गत २४ भदौमा भएको जेन्जी आन्दोलनका क्रममा कैलाली जिल्ला अदालत र कैलाली कारागारमा आगजनी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयले १० जनालाई पक्राउ गरेको छ।
अदालतसम्बन्धी घटनामा ६ जना र कारागारसम्बन्धी घटनामा ४ जना पक्राउ परेका छन्।
अदालतमा आगजनी गरेको आरोपमा पक्राउ परेका ६ जना
1. आशिष भण्डारी (२४ वर्ष), धनगढी–३
2. अमन केसी (३० वर्ष), धनगढी–३
3. भरत बम (२४ वर्ष), बैतडी पुर्चौडी, हाल धनगढी–३
4. एलेक्स चन्द, धनगढी–७
5. लक्ष्मण बहादुर विष्ट, धनगढी–७
6. मनोज विष्ट, धनगढी–१
कैलाली कारागारमा आगजनी गरेको आरोपमा पक्राउ परेका ४ जना
1. गोपाल भट्ट (28 वर्ष), धनगढी–२
2. जेम्स भनिने सुरज कटुवाल, धनगढी–३
3. बसन्तराज जोशी (40 वर्ष), धनगढी–९
4. अंकित सक्सेना (19 वर्ष), धनगढी–९