शाहीकालिन मन्त्री डा. उपेन्द्र देवकोटाले नयाँ पार्टी खोले -

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

पूर्व विरेन्द्रको वंश नास पछि राजा भएका ज्ञानेन्द्र शाहका स्वास्थ्यमन्त्री समेत भएका डा. उपेन्द्र देवकाटाले नयाँ शक्ति बनाएका छन् । शुक्रबार एक विज्ञप्ती जारी गर्दै देवकोटाको नेतृत्वमा ‘राष्ट्रिय जागरणअभियान, नेपाल’ नामक राजनीतिक दल निर्माण भएको जानकारी गराइएको हो । उनले गठन गरेको नयाँ शक्तिमा पुर्व एमाओवादी कार्यकर्ता भरत दाहालदेखि कांग्रेसका पुर्व नेता अनारसिंह कार्की समेत भएको जानकारीमा आएको छ । भरत दाहाल एमाओवादी आन्दोलनबाट भागेका भगौडा कार्यकर्ता हुन् भने कार्की नेपाली कांग्रेसमा निस्क्रिए भएर बसेका नेता हुन् । अभियानका प्रवक्तामा डा. विनोद न्यौपाने रहेका छन् । उनका अनुसार यो एक राजनीतिक दल नै हो । अभियानका संयोजक रहेका देवकोटा विवादीत छविका मानिन्छन् । उनलाई विरेन्द्र हत्यकाण्डपछि उपचार प्रक्रियामा धेरै कुरा थाहा भएपनि बाहिर नल्याएका आरोप छ भने सोही गुण तिर्न ज्ञानेन्द्र पछि मन्त्री बनाएको हो भन्ने गरिन्छ । उनी शाही कालिन अवस्थामा मन्त्री हुनुको साथै बाँसबारी न्युरो अस्पतालमार्फत विरामीको उपचारमा आर्थीक लाभहानी हेरेर महंगो शुल्क लिने गरेको समेत उनिमाथि आरोप छ । -

ugeslimbu · Sep 18, 2015 1:21 PM · 2,058 views

1 Reply

दुइ जनाले पार्टी खोल्ने भनेको त्यो हरियाली पार्टी झैँ हुनेछ | तर यो हरियाली पार्टीले कमसे काम देश को पक्षमा बोल्छ , भारतले थिचोमिचो गरो - लिपुलेकको पक्षमा बोल्यो |

magorkhe1 · Sep 18, 2015 1:48 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all