मेरो मधेसीपन, मधेसी सस्कार, मधेसी सस्कृति र यादव थर कसैले खोसेर लान सक्देन तर अरु धेर्रै कुरा छन् जो हराएर, बेचीएर, टुक्रीएर जान सक्छन। मलाई मधेसी हुनुमा धेरै गर्व छ तर त्यो भन्दा पनि बढी नेपाली हुनुमा गर्व छ ।

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

म मानब हुँ, महिला हुँ, एसियन हुँ, साउथ एसियन हुँ, नेपाली हुँ , मधेसी हुँ, जनकपुर को यादव हुँ ! म मानवता को लागि लडाई गरु कि जात र वर्ग को लागि ? ल तपाईं नै भन्नुहोस सकारात्मक सोचको लागि हामी तल बाट माथि जाने कि , माथि बाट तल ओर्लने? मेरो मधेसीपन, मधेसी सस्कार, मधेसी सस्कृति र यादव थर कसैले खोसेर लान सक्देन तर अरु धेर्रै कुरा छन् जो हराएर, बेचीएर, टुक्रीएर जान सक्छन। मलाई मधेसी हुनुमा धेरै गर्व छ तर त्यो भन्दा पनि बढी नेपाली हुनुमा गर्व छ । केहि महिना अगाडी भुकम्प गयो, विश्वभर का मानिस ले हामी प्रती सम्बेद्ना अनि सहयोग गरेका थिए । नेपाली का लागि त्यो समय एस्तो थियो जुन समय कसैले यो सोधेन कि तिमी पहाडे हो , तिमी मधेशी होउ , थारु हौ , दलित हौ। त्यती बेला एक मात्र भावना थियो हामी बिच नेपाली को, मानवता को । टोल को चौर मा एुउटा टेन्ट् मुनी पहाडे, मधेशी , बाहुन , दैलित सबै मिलेर बसेका थियौ, दुख सुख मिलेर बाडेका थियौ । के टेन्ट् मुनी एक भएर आश्रय लिए जस्तै हामी एक देश भित्र एक भएर बस्न सक्दैनौ? म त समाजशास्त्र को विद्यार्थी , मेरो लागि कुनै समाज फरक हुदैन। समाज सेवी को काम कुनै पनि राष्ट्रको समाज तथा समुदायमा निस्वार्थ रुपमा सेवा गर्नु लाई बुझिने गरिन्छ l म कुनै दल वा पार्टी संग सरोकार राख्दिन, म महिला अधिकार, बाल अधिकार, महिला सशक्तिकरण, महिला-पुरुष बिच विद्यमान असमानता, व्यक्तिको स्वतन्त्रता र मौलिक अधिकार, समानता र सामाजिक र विभेदमा न्यूनिकरण, महिलाको जीवनस्तर वृद्धि जस्ता सामाजिक कार्य मा स्मलग्न छु । केही दिन पहिले मैले मेरो व्यक्तिगत बिचार राख्दा धेरै दुख लाग्दा टिप्पणी पढ्ने मौका मिल्यो । एउटा महिलाको आदर गर्न सक्नुहुन्न भने तपाईं आफ्नो प्रदेश, आफ्नो देश को लागि के गर्न सक्नुहुन्छ ? हाम्रो समाज बाट के आशा गर्ने, केही मान्छे ले बोलेका र लेखेका शब्दहरू यस्ता छन् जस म़ा शालीनता को कुनै आभास भेटिदैन । तपाईं ले बोलेका र लेखेका शब्दहरू प्रति मेरो गुनासो होइन, संस्कारप्रति चित्त दुखेको छ । मेरो बिचार राख्दा कसै माथि प्रतक्ष्य वा अप्रतक्ष्य रुपमा व्यक्तिगत वा संस्थागत रुपमा आंच आएमा क्षमा प्राथी छु ! आजकल कता–कता नेपालै नरहला कि भन्ने एकदमै चिन्ता हुन्छ । सबै जातिहरु मिलेर बसेका छौं त्यही नै रमाइलो छ । एउटै टेबलमा दशथरि विचारहरु आउनु त्यही राम्रो हो । तर, काटमार, गोलीगट्ठा र द्वन्द्वले केही परिवर्तन आउँदैन् । विचारले मान्छे ठूलो हुने हो । राजनीतिले हामीलाई प्रभाव त पार्छ नै । म सामाजिक विज्ञानको विद्यार्थी भएकाले पनि समाजमा राजनीतिको प्रभावबारे राम्रो जानकारी राख्छु । अहिले तराईमा भइरहेको घटनाले मन रोइरहेको छ । वंश र जातले मान्छे राम्रो नराम्रो हुदैन, मानिसलाई राम्रो र नराम्रो ठूलो र सानो उसको व्यवहारले, उसको विचारले बनाउने हो । छाला गोरो भएर के भो मन कालो भए पछि ! रुप राम्रो भएर के भो वोली रुखो भए पछि ! धन जति नै भए पनि के काम कसैलाई एक रुपिया दान र सहयोग नगरे पछि ! घर सुन्दर र ठुलो भएर के भो शान्ती न भए पछि ! कहिले काँही मन झस्किदिन्छ कत्तै आफ्नो गाई अरु लाई बेचेर मोई पहिचो मागेर खान पर्ने दिन आउछ कि भनेर ? समाज सेवा निस्वार्थ भावनाले समाजका लागि समाज परिबर्तन गर्न का लागि गरिन्छ त्यसैले आशा छ मेरो सानो प्रयासले समाज लाई केहि परिबर्तन गर्न सक्छु होला। यदि तपाईं लाई मैले गरेका काम मन पर्छ भने मेरो फेसबुक पेज तपाइका मित्र र परिवार संग शेयर गर्नुहोस्।  Facebook: https://www.facebook.com/anita... Google + : https://plus.google.com/+Anita... Twitter: https://twitter.com/anitayadav... Instagram: https://instagram.com/anitayad... Flickr: https://www.flickr.com/photos/... social media is an integral part of modern society. Let's use them properly to make a difference. Thanks Anita Yadav Last edited: 15-Nov-15 11:37 AM Last edited: 15-Nov-15 11:41 AM

yadavanu · Nov 15, 2015 11:34 AM · 24,947 views

6 Replies

Last edited: 15-Nov-15 01:27 PM

abcdipan · Nov 15, 2015 12:24 PM

My first TV interview. Please do not go by the sensationalist headlines of the interview. News 24 TV used such headlines to have good TRP. I am grateful to everyone for watching, commenting, sharing, and liking my videos Last edited: 16-Nov-15 10:00 AM Last edited: 16-Nov-15 10:00 AM

yadavanu · Nov 15, 2015 7:24 PM

Yadav Ji I support you

sweesher · Nov 15, 2015 7:25 PM

Yes, That is what a society like Nepal needs. Puppets are destroying country. I support you.Go ahead.

Bichitra_Kumar · Nov 15, 2015 9:05 PM

साम्प्रदायिक घृणालाई संस्थागत नगरौं । जीवन लाई सुन्दर फूलको रुपमा हेरौं । वसुधैव कुटुम्बकम ।

yadavanu · Nov 17, 2015 3:06 AM

One thing that I have difficult time understanding is do the madhesis feel more close to India or Nepal? Why are they allowing India to meddle in Nepal's internal matters? Why don't madhesis protest against India meddling in Nepal? Do madhesis support Nepal's right to make their own constitution?

shahi baba · Nov 17, 2015 3:31 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion