विशेष स्वादको करेलाको चटनी ।

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

आजको भिडियोमा विशेष स्वादको करेलाको चटनी बनाउँदै छु । यो चटनीसँग खाना / खाजा खाँद अति स्वादिष्ट हुनका साथै यस्ले मुख मीठो गराउने भएकोले खान नरून्चे व्यक्तिहरूलाई पनि यो अत्यन्त उपयोगी हुन्छ । आशा छ यहाँहरूले पनि यसलाइ अवश्य मन पराउँनु हुनेछ । मन परे लाइक कमेन्ट र शेयर गरिदिन पनि अनुरोथ छ । https://www.youtube.com/watch?...

cosmic soul · Jun 21, 2021 9:45 PM · 22,202 views

1 Reply

अ :चार ले पेट भर्दैन तर पेट भर्न सहयोग गर्छ | अ: चार : ले चार कुरा को संयोजन भन्ने जनाउछ ति हुन् - नुन,अमिलो, पिरो को मिश्रण संग मुख्य चिज जे पनि हुन् सक्छ : करेला, काक्रो, भिण्डी, मुला देखि भातकै पनि अचार बनाउन सकिन्छ | हाम्रो चलनमा जहिलै पनि अन्त्यमा मेथिले झानिन्छ र यसले अचारको स्वाद र अचारको आनुहार बढाउँछ | हजुरका वा कसैका घरका भतुवालाइ अचार नभए सिता घाटी बाट नझर्ने कारण गृह लक्ष्मीले आचार बनाउने सामग्री नभएको बेला सृजना गरेको नया रेसिपी हुनु पर्छ र घर मुलि देखि भतुवा समेतले मिठो मान्दै खाए होलान | भातको अ:चार - भातलाई पिनेर हलुवा जस्तै नरम बने पछि नुन अमिलो पिरो हालेर अन्त्यमा मेथी झाने पछि भातको अनुहार बाट अचार मा परिवर्तन हुन्छ र के को अचार बन्यो बनाउने लाइ बाहेक अरुले थाहा पाउदैनन् | यो अचार बिसेष गरि काठमाण्डौ जस्ता ठुला माहानगरी तिरका बासीलाइ मन पर्ने आचारमा पर्ने कारण चै चपाउनु पर्ने सिधै खाए पनि वा भाते अचार भातमा मुछेर खाए हुने भएर होला | सुन्दा भाते अचार भन्नु होला ? अ चार :माथि भनिएका चार चिजको समायोजन नै अचार हो | बिस्वास नलागे बनाएर खानुस !

Logan · Jun 29, 2021 8:17 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion