ भने खड्काले दावी गरेका दुईवटै पिएचडी झुटो भएको सम्बन्धित युनिभर्सिटीले पुष्टि गरेका छन्। नागरिकन्युजले उनकाे पिएचडीकाे अाधिकारिकताबारे दुई वटै विश्वविद्याललाइ इमेल पठाएर खाेज गरेकाे थियो। विश्वकै प्रतिष्ठित हार्वर्ड र युनिभर्सिटी अफ क्यालिफोर्नियासँग इमेलमर्फत खड्काको विवरण माग गर्दै गरिएको पत्राचारमा उनको कुनै विवरण नरहेको ती युनिभर्सिटीले नागरिकन्युजलाई जवाफ दिएका छन्। अनुसन्धान फेलाे र विद्यार्थीहरूकै रेकर्ड वेबसाइटमा राख्ने ती विश्वविद्यालयका अाधिकारिक वेबसाइटमा कतै पनि उनको नाम र उनले दाबी गरेकाे काममा संलग्न भएकाे विवरण देखिँदैन। मीना अध्यक्ष रहेको गेट कलेजका संस्थापक प्रमुख कार्यकारी अधिकृत खेम लेकालीले मीनाले प्रस्तुत गरेको व्यक्तिगत विवरणमा उल्लेखित योग्यता पुष्टि हुन नसकेकाे स्वीकारे। ‘उहाँले कलेजमा पेस गरेको वायोडाटामा उल्लेख भएको योग्यता पुष्टि हुने कागजातहरु अझैसम्म पाएका छैनौं’, उनले भने। लामो समय अमेरिकामा बस्दै आएकी मीना हाल मध्यबानेश्वरमा भाडाको कोठामा बस्दै आएकी छन्। परिवार र पतिबारे उनले खुलेर बताउन चाहिनन्। ‘मेरो पति अमेरिकामा हुनुहुन्छ, वहाँ पनि तीनवटा विषयमा पिएचडी गर्नुभएको छ।’ मीनाले नागरिकन्युजसँग भिडियो वार्तामा भनेकी छन्। उनीसँगको भिडियो संवाद हेर्नुहोस्ः - See more at: http://nagariknews.com/breakin...

nozzs · Jun 13, 2016 3:24 AM · 25,012 views

15 Replies

Her credentials have been doubted earlier: http://sajha.com/sajha/html/in... Our country has many of such con artists starting from PM Oli. PM Oli got fake doctorate from fake university. Several people returned so called doctorates. Our VISIONARY PM Oli has not returned it yet and proudly wrote PHD as his qualification on his credentials for the position of current PM.

metta · Jun 13, 2016 5:47 AM

Thanks to great journalists at Kantipur Publications for bringing her to the limelight. Dil bhushan pathak gave her an hour on his popular tough talk show. It is worth watching this video. She describes how Obama hosted her at White House with the table full of 'indian sweets'. Hillary Clinton sends her email every couple of days. She paid for Edmund Hillary's airfare. Amazing lady! Many journalists have managed to interview her (several available on youtube).

metta · Jun 13, 2016 6:14 AM

https://youtu.be/vg5OS8JfSas

nozzs · Jun 13, 2016 6:28 AM

पूरा नेपाली मिडियाहरुलै मुर्गा बनाको रैछ। हुदा हुदा हाम्रा महान साझाबासीहरुको आखामा पनि छारो हालेर भ्रमित भै सक्नु भयेच। पुरानो न्युज र साझाको थ्रेड पध्दा पो जिल खाइयो त। कतिसम्म सकेको बाइ!! अनि यो विदिओ हेर्दा त यो आईमाईको फुस्कियेको छ जस्तो लाग्च। ओ मै गाड!  Last edited: 13-Jun-16 06:50 AM

nozzs · Jun 13, 2016 6:42 AM

who the fu ck is this woman? sounds to me like one of teh fuc king biggest liar! :)

dkhanal · Jun 13, 2016 7:32 AM

She needs help from a mental doctor. I think she is mentally ill, somekind of mental disorder. तेसैले अनेक बक्दै हिद्छे, अनि फेरि सबले पत्यौचन पनि। र त GATE College ले डा. भन्दै प्रोफेसरको रूपमा राख्या छ अनि खै कुन्नी यिन्का बिध्यार्थिले के के मात्र सुन्नु पर्छ पो होला। lol एक बर्स अघि कान्तिपुरले यिन्को प्रसंशा गरेर गज्जबको लेख पनि छाप्यो । आज नागरिकको यो news ले गर्दा Nepali Media छेत्रको माहोल तातेको छ, कुरोको बास्तबिकता नबुझी हावामा news लेख्दा । गज्जबको चर्चा छ जे होस।

nozzs · Jun 13, 2016 8:59 AM

हैन कान्तिपुर नै किन चिप्लिंच पटक पटक \ अनि मलाई पनि mental illness नै हो जस्तो लाग्यो \

nepalilaure · Jun 13, 2016 9:13 AM

थुक्क चुतमरानी !! तिमि जस्ती आइमाईले हो हामि पुरुष मान्छेको बिस्वास आइमाई प्रति घट्दै गाको ! साला झुठ्नी... अस्ति तिम्रा बारेमा पढधा मलाई तिमि एक उदहारनिए नेपाली आइमाई लागेको थियो ! तिमि प्रति गर्व लागेको थियो ! साँचीनै तिमि दलदल बाट उठेर आकाश चुम्ने कमलको फुल झैँ लागेको थियो ! तर साला डंकिनी त खुस्केट पो निस्किछे ! थुक्क !

Nas · Jun 13, 2016 10:46 AM

2014 मा लेखेको मेरो कमेन्ट पुन: पोस्ट गर्दै छु - ६००० हजार जना को पी एच डी सुपरिवेक्षण गर्न ६०० बर्ष बाच्नु पर्छ | कोइ पनि मै हुँ भन्ने प्रोफेसरले बर्षमा १० जना भन्दा बढीको सुपर्भाइज गर्न सक्दैन र सम्भव हुन्दैन पनि | गफ लाउनेको नि एउटा सीमा हुन्छ नि ....|

rahulvai · Jun 13, 2016 11:45 AM

haha. Yesto news sunda ra padha, malai kaile kai yo video herna maan lagcha https://www.youtube.com/watch?...

GoneCrazy · Jun 13, 2016 12:13 PM

She has put an update on her facebook

funtush · Jun 13, 2016 12:49 PM

मदर टेरेसा को आश्रममा बसेर पढेको चै हो नै जस्तो छ \ केहि वर्ष अगाडी cambridge center for adult education , harvard square , cambridge MA हिन्दि र नेपाली भाषा पढाउने गरेकी रैचिन , harvard square मा भएको institute मा पढाएको ले हार्वर्ड university मा नै professor थिए भनिछन् \

nepalilaure · Jun 13, 2016 1:16 PM

A psychiatric Doctor on Facebook after seeing the post n video says, "i saw the video she sounds like she is having delusions. She needs medication right away. Hope she gets help. Her diagnosis is most possibly a Schizophrenia or similar other psychotic disorders." लौ! आमै लाई उपचारको खाचो छ जस्तो छ ।

nozzs · Jun 13, 2016 7:10 PM

LOL, I actually liked her. She seems totally normal actually more normal than the guys commenting here, including me.

paradox · Jun 13, 2016 7:29 PM

म्यागजिनको कभरमा पनि आइसकेकी रैछिन

funtush · Jun 15, 2016 9:10 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion