नेपालीमा लगानी vs अम्रिकामा लगानी

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

मेरा एकजना ससुरा २० वर्ष अम्रिका बसेर अबको एक वर्षमा रिटाएर्ड भएर नेपाल फर्कदै हुनुहुन्छ । राम्रो जागिर भए पनि वहाले धेरै राम्रो आर्थिक जोहो गर्न सक्नु भएन। यसको प्रमुख कारण चै वहाले धेरै पैसा ३ ओटा सन्तानको पढाईमा खर्च गरेर तिनै लाइ अम्रिकामा डाक्टर बनाउन सफल हुनु भयो । अघिल्लो २ जनाको पढाई खर्च खासै धेरै नभए पनि ३ नम्बरको सन्तानको खर्च चै धेरै परेछ, कारण चै उसले खासै scholarship प्राप्त गर्न सकेनछन्। बिना scholarship डाक्टर बन्दा थाप्लोमा चार लाख डलर ऋण परेछ , तेस्को ४०% वहाले तिरी दिनु भएछ । वहाको ऐले सम्मको लगानी चै एउटा university town मा २०१० हाराहारी किनेको 180 k को घर र २०११ -१३ बीचमा नेपालमा लगभग २ लाख डलरमा किनेको जमिन अनि ४०१K को बचत रैछ । ४०१ मा के कति छ खासै disclose भएन तर अम्रिकामा २०१० मा किनेको घरको ऐलेको मुल्यांकन चै $350 K को हाराहारीमा रैछ अनि २ लाख हाराहारीमा नेपालमा किनेको जग्गाको मुल्यांकन चै २५ करोड नेपाली रुपियामा पुगेछ । बुडा दङ्ग छन् । गाउँको पुर्खायौली सम्पति बाहेको २५ करोडको जग्गा जमिन भए पछि त बुढा-बुढीलाइ खासै चिन्ता हुने भएन । तेही २०० K ले अम्रिकामा घर किनेर भाडामा दिएको भए सायद उनको घरको मुल्यान्कन अहिले ३००K र भाडा बापत मासिक २००० डलर आउथ्यो होला । लगानीको हिसाबले त राम्रै होला तर नेपालमा आकासिएको जग्गा जमिनको भाउ चै अचम्मै पार्ने खालको छ । ललितपुर इमाडोलमा "राता मकै चोक " भन्ने ठाउँमा मैले २०१४ तिर ४ आना जग्गा बेचेको थिए प्रति आना 7 लाखको दरले बैंकको ऋण तिर्न , त्यो जग्गा ऐले पनि तेस्तै छ । २ पटक बिक्रि भै सकेछ , मैले ऐले बेच्ने मूल्य कति भनेर सोधेको 60 लाख प्रति आना रे !

edv2023 · Mar 1, 2023 4:51 PM · 20,256 views

14 Replies

बाटो घाटोले छोएको जग्गा जमिन नेपालमा भन्दा सस्तो अमेरिकामा https://www.youtube.com/watch?...

Khaobaadi_Netaa · Mar 1, 2023 6:27 PM

ससुरा ज्यु को नागरिकता चै अमेरिकन पर्यो कि नेपाली ?

Euta_Nepali · Mar 1, 2023 10:51 PM

60 lakh .. amamammaam… teso bhaye maharangunj thamel newroad tira katti ?? Hera buddhi edv ko … 7 lakh ma becheko…. Aile 60 lakh. Buddhi k bhako edv

Tesla guy · Mar 1, 2023 11:37 PM

Aahilay jagga ko kin bech chaina...sold bhaya pani bahira paisa launa mildaina..guff matra ho yeti ooti bhannay

ehho2 · Mar 2, 2023 12:25 AM

एक जना ससुरा .... you're lucky man! how many wives do you have?😁😁 After living two decades in the US, and having seen the rise of Amazon and Netflix, I personally think there is more potential in Nepal in the bigger picture. However, the market is volatile and risky compare to the US. It will not be easy for an old man to navigate the complexity of Nepali market in my opinion. It is probably better for him to invest in the US at that age.

harkhe7 · Mar 2, 2023 12:15 PM

हर्के ब्रो : साझामा झड्केलो भिनाजु ठान्ने हरु दर्जनौ देखिन्छन ( बसको खलासीले त साइनो नलगाई चल्दै नचल्ने ठानी साईनो लगाउदै अलिक उता सर्नुस भन्दै धकेल्छ ) र यीनका बालाई मैले ससुरा ज्यु भन्नु पर्यो कि परेन ? हातिका देखाउने दात र चबाउने दात फरक हुन्छन | नेपाल हुदा साम, दाम, भेद देखि बोलिभिया हुदै अमेरिका छिर्ने नेपाली निकै देखिए | उता हुदा हाइ हाइ अमेरिका भनेर छिरे पछि नेपालको सम्झना आउदा धेरै राम्रा कुरा देख्न थाल्छन | यसको कारण "the grass is always greener other side of the fence" र नेपाली मा भन्नु पर्दा " नमरि स्वर्ग देखिन्न" | स्वप्निल अमेरिका र भोगिने अमेरिका दुई ध्रुबिय शोच हुन् , देखेर र भोगेर मात्र थाहा पाइन्छ | लाग्छ यो धागो का सृजक धरातलमा उत्रिए पछि का अनुभब पोख्दै छन् | मैले चिनेका धेरैले काठमांडू का घडेरी बेची यता लगानी गर्दै छन तेसो गर्नुको कारण नेपाल गएर नबस्ने भए पछिका कुरा कानी संगै कता लगानी गर्ने निर्णय मा पुगेका हुन् | लगानी भन्ने कुरा लामो बसाई जता गरिन्छ उतै लगानी गर्नु उचित हुन्छ |

Logan · Mar 7, 2023 10:25 AM

Unless Nepal allows dual citizenship or continuation of Nepali citizenship or even clear rules and regulations for Nrns, it's a very risky investment. I was in Nepal few years ago eith my Nepali nagrikta and passport cuz im only a gc ,but i had such hard time just opening an acct in a bank. They wanted my voters id , utility bill etc...

ehho2 · Mar 7, 2023 1:58 PM

Ya , unfortunately for US citizens they cannot invest in nepal . Invested property will be forfeited .

edv2023 · Mar 7, 2023 3:37 PM

खै ईडीभी जी, के भन्ने? मेरो ब्यक्तिगत कुनै इन्भेस्ट्मेन्ट नेपालमा चै छैन, झन अब रबी लामिछानेको नागरिकता कान्ड पछी त केही गरौ, केहीमा लगानी गरौ, यस्तो त सोच नै छैन। इन्भेस्टेड प्रपर्टी वील बी फोरफिटेड हुन्छ भन्नुहुन्छ, त्यस्तो होला र? मैले पहिले पनि भनिसके, बस्टनमा एक जना छन धनाढ्य नेपाली, अमेरिकन सिटिजन लीईसकेका। उहाको त एउटा थाहा भएको कमर्शियल प्लस रेसिडेन्सियल घर नै छ चार मिल को हो। अनी मल्टी फेमिली घर त कती कती, सब भाडामा। अनी नेपालमा समेत हाइड्रो के केमा लगानी छ "रे"। अरु पनि होलान अब सबै फाइनन्सियल डिटेल त मलाई के थाहा होला। अब यी सबै कामहरु भएका थिए, लामिछने काण्ड अघी हो, अब सोच्नुस् त त्यस्तो अथाह धन्-सम्पती अमेरिकामा र नेपालमा भको मान्छेले "इन्भेस्टेड प्रपर्टी वील बी फोरफिटेड" भनेर सुने त सिधै हार्ट अट्ट्याक होला हो। अर्को थ्रेडमा करप्टेड नेताहरुको बारेमा कुरा हुँदैथ्यो, मोस्ट प्रोल्ली, यस्ता धनाढ्य मान्छेहरुले त केही न केही गर्लान, साम, दाम, दण्ड, भेद लगाएर आफ्नो पैसा बचाउलान, आपत त हामी जस्तोहरुलाई पो पर्छ। अर्को तपाईंहरुको तिर त घर कती सस्तो हो, राम राम। यहाँ त १८० K या २०० k को घर किनेको भन्दा सुन्दा त अजिब लाग्छ। बस्टन त महँगो पो छ। न्यु जर्सी र फिलाडेल्फिया पनि सस्तो लाग्यो बुझ्दाखेरी।

Bennedict · Mar 9, 2023 3:38 PM

California ma 200k ma ta peti ma sutna pani painna hola.. Dhanadya haru lai ta Keko pir? Sabai neta bhrasta chhan kura mili halchha

chicagoan · Mar 9, 2023 4:28 PM

तपाईले बोस्टनको कुरा गर्या धनाड्य मान्छे सायद म चिन्छु , उनको हाइड्रो मात्र हैन ऐले केवल कारमा नि लगानी छ । उनले नेपालमा भएको घर सम्पति आफन्तको नाम बाट लगानी गरेका छन् , उनि बाठा छन् , पोलिटिकल कनेक्सन पनि छ तेसैले ढुक्क छन् । दोहोरो नागरिकता दिने कानुनमा माओबादिको बिरोद छ तेसैले प्रचण्ड हुन्जेल यो प्राबधान नहुन सक्छ , तैपनि मिलिजुली सरकार हो यसै भन्न सकिन्न। बोस्टन सार्है महँगो रैछ, १ mil तल त घर नै छैन , डेढ मिलियनको घर हेरेको ठ्याक्कै भन्नु पर्दा मेरो नेपालको ट्वाइलेट जत्रो थियो । अचम्माको कुरो चै त्यहाँ त एउटा घर २ जना पनि किन्ने रैछन , तल्लो तला एउटाको माथिलो तला अर्कैको हाहा । बोस्टन खासै केहि बिसेस लागेन , वेदर त झन् फक-अप नै हुदा रैछ , तर स्कुल चै A + हुदा रैछ , तेही कारण होला तेती महँगो भएको ।

edv2023 · Mar 11, 2023 9:08 PM

ईडीभीजी, अब तपाईंले भने सरह होला, बस्टनका यी धनाढ्य मान्छेको धेरै कुरा, क्षेत्रमा लगानी। हैन तर तपाईंले भने अनुसार, अब यत्रो ठुलो केबल कारजस्तो प्रोजेक्टमा लगानी गरेका रहेछन भने आफ्नो करोड करोडका पैसा परिवारको अर्को रिलेटिभको नामबाट गरे होलान त, शंकै छ। पलिटिकल कनेक्सन होला, आई डोन्ट डिसग्री। बस्टन त हजुर महँगो हो, तपाईंको १००k या १८०k मा घर पाउने ठाउँ हैन। तेती पैसाको कन्डोमिनीयम अपार्ट्मेन्ट होला। १ मिल तल घर अझै पनि हुन्छन, तर म्यान्शन चै पाइन्न नि। अली टाढा टाढा सबर्बतिर हुन्छ। तपाईंले यहाँ १ मिल तलको पाएन भनेको चै मैले बुझेन। अनी हजुर "डेढ मिल को घर तपाईंको टोइलेटजत्रो" भन्नुको अर्थ के होला हजुर? कही तपाईं तेही बस्टनको धनाढ्यको नातेदार त पर्नु भएन, अब डेढ मिल को घर टोइलेट जत्रो त नहुनुपर्ने। खैर। हो, यहाँ दुईजना मिलेर घर किन्छन, अब सबैको तलब ७०k या माथि को हुन्न नि, लोग्ने श्वासनी को पे-स्टब मिलाएर अनी तेस्ले पनि नपुगे, साथीभाइ, रिलेटिभ मिलेर घर किन्छन यहाँ। पछी कुरा नमिले छुटिन्छन, या एक्लै मोर्टगेज ह्यान्डल गर्छन्। सबै नेपाली आई टी को काम गर्छन् त भन्न मिल्दैन नि। बस्टनको बिशेषता तेही होला, आई भि लिग स्कुल छन, वेदर तेस्तै हो। ९ महिना घरमा बन्द जस्तै, अनी मुस्किलले ३ महिना समरको रमाइलो अनी जाडोमा डरलाग्दो जाडो, गर्मीमा डरलाग्दो गर्मी। एक्स्ट्रीम नै छ। वेल, सबै भन्दा बिशेष कुरा त साझाको ओरिजिनेटर बस्ने ठाउँ बस्टन हो हजुर।

Bennedict · Mar 11, 2023 10:45 PM

In greater boston area almost all houses r over a million and they are very small thats what i refer them as my bathroom size . The price 180 k 200 k im refering is back in 2012 13 buafflo ny .the recent prize is around 400k

edv2023 · Mar 12, 2023 12:50 PM

बेनी ब्रो : साझामा छिरेर धनाड्यता को ढोल बजाई बस्नेहरु कंगाली आर्थिक र मानसिक रुपमा हुनु पर्छ | यिनी हरु मेरा बाजेले घिउ पिएका थिए लौ मेरा हात सुँघ्ने मा पर्छन | बोस्टन को यात्रा २ ४ पल्ट गरीए तपाइले भने जस्तो छैन ; मानिस जस्ती कठिनाइ मा बस्छ तेतिनै उन्नातासिल हुन्छन भन्ने कुरा चरितार्थ को नमुना जस्तो लाग्छ | ९ महिना घर भित्र बस्नु पर्ने कुरा सुनेको भरमा लेख्नु भयो जस्तो लाग्छ |

logan · Mar 19, 2023 11:26 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion