← Back to Archives

उरन्ठ्यौला बोकाहरुको नाङो नाच

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

म कबि परिन तर हिजो अन्डर्वेयर जि को केही उक्तीहरु मेरो दिमागमा ring गरिरह्यो। "उरन्ठ्यौला बोकाहरुको नाङो नाच" उहाका भाकाहरु हुन, तेसैमा सम्बन्धित रहेर स्वर्गिय भुपी शेरचन को कबिता "मेरो चोक" लाई एक शब्दमा भन्नु पर्दा remix गर्ने दुस्शाहस गर्दैछु। यो "मेरो चोक" भन्ने कबिता अझै पनि समय सान्दर्वीक छ, स्कुल हुँदा मेरो एक जना साथी ले कबिता बाचन competition मा first prize पाको थियो, पुरा actions सहित बाचन गरेको थियो उसले। र अर्को मेरो थ्रेड को title यस्तो राख्नु को कारण जो कोहिलाई बिना कारण attention grab गर्ने चै पक्कै हैन है। यो त हाल साझामा भइराको गतिबिधिलाई मद्देनजर राखेर मात्र एउटा humor मात्र पस्केको हुम। र मलाई थाहा छ, यहाँ मान्छेहरु कबिता भन्दा नि रसिलो "यौन जन्य" कुरा पढ्न आउछन तै पनि त्राइ गर्दैछु। उरन्ठ्यौला बोकाहरुको नाङो नाच । लकडाउनको चपेटामा एउटै साझा छ, यहाँ के छैन? सबै थोक अझ छ। असङ्ख्य "क्यारेक्टर" छन, केवल "ट्रस्ट" छैन, यहाँ त्यसमाथि ADHD disorder छ, यहाँ के छैन? सबै थोक अझ छ। --------------X--------------- यो मेरो साझामा एउटाले बनाएको मानिस र त्यो मानिसले बनाएको अर्को मानिस, दुबैको बास छ तर दुबै यहाँ बिचलित छन, आक्रान्त छन, एउटा बिचलित छन किनकी उसलाई उसको 'फ्यान बेस' घट्ला भन्ने डर छ, र उसैको अर्को मानिस बिचलित छ किनकी उसलाई आफ्नो धोती फुस्कने चिन्ता छ त्यसैले यो साझामा हामी जस्ता निहत्थाहरु एक अर्कालाई धिक्कार्दै एकसाथ पुर्पुरो थोक्छम, यहाँ के छैन? सबै थोक अझ छ, उरन्ठेउला बोकाहरुको नाङो नाच छ, नाङो नाच छ। Last edited: 06-May-20 04:00 PM

Bennedict · May 6, 2020 3:22 PM · 19,832 views

6 Replies

👍👏 यहाँ के छैन? सबै थोक छ। भोक छ, शोक छ, जोक छ, फोक छ अन्त्याँड सबै चिज बिना रोकटोक छ ! ;)

AnandNepal · May 6, 2020 6:21 PM

बिर्_नेपाली ज्यु, हजुरको जो आज्ञा। अब trolling at its best भन्नुपर्ला त्यस्तो भए। अब लामो लामो कबिता लेखे कोही पढ्नेवाला छैनन, अन्डर्वेयर जि लाई जवाफ टक्रयाउदै। साच्चै भन्नुपर्दा, साझा आएर, ज्ञान र शास्त्र खोजेर त पाएन पाए त सम्भोग, र सम्भोगका बिधिहरु र "छिल्लिएका" जवानी र कच्चा चिट्ठाहरु। शब्द र कलमको जीत त भाकै हो, कुन्ठा र जलनको हार पनि देखेकै हो। तर मुक दर्शक भएर, शक्तिवान हुन गाहारो भो, मनको घाउलाई ओखती खोज्ने म मुर्ख कि तपाईं हो?

Bennedict · May 6, 2020 9:40 PM

हात्तीका देखाउने दात र खाने दात फरक छन ,पानी माथिको ओभानो बन्न खोज्ने को कुनै कमी छैन | को किन र कुन अभिप्रायले साझा छिर्छन तिन्का दिमाग पढ्ने मौका धेरै जसो पहिलो लेख बाट जान्न नसकिए पनि २-४ वटा लेख पछी मुखैमा मात्र दात छन कि कोखमा पनि दात पलाएका छन चिन्हाइ हाल्छ | अनी तेस्ताले बेला बेलामा आफ्नो भद्रताको जानकारी दिन पछी पर्दैनन र परेका छैनन | हालको तुकुचामा नुहाएर आउनेले अरुलाई डुंग डुन्ती गनाएको गुनासो गर्ने हरु सँग तुलनिय पात्र हुन |

logan · Sep 30, 2021 1:04 PM

तिमि आफु भेडे र गेडे भयौ भंनेर सबैलाइ तेही तुलामा नाप्न खोज्नु पटमुर्ख हॊइन महामुर्ख जो आफुलाई साझाको विद्वान ठान्ने गर्छन, तेस्मा तिमि पनि पर्यौ नत्र बेला बेलामा नाम नलिई जलपान नछिर्दैन अनि पछौटे र भरौटे भन्न पछि परेर्नौ | माओबादीको पालामा रिक्रुट गरिएका नौजबान हरुलाई दिएको क ख को ज्ञानमा हामि माओबादि बाहेक हरुको कुरा सबै गलत हुन् सुनेका र सिकेका सिकारु झैँ गर्यौ नि ? बिचरा ति रिक्रुट हरु त्यो भन्दा माथि सोच्न सक्दैन झैँ कुरा गराई देख्दा बिचरा मा भन्न मन लाग्छ अनि तेही माओबादिको झैँ बिल्ला भिरे पछि जिनदगी बिल्लाकै सोजो गर्ने काम अरुले पनि गरुन भन्दै छौ | सबैलाई आफु झैँ नठान |

logan · Oct 11, 2021 10:12 AM

have you got chance to this relatable article yet? https://sajha.com/sajha/html/i...

kattu tiwari · Oct 11, 2021 12:57 PM

होइन् किन आफ्नो कुरा खोतल्छौ अनि अरुको लेखाइ कपि ग्रछौ ? धेरै अगि मैले साला भनि सकेको हु , अब फेरी थपि राख्नु नपर्ला | धेरै पछि साझा छिर्योउ अनि बितेका दिन को पनि भाग पुर्याउने गरि दाया बाया बाकट हाने झैँ गर्दै छौ र भाग बण्डामा कमि होला भनि त्यो पनि अरुका पुराना धागा बाट सापट लिदै छौ | जतिनै खाता खोले पनि साला नानि साला नै रहन्छन|

Logan · Oct 11, 2021 5:41 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all
Ask Sajha AI Assistant