समरे जार पो भएछ ?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

कानुनी श्रीमान: नयाँ नेपालको नयाँ सन्स्कार पस्किन खोज्दै छु | यो कथाका भुक्त भोगी घोर्लाङ गाउका समर बहादुर राना आठौ कक्षा मात्र पढेका १८ बर्सको उमेरमा शाही सेनामा भर्ती भएका थिए अनी बिशेषता चाँही हेभी मेसिनरी चलाने थियो अबकास दसौ बर्सको सेवा पछी अबकास लीइ Construction कम्पनिमा काम सुरु गर्छन् | अबकास लिने कारण मद्धे माओवादीका नयाँ हाकिमलाई सलाम ठोक्न नचाहेको अनी घरजम बसाउनलाई हो | सारा युबा पैसा कमाउने धुनमा बिदेसिक बिदेसिऐकै छन समर बहादुरले पनि काम पाउन गाह्रो भएन | अरुले झै समर बहादुरले पनि श्रीमती छोडि बिदेसियो | हेभी मेसिनरी को काम भएको हुनाले र ओभरताइम पाउने हुनाले आम्दानी राम्रै थियो जस्को कारण उस्ले उपत्यकामा सानो घर किन्न सकेको थियो | पाचौ बर्समा श्रीमती लैजान सक्ने भए पछी पहिलो पल्ट् नेपाल छिरेको हो | राहदानी बनाउन सम्ब्धित निकायमा विवाह प्रमाण पत्रको लागि आबेदन गर्दा उस्की श्रीमती कान्छी अर्को कुनै ब्यक्तिले विवाह प्र्माण पत्र लीइसकेछ भने तेस्रो दिन्मा त्यो नक्क्ली श्रीमान हुनेले मेरी श्रीमती फिर्ता गरी पाउ भनी मुद्दा हालेछ | सोझो समरेले बिहे गरे पछी फोटो टासी सम्ब्न्धित निकाय बाट विवाह दर्ता गरी प्रमाण पत्र लिनु पर्थ्यो जस्को आबस्यक्ताको मह्सुस नै गरेन तर अहिले आएर तीन छक्क परेछ ? आफनै श्रीमतीलाई श्रीमती भन्न् नपाउने  : जार पो भएछ | क्रमस:     Last edited: 13-Jul-13 10:25 AM

magorkhe1 · Jul 8, 2013 5:16 PM · 13,576 views

12 Replies

I am glad I understood everything you wrote. What about the wife? Why is she quiet on this? Can't they drag him to the court with proofs and wife's input? I know court cases take forever but can't they goto police and claim the perpetrator falsely obtained the wedding certificates?

Kiddo · Jul 8, 2013 10:35 PM

आफनै श्रीमतीलाई श्रीमती भन्न् नपाउने  : जार पो भएछ | आफु बसेको गाबिस मा बुझ्दा त आर्को त्रितालले उस्को श्रीमती सँग आफ्नो बिहे भएको प्रमाण लीइ सकेछ| अब उलटो मुद्दा हाल्नु पर्ने भो भने श्रीमती लैजान पाउने आसा बिलय भयो |गाबिसले भन्छ : एस्को लागि न्यायालय बाट खारेज भए पछी मात्र नयाँ बिहाह दर्ता गर्न मिल्छ, हुन पनि हो एउटै ब्यक्तीको दुई वटा बैबाहिक प्रमाण पत्र दिन लाई एउटा पापारचुके पत्र लिएर आए  विवाह भएको साक्षी बसे पछी मात्रा पाईन्छ | एउटा मध्यस्तकार्ता दिउसै दियो बालेर आए जस्तो गर्यो : श्रीमतीको नाममा भएको घरजग्गा पूर्व  पतिको नाम मा सारीदिए पछी पापार्चुके गरी दिने रे ? नत्र उ टस मस पनि हुँदैन रे ? समर बहादुर अब आँफै घरमा पनि छिर्न नपाउने भयो माया पिरतिका कुरा परै जाऊन , अब त करनी मुद्दा पनि लाग्ला भन्ने डर भयो ! जाबो त्यो विवाहको प्रमाणपत्र नलिएकोमा आँफैलाई सराप्तै थियो : सराप्नु पर्ने मान्छे त त्यो नक्कली काग्जात बनाएर अरुको श्रीमतीलाई आफ्नो देखाउने लाई पो गर्नु पर्ने हैन र? आफ्ना गाउका सन्सदका ड्युटी फ्री को रेडलेबल बोकेर जान्छ | कुरा सुने पछी उन्का कुरा पनि घुस खाएका न्यायाधिस भन्दा केही कमी देखिदैन | के गर्छस समरे श्रीमती तेरै भए पनि कानुनन रुपमा तेरी श्रीमती तेरी हैन त त झट्कारो पो भाईस | कानुन तेरो पक्षमा भन्दा उस्कै पक्षमा देखिन्छ | मेरो सल्लाह मान्छस भने मिलापत्र गर्दा नै बेस देख्छु | मुद्दा मामिला बिसौ बर्षमा पनि फैसला हुँदैन, सुन्छु ४० बर्ष अघिको मुद्दा अझै न्यायलयमा छ् रे ? बिचरो ! मुद्दा मामला टाठा बाठाको लागि हो :समर बहादुर जस्तालाई काउसो भिराइ हो एक महिनाको बिदामा आएको छ:मुद्दा मामिला गरेर समाया खेर फ्याल्ने बाहेक केही हैन | त्यो कान्छी रानाको नौलो श्रीमानले गाबिस देखी न्यायालय सम्मका मानिस् उस्का मतियार बनाएको छ: लाहुर बाट ल्याएको हरियो नोटले पनि काम गरदैन: गौडा गौडामा छेकावर् थापेको छ | उस्को ईसारा बिना कगजात एक इन्च पनि सर्दैन | मेरै कुरा गरौन : २ बर्ष भयो स्थानिय निकायमा निबेदन भरेको आज सम्म निबेदनमा तोक पनि लागेको छैन रे ? सानो छदा सुनेको कथा जस्तै लाग्यो यो : बाजेबजै धर्म गर्न हिन्दूस्थान जान्थे| ट्रैनमा मलमुत्र जस्तो प्रदार्थ लुगामा लगाइ दिएर बगली मार्थे रे |यहा कानुनी अड्को लगाईदिए पछी त्वम शरणम बाहेक अर्को उपायनै छैन : त्यो पनि सुनको अण्डा पार्ने कुखुरो फेला पारे पछी | फत फताइ रहेको छ समर बहादुर : बाउको बिहे देखाइ दिन्छु भन्थे त्यो भन्दा पनि ठुलो कुरा आफ्नै मलामी गएर आए जस्तो भा छ | मनमा उठेको राको मथ्थर् पार्न किनेको तीन पानेको बोतल आधा रित्तिएको छ | के सम्झन्छ अनी जुरुक्क उठेर कोठा बाट शाही सेनामा दसौ बर्स भिरेको सिरु पाते ल्याएर साध लगाउन थालछ | समर बहादुर रक्सी पिउने भन्दा धार लगाउनमै बडी तल्लिन देखिन्छ | बेला बेलामा हातमा थुक्छ अनी नारिमा दलेर धार काती लाग्ने भो भनी बेला बेलामा जाची राखेको छ | अहिले अलिक शान्त भएको छ अनी अनुहारमा नयाँ चमक मात्र हैन अठोट  देखिन्छ | कान्छी कुनामा बसी सबै कृयाकलाप हेरी बसेकी छ , केही बोल्न सक्दिन  अनर्थ हुने हो कि भनी डराएकी छ | समर बहादुर एकोहोरो धार लगाइ रहेको छ अनी बेला बेलामा हातमा थुक्दै नारिमा दली धार जाची रहन्छ उता कान्छी भने बिहान् कहिलै नहोस् भनी भगवान सँग कामना गरी बसेकी छ |   Last edited: 10-Jul-13 09:49 AM

Magorkhe1 · Jul 9, 2013 12:02 PM

आफ्नो देशमा काम नपाउने बाध्यताले अथवा सिर्जनाशीलताको कमीले गर्दा नेपालीहरुले विदेशमा गएर काम त गरेका छन्, साथै देशको अर्थतन्त्रलाई पनि केही मद्दत गरेका छन् । यसको साथ साथै देशमा अनेक सामाजिक विकृति पनि सिर्जना गराएका छन् भन्ने कुरालाई यो काहानीले राम्रोसँग प्रष्ट्याउछ ..

Geology Tiger · Jul 9, 2013 12:54 PM

म बैदेशिक रोजगार बाट निस्केको बिकृति सुन्दै थिए अनि यहाँ छिरेको त यहाँ नि तेही कहानी रैछ...... www.bbc.co.uk/nepali/multimedia/2013/06/130603_paradeshikopratikshaprogthree.shtml यो अडियो मा सुनेको एउटा कहानी माथि को जस्तै छ....जहाँ लोग्ने काम गर्न कतार गाकोबेला बुढी अर्कै संग लगेचन अनि त पैसो नि छैन सम्पति नि छैन अनि लोग्ने चै फर्केर जोगी बनेछ ....हरे हाम्रो समाज कता गैरहेको छ ....देश एकतिर ..जनता एकातिर...समाज अर्को तिर.... सम्ब्रिधि र पैसा भित्रिए पनि परिवार टुक्रिएको र बिकृति मौलाएको देख्दा सारै विक्षिप्त हुन्छ मन ......

ThahaChaena · Jul 9, 2013 3:24 PM

Ani ke budha haru bidesh ma gori chapdai garda, budhi haru chai sasu ko khutta molera basnu parna. Budhi lana nasakne le kina bihe garnu. Biha gari sakeko chha vane, budhi lana nasakne ley kina bidesh janu. Desh ma vaka lafanga ko dashai aacha aajkal.

meraj · Jul 9, 2013 8:46 PM

Yo gorkhe ko pani budhilai arkailey dhabayo jasto chha..:)

meraj · Jul 9, 2013 8:48 PM

haha meraj ko last line le hasayo. desh ma vaka lafanga ko dashai aacha re. haha esto bela deshmai basna chodera kaha bidesh ayiechha!

worldwideweb · Jul 10, 2013 7:20 AM

 सानो छदा स्कूल र घरमा सुनेको थिए : कुकुरले खुट्टा टोक्यो भन्दैमा कुकुरको खुट्टा टोक्न जानु हुँदैन |  किन अरुलाई आफ्नो स्तरमा तान्न खोज्छौ ? Last edited: 10-Jul-13 09:50 AM

magorkhe1 · Jul 10, 2013 7:20 AM

अन्तिम भाग: सिरुपाते जतिनै साँधे पनि श्रीमती बिदेशलाने कुरामा सहयोगी नहुने कुरा बुझ्दै जान्छ | कानुनीकार्वाइ तिर जानु भनेको म्यारिज खेल खेल्न बस्ने हरुको लागि मात्रै हो || समर बहादुरको एक साता बितीसक्यो | कानुनी माध्यम बाट श्रीमतीसगै लान नसकिने कुरा छर्लङिए पछी मिला पत्र गर्ने कुरामा सहमत् हुन्छ|  समर बहादुरले पनि सिनेमा हुने कथा झै उस्को सम्लङ्ता पहिल्याउन आफ्नै  जिल्ला संसद कहा पुग्छ र सहयोग को अनुरोध गर्छ | पहिले त उनी पनि आनाकानी गर्छन् र  आफ्ना लाउके हरुलाई बुझेर आउने आदेस सगै भोलि बेलुकी फोन गर्नु भन्छन |१५  लाख माग्दै थियो रे तर उनका मान्छे भएकाले १०  लाख मा मेलमिलाप गर्न तयार भयो रे ?  आज समरबहादुर हर्सित देखिन्छ सायद एति हर्सित उ माओबादिको चक्रब्युह वाट बाच्दा पनि भएको थिएन होला वा कान्छीलाई भित्र्याएको दिन | यो क्षणमा उसले बिर्सियो आफ्नै श्रीमती लाइ आफ्नो बनाउन लाइ ८ लाख दिदैछ; उसको मनमा श्रीमती लिएर जना पानुने कुरा मात्र घुमी रहेको छ | : हाम्रो समाजको बिकृतिको एक अन्स प्रस्तुत गर्न खोजिएको हो |  Last edited: 12-Jul-13 11:03 PM

magorkhe1 · Jul 12, 2013 8:46 AM

Katha ali milena jasto chha. Ajkal ta shrimati le chahepachi shriman le nachahe pani divorce dina milchha. jhan ultai samar ko shrimati le divorce ko mudda halera arko patti ko adha sampati pauna saknu parne. katha ulto bhayo.

worldwideweb · Jul 12, 2013 11:15 AM

 गोर्खे जिउ    हाम्रो समाज को अर्को पाटो, समाज कहाँ पुगी सक्यो मान्छे हरु संस्कृति संस्कृति भन्दै भाषा सहसा भन्दै, झगडा गरि रहेछन , जो टो गर्दै छन् तिनी हरु समाज को० बस्तानिकता बाट ज्यादै टाडा छन्    कि तिनी हरु संस्कृति भाषा लै भर्यांग बनाउदै घुष खाने ठाम मा पुग्न चाहन्चन , आनी घुष खाएर मोटाउना चाहन्चन    नेपाली समाज को परिबर्तन ले तिनी हरुलाई भन्दै छ , "पहिचान, माइ आश "   समाज को एक पाटो अकसर्क रुप मा प्रस्तुत गरिदिनु भएर्को मा धन्यबाद  

timi_mero_sathi · Jul 14, 2013 7:52 AM

हामि हरुमा धेरै धैर्य भएका मानब जातिमा पर्छौ, हाम्रा नेताले कुकार्य गर्दा पनि नतमस्तक भएर बस्छौ, उनैका आदेशमा देश जलाउन र दानबिय काम गर्न पछि पर्दैनौ भने कमाउने कुरा आए पछि हामि १० सौ बर्ष गाउका युबतिको जवानी लुटेर १-२ ओटा बच्चा बनाए पनि मुम्बई को लाल्टिन बजार पुर्याउने धेरै छन् कमाउने कुरामा हामीमा धैर्य र धर्म छैन | हाइ स्कुल हुदा पश्चिम बंगालका मुख्य मन्त्रीको लेख पढेको थिए " धर्म र Ethic " को सम्बन्ध कस्तो छ ? उनको लेखको सारांश " बडाले जो गर्यो काम हुन्छ त्यो सर्ब सम्मत " सक्ति हुनेले जे गरे पनि हुन्छ | कुनै ऋषि ले मदिरा पान गर्दा रहेछन अनि शिस्य हरुलाई पिउनु हुदैन बनि अर्ति दिदा रहेछन | चेलाले यो कुरा गरे पछि उनले उनले झरझराउदो आगो मुखमा हाले अनि सोधे तिमि हरु यो गर्न सक्छौ ? कमाउने भनेको टक्सार खोल्ने हो अनि राता रात करोड पति बन्नु पर्छ नकि आज मिहिनेत गरे पछि तेस्को फल कुनै समय पछि पाइन्छ मा हाम्रो बिस्वास गइ सक्यो |  मेरो कलेजका एक झा मित्र हुनु हुन्थ्यो र यो उखान उनकै देन हो " गिदडकि खाल बदलि जा सकती है लेकिन आदते कभी नही " हामि कमाउने कुरामा कति तल झर्न सक्छौ अनि हाम्रो कमाउने मानसिकता कुन दिशा तिर लम्कदै छ | अनि आफैलाई प्रश्न गर्छु म नेपालमा भएको भए परिश्रम गरेर कमाउने कुरामा बिस्वास गर्थे कि देशको हावा अनुसार चल्थे ? Last edited: 16-Dec-15 08:13 AM

magorkhe1 · Dec 16, 2015 8:12 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all