[Show all top banners]

ojhasamajdhangadhi

More by ojhasamajdhangadhi
What people are reading
Subscribers
:: Subscribe
Back to: Current Affairs Refresh page to view new replies
 NEPAL GOVERNMENT vs DHANGADHI MAYOR GOPI HAMAL
[VIEWED 158 TIMES]
SAVE! for ease of future access.
Posted on 02-14-26 12:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काठमाडौँ — सुदूरपश्चिम प्रदेश सरकारले जारी गरेको ‘सुदूरपश्चिम प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१’ ले स्थानीय तहको संवैधानिक अधिकारमा हस्तक्षेप गरेको दाबी गर्दै धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाल सर्वोच्च अदालत पुगेका छन्।
उनले दायर गरेको रिट निवेदनलाई सर्वोच्च अदालतको संवैधानिक इजलासले अग्राधिकारमा राखेर सुनुवाइ गर्ने भएको छ। हमालको तर्फबाट बहस गर्दै वरिष्ठ अधिवक्ता ज्योति बानियाँले उक्त ऐनका कारण धनगढी उपमहानगरपालिका सहित सुदूरपश्चिमका ८८ स्थानीय तहलाई करारका कर्मचारी नियुक्त गर्नसमेत अवरोध सिर्जना भएको तर्क गरे।
नयाँ ऐनअनुसार स्थानीय तहले करारमा कर्मचारी राख्नसमेत प्रदेशको सम्बन्धित मन्त्रालयको अनिवार्य सहमति लिनुपर्ने व्यवस्था गरिएको छ। बानियाँका अनुसार प्राविधिक, स्वास्थ्य तथा श्रेणीविहीन कर्मचारीको अभाव पूर्ति गर्न तत्काल करारमा भर्ना गर्नुपर्ने अवस्थामा यस्तो प्रावधानले सेवा प्रवाह प्रभावित बनाएको छ।
रिटमा प्रदेश ऐनका विभिन्न दफा—३, ४, ८(४), १३(२), १४, १५ र २४—मा उल्लेखित ‘मन्त्रालय’ शब्दावलीले स्थानीय तहको स्वायत्ततामाथि प्रहार गरेको जिकिर गरिएको छ। दफा ३ ले स्थानीय प्रशासन सञ्चालनमा प्रदेश मन्त्रालयलाई ‘मुख्य निकाय’ मानेको व्यवस्था संविधानको धारा २२१ र २२६ विपरीत रहेको दाबी छ।
संविधानको अनुसूची ८ को क्रम संख्या ५ मा ‘स्थानीय सेवाको व्यवस्थापन’ स्थानीय तहको एकल अधिकारको सूचीमा राखिएको उल्लेख गर्दै रिटमा कर्मचारी नियुक्ति, सरुवा, बढुवा र प्रशासनिक नियन्त्रण प्रदेश मातहत राख्ने व्यवस्था संविधान र सङ्घीय कानुनसँग बाझिएको भनिएको छ।
विशेष गरी दफा २४ अन्तर्गत चक्रीय प्रणालीमा कर्मचारी सरुवा गर्ने प्रावधानले कर्मचारीहरू स्थानीय जनप्रतिनिधिभन्दा प्रदेश नेतृत्वप्रति उत्तरदायी बन्ने जोखिम रहेको तर्क गरिएको छ। यसलाई रिटमा ‘थ्योरी अफ प्लेजर’ को अवधारणासँग जोड्दै प्रशासनिक राजनीतिकरणको खतरा औँल्याइएको छ।
हमालले सर्वोच्च अदालतको संवैधानिक इजलासले ‘अरविन्द यादव विरुद्ध वीरगञ्ज महानगरपालिका’ मुद्दामा प्रतिपादन गरेको सिद्धान्त—स्थानीय सेवाको व्यवस्थापन स्थानीय तहकै अधिकार हुने—लाई समेत उक्त ऐनले उल्लङ्घन गरेको जिकिर गरेका छन्।

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
ALERT: JUDGE RULED NEPAL TPS CAN CONTINUE
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
Tps decision coming or not nov 18
H1B
EAD Filing
अब के हाेला त?
Funny when Nepalis talk about Epstein and injustice
NOV 18th TPS DAY
Work Permit
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters