अमेरिकामा डलर कमाउनेहरुले पढ्नु पर्ने कुरा

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

360 Nepalese Professors in the US Colleges and Universities as of 2012/2013 S. No Name and Address University/Department 1 Samrat Upadhaya Indiana University/ Creative English Writing 2 Shiva Garutam Harvard University/ Biostatistics 3 Alok Bohara University of New Mexico/ Economics 4 Brijesh Thapa University of Florida/ Recreation and Tourism 5 Megha Nath Parajuli Texas Tech University/ Plant & Soil 6 Upendra D. Acharya Gongaza University, WA/ School of Law 7 Srijana Bajracharya Ithaca College /Health and Physical Education 8 Madhav Nepal South Dakota State University/ Biology and Microbiology 9 Mahendra Lawoti, Western Michigan University/ Political Science/ 10 Raj Ghale University Of Chicago/ Anesthesiology 11 Hari Luitel St. Cloud State University/ Economics 12 Narayan Bhattarai North Carolina State University/Chemical, Bio & Bioengineering 13 Deepak Sanjel Minnesota State University, Mankato/ Mathematics & Statistics 14 Sushil Acharya Robert Morris University /Engineering 15 James Joshi University of Pittsburgh/ School of Information Sciences 16 Nirmal Niroula Ohio University 17 Sunil Pokharel Southern New Hampshire University 18 Mohan Chand Thakuri Wake Forest University/ Hematology and Oncology 19 Ashok K. Gurung The New School University/ International Affairs/ 20 Bijaya Karki, Louisiana State University/ Computational Physics/ 21 Krishna Paudyal Louisiana State University/ Agriculture Economics 22 Sandeep Kunwar University of California, San Francisco /Neurological Surgery/ 23 Luna Bhatta SUNY Upstate Medical University/ Medicine 24 Dinesh K. Chhetri UCLA School of Medicine/ Head and Neck Surgery 25 Krishna Bista University of Louisiana/ Education 26 Maruhang Limbu Michigan State University /English 27 Ghanashyam Sharma SUNY Stony Brooke University/ English 28 Ishowri Pandey Syracuse University/ English 29 Binod Gurung New Mexico State University/ Education 30 Ram Basnet Western Colorado State University/ Computer Science Nepal 286 360 25.9 Source: http://www.iie.org/Research-an...

Jonesboro · Jul 21, 2014 9:48 PM · 18,020 views

11 Replies

दिन, महिना र वर्ष बितेको पनि पत्तै नहुँदो रहेछ। नेपाल छोडेर पातालको देश अमेरिका आएको कत्ति छिटो एक वर्ष बित्यो, आफैंलाई हेक्का भएन। मानिस कतिसम्म व्यस्त हुनसक्दो रहेछ भन्ने अमेरिकाले पहिलोपटक सिकाएजस्तो लाग्दैछ।   नेपालमा १२ वर्ष पत्रकारिता गर्दा व्यस्त नभई समय बितेको बोध अहिले अमेरिकाले गराउँदैछ। आफैंलाई अचम्म लाग्ने गरी बितेको पहिलो वर्ष धेरै अर्थमा भने महत्वपूर्ण बनेको छ।   गत वर्ष जुलाई पहिलो साता वासिङ्टन डिसी विमानस्थल ओर्लँदा पानी परिरहे पनि हपक्क गर्मी थियो। भिज्दै गाडीमा लगेज राख्नु परे पनि गर्मीले खलखल पसिना निकालेथ्यो। त्यतिबेला केही महिना सय डिग्री आसपास फरेनहाइटको गर्मी कम्ती खाइएन। त्यसपछि करिब चार महिना अस्तव्यस्त हिउँले ढाकेर संसारको रंग नै सेतो हिउँमय भइदियो। माइनस २१ डिग्रीसम्मको कठ्याङि्ग्रने जाडो पनि यही एक वर्षभित्र खपेर आइयो। अहिले फेरी मौसमले उही चक्रमा फन्को लगाउँदै ९० डिग्री सेन्टिग्रेट छोइसकेको छ।   भर्जिनिया राज्यमा सुरुवातका तीन महिना मात्र बित्यो। त्यसपछिको ९ महिना बोस्टनमा। भर्जिनिया र बोस्टनका केही समानता र कैयन् भिन्नता छन्। यी दुवै ठाउँमा पाएका र गुमाएका कुराको लेखाजोखा गर्ने हो भने निकै लामो हुन जान्छ सायद।   बिहान उठेर काम र बेलुका घर फर्केर आरामबाहेक अमेरिकामा खासै जीवन छैन भने पनि हुन्छ। सबैको अवस्था यहाँ यस्तै देखिन्छ। भर्खरै आउनेका लागि अमेरिकामा योभन्दा अरु दैनिकी हुँदैन। कामको चटारोले कोही फुर्सदका देखिँदैनन्। अमेरिकाले हरकुरा यस्तो बाध्यात्मक बनाइदिएको छ कि काम नगरी सुखै छैन। काम सबैको पहिलो प्राथमिकता भइदिन्छ। त्यसैले कोही चाहेर फुर्सदिलो बन्न चाहँदैन। यसैले एक्लो व्यक्तिभन्दा अझ परिवार (बालबच्चा) हुनेका थप बाध्यता र अनगिन्ती अप्ठेरा छन्। पाँच वर्ष उमेर नपुगे स्कुल राख्न पाइँदैन। डे केयरमा पठाउन कमाइभन्दा महंगो पर्छ। १३ वर्ष नपुगेसम्म घरमा पनि एक्लै छोड्न कानुनले दिंदैन। एकजना बच्चासँग बस्नैपर्छ।   अमेरिकाले जोकोहीलाई यस्तो व्यस्त बनाइदिन्छ कि एकै घर वा कोठामा बस्नेसँग देखादेख हुन पनि एकसाता कुर्नुपर्छ। साताको एकदिन हुने बिदा पनि हप्ताभरिका लागि खानपुग्ने किनमेलमा बित्छ। घरकै सदस्यसँग कैयन्दिनसम्म फोनमा मात्र कुराकानी हुने गर्छ। एकजना बिरामी भए अर्काेले थाहै नपाई निको भइसकेको हुन्छ।   यति नगरी यहाँ आउँदा लिएको ऋण तिर्न, घरमा बाबु–आमालाई खर्च र आफन्तलाई सम्झनास्वरुप उपहार पठाउन कसैलाई सम्भवै हुँदैन। कतिले एक वर्षमा पनि ऋण तिर्न नसकेको सुनाउँदैछन्। दुई/चार वर्ष बिताउनेलाई अलि सहज होला त्यति हो। अमेरिका आएको दिनदेखि परिवारका अरु सदस्य, आफन्त र साथीभाइका अपेक्षा भनिरहनु पर्दैन। आइफोन, आइप्याड, ट्याब्लेट, पर्फ्यूम, लत्ताकपडा धेरैले आश गर्ने वस्तुमा पर्छन्।   अमेरिकामा डलरका रुखबाट पात झर्छन् भन्ने नेपाली 'सोच' सानैदेखि सुनिएको हो। वास्तविकता यहाँ पुगेर भोग्नेले मात्र जान्दछ भन्थे आउनेहरु। आएको दुई/तीन महिनामै 'डलर कति कमाइस्? काठमाडौमा घर किन्यौ कि जग्गा? खायो, पियो, रमायो क्या मोज छ है अमेरिकामा?' यस्ता प्रश्न आफन्त र साथीभाइका निरन्तर दोहोरिने सम्वाद हुन्।   घर, आफन्त र साथीभाई छोडेर सबैले भन्ने सपनाको देश अमेरिका आउँदा सबैका साझा सपना हुन्छन्। अमेरिकामा पुग्दो डलर कमाउने र नेपाल फर्केर आनन्दको जीवन बिताउने। काठमाडौंबाट उड्दा धेरैले नेपालको जस्तो दुःख र अभावका दिन सकिन्छन् भन्ने ठान्छन्। भनेजस्तो लाउन–खान रहर गरिरहनु पर्दैन भन्ने सबैलाई लाग्छ। हो, अमेरिकामा खान–लाउनको दुःख छैन भने पनि हुन्छ। किनभने काम नगरी यहाँ एक सेन्ट पनि हात लाग्दैन। कसैले देला भन्ने आश हुँदैन। सबैलाई जेसुकै काम नगरी सुखै छैन।   यहाँ कुनै पनि काम सानो–ठूलो भन्ने हुँदैन। जुनसुकै कामको सम्मान हुन्छ। नेपालमा छँदा घरको काम गर्न नोकर–चाकर राख्नेहरु यहाँ आएपछि आफैंले त्यही काम गर्न थाल्छन्। काम गरेपछि भनेजस्तो खान–लाउन सजिलै पुग्छ। एकदिनको कमाइले महिनाभर खान पुग्ने ठाउँ हो अमेरिका। काम कसरी गर्नुपर्दाे रहेछ भन्ने अमेरिकामा सिकियो भन्ने सबैको एउटै अनुभव हुन्छ। हामी नेपाली सधैं पछि परेको काम नगरेर रहेछ। यसरी काम गरे नेपाल पनि अमेरिका बन्न धेरै समय लाग्दैन भन्ने धारणा सबैले बनाउँछन्।   कामको भेद्भाव नहुने र काम अवधिको पुरा सदुपयोग गर्ने अमेरिकी सुत्रमा सबैले चल्नैपर्छ। कडा नियम, पूर्ण कार्यान्वयन हुने कानून, जोकोहीबाट अरुको अधिकारको सम्मान र सबैले राज्यलाई तिर्ने तोकिएको कर अमेरिकाका बलिया आधार हुन्।   हरेक कुरामा सिस्टम बसालेर जनजीवन सहज बनाइदिने यहाँको अर्काे राम्रो पाटो हो। प्रविधिलाई जीवनसँग जोडेर हरक्षण व्यक्तिको हातमा राखिएको छ। एक डलर साथमा नभए पनि सम्पूर्ण दैनिकी चल्ने सिस्टम छ यहाँ। बस–रेल वा ट्याक्सी चढ्न कार्ड भए पुग्छ। कफीदेखि लन्च वा डिनर, ग्रोसरी वा लत्ताकपडा जेसुकै किन्न नगद बोक्नुपर्र्दैन। कार्डको भरमा जहाँसुकै जान र जेसुकै खान, किन्न सक्ने प्रविधियुक्त सिस्टमले अमेरिकामा जीवन सरल बनाइदिएको छ।   घरको सदस्यभन्दा मोबाइल फोन अति नजिकको साथी भइदिन्छ। व्यस्तताले सबै काम सबै ठाउँमा पुगेर गर्न सम्भव हुँदैन। यसको लागि कतिपय महत्वपूर्ण काम बस–रेलमा वा खाँदा खाँदै स्मार्टफोनबाटै भ्याउन सकिन्छ। त्यसैले जोकोही जुनसुकै बेला इन्टरनेटसँग गाँसिएकै हुन्छन्। मौसमको भरपर्दाे जानकारी, बस तथा रेल चढ्ने समयको ताजा सूचना, बैंक खाताको हरेक विवरण, चेक डिपोजिट र रकम स्थानान्तरण लगायत सबै काम मोबाइल फोनबाटै पुरा हुन्छन्। मोबाइलबाटै घरका लागि आवश्यक सामानको किनमेल भइरहन्छ।   काम गरेपछि प्रत्येक घण्टाको दरले हरेक साता तलब पाइन्छ। यहाँ ठाउँ र काम हेरी न्यूनतम ७ देखि १२ डलरसम्म प्रतिघण्टा पारिश्रमिकको काम गर्ने जमात सबैभन्दा ठूलो छ। आफ्नो योग्यता, क्षमता र सीपका आधारमा योभन्दा धेरै कमाइको काम गर्ने पनि प्रसस्तै छन्। मिहेनतले काम गरे छिटै राम्रो कमाइ गर्न सम्भव छ। अल्छी गर्नेलाई यहाँ पनि अमेरिका आए जस्तो हुँदैन। मिहेनत गरे एक वर्षमै राम्रो ब्यांक ब्यालेन्स, गाडी र आवश्यकताका अन्य सामान जोड्न नसकिने होइन। अल्छी गर्नेहरु पाँच वर्ष बिते पनि उस्तै हालतमा देखिन्छन्।   सबैले भन्ने गरेको हरसुविधा, वैभव र सान अमेरिकामा छ। त्योभन्दा धेरै त अरुले नभनेको र नसुनाएका पनि छन्। उनीहरु ठान्छन्, जो अमेरिका आउन सधैं लालायित छन् तिनीहरु यस्ता कुरा पत्याउँदैनन्। यहाँका चिल्ला र फराकिला सडक, अग्ला भवन, आकर्षक सपिङ मल र जताजतै व्यवस्थित बस्ती मात्र तस्विरमा देख्नेले अमेरिकालाई स्वर्गको स्तरमा राख्नु अस्वभाविक होइन। सधैं बिजुली र पानीको हाहाकार झेलेका अनि अनेकन नाममा भइरहने अवरोध (बन्द, हड्ताल, जाम) र विरोधले ग्रस्त नेपाली मनस्थिती बिचलित छ। बिजुली, पानी, सडक, रेल, शिक्षा, स्वास्थ्य, रोजगार, सुरक्षाजस्ता अति आवश्यक र संवेदनशील कुरा जहिलै राज्यको प्राथमिकतामा पर्ने भएकाले अमेरिका सबैको रोजाईको देश बन्नु स्वभाविक हो।   अझ यसमा अर्काे मुख्य आकर्षण 'डलर' पनि छँदैछ। अमेरिकी डलरले संसारकै अर्थतन्त्रलाई प्रभावित गरिरहेको हुन्छ। प्रतिएक डलर करिब एकसय रुपैयाँ विनिमय दरका कारण अझ नेपालमा यसको ठूलो अर्थ र असर पनि छ। यही भिन्नताका कारण डलर कमाउन अमेरिका जसरी पनि छिर्नै पर्ने अन्धो मानसिकता धेरै नेपालीमा छभन्दा फरक पर्दैन। डलरकै लागि नेपालमा स्तरीय सरकारी सेवा वा निजी क्षेत्रमा राम्रो स्थान त्यागेर अमेरिका भासिनेहरु बढ्दैछन्। सरकारी सेवा र सुरक्षा अंगका अधिकृतदेखि चल्तापूर्जा गैरसरकारी क्षेत्रका विज्ञ अनि व्यापारीसम्मले अमेरिकालाई कर्मथलो बनाएका प्रसस्तै दृश्य यहाँ देखिन्छन्।   नेपालबाट वर्षेनी चार हजारभन्दा बढी डिभी भिसामा अमेरिका आउँछन्। अहिले पनि धमाधम आउने क्रम जारी छ। यहाँको सिस्टममा चल्न सुरुमा सबैलाई अरुको भर पर्नैपर्छ। यस्तो बेलामा आफन्त छन् भने केही सजिलो हुन्छ। सुरुका केही समय हात समाएर डोर्‍याउनु पर्ने जस्तै सहयोग आवश्यक पर्छ। डेरा पाउन, कतै जान, खानेकुरा किन्न, काम खोज्न अरुको साथ नभई हुँदैन। यसका लागि कम्तिमा एकदेखि महिनासम्म लाग्न सक्छ। त्यसपछि मात्र बल्ल आफैंले केही जाने र गरेजस्तो लाग्ने हो। नेपालमा छँदाको पुरानो साथी जतिसुकै मिलनसार भए पनि यहाँ भेटेपछि काम नलाग्ने बनेका धेरै उदाहरण छन्। उनीहरुमा आफूलाई धेरै अब्बल ठान्ने प्रवृत्ति र अहम् पलाइसकेको हुन्छ।   आफुभन्दा पछि आउने साथीलाई होच्याउने, केही नजान्नेको दर्जामा राखेर व्यवहार गर्ने, आफूमा मात्रै भरपर्ने बनाउने, आफुले जानेको र सिकेको ठाउँमा पनि नपुर्‍याउने शैली धेरै नेपालीले आफ्नै साथीबाट भोगेका छन्। आफुले सुरुमा गर्नुपरेको सहयोगलाई केहीले मुल्यमा बदलेर आफैंलाई सधैं माथि पार्न खोज्छन्। केही साथी के–के ल्याउनु उचित हुन्छ भन्ने सल्लाह दिनुभन्दा आफूलाई चाहिने सामान ल्याउन लगाएर फाइदा लिने हुन्छन्।   एउटै व्यक्तिको कुरा सुन्ने र उसैको मात्र भरपर्ने अवस्थामा आउँदा लामो समय दुःख पाउनेहरुले यस्तो कुरामा सचेत बन्न सुझाव दिने गरेका छन्। अमेरिका सपना पूरा गर्ने ठाउँ त होला त्यो पनि पहिले विपनामा गर्नुपर्ने र खानुपर्ने हण्डर धेरै हुन सक्छन्। अमेरिकामा पनि आउनेबित्तिकै आफैं केही भइहाल्दैन। आफ्नै मिहेनत, धैर्यता र ईच्छाशक्तिमा धेरै कुरा भरपर्छ। http://m.setopati.com/blog/145...

cybernepali · Jul 22, 2014 7:48 AM

कल्पनाको अमेरिका र भोग्ने अमेरिका अबस्य नै फरक हुन्छ, बेला मौकामा यही सब्द कोर्दै आएको छौ | घर परिवार बाहेक अरुलाई के के गरियो अनि अहिले यो अबस्थामा पुगियो थाहा दिने कुरा पनि भएन : दिएको खण्डमा उनीहरुको हेराइ र ब्यबहार मा तब्दिली देखा पर्ने र भोगिएको पनि छ | दुख लाग्दो कुरा : सर्ब साधारण व्यक्तिले टाटा टिप्न पाइन्छ भन्ने सोचाइ राख्नु कुनै गलत हैन होला तर घन्टौ इन्टरनेटमा समय बिताउने अनि बिस्वबिध्यालायामा पढाउने आफुलाई प्रोफेससर भनेको सुन्न रुचाउने हरु को मानसिकता फरक नभएको देख्दा डिग्रिले wisdom दिदैंन रहेछ र तेस्ता प्रति दुख लाग्छ : यो लेख पढ्ने हरुका आखा खोल्यो त ? आफु गयो अरुलाई नजाओस भनि हतोत्साह गरेको भन्ने धेरै निस्केलान ?

magorkhe1 · Jul 22, 2014 8:57 AM

अमेरिकामा dollar बाहेक अरु पनि कमाउन मिल्छ र भन्या?

Kiddo · Jul 22, 2014 9:10 AM

Bit Coin?

magorkhe1 · Jul 22, 2014 9:41 AM

Hoina maile aauta kura kahile bujhna sakina..... Author ko amrika summary ramro cha tara kina dherai jana haru khali " give up" and loser type matrai story lekhchan? Amrika ma sabai le ta pakkai ghanta handainan hola?

urban khasi · Jul 22, 2014 9:59 AM

यहाँ नाम कमाउन मिल्छ, बदनाम कमाउन झनै सजिलो छ. कसै कसै ले त यतै मामा घर नि बसाल्छ अनि फ्री खाना खान्छ Nepal मा वान्टेड पर्सन यहाँ हिरो भएको नि देखेछु. Last edited: 22-Jul-14 02:00 PM

donald_duck · Jul 22, 2014 10:11 AM

haha mama ghar, you mean jail

divorceguy · Jul 23, 2014 9:32 AM

९० डिग्री सेन्टिग्रेट re?? mariyela ni hajur testo garmi ma ta!!

alpabiram · Jul 23, 2014 5:52 PM

अब येसो घण्टा को २० देखि १०० सम्म खाने ले पनि लेखिदिनु पर्यो | अब घण्टा को ७ खाने को मात्रै दुख धेरै सुनियो | येसो घण्टा को १०० हान्ने को पनि दुख को कुरा सुन्न मन लग्यो |

sidster · Jul 23, 2014 7:27 PM

अमेरिकामा डलर कमाउनेहरुले पढ्नु पर्ने कुरा होइन कि अमेरिकामा डलर कमाउन पढ्नु पर्छ| अमेरिकन डिग्री चाहिन्छ| पढाई छैन तर पैसा, दिमाग र आँट छ भने गास स्टेशन वा रेस्तुरन्त खोलेर धनी हुने | एस्तो पो सिकाउनु पर्छ हो ब्रोदर | यो कुरा चै DV लै लागु हुन्छ| स्टुडेन्ट लै चै पहिला पैसा भन्दा पनि काम र स्ट्याटस को चिन्ता हुन्छ|

mno · Jul 24, 2014 6:16 AM

जति पनि दिमागवाला र भाग्यमानी स्टुडेन्टहरु छन् तिनीहरु ले ५०,००० हजार डलर भन्दा माथि कमाएर मस्ती लाईफ बिताई रहेका छन् | ब्रान्ड ब्रान्ड का लुगा लगाएर, भयाकेसन गएर,, महंगा महंगा रेस्तुरन्तमा खाएर, महंगा कार चढेर मस्ती छ नि लाईफ ब्रोदर| लु यो कुरा चाई साझामा आउने लाई थाहा छैन भन्ठानेर मैले भन्दिएको है ;)

mno · Jul 24, 2014 8:46 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all