दिमाग फुस्केको अनुवादक

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

यो पत्रिका को सम्पादक ले गरेको नेपाली करण र शब्द हरु कस्तो लग्ग्छ ? इनेप्लिज २०७८ जेठ १७ गते २३:४१ मा प्रकाशित 1.भर्जिनियामा दुई महिनाको शिशुलाई गाडी पछाडी राखी निन्द्रा लगाउने ओखती अत्याधिक खाने आमा बुवालाई पक्राउ गरिएको छ । उनीहरूले अत्याधिक नशालु ओखती सेवन गरेको भन्दै उनीहरु प्रहरीको फन्दामा परेका हुन् । भर्जिनिया राज्यको कल्पेपर भन्ने स्थानका जोडी आई प्रकाउ गरिएको कल्पेपर प्रहरी विभागले जनाएको छ । उनीहरुलाई गत हप्ता हिरासतमा लिइएको हो । प्रहरीका अनुसार ओरेन्जका ४० बर्षिय एडी कुब्बेज र कलपेपरका २८ बर्षिय मरिसा साउथरल्याण्डलाई गत बिहिबार दिउसो बैंकको ड्राइभ थ्रु (सवारी साधन मै बसेर माग्ने र लिने पद्धति)मा बेहोस हालतमा गाडीको अगाडी बसी रहेको अवस्थामा प्रहरीले फेला पारेका थिए । दुई महिनाको बच्चा चै कुनै बिपत्तिमा नभएको प्रहरीले बताए । प्रहरीले महिलालाई ब्युझाए तर कबेज बेहोस अवस्थामा मै थिए । दुवै जनालाई अस्पताल लागि महिलालाई ओखति सेवन गर्न दिइएको थियो । उनीहरुलाई उपचार पछि अन्त्यमा छोडियो । दुबै वयस्कले उक्त घटना पछि दोस्रो खुराक (डोज)प्राप्त गर्नु पर्‍यो किनभने साउदरल्याण्ड र कुब्बेज दुबै कानून प्रवर्तनको हिरासतमा रहेको समयमा पुनः ओभरडोज(अत्यधिक)सेवन गर्न थालेको कलपेपरका प्रहरी प्रमुख क्रिस जेनकिन्सले एक विज्ञप्तिमा उल्लेख गरेका छन् । कुब्बेजलाई बाल दुर्व्यवहारको एक गणना र लागू पदार्थको प्रभावमा सवारी साधन चलाएको अर्को एक गणनाको आरोप लगाइएको छ । यता साउदरल्याण्डलाई बाल दुर्व्यवहारको एक गणनाको आरोप लगाइएको छ । प्रहरीले जनाए अनुसार बच्चा सवारी साधनमा भै रहेको अवस्थामा ती दुई जना कल्पेपर नार्कोटिक्स (नशा लगाउने )दवाई किन्न आएका थिए । त्यसपछि उनीहरूले दबाई त्यही अत्याधिक सेवन गरेका थिए । प्रहरीले विज्ञप्ति जारी गर्दै यस महामारीमा लागु पदार्थ र नशालु ओखती सेवनको बढ्दो घटना, पदार्थको दुरुपयोगको दर बढेको, र मानसिक स्वास्थ्य संकटमा परेका मानिसहरुको संख्या बढेको हो,” जेनकिन्सले विज्ञप्तिमा भनेका छन् । उनले थप्दै “लत र मानसिक स्वास्थ्य सँगसँगै जान्छ।”भनि समेत उक्त बिज्ञप्तिमा जनाइका छन । उनीहरुको त्यस्तो हालतको कारण हाल शिशुलाई बाल सुरक्षा सेवामा हस्तान्तरण गरिएको छ । 2. ट्रम्पले आफ्नो व्यक्तिगत जालपृष्ठ हटाए अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो आधिकारिक जालपृष्ठ (वेबसाइट)मा रहेको उनको व्यक्तिगत जालपृष्ठ हटाएका छन् । अर्थात्........

tallagheremaila · Jun 3, 2021 11:01 AM · 12,117 views

3 Replies

माईला दाइले अनुबाद गर्नु भएको प्रहरी समाचारमा कुन् चै गोर्खे हरिलट्ठक परेछ भनि सरसर्ती हेरेको त लोकल खैरे वा गोरे पो परेछन |

Logan · Jun 3, 2021 1:44 PM

नेपाली immigrants को सूचनाको लागी हुनु पर्छ | नेपालमा आफ्ना बच्चा बच्चिलाइ जे गरेनि हुन्छ | यहाँ चै होस गर्नु होला जेल जानु पर्ला र बच्चा बच्चि लगिदेला भनेर साब्दानि गरको जस्तो लाग्यो मलाई |

harkhe7 · Jun 4, 2021 7:49 PM

यो मैले अनुबाद गरेको हैन क्या लोगन जी यो त मैले जस्ता को तेस्तै कपी पेस्ट गरेर त्यो सम्पादक ले English शब्द लाइ नेपालीमा अनुबाद गरेको हास्यास्पद शब्द को बारेमा र कतै तालमेल नमिलेको वाक्य हरु कस्तो लग्यो भनेको पो होत / जस्तै : 1. बैंकको ड्राइभ थ्रु (सवारी साधन मै बसेर माग्ने र लिने पद्धति) 2. कानून प्रवर्तनको हिरासतमा 3. बाल दुर्व्यवहारको एक गणना र लागू पदार्थको प्रभावमा सवारी साधन चलाएको अर्को एक गणनाको आरोप लगाइएको छ 4. प्रहरीले विज्ञप्ति जारी गर्दै यस महामारीमा लागु पदार्थ र नशालु ओखती सेवनको बढ्दो घटना, पदार्थको दुरुपयोगको दर बढेको, र मानसिक स्वास्थ्य संकटमा परेका मानिसहरुको संख्या बढेको हो,” जेनकिन्सले विज्ञप्तिमा भनेका छन् । उनले थप्दै लत र मानसिक स्वास्थ्य सँगसँगै जान्छ।”भनि समेत उक्त बिज्ञप्तिमा जनाइका छन । 5. डोनाल्ड ट्रम्पले आफ्नो आधिकारिक जालपृष्ठ (वेबसाइट)मा रहेको उनको व्यक्तिगत जालपृष्ठ हटाएका छन् ।

tallagheremaila · Jun 8, 2021 5:50 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion