अधुरा सपनाहरू….

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

अचेल मलाई मेरो अनुहारको मलिन धब्बाहरू हेर्दै मुस्काउन बिर्सिएर सुख्खा भएका अधरहरूलाई संकेत गर्दै चाउरिएका शरीरका रक्तनसाहरूलाई थमथमाउँदै ठडिन नसकेका शिरलाई समाउँदै मेरै सपनाहरूले गिज्याउँछन्। अचेल म पाक्दापाक्दै ग्यास सकिएर अधकल्चो भएको भातजस्तै हावा सकिन लागेर मुजा परेको भकुन्डोजस्तै गुड्दागुड्दै पत्ता भाँचिएर उकालो घुमाउरो बाटोमा अलपत्र परेको बसजस्तै निर्थक र महत्वाहिन मानवरूपी शरीरजस्तै भएको छु। सपनाको पछाडी दौडदादौडदै सङ्घर्षरूपी छालमा पौडदापौडदै खुल्ला पखेटा फिजाएर उड्दाउड्दै कतै विशाल जङ्घारभित्र फस्न पुगेको छु सन्तुलन मिलाउन नसकेर समुद्रभित्र डुबेको छु। अझै पनि अन्योलग्रस्त छु कहाँ चुड्यो मेरो पङ्खाको धागो कहाँ छुट्यो दिशा छुट्याउने कम्पास कहाँ टुट्यो मेरो सपनाको गन्तव्य। सफलताको भोको म सबै सपनाहरू साकार पार्न चाहन्थे तर सफलता अनिश्चित भएपछि सपनामा नै भए पनि यथार्थको संसार नियालेर आफू सफल भएको भ्रमलाई मष्तिष्कभरी अङ्कुराउन थालेको छु थाहा छैन यो भ्रममा कतिन्जेल बाँच्न सक्छु आफैले आफैलाई कतिन्जेल ढाट्न सक्छु हिनताबोध अनि आत्मग्लानीलाई कतिन्जेल सम्हाल्न सक्छु। Nir shrestha

Smriti-malla · Nov 23, 2022 8:23 PM · 6,449 views

3 Replies

Smriti Malla baini, afain le lekheko ki Nir Shrestha ji ko post gareko?

chicagoan · Nov 24, 2022 7:34 AM

Aka SM

Smriti-malla · Nov 24, 2022 1:45 PM

गुड्दागुड्दै पत्ता भाँचिएर उकालो घुमाउरो बाटोमा अलपत्र परेको बसजस्तै Could you explain what did you mean by this? Buses have "पत्ता"? What are they? I kind of feel, who you are taunting, (that is me itself), but still I will give you a benefit of doubt that you wrote something with genuine intentions.

Bennedict · Nov 27, 2022 9:49 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion