Copied from past posting कथा आइते र सांइलि तामाड्नी जन्म थलो काभ्रे बाट शहर झरेको पुरा सात बर्स भएछ। गांऊमा माओबादि ले खाना मागेको बेला खाना नादिए पिट्ने र मार्ने धम्कि अनि माओबादिलाई खान दिए सेनाको पिटाइ र घरिघरिको सोधपुछ बाट गांऊमा बस्न सक्ने स्थिति थिएन। एक दिन भनेको बेला खान दिएन भनेर माओबादि ले आंगन मा बाधि राखेको दुईटा लइनो भैसि लिएर गए। पछि सेना आएर माओबादि लाइ भैसि दिएर सहयोग गर्ने तै होइनस भनेर आइते लाइ समातेर लागे। दुइ बर्ष कि छोरि जुनेलि लाइ पिंठु मा बोकेर रुदै सांइलि तामाड्नी आधा घण्टा सम्म पछि पछि पनि आएकि हो “बिन्ति छ मेरो लोग्ने लाइ नलग, माओबादि ले भैसि खोसेर लागेको हो, हामिले दिएको हैन” भनेर कति बिन्ति कराइ गर्दा पनि सेना ले ऊल्टो “बढि नकरा तेरो लोग्ने लाइ भोलि पठाइ दिन्छौ, अइले सुरुक्क जा होइन भने तंलाइ यहि भिरबाट खसालि दिन्छौ” भनेपछि सांइलि रुंदै फर्केको आइते लाइ अझ पनि सम्जना छ। भोलि पठाइ दिन्छु भनेको आइते लाइ सेना ले काहा लाग्यो थाहा भएन। आइते नभएको बेला माओबादि आएर सांइलि लाइ पनि माओबादिमा लाग्नु पार्छ भनेर निकै कर गरे। सांइलि ले नमान्दा बेस्करि पिटेर घरमा भएको मकै पनि लुटेर लगे। छ महिना पछि आइते एकाएक घरमा आयो, ऊसको शरिरभरि निलडाम थियो, हातमा प्लास्टर लगाइएको थियो। त्यसपछि ऊनिहरु गांऊ छोडेर शहर आए सेना र माओबादि को आतंक बाट दिक्क भएर दुइ बर्षको छोरि बोकेर शहर पशेको हिजै जस्तो छ तर शहरमा भारि बोकेर, कुल्लि काम गरेर परिवार पालेको पनि सात बर्ष पुगेछ। र, आजै जुनेलि १० बर्षकि लागि आज जुनेलि लाइ टाइफाइड ले छोएको पानि एक महिना पुग्यो। जुनेलि दुब्लाएर नर्कट जस्ति भएकि छ। “अब टाइफाइड निको भयो, छोरि लाइ केहि तागतिलो खान दिएर छिटै बलियो बनाउ”, डाक्टरको स्वर आइते को कान मा ताजै छ। तर बन्द र जुलुस ले गर्दा हिजोआज काम पाऊनै गाह्रो। अलिअलि बचाएको पैसा पानि ओखति गर्दैमा सकियो कहांबाट ख्वाऊनु केहि तागतिलो? “ए जुनेलि को बाऊ आज छोरी को जन्मेको दिन पनि हो, बिहान देखी छोरि मासुभात खाने भनि रहेकि छ, घरमा अलिकति गहुको पिठो र लसुन बाहेक केहि छैन। मतिटेल पनि सकियो। जाऊन एसो कतै काम पाइन्छ कि? फेरि भोलि के खानु”? एघार बजि सक्यो। सांइलि को स्बर ले आइते झस्कन्छ। हो आज त केहि कमाऊनै पर्छ, हिजो पनि दिन भर केहि काम पाइएन फेरि भोलि देखि सात दिन बन्द भन्छन् भन्दै आइते नाम्लो बोकेर सडक तिर लाग्छ। तर तिन बज्दा सम्म केहि काम नपाएकोमा आइतेलाइ चिन्ता लग्छ। आज पनि काम पाइदैन क्यारे. के गर्ने होला? “ए आइते मेरो एकबोरा चिनि र तिन टिन मतिटेल घरमा लग्दिन्छस?, तिन सय दिन्छु, भोलि देखि सात दिन सहर बन्द भन्छन पसल खोल्न नसकेपनि घरबाटै भएपनि चिनि र मतिटेल बेच्नु पर्ला” राम साहु ले आइते लाइ भन्यो। यसलाइ त दुइ ताल गर्नु पर्छ साहुजि फेरि सामान गरुंगो पानि छ अलिकति पैसा बढाइदिनुहुन्छ कि ? आइते को जाबाफ थियो। “मोरा पैसा बढाइदे भन्छ, भोलि देखि सात दिनको बन्द मा काम पाइनस भने कसरि डेराको भाडा तिर्छस”? हो त नि भन्दै आइते भारि बोकेर साहु को घर तिर लाघ्छ। फर्कदा साहुले दिए को तिन सय बाट मासु, मतिटेल र गहुको पिठो लिएर खुसि हुदै डेरा तिर लाग्छ। ब्यथा आइतेले कालो झोलामा सामान बोकेको छ। सायद यो सांझ को पांच बजेको होला। बाटोमा जुलुस जिन्दाबाद र मुर्दाबाद को नारा लागाऊदै अगाडि बढिरहेछ कति ले हात मा मसाल पनि बोकेका छन्। जुलुस पुलिस चौकि तिर बढिरहेछ्। यो माओबादि को जुलुस हो अब यंहा सेना ले आक्रमण गर्छ. बाटो मा कसैले भनेको आइतेले सुन्छ। आइते हतार हतार डेरा तिर लम्क्न्छ। आइतेको डेरा पुलिस चौकि बाट एक किलोमिटर मात्र टाडा छ। यत्तिकैमा ड्याम डुम गोलि चलेको आवाज आऊछ । "ए भाग भाग पुलिस ले गोलि चलायो मर्लास" आइतेको पछाडि बाट कोइ कराऊछ । आइतेको जिऊ एकपटक सिरिङ्ग हुन्छ, मरिने पो भइयो क्यारे आज। ऊ बेतोड ले डेरा तिरा डौडिन्छ। डेरा को ढोका देखिएपछि जोड ले कराऊछ "साइलि ढोका खोल म आइपुगे" । यत्तिकै मा पछाडि बाट कसैले भन्छ ए त्यो कालो झोला बोकेर भाग्ने माओबादि लाइ ठोक । ड्याम्म…… आइतेलाइ पछाडि सुइरो ले रोपेको जस्तो हुन्छ । ड्याम्म……आइते ले फेरि ढाड मा अर्को सुइरो को अनुभब गर्छ। सांइलि भन्दै आइतेको निरजिब शरिर डेरा को ढोका मा बज्रिन्छ । हल्ला सुनेर साइलि ले ढोका खोलि तर ड्याम्म……सांइलिले के भो थाहनै पाइन। ऊसको निरजिब शरिर आइतेको लास माथि घोप्टिन्छ। कोलाहलले गर्दा टइफाइडले थला परेर निदाएकि जुनेलिको निद्रा खुल्छ। ऊसलाइ लाग्छ शायद बाऊले मासु लिएर आए। मासु र भात खान पाऊने आशाले उसको आंखामा एक प्रकार को चमक छांऊछ ।
timi_mero_sathi · Aug 4, 2017 6:31 PM · 21,444 views
Pandeji <>
Bennedict · Sep 21, 2021 11:13 PM
पाण्डेजीको नाम उहाँले नै लेखेको पैंगाम। Its just a phase baby..then one day you will realize .....who you were ...and who i were ....but for now ....let this phase pass.....cus ......at the end of the day ....gold will realise who gold was ......silver will realise who silver was ....diamond will realise who diamond was .........so its just a phase ......
Bennedict · Sep 22, 2021 9:42 PM
अझै मसँग रिसाको हो कि हजुर?
Bennedict · Sep 22, 2021 9:59 PM
मेरो मन पनि सफा नि हजुर। अब मलाई केही दिन तपाईंको उपस्थिती धेरै लागेर त्यस्तो पोस्ट गरेको हुँ, तर तपाईंसँग त्यस्तो केही समस्या छैन। अनी नासजी को चम्चा अनी अन्डीजी र लोगनको बाजेको दुश्मन जस्तो देखिनुमा केही कारण छ नि। कुनै दिन विस्त्रित लेखौला नि। मलाई तपाईंले सोचेको जस्तो धेरै लाइक्स पनि चाहिन्न नि। आफुले लाइक्स पाएन भनेर म रोको जस्तो लाग्ला तर त्यस्तो हैन।
Bennedict · Sep 22, 2021 10:09 PM
ओके मैले पोस्ट गरेको कुराले तपाईंलाई नराम्रो लागेको हो भने आई एम सरी। अब त्यस्तो काम म गर्दिन। अहिले चै मलाई शेखरजीले लेखेको कुराहरुले उकुस मुकुस गरिराको छ, खैर। त्यो Tundra गाडीको बारेमा र उहाँले सुताउनुभाको केटीहरुको बारेमा। कुरा पनि कस्तो कस्तो हो यो मान्छेको। आफु कलेज छोडेर काम गर्न हुने अनी अरु आउट अफ स्ट्याटस भाको हरुलाई फेरी किन घोच्-पेच होला। बेकारमा आँफैले आँफैलाई दु:ख दीईराको छु।
Bennedict · Sep 22, 2021 10:20 PM
That's a good trait to have, be unbiased and fair. Everyone should be like that and do the same like you, give a damn about a lot of redundant things in life, (not everything though), but in reality it does not happen like that always. This is because it is hard for many people to maintain and command respect through your words and gestures (esp. in Sajha), while some people do it really well, effortlessly, some people never care about the repercussions their actions may generate. In this process, we, as an audience, tend to develop liking for some fellow people and dislikes for some other ones due to the choices they have made and shown, and at the end of the day, it may look like we are being biased and unfair to some other section of people watching us. But still, I praise what you have said there.
Bennedict · Sep 22, 2021 11:11 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion