यही बेला बिर्गनु पर्थ्यो र ?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

२००९ मा नेपाल गएको बेला पशुपति गएको थिए | ठाडो टिका र चन्दन लेपेर बढो धार्मिक देखिने भट्ट भित्र बाट चन्दन दिनलाइ एता उता कसैलाई खोज्दै थियो | मैले पनि सरसर्ती आखा दौडाए कसैले पनि हात पसारेको नदेखे पछि मैले हात पसार्न पुगे | तेती भिड भाड नभएको कारण मैले उसलाई राम्ररि देख्न सक्थे अनि मेरो हात फैलाई संगै उसको अनुहार कालो मैलो हुन् पुग्यो मानौ मैले हात् फैलाएर ठुलो गल्ति गरे | अनि उसले त्यो प्रसाद कसैलाई दिएन अर्को भक्तले गैडा हालेर फूलपाती ठड्याए पछि उत्ती तिर व्यस्त भयो | कुडिएको मनले मन मनै हैन सुन्ने गरेर गालि गर्दै सिडी बाट तल झरे | मनमा डर लाग्यो कहिँ पुलिस बोलाएर लफडा लगाउने त हैन तेसैले लामा लामा खुट्टा गर्दै म उ बाट ओझल हुन् पुगे | पशुपतिको मुल ढोका बाहिर पुग्दा पनि कहिँ कुनै पुलिस त पछि लागेको छैन भनि घरि घरि पछि फर्केर हेरेको थिए |पशुपति जानु भनेको भट्टको दर्शन गर्न गएको हैन एउटा आस्था बोकेर गएको थिए मन खिन्न भएको थियो | तेस पछि २ पल्ट नेपाल पुगे पनि मैले पशुपतिमा पाइला पनि टेकिन बरु स्वयम्भु भने २ पल्ट पुगे | पुजा थालि लिएर मन्दिर जादैमा धार्मिक र अनि नजादा नास्तिक हुईदैन | नास्तिक नै भए पनि देखावटी धार्मिक मानिस भन्दा नास्तिक नै बेस हुन्छ होला | किन बेस हुन्छ होला भने नास्तिकहरु धार्मिकता देखाउने मानिस भन्दा ब्यबहारिक र नैतिकबान हुन्छन अनि शोच बिचार एकोहोरिएको हुँदैन | मेरो व्यक्ति गर बिचार मात्रै हो नै आफुलाई नैतिकवान छु भनेर ढ्वांग पिट्न खोजेको पनि हैन | सोह्र स्राद्द सुरु भएछ | यिनै संक्रितका विद्वान जसले मातृ देबो भाव पितृ देबो भाव अथिति देबो भव जस्ता कुरा लेखे अर्का आएर ब्राम्हणलाइ दान दक्षिणा दिएर स्वर्गको ढोका खोलि दिने , पाप हरु मेटाई दिने कुरीति भित्र्याएर धर्मको सार त्वत्वनै र मानिसका दिमागनै टेढ्याइ दिए | बैबाहिक जीबनमा प्रवेश गरे पछि २-४ ओटा कुरा गराइमा नियमितता आएको छ त्यो के हो भने पित्रिदेबो भव र मात्रिदेबो भव को बिसयमा | आज बिहानै गृहलक्ष्मीले कालो दाल , चामल भिजाइ , काउली र साग तयार पारि काममा गईन मेरो काम सुद्द सात्वकी भोजन पकाएर खानु र राखी दिनु मात्रै हो | सात्वकी भोजनले केहि गर्छ गर्दैन तर बर्समा यो पनि एक दिन हो जसले पितृहरुलाई सम्झना गराउछ | मैले एसो गरेर धार्मिक हुन् खोजेको होईन र कुनै कुनै कुरा हरु वा चलन हरुको पछाडी केहि कारण हरु भएको देख्छु | राइसकुकर लाइ जोडे , दाललाई प्रेसर कुकरमा बसाले अनि अर्को चुल्होमा काउली पकाउन सुरु गरे |आज लहसुन , प्याज र गोलभेडा बर्जित भए पनि जिम्मु झानेर पिडालु हालेर कालो दाल बसाएको हु | पिडालु किन्दा मैले सानो सानो अनि अरुले ठुलो ठुलो किनेको देखेको हु | किन ठुलो किनेको भन्ने कुरा आझै थाहा पाए | पहिले पखालेर ताछ्न खोजेको मेरो बाह्र बज्यो | भात र काउली पाकी सक्यो प्रेसरकुकरको सिठ्ठी लागेको हैन | एसो खोले हेर्छु जिउदै छन् मासका गेडी हरु | श्रीमतीलाई टेक्स्ट गरेर भने यो प्रेसरकुकुर तिमि आउदा सगै लिएर आएको हो जस्तो छ यसले काम गर्न छोड्यो नया किन्नु पर्छ | Amazon मा हेरौ ? अहिलेको साइज नै खोज भनेर टेक्स्ट गरिन | दाल लाई पानी थपेर लामो समय पकाउनु बाहेक अरु कुनै उपाय देखिन  | अर्को ५-७ मिनेट बित्न पाएको छैन फोनको घन्टी घंकंछ अनि हेलो भन्नु अघि प्रेसर सेसर केहि खोज्नु पर्दैन बाट कुरा कानी सुरु हुन्छ | तिमी नै गरन त म  गर्दिन भने पछि त्यो पनि गर्नु परेको छैन | न्यु योर्क मा प्रेसरकुकर बम हरु पड्काएको कुरा बिर्स्यौ ? म झल्यास भए ! धन्न हो कम्पुटर तिमि नजिकै थिएनौ अनि म त्यहि कालो दालमै ब्यस्त थिए नत्र बोस्टन सहरमा बम पड्काए पछि कोही  अनलाइन प्रेसरकुकर खोज्नेको घरमा हतियार सहितका बम स्क्वाड आएको समाचार फेरी दोहोरिन पाएन | यो मुला प्रेसर कुकरलाई पनि यही बेला बिग्रनु पर्थ्यो र ?  Last edited: 19-Sep-16 04:00 PM Last edited: 19-Sep-16 04:04 PM

magorkhe1 · Sep 19, 2016 2:31 PM · 8,346 views

4 Replies

Ati uttam. Sarhai ramailo lagyo padhera, aru jawos. Jersey city ko Patel bajaar ma sasto ma paula bhanera kaso New Jersey ko cooker bhanera type garenan MaGorkhele.

Kiddo · Sep 19, 2016 3:12 PM

ल मजा आयो पढेर . धन्यबाद राम्रो लेख्नुभएको मा.

adhikari_bandhu · Sep 19, 2016 8:51 PM

बिध्याबारिधि लिन गएकी मेरा मित्रका श्रीमतीले आउदा एउटा स्यानो चिटिक्कको प्रेसरकुकर बोकेर ल्याउन भ्याईछिन | चिनजानका कोहि तत्काल नेपाल बाट आउँन लाग्नु भएको भए प्रेसर कुकुर चै नल्याउने सल्लाह दिनु होला, बिनासित्ती दुख पाउलान ! Last edited: 21-Sep-16 04:22 PM

magorkhe1 · Sep 21, 2016 1:20 PM

कालो दाल खान नपाएर मुख ह्र्याउ ह्र्याउ भएर मार्यो | भन्छन नि जहाँ जे को कमी हुन्छ तेस्को अभाब 24 / 7 खच्किन्छ | जन्मे देखी देखेको हो प्रेसर कूकर मा पकाएको तेस्मा पकाईेएन भने मासु मासुनै होईन जस्तो लाग्दो रहेछ | प्रेसर कूकर नभएको कारण खसी मासु पनि खान पाइेको छैन |  Last edited: 19-Nov-16 09:54 PM

MaGorkhe1 · Nov 8, 2016 10:09 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all